
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ३ मंसिर । नेपाली काँग्रेस खोटाङको जिल्ला सभापतिमा चार जना नेताले उम्मेदवारी दिने घोषणा गरेका छन् । यही मङ्सिर–६ गते हुने सातौँ जिल्ला अधिवेशनका लागि पूर्वराज्यमन्त्री सर्वधन राई, पूर्वसभापति विष्णुकुमार राई, महासमिति सदस्य रविप्रकाश राई र महाधिवेशन प्रतिनिधि भूपेन्द्रकुमार राई सभापति पदका लागि उम्मेदवारी घोषणा गरेर चुनावी मैदानमा उत्रिएका हुन्। सभापतिका आकाङ्क्षी चारै नेताले आ–आफ्नो प्यानल ९समूह० खडा गरेर फरकफरक समयमा सामाजिक सञ्जाल फेसबुकमार्फत सभापतिको उम्मेदवारी दिने घोषणा गरेका छन् । उम्मेदवारी घोषणा गरेका नेताहरुले आफ्नो पक्षमा चुनावी नतिजा ल्याउन आपसी भेटघाट, सामूहिक जमघट, छलफल र बैठकलाई तीव्रता दिएका छन् । पूर्वराज्यमन्त्री सर्वधनको प्यानलबाट उपसभापतिमा मनोज तिम्सिना, सचिवमा रोजन…
बनियानी, ३ मंसिर । सरकारी छाप कीर्ते मुद्दाका फरार एक जनालाई प्रहरी १८ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका–५ का ६५ वर्षीय उदय पराजुली रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख सानुराम भट्टराईले जानकारी दिनुभयो । सरकारी छाप दस्तखत कीर्ते मुद्दामा पराजुलीलाई जिल्ला अदालत झापाले २०६० माघ २१ गते एक वर्ष कैद र रू ५० जरिवानाको साजय तोकेको थियो । सोही समयदेखि फरार पराजुलीलाई फैसला कार्यान्वयन प्रहरी टोलीले बिहीबार पक्राउ जिल्ला अदालतमा पेश गरेको र पीसीआर परीक्षणपछि कैद भुक्तानका लागि कारागार चलान गर्न अदालतले आदेश दिएको प्रमुख भट्टराईले बताउनुभयो । रासस
झापा, ३ मंसिर । नेकपा एमालेमा अध्यक्ष बाहेकका पदाधिकारीका लागि आकांक्षी धेरै भएपछि मिलाउन सकस परेको छ। एमाले विधानमा अध्यक्षसहित १५ पदाधिकारी हुने व्यवस्था छ तर आकांक्षी धेरै हुँदा नेताहरूको व्यवस्थापन गर्न नेतृत्वलाई कठिन भएको हो। वर्तमान अध्यक्ष केपी ओलीले दसौँ महाधिवेशनबाट अध्यक्षमा आफू र अन्य पदाधिकारी पनि सर्वसम्मत गराउने चाहनाअनुसार तयारी अघि बढाएका छन्। तर वरिष्ठ उपाध्यक्ष,उपाध्यक्ष,महासचिव, उपमहासचिव र सचिवमा सोचेभन्दा धेरै आकांक्षी देखिएका छन्। तर अहिलेसम्म आकांक्षी कसैले पनि उम्मेदवारी घोषणा गरेका छैनन्। वर्तमान उपाध्यक्ष भीम रावलले गृहजिल्ला अछाम पुगेर दसौँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरे पनि थप केही बोलेका छैनन्। वरिष्ठ उपाध्यक्षमा दाबी गर्ने नेताहरू धेरै…
झापा, ३ मंसिर । नेपाल गुणस्तर तथा नापतौल विभागले विभिन्न तीनओटा सिमेन्ट उद्योगको उत्पादन तथा विक्रीवितरणमा रोक लगाएको छ । विभागले बजार अनुगमनका क्रममा उत्पादन गुणस्तर नभएको भन्दै मारूती, युनाइटेड र जगदम्बा सिमेन्टको ओपीसी सिमेन्ट विक्रीवितरणमा रोक लगाएको हो । विभागले मारूती र युनाइटेड सिमेन्टको ओपीसी सिमेन्ट र जगदम्बाको पीपीसी सिमेन्ट विक्रीवितरणमा रोक लगाएको जानकारी दिएको छ । विभागले प्रेस विज्ञप्ति जारी गर्दै सिरहास्थित मारूती सिमेन्टको ओपीसी ४३ ग्रेडको ९नेपाल गुणस्तर ५७२०को संकलित नमूनाको बलियोपना तोकिएको गुणस्तरअनुसार नभएको भन्दै विक्रीमा रोक लगाएको हो । ओपीसी ४३ ग्रेडको उत्पादित सिमेन्टको बलियोपन ७ र २८ दिनको मान न्यूनतम ३३ र ४३ हुनुपर्नेमा…
झापा, २ मंसिर । प्रदेश १ सरकारले चालु आर्थिक वर्षको बजेट पुनरावलोकनको तयारी गरेको छ । पूर्ववर्ती सरकारले ल्याएको बजेट पुनरावलोकन गर्दै प्राथमिकताका आधारमा नयाँ योजना समावेश गर्ने तयारीमा सरकार जुटेको हो । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले मंसिरभित्रै बजेट पुनरावलोकन गरी पुस महिनाबाट कार्यान्वयनमा लैजाने गरी काम अघि बढाइने बताए । आर्थिक मामिला तथा योजना मन्त्रालयमा बिहीबार पत्रकार सम्मेलन गदै मन्त्री आङ्बोले अघिल्लो सरकारले ल्याएको बजेटमा अनुत्पादक क्षेत्रमा छुट्याइएको रकम कटौती गर्नुपर्ने अवस्था देखिएको बताए । एमाले नेतृत्वको तत्कालीन सरकारले बजेटमा समावेश गरेका तर परिमाण दिन नसक्ने कार्यक्रमलाई खारेज गर्दै राम्रा कार्यक्रमलाई निरन्तरता दिने…
भद्रपुर, ३० कात्तिक । दशवर्षको अन्तरमा झापामा घर परिवार संख्यामा झण्डै ३४ प्रतिशतले घर परिवार संख्यामा बृद्धि भएको प्रारम्भिक अनुमानले देखाएको छ । १२ औं राष्ट्रिय जनगणना अन्तरगत झापासहित देशभर जारी जनगणनाका क्रममा झापामा घर परिवार सम्बन्धी गरिएको प्रारम्भिक अनुमान अनुसार दशवर्ष अघि गरिएको ११ औं राष्ट्रिय जनगणनाको तुलनामा ३४ प्रतिशतले घरपरिवार संख्यामा बृद्धि भएको जिल्ला जनगणना कार्यालय भद्रपुरका प्रमुख चुडामणी लुईँटेलले जानकारी दिनुभयो । १२ औं राष्ट्रिय जनगणनामा झापामा २ लाख ४७ हजार ५०० घरपरिवारमा जनगणना गरिने अनुमान गरिएको छ भने ११ मा १ लाख ८४ हजार ६५० घर परिवारमा जनगणना गरिएको तथ्याङ्कले देखाएको छ ।् जनगणनाका लागि झापामा…
सुनसरी, २ मंसिर । सुनसरीको देवानगञ्ज गाउँपालिका–४ बाट ठूलो परिणामको गाजासहित १ जना पक्राउ परेका छन् । बुधबार दिउँसो देवानगंज स्थित सिमा क्षेत्रमा ईलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको चेकिङ टोलीले सवारी साधन चेक जाँच गर्ने क्रममा प्रदेश १–०४–००१ त ०६६६ नंम्बरको ट्याक्टर चेकजाँच गर्ने क्रममा उक्त ट्याक्टरमा १८० केजी लागुऔषध गाँजा फेला परेको थियो । चेकजाँच हुने क्रममा ट्याक्टर चालक फरार भएका थिए भने उक्त ट्याक्टरलाई को २९ प ८४८६ नम्बरको मोटरसाईकलले स्कटिङ गर्ने देवानगंज गाउँपालिका(५ का २५ बर्षीय सन्तोष कुमार मेहेता पक्राउ हुन् । फरार भएका चालकको खोजतलास भईरहेको छ भने बरामद भएको गाँजा, ट्याक्टर र मोटरसाइकल समेत नियन्त्रणमा…
रौतहट, २ मंसिर । रौतहतको गौरस्थित जिल्ला कारागारमा एक कैदी मृत भेटिएका छन्। रौतहटकै देवाही गोनाही नगरपालिका–७ का लडाइ साहको शव बुधबार कारागार भित्रको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको कारागाराका निमित्त प्रमुख शम्भुप्रसाद यादवले जानकारी दिए। साहलाई प्रहरीले अपहरण, शरीर बन्धक तथा जबर्जस्ती करणी आरोपमा पक्राउ गरेको थियो। गएको वैशाख ४ कारागार चलान भएका साहलाई जिल्ला अदालत रौतहटले २१ वर्ष कैद तथा ३० हजार रुपैयाँ जरिवाना सजाय सुनाएको थियो। साह शौचालय गएर लामो समयसम्म नआएपछि कैदी बन्दीले उनको खोजी गरेका थिए। शौचालयमा उनी झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। उनको मृत्युको घटनामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको…
झापा, २ मंसिर । महिनामा २० युनिटसम्म मात्रै बिजुली प्रयोग गर्ने साना ग्राहकले अब ३० रुपैयाँ मात्रै शुल्क तिरे हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले करिब २५ लाख साना ग्राहकलाई प्रत्यक्ष फाइदा पुग्ने गरी नयाँ महशुल दर निर्धारण गरेको हो। प्राधिकरणले बुधबारदेखि निर्धारण गरेको नयाँ महशुल दर अनुसार २० युनिटसम्म बिजुली प्रयोग गर्ने घर परिवारले अब बिजुलीको शुल्क तिर्नुपर्ने छैन। उनीहरुले मासिक ३० रुपैयाँ इनर्जी शुल्क मात्रै तिरे पुग्ने प्राधिकरणले जनाएको छ।
झापा, २ मंसिर । नेपाली काँग्रेस म्याग्दीको सभापतिमा खमबहादुर गर्बुजा (खम्बिर) सर्वसम्मत चयन भएका छन्। बेनीमा बुधबारदेखि सुरु भएको सातौं जिल्ला अधिवेशनबाट केन्द्रीय सभापति शेरबहादुर देउवा निकट गर्बुजा सर्वसम्मत चयन भएका हुन् । सभापति पदमा गर्बुजाको मात्र उम्मेदवारी परेपछि उनी सर्वसम्मत भएको निर्वाचन समितिले जनाएको छ । गर्बुजा यसअघिको कार्यसमितिका पनि सभापति थिए । छैटौं जिल्ला अधिवेशनमा नेत्रबहादुर महतसँग चुनाव लडेका गर्बुजा दोस्रो पटक सर्वसम्मत नेतृत्व दोहरिइने अवसर पाएका हुन्। योसँगै १४ जिल्लामा काँग्रेसको नयाँ नेतृत्वको चयन भएको छ । देउवा समूहबाट ताप्लेजुङमा गजेन्द्रप्रसाद तुम्याहाङ, हुम्लामा मोहनविक्रम सिंह, रामेछापमा पूर्णबहादुर तामाङ (कान्छाराम), मुगुमा ऐनबहादुर शाही, बझाङमा खडक बोहरा म्याग्दीमा खमबहादुर…