झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, १७ मंसिर । झपाको बिर्तामोड–५ स्थित सुनगाभा इङ्लिस स्कुलका एक शिक्षकले विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन् । विद्यालयका शिक्षक विकास पोखरेलले कक्षा–३ मा अध्ययनरत ९ वर्षीय विद्यार्थी अविरल तिम्सिनालाई बुधवार कक्षा कोठामा कुटपिट गरेका हुन् । सरले पढाएको कुरा आफूलाई सोधेको र भन्न नसक्दा कुटेको पीडित विद्यार्थी तिम्सिनाले बताए । उनका अनुसार सरले छडीले खुट्टा, ढाँड र गालीमा एक सय पटक कुट्नु भयो । सरको कुटाइबाट खुट्टा नीलडाम बनेको र असाध्यै दुखिरहेको उनले बताए । विद्यार्थी तिम्सिनालाई शिक्षक पोखरेले कुटपिट गरेको घटना अभिभावकले थाहा पाएपछि अभिभावकसहित स्थानीयवासी बिहीबार विद्यालय पुगेका थिए । अभिभावकसहित स्थानीय विद्यालय पुग्नु अघि नै विद्यालयले…

Read More

झापा, १६ मंसिर । झापाको भद्रपुरस्थित भद्रपुर बजारमा बुधबार बेलुका एक महिलाको घाँटीबाटै सुनको सिक्री लुटिएको छ । भद्रपुर नगरपालिकाकी–४ डाँगीवारि बस्ने अन्दाजी ३३ वर्षीया सुनिता राजवंशी एक्लै हाटबजार गर्न गएको बेला घाँटीमा लगाएको सुन सिक्री लुटियो। सिक्री नदेखेपछि उनले बजारमै सिक्री लुटियो भनी होहल्ला गरिन्। त्यो ठाउँमा एकाएक स्थानीयको भिड बढ्यो। आलु किन्ने वेला तीन जना अपरिचित युवक उनको पछाडि उभिएको उनले देखेकी थिइन्। घटनालगतै ती युवाको खोजी सुरु भयो। उनीहरूमध्ये दुई युवा भानुचोक जाने सडकमा हिँडदै गरेका फेला परे। उनीहरूलाई पछ्याउँदै पीडित महिलासहित केही गाउँवासी आइपुगे। लगत्तै वडा प्रहरी कार्यालय भद्रपुरको टोली पनि त्यहाँ आइपुग्यो। रक्सीले मातेका ती…

Read More

सुगाले गाएको वा मानिसको भाषा बोलेको त सुन्नुभएकै होला । सुगा एउटा यस्तो पंक्षी हो जसले मानिसको भाषा बोल्न सक्दछ । तर मान्छेको भाषा बोल्ने लहडमा पाँच वटा सुगाले बेलायतको एउटा चिडियाखानाको नाक नै काटिदिएका छन् । बेलायतमा एउटा अनौठो घटना भएको छ । त्यहाँको एक चिडियाखानामा रहेका पाँचवटा सुगाले अश्लील शब्दहरुमा गाली गर्न थालेपछि त्यो चिडियाखाना नै बदनाम हुनपुग्यो । अन्ततः चिडियाखानाले ती सुगालाई त्यहाँबाट हटाउनु परेको छ । ती सुगाले चिडियाखानामा घुम्न आएका मानिसहरु तथा ससाना बच्चाहरुलाई अश्लील शब्दमा गाली गर्दथे । जसका कारण चिडियाखानालाई नै आपत् पर्‍यो । ती पाँचवटा सुगाहरु यसअघि केही समय एकसाथ क्वारेन्टाइनमा बसेका…

Read More

झापा, १६ मंसिर । सरकारले अब कोभिड–१९ विरुद्धको खोप दैनिक २ लाख जनालाई लगाउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्रतिदिन न्यूनतम २ लाख जनालाई अनिवार्य खोप लगाउने व्यवस्था मिलाउन निर्देशन दिएको छ । कोभिड–१९ विरुद्धको खोपसम्बन्धमा स्पष्ट रणनीति बनाउने र नेपाल सरकारबाट सबै नेपालीलाई निःशुल्क रुपमा खोप उपलब्ध गराउने प्रतिबद्धता भए अनुरुप प्रतिदिन न्यूनत्तम २ लाख जनालाई अनिवार्य रुपमा खोप लगाउने व्यवसथा मिलाउन बैठकले मन्त्रालयलाई निर्देशन दिएको हो । खोप आपूर्ति शाखाका फार्मेसी अफिसर बडेबाबु थापाका अनुसार केन्द्रीय तथा प्रदेश खोप भण्डारण कक्षमा हाल करिब ५० लाख डोज खोप स्टक रहेको छ । मन्त्रालयले…

Read More

झापा, १६ मंसिर । राप्रपाको नयाँ नेतृत्वका लागि राजेन्द्र लिङ्देन समूहले पदाधिकारीको प्यानल घोषणा गरेको छ । जसको महामन्त्रीमा डा धवलशमशेर राणा रहेका छन् । लामो समय राजेन्द्र–धवलबीचको छलफलबाट युवाहरुको प्रतिनिधित्व गर्दै राजेन्द्र अध्यक्षमा चुनाव लड्ने टुंगो लागेको थियो । बिहीबार नेतृत्वमा चुनाव हुने भएपछि राजेन्द्र-धवल समूहले पदाधिकारीमा लड्ने नेताहरुको टुंगो लगाएको हो । जसअनुसार उपाध्यक्षमा बिक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठको नाम टुंगो लागेको छ । यस्तै महामन्त्रीमा डा धवलसहित श्याम तिमिल्सिना र रेखा थापाको नाम टुंगो लागेको छ । सो समूहले केन्द्रीय सदस्यमा लड्ने नेताहरुको सूची पनि तयार गरेको बताइएको छ ।

Read More

ताप्लेजुङ, १६ मंसिर । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–७ का प्रेमसिं तामाङ अहिले बट्टाई चरा पालनबाट राम्रो आम्दामी गरिरहेका छन् । उनले सदरमुकाममा मेकानिक पसल बेचेर व्यावसायिक रुपमा बट्टाईपालनतिर लागेका हुन् । उनले सातामा रु चार हजारको बट्टाईको अण्डा बिक्री गर्दै आएका छन् । बजारमा प्रतिअण्डा रु दशमा बिक्री हुँदै आएको छ । मासुका लागि एउटा बट्टाई रु २०० देखि ४०० सम्ममा बिक्री गर्दै आएको तामाङले बताए । लामो समय घडी, रेडियो बनाउने मेकानिक पसल खोलेर बसेको तामाङ बट्टाई चरासँग रमाउन थालेको दुई वर्ष भयो । उनले अहिले घरमा ३०० भन्दा बढी बट्टाई पाल्दै आएका छन् । राम्रो आम्दानीको स्रोतसँगै घरको सन्दर्यसमेत…

Read More

झापा, १६ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३३ जनामा कोरोना संक्रमण भएको छ । ३३२ जनाको पीसीआर परीक्षण गर्दा ३० र २२९ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १६, झापामा ९, सुनसरीमा ४ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा १४, उर्लाबारीमा २, झापाको मेचीनगरमा ७, दमक र शिवसताक्षी १–१, सुनसरीको धरानमा २, भोक्राहानरसिंह र स्थानीय तह नखुलेका १–१ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज ६२ जना कोरोना…

Read More

केशब चापागाईंमदरगाछ, १६ मंसिर । झापा गाउँपालिकामा जारी अन्तरपालिका स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगितामा बाह्रदसी गाउँपालिकाले आयोजक सगरमाथा युथ क्लबलाई पराजित गरेको छ। झापा गाउँपालिका–७ को जनकल्याण माविको मैदानमा आज बिहिबार सम्पन्न खेलमा बाह्रदसीले आयोजकलाई निर्धारित लक्ष्यमा पराजित गरेको हो।टस हारेर ब्याटिङ गरेको आयोजकले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै ११४ रन बनाएको थियो। ११५ रनको विजयी लक्ष्य पछ्याएको बाह्रदसीले सहजता पूर्वक विजयी लक्ष्य पछ्याएर ६ विकेटको क्षतीमा सहज जित हात पारेको थियो । आयोजकको तर्फबाट साजन खानले २६ बलमा ४८ रन र धर्मेन्द्र मण्डलले २२ बलमा १३ रन बनाए। जसमा बाह्रदशीको बलिंग तर्फ अल्मास आलमले २ विकेट, राजा…

Read More

मोरङ, १६ मंसिर । मोरङ पथरीशनिश्चरे नगरपालिका–१ बुद्ध चौकबाट लागु औषध सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा पथरीशनिश्चरे–२ का २० वर्षीय सलबहादुर गुरुङ र २० वर्षीय सागर गोसनी रहेका छन् । हिजो बेलुकी पौने ४ बजे ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा उनीहरुलाई लागु औषध ट्रमाडोल १४८ ट्याब्लेट र स्पास्पेन १०९ ट्याब्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनालाई ईलाका प्रहरी कार्यालय पथरीबाट थप अनुसन्धान भइरहेको छ ।

Read More

झापा, १६ मंसिर । राप्रपामा केन्द्रीयदेखि तलसम्म कुनै पनि समितिमा लगातार दुई कार्यकालभन्दा बढी अध्यक्ष हुन नपाइने भएको छ। बुधबार बेलुका बसेको राप्रपा एकता महाधिवेशनको बन्दसत्रले लगातार दुई कार्यकालभन्दा बढी अध्यक्ष बन्न नपाइने गरी विधान संशोधन गरेको विधान संशोधन तथा सुझाव समितिका सदस्य कृष्णप्रसाद पाण्डेले जानकारी दिए।

Read More