
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ९ मंसिर । कांग्रेस झापाको भोलि हुने १४ औ महाधिबेशन अन्तर्गत जिल्ला निर्वाचनको लागि चुनाबी मैदानमा खडा भएका दुबै समूहका उम्मेद्वारले मनोनयन दर्ता गराएका छन । जिल्ला पार्टी कार्यालय बिर्तामोडमा उम्मेद्वारहरूले नाम दर्ता गराएका प्रमुख निर्वाचन अधिकृत सुबोधबाबु चिलवालले बताउनुभयो । राम कट्टेल समूहबाट उपसभापतिमा केदार शमशेर गिरी र प्रेम सम्बाम्फे, सचिबमा बिश्वदीप लिङदेन र टोम राजबंशी र सहसचिबमा उमाराम प्रसाई र पदम लिम्बु रहेका छन । त्यसैगरी, अर्का सभापतिका उम्मेद्वार देउमान थेबे समूहमा उपसभापतिमा शेरबहादुर भट्टराइ, केशब पाण्डे, सचिवमा कृष्ण हुमागाई, नवीन बिमली र सहसचिवमा कमल भण्डारी,कालेन्द्र राजबंशी रहेका छन् ।
झापा, ९ मंसिर । प्रदेश नं. १ महिला हिंसाविरुद्धको १६ दिने अभियान बिहीबारदेखि सुरु भएको छ ।सामाजिक विकास मन्त्री जयराम यादवले लैंगिक हिंसा विरुद्धको अभियान गाउँ–गाउँमा पु¥याउनु पर्नेमा जोड दिनु भएको छ । उहाँले अभियानलाई गाउँ–गाउँमा पु¥याउन सके लैंगिक हिंसा अन्त्य गर्न सकिने बताउनुभयो । सामाजिक विकास मन्त्रालयको आयोजनामा आज विहान विराटनगरमा लैंगिक हिंसा विरुद्धको १६ दिने साझा अभियानको शुभारम्भ गर्दै मन्त्री यादवले सो कुरा बताउनु भएको हो । सरकारले मात्रै अभियान सञ्चालन गर्दैमा लैंगिक हिंसा अन्त्य गर्न कठिनाई हुने भएकाले आ–आफ्नो तहमा सवै निकायले अभियान सञ्चालन गर्नुपर्नेमा उहाँको जोड छ । निरन्तरको अभियानले लैंगिक हिंसा सँधैका लागि अन्त्य गर्न…
झापा, ९ मंसिर । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दूधको मूल्य बढाउन गृहकार्य सुरु गरिरहेको छ। कृषि मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय दुुग्ध विकास बोर्डले एक चरण सरोकारवालासँग छलफल गरिसकेको छ। सो छलफलबाट आएको निष्कर्ष कृषि मन्त्रालयलाई जानकारी गराएपछि थप प्रक्रिया अगाडि बढ्ने बताइएको छ। बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादवले दूधको मूल्य वृद्धि गर्ने विषयमा सरोकारवालासँग छलफल गरिसकेको र त्यसबारे मन्त्रालयलाई जानकारी गराइसकेपछि थप प्रव्रिmया अगाडि बढ्ने बताए । बोर्डसँग भएको छलफलमा किसान तथा उद्योगीले आआफ्नो तर्फबाट मूल्य प्रस्ताव गरेका छन्। किसानको तर्फबाट केन्द्रीय दुुग्ध सहकारी सङ्घ लिमिटेडले प्रतिलिटर १४ रुपियाँ र डेरी उद्योगीबाट नेपाल डेरी एसोसिएसन तथा डेरी उद्योग सङ्घले…
भद्रपुर, ९ मंसिर । झापा बुद्धशान्ति गाउँपालिका–१ बुधबारे बजारका २८ वर्षीय प्रविन मगर एक महिनादेखि बेपत्ता भएका छन् । मजदुरी गर्न भन्दै गत कात्तिक ७ गते रामेछाप पुगेका उनी त्यसको भोलिदेखि बेपत्ता भएको परिवारले जनाएको छ । रामेछापको उमकुन्द गाउँपालिका–२ पुगेका मगर त्यहाँ पुगेको भोलिदेखि बेपत्ता भएका उनकी आमा पद्मा समाल मगरले बताउनुभयो । “साथीहरूसँग काम गर्ने भनेर छोरा रामेछाप गएको थियो”, उहाँले भन्नुभयो, “गएकै भोलिदेखि बेपत्ता भयो, सम्पर्कमा छैन ।” आमा समालले छोराको खोजी गरिदिन सबैसँग अनुरोध गर्नुभएको छ । छोराको बारे केही जानकारी भए मोबाइल नं. ९८२४९४४५२५ मा वा प्रहरीमा खबर गरिदिन उहाँको अनुरोध छ ।
बिर्तामोड, ९ मंसिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तरगत झापामा दुई वटा प्यानल चुनावी मैदानमा उत्रिएको छ । झापा कांग्रेसमा आगामी नेतृत्वका लागि दाबी गर्दै राम कट्टेल र देउमान थेवेको प्यानल चुनावी मैदानमा उत्रिएको हो । दुवै समूहले आ–आफ्नो उम्मेदवारको नाम सार्वजनिक समेत गरिसकेका छन् । सभापति पदका उम्मेदवार राम कट्टेलको समूहमा उपसभापति पदमा केदार शमशेर गिरी र प्रेम सम्बाहाम्फे, सचिवमा विश्वदीप लिङ्देन र टोम राजवंशी, सहसचिवमा उमाराम प्रसाईं र पदम लिम्बू उम्मेदवार हुने निश्चित भएको राम कट्टेल जिताऔं अभियानका सचिवालय संयोजक पुष्पराज पौडेलले जानकारी दिनुभयो । सभापति पदका उम्मेदवार कट्टेलले आसन्न निर्वाचनमा आफ्नो जीत मात्र नभई परिवर्तनका पक्षमा उभिने…
बिर्तामोड, ८ मंसिर । झापाली निर्माण व्यवसायीहरुको छाता संगठन निर्माण व्यवसायी संघ झापाको अधिवेशन नजिकिँदै जाँदा नेतृत्वका लागि आकांक्षीहरु पनि देखिन थालेका छन् । संघको यही मंसिर २१ र २२ गते विर्तामोडमा जिल्ला अधिवेशन सम्पन्न हुँदैछ । आगामी कार्यकालका लागि युवा निर्माण व्ववसायी मौसम थापाले अध्यक्ष पदमा दाबेदारी प्रस्तुत गरिसकेका छन् । थापाले सामाजिक सञ्जाल प्रयोग गर्दै अध्यक्षमा आफ्नो उम्मेद्वारी रहने घोषणा गरेका हुन् । वर्तमान कार्यसमितिमा थापा द्वितीय उपाध्यक्ष छन् । २०६६ सालमा संघमा आबद्ध रहेका थापाले व्यावसायिक हकहित र संस्थागत सुदृढिकरणका लागि आसन्न अधिवेशनमा अधयक्ष पदमा आफ्नो उम्मेद्वारी रहने बताएका छन् । झापाली इन्टरनेशनल इञ्जिनियरिङ एण्ड बिल्डर्स प्रा.…
झापा, ८ मंसिर । नेपाली कांग्रेस प्रदेश नम्बर १ को महाधिवेशनको तयारी थालिएको छ । यस विषयमा अधिवेशन आयोजक समितिका संयोजक कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा बुधबार विराटनगरमा बैठक भएको छ । बैठकले पार्टी प्रादेशिक संरचनामा गएपछि हुन लागेको प्रदेशको अधिवेशन भव्य रुपमा आयोजना गर्ने निर्णय गरेको छ । प्रचार समितिका संयोजक तथा कांग्रेस १ नं प्रदेश संसदीय दलका नेता राजिव कोइरालाले पत्रकार सम्मेलन आयोजना गरी अधिवेशन तयारीको विषयमा जानकारी गराएका छन् । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार नेपाली कांग्रेस प्रदेश नम्बर १ को प्रथम अधिवेशन विराटनगर महानगरपालिका वडा नम्बर २ शंकरपुर (विराट नर्सिङ होम) को पूर्वतर्फ रहेको खाली जमिनमा…
झापा, ८ मंसिर । राजनीतिमा युवा – वर्तमानको खाँचो । जोश, जाँगर एवम् रचनात्मक सोचका साथ हरदम केही नयाँ र केही फरक काम गरौं भन्ने हुट्हुटी । समाज र राष्ट्रहितका लागि निरन्तर पहल गर्न उद्यत युवा वर्ग नै वस्तुतः राजनीतिका अभियन्ता बन्नुपर्ने समयको माग । र, आजका दिनमा युवा वर्ग नै नेपाली राजनीतिका विश्वस्त अभियन्ता बन्न सक्छन् । यही समयसन्दर्भमा सुदूर पूर्वी झापा जिल्लामा पनि युवाहरूको राजनीतिमा सहभागिता बढ्दै गएको पाइँदैछ । र, युवा पंक्तिको त्यही समूहमा राजनीतिको सिँढी चढ्दै गरेका एक जागरुक एवम सक्रिय युवा नवीन विमली यतिबेला आफ्नो जबर्जस्त उपस्थिति दर्ज गर्दैछन् । २०५७ सालमा १८ वर्षको उमेरमा…
झापा, ८ मंसिर । झापाको कन्काई नगरपालिका–७ बिरिङ स्थितबाट लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा कनकाई ३ का २८ वर्षीय सुप्रकाश राई रहेका छन् । हिजो बेलुका ६ बजे जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण कार्यालय व्यूरोबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउन सुगर ५ ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका राईको ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।
झापा, ८ मंसिर । झापा कनकाई नगरपालिका–३ पबित्रा पेट्रोल पम्प स्थित पुर्बपश्चिम राजमार्गमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा कन्काई नगरपालिका–६ का ६० वर्षीय कबिराज बोहोरा रहेका छन् । हिजो दिउसो २ बजे पुर्बबाट पश्चिमतर्फ जादै गरेको मे ९ प ६५१९ नम्बरको मोटरसाईकललाई सोही दिसा पछाडीवाट आउँदै गरेको मे १ ज १४०५ नम्बरको बोलेरो गाडीले ठक्कर दिएको थियो । बोलेरोको ठक्करबाट घाईते भएका बोहोराको बीएण्डसी अस्पतालमा उपचारको क्रममा बेलुका साढे ७ बजे मृत्यु भएको हो । सो दुर्घटनाबाट बोलेरोमा सवार ४ जना यात्री समेत घाईते भएका छन् घाईतेहरुको बिर्तामोडको बिभिन्न अस्पतालमा उपचार भईरहेको छ ।…