
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
सुनसरी, ८ मंसिर । जिल्ला प्रहरी कार्यालय सुनसरीले मंगलबार एकदिनमा मात्र ४२ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागी सम्मानित जिल्ला अदालतमा पेश गरेको छ । सम्मानित जिल्ला अदालत सुनसरीबाट बिभिन्न मितिमा, बिभिन्न मुद्धामा कैद तथा जरिवाना फैसला भएता पनी फरार रहँदै आएका फरार प्रतिवादीहरुलाई पक्राउ गर्न फरार प्रतिवादी पक्राउ अभियान नै संचालन गरी प्रहरी परिचालन गर्दा गत ४ महिनामा ५६५ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको हो । यसरी ४ महिनामा ५६५ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी ११९ वर्ष ८ महिना ८ दिन कैद र २६ लाख ७२ हजार ९०६ रुपैयाँ जरिवाना असुल भएको छ । फरार प्रतिवादी पक्राउकै…
उदयपुर, ८ मंसिर । उदयपुर कटारीका एक व्यवसायी निरन्तर छैटौं पटक उत्कृष्ट करदाता घोषित भएका छन । आन्तरिक राजस्व कार्यालय लहानबाट सबै भन्दा बढी कर बुझाएर नेपाल ट्रेडिङ एण्ड हार्डवेयर्स प्रालि कटारीका संचालक प्रयास कार्की उत्कृष्ठ करदाता घोषित भएका हुन । कार्कीको कम्पनीले आर्थिक बर्ष ०७६।०७७ मा ४६ लाख ४ हजार ४ सय कर तिरेर सबै भन्दा बढी कर तिर्ने व्यवसायीको पहिचान बनाएको करदाता सेवा कार्यालय गाईघाटले जानकारी दिएको छ । नेपाल ट्रेडिङ एण्ड हार्डवेयर्स प्रालिले २०७१।०७२ देखि निरन्तर सबै भन्दा बढि कर तिर्न सफल भएको जनाएको छ । सेवा कार्यालय गाईघाटले २०७७ माघ १२ गते पेश गरेको आय विवरणमा…
झापा, ७ मंसिर । प्रदेश १ मा सोमबार ५७ जनामा कोरोना संक्रमण भएको छ । ३५६ जनाको पीसीआर परीक्षण गर्दा ४७ र ८३ जनाको एन्टिजेन परीक्षण गर्दा १० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २३, सुनसरीमा १३, मोरङमा ६, धनकुटामा २, उदयपुर, पाँचथर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो । झापाको बुद्धशान्ति र कनकाईमा ६–६, मेचीनगरमा ३, दमक र झापा गाउँपालिकामा २–२, गौरादह, भद्रपुर, हल्दिबारी र शिवसताक्षीमा १–१, सुनसरीको धरानमा ८ र इटहरीमा ५, मोरङको विराटनगरमा ४, उर्लाबारी र रंगेलीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा २, उदयपुरको कटारी, पाँचथरको…
भद्रपुर, ७ मंसिर । नेपाली काँग्रेसको झापा क्षेत्र नं ३ को सभापतिमा गणेश पोखरेल पुनः निर्वाचित भएका छन् । पोखरेल प्रतिस्पर्धी राजेन्द्र घिमिरेलाई पराजित गर्दै पुनः क्षेत्रीय सभापति बनेका हुन् । क्षेत्र नं ३ को सचिव पदमा गीताप्रसाद भट्टराई र भूपाल बस्नेत विजयी भएका छन् । महाधिवेशन प्रतिनिधिमा उर्मिलाकुमारी गौतम, तारादेवी बाराकोटी, लता कार्की र शर्मिला अधिकारी तथा महाधिवेशन प्रतिनिधि खस आर्यमा टिकाराज ढकाल र कृष्णप्रसाद प्रसाईँ विजयी भएका छन् । आदिवासी जनजाति खुला महाधिवेशन प्रतिनिधिमा खड्गप्रसाद राजवंशी , डम्बरसिंह सिगु र मनोज सुब्बा गौरव तथा मधेसी कोटा ओमप्रकाश सरावगी विजयी भएका छन् । त्यसैगरी जगतबहादुर बस्नेत, दयानन्द गोस्वामी, नवीन…
झापा, ७ मंसिर । झापा र मोरङ जिल्ला पूर्वाधार र विकासले सुगम मानिए पनि यिनै दुई जिल्ला जोड्ने खोलामा रहेको पुल तर्दा पैसा तिर्नुपर्छ भन्दा धेरैलाई अपत्यारिलो लाग्न सक्छ । तर, हुलाकी राजमार्ग अन्तर्गत झापा र मोरङ जोड्ने रतुवा खोला तर्दा स्थानीयवासीले वर्षौंदेखि पैसा तिर्दै आएका छन् ।झापातर्फ पूर्वप्रधानमन्त्री केपी शर्माओली र मोरङतर्फ बहालवाला रक्षामन्त्री डा.मिनेन्द्र रिजालको निर्वाचन क्षेत्र पर्छ । राष्ट्रिय राजनीतिमा प्रभावशाली मानिएका दुवै नेताको निर्वाचन क्षेत्र जोड्ने खोलामा भने स्थानीयवासीले पुल तर्दा पनि पैसा तिर्नुपर्ने भएको हो । रतुवा खोलामा पुल बनेको दुई वर्ष पूरा भएपनि पुल जोड्ने सडक नबन्दा स्थानीयवासीले हिउँदमा बाँसको पुलबाट आवतजावत गर्दा पैसा…
सुनसरी, ७ मंसिर । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले सहमति गराउने भन्दै सुनसरी क्षेत्र नम्बर तीनको मनोनयन दर्ता नै रोकिदिएका छन् । जिल्लाका अन्य क्षेत्रमा मनोनयन सहज रूपमा भए पनि पार्टीका जिम्मेवार व्यक्तिबाटै सहमति गराउने बहानामा मनोनयन दर्ता कार्यक्रम नै रोकिएको हो । पार्टी उपसभापति गच्छदारले दबाब दिएपछि निर्वाचन कार्य तालिकासमेत प्रभावित भएको छ । निर्वाचन समितिले जिल्लाभर एकै समय सोमबार बिहान १० बजे मनोनयन दर्ता गर्न भनेको थियो । सोही अनुसार समयमै पुगेका नेता कार्यकर्ताहरू मनोनयनै नगरी फर्किएका छन् । सकेसम्म सहमति गर्ने चुनाव नगर्ने रटान लगाउँदै आएका गच्छदारले चुनाव गर्ने समय नै तलमाथि गरिदिएपछि कार्यकर्ता समेत निराश भएका…
झापा, ७ मंसिर । चीनको ताक्लाकोटबाट दुई वर्षदेखि खाद्यान्न तथा अन्य उपभोग्य वस्तु आयात बन्द भएपछि हिमालपारि लिमी गाउँका बासिन्दाले खाद्यान्न सङ्कट बेहोर्दै आएका छन् । गाउँमा खाद्य सङ्कट परेपछि नाम्खा गाउँपालिका–६, लिमीको जाङ गाउँका १७ जनाको समूूह पाँच हजार मिटर अग्लो न्यालु लेक नाघेर खाद्यान्न माग गर्न सदरमुकाम सिमकोट आइपुगेको छ । नाराको लेकमा तीन फिटसम्म जमेको हिउँ छिचोल्दै, हिउँमाथि नै बास बस्दै चार दिनको कठिन बाटो हिँडेर सो समूह सिमकोट आइपुगेको हो । जाङका नुर्ब तामाङले भने, “कोरोनाको कारण देखाउँदै दुई वर्षदेखि छिमेकी मित्रराष्ट्र चीनको ताक्लाकोटबाट खाद्यवस्तु आयात बन्द छ । हामी भोकले मर्ने भयौँ । सरकार गुहार्न…
झापा, ७ मंसिर । नेकपा एमाले दसौँ महाधिवेशनको उद्घाटन सत्र सुरु हुन तीन दिन बाँकी छ । अन्य विभिन्न पदमा फाट्टफुट्टरुपमा उम्मेदवारी घोषणा भएका छन् तर महासचिव पदका लागि औपचारिक रूपमा कोही आकांक्षी देखिएका छैनन् । अध्यक्षमा केपी शर्मा ओलीलाई चुनौती दिने गरी उपाध्यक्ष भीम रावलले उम्मेदवारी घोषणा गरिसकेका छन् । अध्यक्षपछिको महत्त्वपूर्ण कार्यकारी पद मानिने महासचिवमा आकांक्षीहरु देखिए पनि खुलेर कोही बोलेका छैनन् । महाधिवेशनमा सबै पदाधिकारी सर्वसम्मत हुने चर्चाले पनि नेताहरूले खुलेर उम्मेदवारी घोषणा गर्न नसकेका हुन् । हालको एमाले संरचनामा उपमहासचिव रहेका विष्णु पौडेल र घनश्याम भुसाल यसको स्वाभाविक दाबेदार भए पनि भुसालले महासचिवमा खासै रुचि राखेको…
झापा, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार गाउँगाउँसम्म पुर्याउने भन्दै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरी मुलुकलाई तीन तहमा विभाजन गरी अधिकारसम्पन्न बनाए पनि प्रदेश सरकारहरूले गरिरहेको पूँजीगत खर्चको अवस्था निराशाजनक छ । चालू आर्थिक वर्ष (आव) २०७८÷७९ का लागि प्रदेश नम्बर १ सरकारले पुँजीगततर्फ १५ अर्ब ५ करोड बजेट छुट्ट्याएकोमा उक्त प्रदेशले पहिलो त्रैमासमा करीब १५ प्रतिशतको हाराहारीमा खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय विराटनगरका प्रदेश सचिव सुमन दाहालले जानकारी दिए । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश नम्बर २ ले…
झापा, ७ मंसिर । प्रदेश १ का ८५ इँटा उद्योगमध्ये अधिकांशले कोइलाको अभावमा काँचो इँटाको काम शुरू गर्न सकेका छैनन् । इँटा उद्योगमा प्रयोग हुने प्रमुख इन्धनको रूपमा रहेको पत्थर कोइला भारतबाट आायत हुन्थ्यो । अहिले भारतले कोइला निकासी प्रतिबन्ध लगाएपछि अहिले अमेरिका र इन्डोनेशियाबाट ३ सय प्रतिशतसम्म बढी मूल्य तिरेर ल्याउनु परिरहेको उद्योगीहरूले गुनासो गरेका छन् । नेपाल उद्योग परिसंघका प्रदेश १ अध्यक्ष तथा एवीआई इँटा उद्योगका सञ्चालक भीम घिमिरेले २ वर्ष कोरोनाको कारण इँटा उत्पादननै हुन सकेन । यो वर्ष इँटा उत्पादन भए पनि कोइला र ज्याला बढेकाले मूल्य वृद्धि हुने बताए । उनका अनुसार यो वर्ष इँटाको…