
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ७ मंसिर । सरकारले स्थानीय तह निर्वाचनको तयारी सुरु गरेको छ । पाँच वर्षे कार्यकालका लागि २०७४ वैशाखमा निर्वाचित स्थानीय तहका पदाधिकारीको अवधि आगामी जेठ ५ मा सकिँदै छ । स्थानीय तहको निर्वाचनलाई लिएर आयोगले आन्तरिक तयारी सुरु गरि सकेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गराउन सरकार दृढ रहेको बताए । उनले भने, “स्थानीय तह पुनः पदाधिकारीविहीन त हुने होइन भन्ने सवालमा सरकार सचेत रहेको र लोकतन्त्र तथा लोकतान्त्रिक सङ्घसंस्थालाई जीवन्त राखेर जनतालाई सेवा सुविधा प्रभावकारी रूपमा उपलब्ध गराउन प्रतिबद्ध छौँ ।” निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले…
बिर्तामोड, ५ मंसिर । झापाको विर्तामोडमा भएको नेपाल प्रेस युनियनमा आवद्ध पत्रकारहरुको भेलामा सञ्चार क्षेत्रमा देखिएका समस्या, युनियनको महाधिवेशन, प्रेस युनियनमा आवद्ध पत्रकारहरुको अवस्था र नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगतका निर्वाचनमा युनियनमा आवद्ध सदस्यहरुको उपस्थिति लगायतका विषयमा छलफल भएको छ । नेपाल प्रेस युनियन झापाको आयोजना र महासचिव अजयबाबु शिवाकोटीको उपस्थितिमा सम्पन्न छलफलमा प्रेस युनियन झापाका अध्यक्ष इन्दु पूर्वेलीले शाखाले जिल्लामा गरेका केही महत्वपूर्ण कामका साथै कांग्रेको १४ औं महाधिवेशनमा प्रेस युनियनले निर्वाह गरेको भूमिका लगायतका विषयमा जानकारी गराउनु भएको थियो । छलफलमा सहभागीहरुले युनियनको महाधिवेशन नहुनुको कारणबारे खबरदारी गर्नुका साथै लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने नाममा विज्ञापन बोर्डले सञ्चारमाध्यमहरुको…
बिर्तामोड, ५ मंसिर । नेपाली कांग्रेसको आसन्न चौधौं महाधिवेशन अन्तरगत आज क्षेत्रीय अधिवेशनका लागि मनोनयन दर्ता लगायतका प्रक्रिया सम्पन्न भएको छ । आज प्रारम्भिक प्रक्रिया पुरा गरेपछि भोली मतदान हुनेछ । झापाका पाँचवटै क्षेत्रमा शनिबार तोकिएको निर्वाचन केन्द्रमा पुगेका मतदान अधिकृतहरुले आज विहान ९ बजेदेखि उम्मेद्वारी मनोनयन दर्ता प्रक्रिया शुरु गरेका हुन् । दिउँसो १२ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो । अपरान्ह तीनबजे अधिकांश क्षेत्रमा उम्मेद्वारको अन्तिम नामावली प्रकाशन भइसकेको छ । क्षेत्रीय निर्वाचनका लागि झापा क्षेत्र नं–१ मा पासाङ ल्हामु स्मृति भवन धुलाबारी, क्षेत्र नं–२ को नेपाली कांग्रेस झापाको कार्यालय, क्षेत्र नं–३ का लागि नेपाली कांग्रेस भद्रपुर नगर…
झापा, ५ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण भएको छ । ३६७ जनाको पीसीआर परीक्षण गर्दा १८ र ४० जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७, मोरङमा ५, सुनसरी र प्रदेश १ बाहिरका ३–३ जनामा संक्रमण देखिएको हो । झापाको अर्जुनधारा, मेचीनगर, कनकाई, बिर्तामोड, गौरादह, कमल र झापा गाउँपालिकामा १–१, मोरङको विराटनगरमा ३, रंगेली र कटहरीमा १–१, सुनसरीको इटहरीमा २ र इनरुवामा १ र प्रदेश १ बाहिरका ३–३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज ३९…
बिर्तामोड, ५ मंसिर । झापाको छुट्टाछुट्टै दुई स्थानबाट प्रहरीले लागूऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ गरेको छ । शनिबार बेलुका अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा–११ स्थित बसपार्कबाट बिर्तामोड–५ का २४ वर्षीय अभिषेक राजवंशीको साथबाट ३ ग्राम ३३० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको जिप्रका झापाले जनाएको छ । ब्राउन सुगर बरामद भएपछि उनीले सवार ज८प ८१३२ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको छ । यसैगरी, सोही स्थानबाट प्रहरीले राति ८ बजे बसपार्क एक होटल सञ्चालिका ताप्लेजुङ श्रृजंगा गाउँपालिका–३ की २० वर्षीया अनिसा भट्टराई र इलामको इलाम नगरपालिका–६ का २८ वर्षीय मनिस राईलाई ब्राउन सुगरको कारोबार गरिरहेको अवस्थामा पक्राउ गरेको छ ।…
बिर्तामोड, ५ मंसिर । झापा दमकस्थित एक होटलबाट प्रहरीले छ जना जुवाडेलाई नगदसहित पक्राउ गरेको छ । दमक–४ स्थित रातो भाले सेकुवा कर्नर होटलबाट उर्लाबारी–६ का ६६ वर्षीय विश्वराज पराजुली, झापा बुद्धशान्ति–३ का ४५ वर्षीय सोनी तामाङ, होटल सञ्चालक दमक–४ का ४७ वर्षीय शेरबहादुर कार्की, सोही स्थानका ५३ वर्षीय रेवत वुढाथोकी, ४६ वर्षीय चेतबहादुर कुँवर र दमक–९ का ४६ वर्षीय रविन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शनिबार राति करिब १०ः३० बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले नगद रू २ लाख ५६ हजार ३५०, एक बुङ ताससहित उनीहरुलाई पक्राउ गरेको हो ।…
भद्रपुर, ५ मंसिर । झापाको भद्रपुर विमानस्थलबाट अमेरिकी डलर जस्तो देखिने खोटा मुद्रासहित प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा भारत पश्चिम बंगालका २४ वर्षीय दुर्लव रोय चौधरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई मंसिर २ गते बेलुका ५ः३० मा भद्रपुर विमानस्थलबाट काठमाडौं जान लागेका अवस्थामा चेकजाँच गर्ने अमेरिकी डलरसहित पक्राउ गरेको हो । चौधरीले बोकेको हाते झोलाभित्र अमेरीकी मुद्रा (डलर) सँग मिल्ने शंकास्पद नोटहरु फेला परेको थियो । प्रहरीले उनको साथबाट ‘एक सय डलर युनाइटेड स्टेट अफ अमेरिका एलई ००००००९९डी लेखिएको २२६ थान नोट, दुर्लव रोय चौधरीको ५१२२४४६४९०१९ नं. को भारतीय आधार कार्ड एक…
बुधबारे, ५ मंसिर । बुधबारे जेसीज २०२१ को अन्तिम बोर्ड बैठक आइतबार आफ्नै निर्माणाधिन सचिवालय भवनमा सम्पन्न भएको छ । अध्यक्ष अनिल वाग्लेको सभापतित्वमा सम्पन्न बैठकले साधारणसभाको मिति तय गरेको छ । साधारण सभा डिसेम्बर १ अर्थात् मंसिर १५ देखि १७ गतेसम्म हुनेछ । इलामको पर्यटकिय क्षेत्र अन्तुमा शुरूहुने साधारणसभा १७ गते झापाको बुधबारेमा सम्पन्न हुनेछ । मंसिर १५ गते दिउँसो ३स्४५ देखि ४ बजेसम्म मनोनयन दर्ताको समय तय गरिएको छ । सोही दिन साधारणसभा उद्घाटन र क्यान्डिडेट तालिम हुनेछ । १७ गते ४ बजेदेखि झापाको बुधबारेमा साधारणसभाको बाँकी काम सुरू हुनेछ । क्यान्डिडेट तालिम कार्यकारिणी उपाध्यक्ष अर्जुन ढकाल र…
भद्रपुर, ५ मंसिर । महानन्द चोकमा बङ्गुरको मासु बिक्री गर्ने इन्द्र कुमार मगरको हत्या ‘मैले गरेको’ भन्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनिले शुक्रवार राती ९ बजे महानन्द चोकमा खसीको मासु विक्री गर्ने टिकाराम थापा र उनको पसलमा कार्यरत धुव्र बुढाथोकीलाई पक्राउ गरेको हो । ‘माल्दाई मासु पसल’ का सञ्चालक थापाले मगरको भाइ सन्तोष मगरलाई ‘तेरो दाइलाई मैले मारेको’ भनेपछि प्रहरीलाई जानकारी गराइएको थियो । इन्द्रका जन्तरे भाइ सन्तोषले इजलाससित भने – तेरो दाइलाई मैले मारेको भनेपछि प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । कुराकानीका क्रममा टिकारामले मलाई भने, तेरो दाइको हत्यारा भेटियो रु उनले जवाफमा…
मोरङ, ५ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मोरङमा प्रदेश निर्वाचन क्षेत्रका सभापति, पदाधिकारी र क्षेत्रीय प्रतिनिधिहरु छनोट भएका छन् । निर्वाचन परिणामअनुसार कांग्रेस संस्थापनभन्दा कोइराला–पौडेल समूह बलियो देखिएको छ । जिल्लाभर जम्मा १२ प्रदेश निर्वाचन क्षेत्रमा देउवा पक्षीय दुई जना सभापतिमात्र विजयी भएका छन् । मोरङका १२ वटा प्रदेश निर्वाचन क्षेत्रमध्ये चारवटामा सर्वसम्मत भएपछि थप आठवटामा सभापति चयन गर्न शनिबार निर्वाचन सम्पन्न भएको हो । साँझदेखि नै मतगणना आरम्भ भएको थियो । आईतबार बिहान प्राप्त मत परिणामअनुसार मोरङ निर्वाचन क्षेत्र नम्बर १ ‘क’ मा नरबहादुर तामाङ र ‘ख’ मा राजकुमार लामा निर्वाचित भएका छन् । लामा सर्वसम्मत…