झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बनियानी, २९ कात्तिक । झापाको गौरादहबाट एक पुरुषको हत्या आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । गौरादह–५ का ४६ को मबेसिर हुसेन मियाँको हत्या आरोपमा सोही स्थानका ३१ वर्षीय महम्मद सद्दाम, २८ वर्षीया सुमेरन खातुन, २६ वर्षीय महम्मद सुलेमान, २२ वर्षीया रुक्सार खातुन र ३८ वर्षीया कुर्समान खातुनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिनुभयो । मबेसिरका श्रीमती नुरजन खातुनले आफ्नो श्रीमान मंसीर ११ देखि हराएको भनी मंसीर १४ गते खोजीका लागि प्रहरीमा उजुरी दिएकी थिइन् । खातुनको निवेदनका आधारमा खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले मंसीर २६ गते…

Read More

बिर्तामोड, २९ कात्तिक । तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय परिषद् झापाको तेस्रो जिल्ला अधिवेशन मंसीर ४ गते हुने भएको छ । झापाको बिर्तामोडमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी परिषद्ले अधिवेशनबारे जानकारी दिएको हो । परिषद्का झापाका अध्यक्ष धनबहादुर गुरुङले बिर्तामोडको अतिथि सदनमा पाँच सय प्रतिनिधको सहभागितामा अधिवेशन हुने बताए । अधिवेशनमा झापाका ८ वटा नगरपालिका र ७ वटा गाउँपालिकाका इकाईहरुबाट पाँच÷पाँच जना, भातृ–भगेनी संस्थामध्ये तमुस्यो ह्युल छोज धिंबाट २ जना, युवा छोज धिंबाट २ जना, र विद्यार्थी छोज धिबाट २ जना एवम् गुम्वा व्यवस्थापन समितिको तर्फबाट प्रत्येक गुम्वाबाट १÷१ जना प्रतिनिधी सहित पाँच सय जनाको सहभागिता रहने उनले बताए…

Read More

बिर्तामोड, २९ कात्तिक । झापाको शिवसताक्षीमा स्कारपियोको ठक्करबाट आज एक जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी–१० की ७२ बर्षीया ललिता कट्वाल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आज बिहान ११ः१५ बजे दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को१च.७४१६ नम्बरको स्कारपियोले माइधार चौक नजिक भित्री सडक खण्डमा कट्वाललाई ठक्कर दिँदा उनको घटनास्थालमै मृत्यु भएको हो । स्कारपियो र चालक इलाम देउमाइ नगरपालिका–३ का ३२ वर्षीय पूर्ण खतिवडा अस्थायी प्रहरी पोष्ट माइधारको नियन्त्रणमा रहेको छ ।

Read More

सुरुङ्गा, २९ कात्तिक । प्रेस सेन्टर नेपाल झापाको विस्तारित भेलाले अध्यक्षमा पुनः झुलन रेग्मीलाई चयन गरेको छ । सोमबार झापाको सुरुङ्गामा भएको भेलाले उपाध्यक्षमा पार्थ मण्डल र महिला उपाध्यक्षमा सुश्मा कुमाल, सचिवमा उद्धव पुरी, सह–सचिवमा सन्तोष शर्मा र प्रकाश उप्रेती र कोषाध्यक्षमा पुष्प खड्कालाई चयन गरेको छ । २१ सदस्यीय समितिको जिल्ला सदस्यमा होमप्रकाश अधिकारी, दिलिप थापा, गोविन्द ल्वागुन, पुजन आचार्य, सविन खतिवडा, सुमित भण्डारी, केशव चापागाई, आइपी भट्टराई, अनिता विष्ट, प्रतिभा पौडेल, भोलानाथ तिम्सिना, चुडामणि तिम्सिना, शर्मिला पुरी र प्रेमयम्फु राई चयन भएका छन् । संगठनका जिल्ला संयोजक झुलन रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा संगठनका केन्द्रीय सम्मेलन आयोजक समितिका सदस्य…

Read More

कनकाई २८ कात्तिक । नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले पार्टीको आन्तरिक महाधिवेशन र नेतृत्व छनौट प्रक्रियालाई विपक्षी दलसँगको लडाईजस्तो नबनाउन कार्यकर्तालाई आग्रह गर्नुभएको छ । नेपाली कांग्रेस कनकाई नगरपालिका ९ नं वडाको आयोजनामा आइतबार सम्पन्न कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै सभापति थापाले संसदीय निर्वाचनमा एमालेसँग चुनावी भिडन्त गर्नुपर्ने भएकोले आन्तरिक छनौट प्रक्रियामा मित्रवत ब्यवहार गर्न प्रतिष्पर्धी उम्मेद्वारहरुलाई अपिल गर्नुभएको हो । पार्टीमा अहिलेसम्म गरेको काम र योगदानको मूल्याङ्कन गरेर योग्य, सक्षम र क्षमतावान नेतृत्वलाई विवेकपूर्ण मतदान गर्न सभापति थापाले कार्यकर्तासँग अनुरोध समेत गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेस झापा प्रचार विभाग प्रमुख कृष्ण हुमागाई, २ नं क्षेत्रीय सभापति खगेन्द्र मैनाली, शेरबहादुर…

Read More

बिर्तामोड, २८ कात्तिक । बिर्तामोड नगरपालिका २ का वडाध्यक्ष नगेन्द्र संग्रौलाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेकोमा माछा पालक किसानसँग माफी मागेका छन् । आइतबार फेसबुकमार्फत संग्रौलाले माछा पालन किसानलाई लक्षित गरी लेखेको स्टाटसका कारण माफी मागेका हुन् । संग्रौलाले कार्तिक २४ गते झापाका माछा पोखरीमा हस्पिटलमा उत्पादित फोहोरमैला रात्रीकालिन समयमा चारो (दाना) को रुपमा हाल्ने गरेको भनि स्टाटस लेखेका थिए । उक्त स्टाटसप्रति जिल्लाका किसानले आपत्ति जनाएका हुन् । वडाध्यक्ष संग्रौलाले बिना आधार, प्रमाण भ्रामक सूचना सम्प्रेषण गरेको माछा किसानको संस्था मेची मत्स्य व्यवसायिक कृषक समूहको दाबी थियो । आइतबार वडाध्यक्ष संग्रौलाले विज्ञप्ति जारी गरी अज्ञानवश स्टाटस लेखेको प्रति गल्ती…

Read More

झापा, २८ कात्तिक । झापा अर्जुनधारा नगरपालिका–११ बसपार्क स्थितबाट लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–६ का ३४ वर्षीय सुबास खवास रहेका छन् । हिजो राती ८ बजे अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले खवासलाई ब्राउन सुगर १ ग्राम ५०० मिलिग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका उनको ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।

Read More

झापा, २८ कात्तिक । उदयपुर र मोरङबाट प्रहरीले लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका १० का ३५ बर्षीय पेशस घिमिरे, त्रियुगा नगरपालिका १२ का २१ बर्षीय बिष्णु साह र सुनसरी दुहबी नगरपालिका ३ का २३ बर्षीय शिवा चौधरी रहेका छन् । हिजो दिउसो पौने ३ बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका ११ बैकलाईनबाट घिमिरे र साहलाई लागूऔषध नाईट्राभेट २२५ ट्याब्लेट र १०० ग्राम गाँजा सहित पक्राउ गरेको हो भने हिजै बेलुका ५ बजे लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका १५ स्थित २ नम्बर ढाटबाट चौधरीलाई डाईलेक्स…

Read More

बनियानी, २८ कात्तिक । झापा मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट शनिबार लागुऔषध ब्राउनसुगरसहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–६ का २२ वर्षीय प्रदीप बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शनिबार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले बस्नेतलाई दुई ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको कार्यालयले जनाएको छ । पक्राउ परेका बस्नेतलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको छ ।

Read More

झापा, २८ कात्तिक । सरकारले शाखा अधिकृत र उपसचिवको बीचमा सहायक सचिव तथा सहसचिव र सचिवको बीचमा अतिरिक्त सचिव या विशेष सचिव पद थप्न गृहकार्य अघि बढाएको छ। सरकारले अध्यादेशबाट ल्याउन लागेको संघीय निजामती सेवा ऐनमा यस्तो व्यवस्था गर्न लागेको हो। सरकारले अघिल्लो महिना संसद्बाट फिर्ता लिएको संघीय निजामती सेवा ऐनको प्रस्तावित विधेयक केही बुँदा संशोधनसहित अध्यादेशबाट जारी गर्ने तयारी गरेको छ। संघीय मामिलामन्त्री राजेन्द्र श्रेष्ठले संसद्को हिउँदे अधिवेशनअघि नै संघीय निजामती सेवा ऐनलाई अध्यादेशबाट ल्याउने तयारी भएको बताए। त्यसका लागि आन्तरिक गृहकार्य भइरहेको उनको भनाइ छ। ‘संसद्बाट फिर्ता लिइएको संघीय निजामती सेवा ऐनसम्बन्धी विधेयकमा केही परिमार्जन हुन्छ’, उनले भने,…

Read More