
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
मोरङ, ३० साउन । मोरङ बेलबारी छट्टा छुट्टै स्थानबाट लागूऔषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा झापा बुद्धशान्ति गाउँपालिका ५ का ३४ बर्षीय खेम मगर र झापा मेचीनगर ३ का ३९ बर्षीय लोकबन्धु दर्नाल रहेका छन् । हिजो बेलुका ४ बजे ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले बेलबारी नगरपालिका १० स्थित लक्ष्मीमार्गबाट मगरलाई लागूऔषध ब्राउन सुगर १ ग्राम ६७ मिलिग्राम सहित पक्राउ गरेको थियो । पक्राउ परेका मगरले अनुसन्धानको क्रममा लोकबन्धु दर्नालबाट खरिद गरेको भनि खुलाई दिए पश्चात तत्काल प्रहरी टोली खटि गई दर्नाललाई बेलबारी नगरपालिका ३ पशुहटिया स्थितबाट लागूऔषध ब्राउन सगुर ९ ग्राम…
विराटनगर, २९ साउन । आत्महत्या रोकथाम र मानसिक स्वाथ्यको प्रबृद्धनका लागि नीति बनाएर कार्यान्व्यन गराउन प्रतिबद्ध भएर लागिपर्ने प्रदेश सांसदहरुले एक्यबद्धता जनाएका छन । मानसिक स्वास्थ्यका लागि संगठन (कोशिस) र पहल नेटवर्कले शुक्रबार विराटनगरमा आयोजना गरेको छलफलमा सहभागी प्रदेश १ सभाका सांसदहरुले आत्महत्या रोकथाम र मानसिक स्वास्थ्यको प्रबृद्धनका लागि नीति बनाएर कार्यान्यन गराउन प्रतिबद्ध भएर लागिपर्ने एक्यबद्धता जनाएका हुन । प्रदेश १ सभा उपसभामुख सरस्वती पोखरेलले सरकारले नीति कार्यक्रममा घोषणा गरेपनि बजेट बिनियोजन नगर्दा मानसिक स्वाथ्यको क्षेत्र अझै ओझेलमा परेको भन्दै चाँडो कानुन निर्माण गरेर कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिइन । उनले मानसिक स्वास्थ्य समस्या र आत्महत्याबारे समाजमा अझै धेरै नकारात्मक…
झापा, २९ साउन । विज्ञापन बोर्डले लोक कल्याणकारी विज्ञापन प्रकाशन तथा प्रशारणको अनुगमनका साथै भुक्तानीसम्बन्धी सम्पूर्ण कार्य अब जिल्ला हुलाक कार्यालयमार्फत गराउने निर्णय गरेको छ । बोर्डको हालै बसेको बैठकले विद्युतीय तथा छापा माध्यममा प्रकाशन तथा प्रशारण हुने लोक कल्याणकारी विज्ञापनसम्बन्धी छुट्टाछुट्टै मापदण्ड समेत स्वीकृत गरेको छ । बोर्डका प्रवक्ता अनोजकुमार घिमिरेले जारी गरेको विज्ञप्तिमा मापदण्ड कार्यान्वयनका सन्दर्भमा शुक्रबार सरोकारवालासँग छलफल भएको छ । छलफलका क्रममा बोर्डका अध्यक्ष लक्ष्मण कुमार हुमागाईँले छापा तथा विद्युतीय सञ्चारमाध्यमबाट प्रकाश तथा प्रशारण हुने लोक कल्याणकारी विज्ञापन प्रकाशन गर्न प्रशारण हुलाकमार्फत हुने र भुक्तानीसमेत सम्बन्धित हुलाक कार्यालयबाटै हुने व्यवस्था मिलाइएको बताए ।
झापा, २९ साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७६९ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५२९ जनाको पीसीआर परीक्षण गर्दा ३९३ र १ हजार ७५१ जनाको एन्टिजेन परीक्षण गर्दा ३७६ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १३६, सुनसरीमा १०८, मोरङमा १०४, धनकुटामा १२, इलाममा ११, ते¥हथुममा ५, संखुवासभा र भोजपुरमा ४–४, उदयपुरमा ३, पाँचथरमा २ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको छ । झापाको दमकमा २९, विर्तामोडमा २६, भद्रपुरमा २४, कनकाईमा २१, अर्जुनधारामा ११, मेचीनगरमा ६, शिवसताक्षीमा ५, गौरादह र कमल गाउँपालिकामा ४–४, बुद्धशान्तिमा…
बनियानी, २९ साउन । ‘प्रहरी हुँ’ भन्दै कुटपिट गरी रकम असुल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कनकाई नगरपालिका–७ का ४० वर्षीय विकास उप्रेती र बिर्तामोड नगरपालिका–३ का ३२ वर्षीय टीका खत्रीलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । बिर्तामोड–५ की नयनसरी राजवंशीको घरमा गएर साउन ११ गते उप्रेती र खत्रीले “हामी सादा पोसाकका प्रहरी हौँ, तपाईंको छोरो लागुऔषध खाने बेच्ने गर्छ र डिलर पनि हो, अब छोरालाई जोगाउने हो भने रू २० हजार दिनु नभए मुद्दा हाली दिन्छौं” भनेर धम्क्याउनुका साथै राजवंशीको साथमा भएको रू एक हजार एक सय…
झापा, २९ साउन । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । सूर्योदयकालमा पञ्चमी तिथि र षष्टीले युक्त पञ्चमी नागपूजाका लागि शुभ मानिने भएकाले आज नागपञ्चमीको निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । नाग पूजाको प्रचलन वैदिककालदेखि नै सुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने…
बनियानी, २९ साउन । झापा बिर्तामोडका व्यवसायीले ब्याज र किस्ताका लागि ताकेता नगर्न यहाँका बैंकहरुलाई आग्रह गरेका छन् । कोरोना भाइरसका कारण व्यापार–व्यवसाय चौपट भएको भन्दै व्यवसायीहरुले बैंकहरुलाई ब्याज र किस्ताका लागि ताकेता नगरी लचकता अपनाउन आग्रह गरेका हुन् । बिर्तामोड उद्योग बाणिज्य संघले बिहीबार आयोजना गरेको बैंकर्स क्लब बिर्तामोडसँगको छलफलमा संघका अध्यक्ष प्रकाश शिवाकोटीले लामो समयदेखिको निषेधाज्ञाका कारण उद्योगी–व्यवसायी मारमा परेको बताउनुभयो । “महामारीका बेला व्यवसायी मारमा परेका छन्”, उहाँले भन्नुभयो, “उहाँको समस्या बुझिदिनु पर्छ ।” अर्का व्यवसायी जीवनकुमार खड्काले निषेधाज्ञा अवधिमा व्यापार–व्यवसाय ठप्प भएका व्यवसायीलाई पहिचान गरी ब्याज ताकेता नगरिदिन र सकेसम्म लचक हुन आग्रह गर्नुभयो । छलफलमा…
बिर्तामोड, २९ साउन । बैदेशिक रोजगार कसुर मुद्दामा कैद र जरिवाना तोकिएकी एक फरार प्रतिवादीलाई छ वर्षपछि प्रहरीले पक्राउ गरी बिहीबार अदालतमा पेश गरेको छ । सर्वोच्च अदालत निर्देशनालयद्वारा गठित फैसला कार्यान्वयन झापाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड–८ की ४८ वर्षीया उर्मिला पन्धाकलाई पक्राउ गरी झापा अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । पन्धाकलाई वैदेशिक रोजगार न्यायाधिकरणले २०७२ जेठ १७ गते वैदेशिक रोजगार कसुर मुद्दामा एक वर्ष छ महिना कैद र रू एक लाख ५० हजार जरिवाना तोकेको थियो । उनले न्यायिक हिरासतमा एक महिना बसेर रू एक हजार ५६२ रुपैयाँ धरौटीसमेत…
वि.सं.२०७८ साल साउन २९ गते । शुक्रबार । ईश्वी सन् २०२१ अगष्ट १३ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण शुक्लपक्ष । तिथि– पंचमी, दिउसो ०१ बजेर ५५ मिनेट उप्रान्त षष्ठी । नक्षत्र– हस्त, बिहान ०९ बजेर १४ मिनेट उप्रान्त चित्रा । योग–साध्य, दिउसो ०३ बजेर ५० मिनेट उप्रान्त शुभ । करण– बालव, दिउसो ०१ बजेर ५५ मिनेट उप्रान्त कौलव, रातको १२ बजेर ५५ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–अमृत योग । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाइ लेखाइमा प्रतिस्पर्धीहरुलार्ई हराउँदै नतिजा तपाईं आफ्नै पोल्टोमा पार्न सकिनेछ । शत्रु परास्त हुनेछन् भने तपाईंको खैरो…
झापा, २९ साउन । नेपाली कांग्रेसका शीर्ष नेताहरू दसैंअघि १४औं महाधिवेशन सक्नेगरी आन्तरिक छलफलमा जुटेका छन्। यसअघि तोकिएको मिति भदौ १६९१९ मा महाधिवेशन नहुने भएपछि शीर्ष नेताहरू दसैंअघि सम्पन्न गर्नेगरी सहमति जुटाउने प्रयासमा लागेका हुन्। सभापति शेरबहादुर देउवासहित संस्थापन पक्ष भदौमै वडा अधिवेशन गरेर महाधिवेशनका लागि केही समय लिने पक्षमा देखिएको छ। छठपछि महाधिवेशन भए आफ्ना लागि अनुकूल हुने संस्थापन पक्षको बुझाइ छ। बिहीबार सुरु केन्द्रीय समितिको बैठकमा भदौमा वडा अधिवेशन गरेर केही समय लिँदै छठपछि महाधिवेशनका लागि जोड दिने संस्थापन पक्षको रणनीति देखिन्छ। संस्थापन इतर पक्षका खासगरी रामचन्द्र पौडेल निकट नेताहरूले अहिले पनि प्रक्रिया छोट्याएर भदौमै महाधिवेशन सम्भव रहेको…