झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

दमक, १ असोज । प्रेस संगठन नेपाल झापाले माईपश्चिम तदर्थ कमिटी गठन गरेको छ । झापाको दमकमा बिहीबार भएको भेलाले डिकेश लामाको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन भएको हो । नवगठित समितिको सहसंयोजकमा लोकनाथ रिजाल रहेका छन् । सदस्यहरूमा प्रेम यम्फू राई, गोमा घिमिरे गोविन्द ल्वागुन, सुमित भण्डारी र सविन खतिवडा रहेका छन् । संगठनले झापामा संगठन विस्तारलाई तीव्रता दिएको छ । सोही अभियान अन्तर्गत संगठनले मेचीनगर, बिर्तामोड र भद्रपुरमा पनि चाँडै क्षेत्रीय कमिटी गठन गर्ने जनाइएको छ ।

Read More

झापा, १ असोज । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ । द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को…

Read More

झापा, १ असोज । समयमा प्रतिस्थापन विधेयक ल्याउन नसक्दा निष्क्रिय भएका दुई अध्यादेशका व्यवस्थालाई निरन्तरता दिन सरकारले नयाँ विधेयक संसद्मा दर्ता गरेको छ । बुधबार मध्यरातबाट निष्क्रिय भएका फौजदारी कसुर र फौजदारी कार्यविधिसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश र यौन हिंसाविरुद्ध केही नेपाल ऐन संशोधन अध्यादेशकै व्यवस्था समेटेर नयाँ विधेयक दर्ता गरिएको हो । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका तर्फबाट बिहीबार विधेयक दर्ता भएको हो । दर्ता विधेयक अब संसद्को नियमित प्रक्रियाबाटै अघि बढ्नेछ । निष्क्रिय भएका अध्यादेशकै विषय समेटेर नयाँ विधेयक ल्याइएको हो । पहिलो पटक अध्यादेश जारी भएपछि निरन्तरताका लागि तत्कालीन सरकारले २०७८ वैशाख २१ गते अध्यादेश…

Read More

झापा, १ असोज । ऋणको ब्याजदर एकल अंकमा झार्नुपर्छ भनेर बहस भइरहेका बेला मुद्दती निक्षेप (फिक्स डिपोजिट) को ब्याजदर नै दोहोरो अंकमा पुगेको छ । २७ ओटै वाणिज्य बैंकहरूले बिहीवार छुट्टाछुट्टै सूचना जारी गर्दै नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । त्यसमा केही बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर १० प्रतिशतभन्दा माथि पुर्‍याएका छन् । अधिकांश बैंकको मुद्दती निक्षेपको ब्याजदर ९ प्रतिशत भन्दा माथि रहेको छ । बैंकहरूले विभिन्न शर्त राख्दै त्यस बराबरको ब्याजदर निर्धारण गरेका हुन् । उक्त ब्याजदर असोज १ गते अर्थात् आजदेखि लागू हुनेछ । सनराइज र सानिमा बैंकले मुद्दती निक्षेपको ब्याजदर १० प्रतिशतभन्दा माथि पु¥याएका छन् । सनराइजले १…

Read More

झापा, १ असोज । लोकसेवा आयोगले कोभिड–१९ को महामारीका कारण राष्ट्रसेवक कर्मचारीको नयाँ पदपूर्ति र बढुवासम्बन्धी रोकिएका कामलाई धमाधम अगाडि बढाउन थालेको छ । आयोगले सरकारी सेवालाई थप प्रभावकारी बनाउन नयाँ पदको सिर्जना गरी पदपूर्ति गर्न र कर्मचारीको वृत्तिविकास गर्न हरेक वर्ष खुला तथा आन्तरिक प्रतिस्पर्धाबाट पदपूर्ति तथा बढुवाका प्रक्रिया गर्दै आएको छ । तर विगत दुई वर्षमा कोभिडको महामारीले गर्दा प्रकाशित भइसकेका पदका लागि परीक्षासमेत सञ्चालन हुन सकेका थिएनन् । त्यसले गर्दा नेपाल सरकारले माग गरेका पदको नयाँ पदपूर्ति पनि हुन सकिरहेको थिएन ।कोभिडको प्रभाव कम भएसँगै विगतमा स्थगित भएका विभिन्न तहका परीक्षा सञ्चालन भइसकेका छन् भने पदपूर्ति र…

Read More

झापा, १ असोज । कात्तिक २५ गतेपछि तपाईंको घरमा कोही नयाँ मान्छे आएर ‘तपाईंको बैक खाता छ कि छैन ?’ बैंक तथा वित्तीय संस्थामा ऋण लिनुभएको छ कि छैन ?’ भनेर पनि सोध्न सक्छन्। प्रश्न सोध्ने अरू कोही नभई राष्ट्रिय जनगणनाका खटिएका गणक हुनेछन्। उनीहरूले तपाईंको पुर्खाको भाषा कुन हो रु जागिरको खोजी गर्नुभएको छ छैन ? भन्नेलगायत पनि जिज्ञासा राख्नेछन्। संघीयतापछि पहिलो पटक हुन गइरहेको जनगणनामा १२ वटा नयाँ प्रश्न थपिएका छन्। विगत सय वर्षअघि भएका जनगणनामा सोधिएका भन्दा भिन्न प्रश्न हुनेछन्। नेपालमा १९६८ बाट जनगणना सुरु भएको हो। जुन बेला चन्द्रशमशेर प्रधानमन्त्री थिए। प्रत्येक १०र१० वर्षमा जनगणना गरिन्छ।…

Read More

झापा, १ असोज । दसैं, तिहार र छठपर्वलाई लक्षित गर्दै सुपथ मूल्य पसल सञ्चालन गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थानले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएका हुन् । सुपथ मूल्य पसलबाट खाद्य व्यापार कम्पनीले दाल, चामल, पिठो, चिउरा, तेल, नुन, फापर, सिमी, खसीबोकामा छुट दिएको छ । साल्ट ट्रेडिङले नुन र चिनीलगायतका खाद्यवस्तु र दुग्ध विकास संस्थानले घिउ र पनिरमा छुट दिएको छ । खाद्य व्यापार कम्पनीले फापर, सिमी भटमासको तेल, चामल र खसीबोकामा प्रतिकिलो १० रुपैयाँ छुट दिएको छ । यसैगरी, पिठो, चिउरा, तोरीको तेल, सनप्mलावरको तेल, दालमा प्रतिकिलो ५ रुपैयाँ…

Read More

झापा, १ असोज । सत्ताको प्रमुख बागडोर सम्हालेको दल नेपाली कांग्रेस महाधिवेशनमा होमिइसकेको छ । गत १८ भदौबाट कांग्रेसलाई महाधिवेशन लागेको हो । अहिले कांग्रेसका वडा तहदेखि जिल्ला हुँदै प्रदेश र केन्द्रसम्मको नेतृत्वमा स्थापित हुन शक्ति संघर्षसहित उम्मेदवार मैदानमा उत्रिँदै छन् । कांग्रेसमा १३औं महाधिवेशनपछि स्थापित तीन गुट छन् । पहिलो गुटको नेतृत्व पार्टी सभापति शेरबहादुर देउवाले गरिरहेका छन् । उनको गुटलाई कांग्रेसमा संस्थापन समूह मानिन्छ । अर्को गुटको नेतृत्व वरिष्ठ नेता रामचन्द्र पौडेलले गरिरहेका छन् । उनी गत १३औं महाधिवेशनमा देउवासँग सभापतिमा पराजित भएपछि त्यसअघिको कोइराला गुटलाई आफ्नो थरबाट चिनाउन सफल भएका छन् । त्यसबाहेक कांग्रेसमा अर्को गुटको नेतृत्व…

Read More

बुधबारे, ३० भदौ । झापाको बुद्धशान्तिमा रहेको बुधबारे जेसीज वर्ष २०२१ को जेसीज सप्ताह आज बुधबारदेखि शुरु भएको छ । जेसीज सप्ताह अन्तर्गत बुधबारे जेसीजले आप्mनै जग्गामा भवन निर्माणको काम थालेको छ । भवन निर्माणका लागि बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष मिरा भूर्तेलबाट यस अघि नै शिलान्यास भइसकेको थियो । बुद्धशान्ति १ को नमूना चोकमा बुधबारे जेसीजको भवन निर्माण शुरु भएको हो । स्थानीय शिक्षासेवी ज्ञानेन्द्रप्रसाद घिमिरेले आप्mनी स्वर्गीय आमा छलिमाया घिमिरेको स्मृतिमा जेसीजका लागि जग्गा निशुल्क उपलब्ध गराएका छन् । भवन निर्माणका लागि १८ लाख बढी रकमको प्रतिबद्धता भइसकेको छ । बुधबारे जेसीजले भवन निर्माणका लागि ‘मेरो पनि योगदान छ’ कार्यक्रम…

Read More

विनोद सापकोटाझापा, ३० भदौ । अर्जुनधाराका ६ का एक युवा उपचारको अभावमा जीउँदो मान्छे कुहिएर बाँचिरहेको समाचार मंगलबार काठमाण्डौ लगायत झापाका संचार माध्यममा सनसनी भयो । छापा तथा अनलाईन न्युज पोर्टलमा महत्वका साथ समाचार प्रकाशन भएपछि झापाका निजी स्वास्थ्य संस्थाका उद्यमीको ध्यान त्यसले खिच्यो । बरिष्ठ साहित्यकार तथा समालोचक गोपालकुमार बस्नेतको ध्यान मंगलबार विहान ९ बजे अखवारको पाना र अनलाईन न्युज पोर्टलले खिचेपछि उनले पूर्ण–टुङ्ग बिर्ता सिटी हस्पिटलका प्रशासन प्रमुख विनोद बस्नेत र जनसम्पर्क अधिकारी बमवहादुर बस्नेतलाई फोन सम्पर्क गरे । समाचारका विषयमा बास्तविकता वुझेर अस्पतालका प्रमुख बस्नेतले तत्काल खबर गर्न निर्देशन दिए । अस्पतालका जनसम्पर्क अधिकारी बमबहादुरले भने, ‘समाचारले…

Read More