
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
गंगा बरालझापा, ३० भदौ । झापाको भद्रपुर नगरपालिका प्रदेश नं १ सरकारबाट सम्मानित भएको छ । प्रदेशकै पहिलो बालमैत्री नगरपालिका बनेर बालबालिकाको सर्वांगीण विकासका लागि महत्वपूर्ण र उपलब्धिमूलक कार्य गर्दै आएको भन्दै ५७ औं राष्टिय बाल दिवसको अवसर पारेर १ नं प्रदेश सरकारले भद्रपुर नगरपालिकालाई सम्मान गरेको हो । मंगलबार विराटनगरस्थित सामाजिक विकास मन्त्रालयको सभाहलमा आयोजित समारोहका बीच सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले सम्मानपत्र हस्तान्तरण गरे । भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, नगर बाल सञ्जालकी अध्यक्ष आराध्या प्याकुरेल, नगरपालिकाका बालमैत्री फोकल पर्सन टिकाराम पाण्डे, बालमैत्री अभियानकर्मी फणिन्द्र दाहालले संयुक्तरुपमा सम्मानपत्र ग्रहण गरेका थिए । समारोहमा सामाजिक विकास मन्त्री साम्सोहाङले बालबालिकाको…
बिर्तामोड, ३० भदौ । अखिल नेपाल विद्यार्थी संगठन क्रान्तिकारीको झापा अध्यक्षमा रञ्जन धमला सर्वसम्मत चयन हुनुभएको छ । बिर्तामोडमा भएको विद्यार्थी संगठनको १७ औ जिल्ला सम्मेलनले धमलाको अध्यक्षतामा ६१ सदस्यीय कमिटी गठन गरेको हो । समितिको उपाध्यक्षमा सन्दिप प्रसाई, नविन सिटौला, पुजा कडेँल, सुरेन्द्र गिरि, लक्ष्मी नेपाल रहनुभएको छ । यसैगरि सचिवमा राजन चापागाई,सहसचिवमा गंगा बस्नेत, अबिजित दवाडी र सेखर भट्टराई र कोषाध्यक्षमा प्रतिमा गड्तौला रहनुभएको छ । अन्य सदस्यहरु रहनुभएको छ । यसअघि भएको उदघाटन कार्यक्रममा बोल्दै संगठनका केन्द्रिय अध्यक्ष रन्जित तामाङ्गले अवको स्थानीयदेखि संघिय निर्वाचनमा कम्तीमा देश केपी ओली मुक्त बनाउन देशका लाखौ विद्यार्थी अखिल क्रान्तिकारीले उर्ताने उदघोष…
बिर्तामोड, ३० भदौ । आदिवासीको भूमी सम्बन्धि अधिकार र नेपालमा भएका अभ्यासहरू सम्बन्धी २ दिने अन्तरक्रियात्मक कार्यक्रम बिर्तामोडमा भइरहेको छ । मङ्गलबार बिर्तामोडको टाइमलेस होटलको सभा हलमा औपचारिक कार्यक्रमको आयोजना गदै सुरु गरिएको हो। नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद झापाको आयोजनामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल आदिवासी जनजाती महासंघ जिल्लाका संस्थापक सहसंयोजक कृष्ण उदास ले गर्नु भएको थियो । झापाको १५ वटै गाउँ र नगरपालिकाबाट १ सय भन्दा बढी प्रतिनिधि सहभागी रहको थियो । आयोजित कार्यक्रमको प्रशिक्षण नेपालका आदिवासीहरूको मानव अधिकार सम्बन्धि वकिल समूह (लाहुर्निप) का कोषाध्यक्ष तथा अधिवक्ता भिम राईले गर्नु भएको थियो । उहाँले आदिवासीको भूमी…
बिर्तामोड, ३० भदौ । मङ्गलबार ५७ औं राष्ट्रिय बाल दिवस देशै भरी एकै साथ मनाइ रहदाँ झापाको वितामोडमा पनि अन्तरक्रिया कार्यक्रम गरी मनाइएको छ । कोरोना भाइरसको विषम परिस्थितीमा सधै जसो विभिन्न रचात्मक कार्यक्रम गरी मनाइने बाल दिवस यो पटक भने विद्यार्थी, शिक्षक, अभिभावक, सरोकारवाला बीच अन्तरक्रिया कार्यक्रम गरिएको हो । ‘सामान्य अवस्था वा कोभिड महामारीः बाल अधिकार संरक्षण हाम्रो जिम्मेवारी’ भन्ने मूल नाराका साथ झापाको विर्तामोड नगरका २० बढी विद्यालयका बाल क्लव प्रतिनिधि को सहभागितामा अन्तरक्रिया कार्यक्रम गरी सम्पन्न भएको हो । वितामोड नगरपालिकाका प्रमुख शाखा अधिकृत गणेश प्रसाद दाहालको प्रमुख आथित्यता रहेको कार्यक्रममा शिक्षा तथा युवा शाखा प्रमुख…
आर. शर्माझापा, ३० भदौ । सरकारले स्वस्थ मासु बिक्री वितरणका लागि बनाएको पशु बधशाला तथा मासु जाँच ऐन दुई दशक बित्न लाग्दा समेत कार्यान्वयन हुन सकेको छैन । जसका कारण नागरिकको स्वास्थ्य जोखिममा छ । पशु बधशाला र मासु जाँच ऐन–२०५५ र मासु जाँच नियमावली–२०५७ जारी भए पनि कार्यान्वयन नहुँदा उपभोक्ताले स्वच्छ मासु उपभोग गर्न नपाइरहेका हुन् । पैसा तिरेपछि राम्रो सेवा वा वस्तु पाउनु उपभोक्ता अधिकारको प्राथमिक शर्त हो । तर, उपभोक्ता अधिकार संरक्षणको मुद्दा बुद्धिविलासको माध्यम मात्रै भएकोले उपभोक्ताहरू मासु बिक्रेता व्यापारीको मनपरी सहन बाध्य छन् । बजार अनुगमन गर्ने अलग्गै संयन्त्र नभएका कारण बजारमा मासु व्यवसायीको मनपरी…
तित्राकसो–कसो गरेर प्रधानमन्त्री त भइयो, तर त्यत्ति मज्जा आउला जस्तो छैन । यो पाँचौं पटकको प्रधानमन्त्रीले त भोक निन्द्रा अमनचैन सबै हरण गर्यो । वास्तवमा यो लोकतन्त्रमा प्रतिपक्षी, विरोधी भन्ने कुरा अफापसिद्ध नै हुने रहेछ । भए नभएका कुरा जोडजाड पारेर मनपरी बोल्छन् । जनादेश होइन, परमादेशबाट बनेको प्रधानमन्त्री भनेर दुनियाँले गीत गाइरहेका छन् । श्रीमान् पाँच न्यायधीशहरूको टिके प्रधानमन्त्री भन्नसम्म भ्याएका छन् । देशी विदेशीहरूको सेटिङबाट आएको, देशको काम गर्न होइन विदेशीकै काम गर्न, तिनकै इशारामा नाच्न आएकोसम्म भनेर मुख चलाए दुर्मुखाहरूले । अघिल्लो पटक प्रधानमन्त्री हुँदा व्यहोरेको त्यो एमसीसी भन्ने घाँडो भूतप्रेत बनेर यसैबेला आइलागेको छ । न…
बिर्तामोड, २९ भदौ । झापाको बिर्तामोड नगरपालिका–३ बाट लागुऔषध ब्राउनसुगर ओसारपसारमा संलग्न दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ पथरी–२ का ३४ वर्षीय भीमराज राई र पथरी–१ का ३२ वर्षीय अनुप सुब्बा लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । को २७ प ८६७४ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई सोमबार राति इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले चेकजाँच गर्दा मोटरसाइकल चालक राईको साथबाट २३ ग्राम ब्राउनसुगर बरामद गरेको थियो । पक्राउ परेका राई उपर थप अनुसन्धान गर्ने क्रममा ब्राउनसुगर ओसारपसारमा लिम्बू समेतको संलग्नता पाइएकाले उनलाई समेत पक्राउ गरी थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको कार्यालयले जनाएको छ…
राजबाबु शंकरपत्रकारिता एक प्रकारको पेशा, व्यवसाय एवम् उद्योग हो । राज्यको चौथो अंग भनेर प्रतिष्ठा कमाएको सामाजिक संस्था हो । पत्रकारिता यस्तो सामाजिक क्रियाकलाप हो, जसले समाज र मानवीय गतिविधिका बारेमा समाचार तथा विचारहरू फैलाउने काम गर्छ । पत्रकारिता जनचासो र जनताका हकमा कुनै पनि विषयवस्तुको महत्वलाई हमेशा ख्याल गरेर मात्र गरिन्छ । यस मानेमा पत्रकारिता जनसेवा पनि हो । जनतालाई सुसूचित बनाउन प्रमुख भूमिका प्रेस जगतकै हुन्छ । उद्देश्यको आधारमा पत्रकारिताका प्रकृति मुख्यतः ४ किसिमका पाइने गर्छन् । १. पैरवी पत्रकारिता, २. सार्वजनिक पत्रकारिता, ३. मिसन पत्रकारिता र ४. विकास पत्रकारिता । पत्रकारिताका सिद्धान्त भन्नासाथ सामान्यतया ‘एबीसी’ भन्ने प्रचलन…
बिर्तामोड, २९ भदौ । शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लि. बिर्तामोडले झापाको अर्जुनधारा–६ स्थित कप्तानवारीमा रहेको अपाङ्ग बालशिक्षा सरोकार केन्द्रलाई खाद्य सहायता उपलब्ध गराएको छ । बाल दिवसको अवसर पारेर ‘शिक्षासँग बालबालिका’ कार्यक्रम अन्तरगत सहकारीले केन्द्रमा आश्रित अपाङ्गता भएका बालबालिकाका लागि खाद्य सहायता उपलब्ध गराएको हो । संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले संस्थाको नवौँ वार्षिकोत्सवको अवसरमा अपाङ्गता भएका बालबालिकालाई खाद्यान्न र स्वास्थ्य तथा सरसफाई सामग्री सहयोग गरिएको बताए । ‘केन्द्रमा आश्रित अपाङ्गता भएका बालबालिकाको तत्कालको आवश्यकता खाद्यान्न रहेछ’, अध्यक्ष न्यौपानेले भने, ‘केही स्वास्थ्य सामग्री पनि सहयोग गरेका छौँ ।’ अघिल्ला वर्षमा पनि शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले सामुदायिक विद्यालयमा अध्ययनरत तीन सय भन्दाबढी…
शिवसताक्षी, २८ भदौ । झापाको शिबसताक्षी–२ मंगलबारेका लागलागी पिडीतलाई नेकपा माओवादी केन्द्र शिबसताक्षी नगरले सामग्री हस्तान्तरण गरेको छ । नेकपा (माओवादी केन्द्र) शिबसतासी नगर कमिटीले आज झापाको धरमपुरमा आगलागी भइ पीडित बनेका दुई परिवारलाई राहत स्वरुप लुगा सिलाउने मेसिन वितरण गरेको हो । शिबसतासी–२ का अध्यक्ष भिम नेम्बाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सासद तथा नेकपा (माओवादी केन्द्र) प्रदेश १ का सदस्य झलकसिह दर्लामि नगर अध्यक्ष महेन्द्र भट्टराईले सो सामाग्री हस्तान्तरण गरेका थिए । २०७८ जेठ १० मा आगलागी हुँदा नन्दकला राई र नेत्र चिमरियाको घर पुर्ण रुपले जलेर नस्ट भएको थियो । आगलागीबाट करोडौं रुपैयाँका सामन जलेर नस्ट भएका थिए…