
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २१ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्ने नीति अगाडि सारेसँगै सत्तारूढ गठबन्धनमा आबद्ध दलहरूबीच विवाद शुरु भएको छ । प्रधानमन्त्री देउवाले एमसीसी पारित गर्न चासो देखाएपछि सत्तारूढ गठबन्धनकै दलहरूबीच असन्तुष्टि शुरु भएको हो । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी अहिलेकै अवस्थामा एमससीसी अनुमोदन गर्न नहुने अडानमा रहेका छन् । सत्ता गठबन्धनमा आबद्ध राष्ट्रिय जनमोर्चाले एमसीसी पारित गर्न नहुने भन्दै देशव्यापी विरोध प्रदर्शनको कार्यक्रम घोषणासमेत गरेको छ । सत्ता गठबन्धन मात्र होइन, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पनि एमसीसी पास हुन नहुने अडान अगाडि सारेको छ । यसअघि केपी…
बिर्तामोड, २१ भदौ । झापाको स्थानीय बिरिङ खोला किनारमा आमाछोराको शव फेला परेको छ । मोरङ सुनबर्षीकी ३८ बर्षीया उमा विक र उनका अढाई बर्षीय छोरा शिशिरको शव खोला किनारमा फेला परेको हो । उनीहरुको शव एक किलोमिटर दुरीको अन्तरमा भेटिएको झापा प्रहरीले बताएको छ । प्रहरीका अनुसार आमाको आइतबार विहान १० बजे र छोराको शव अपरान्ह १ बजे फेला परेको हो । कनकाई नगरपालिका वडानम्बर ८ मा रहेको उमाको माइतीघरमा उनीहरु बस्दै आएका थिए । उमाका श्रीमानको यसअघि नै मृत्यु भइसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उनी शनिवार राति बच्चासहित आफन्तलाई थाहै नदिई घरबाट निस्किएकी थिइन्…
विराटनगर, २१ भदौ । मुख्यमन्त्री भीम आचार्यले आइतबार मन्त्रालयका सचिवहरु, विभागीय प्रमुखहरुलाई बोलाएर जनताको काम चुस्तदुरुस्त गर्न निर्देशन दिनु भएको छ । मन्त्रालयहरुका काम तीव्र रुपमा अगाडी नबढ्दा जनताले दुःख पाइरहेको बताउँदै विकास निर्माणका योजना, अड्किएका ठेक्का सम्झौता तत्काल कार्यान्वयन गर्न निर्देशन दिनु भएको छ । उहाँले कामलाई केन्द्रबिन्दुमा राखेर सबै कार्यालय प्रमुखहरुले काम गर्न निर्देशन दिनु भएको छ । ‘सबै साथीहरुले मेहनेत गरिरहनु भएको छ । तर मेहनेत परिणाममुखी हुन नसकेकाले कामलाई परिणाममुखी बनाउनुहोस्’, उहाँले भन्नुभयो । नियम, ऐनले बाधा भएका योजनाहरु, कार्यक्रमहरु भए तत्काल प्रमुखसचिवसँग समन्वय गरेर समाधान गर्न उहाँले बताउनु भएको छ । उहाँले दैनिक कार्ययोजना बनाएर…
झापा, १८ भदौ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत झापाको धान सुपरजोन क्षेत्रमा उत्पादन बढे पनि मूल्य नपाउँदा कृषक चिन्तित छन् । सरकारले सुपरजोन घोषणा गरेर धान खेतीमा यान्त्रिकीकरण, आधुनिकीकरण र व्यावसायिक गराए पनि बजार र मूल्य निश्चित नहुँदा यहाँका कृषक चिन्तित भएका हुन् । विसं २०७३ मा यस जिल्लालाई धानको सुपरजोन घोषणा गर्दा कृषकले अपेक्षा गरेका धानको मूल्य र बजार नै सबैभन्दा प्राथमिक विषय रहेको कचनकवलस्थित नौलो भविष्य साना किसान कृषि सहकारीका अध्यक्ष रवि ओझाले बताए । घोषणा भएको पाँच वर्षमै लक्ष्यअनुसार उत्पादन बढेको उनको भनाइ थियो । ‘उन्नतरुपमा खेती गर्न र उत्पादकत्व बढाउन सुपरजोनबाट सफलता मिलेको छ तर उत्पादनले…
झापा, १८ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४१९ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ११० जनाको पीसीआर परीक्षण गर्दा २०० र ९०३ जनाको एन्टिजेन परीक्षण गर्दा २१९ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ९०, झापामा ५५, सुनसरीमा २२, इलाममा १५, धनकुटामा ६, ताप्लेजुङमा २, भोजपुर र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ६६, बेलबारीमा ८, उर्लाबारीमा ६, कानेपोखरीमा ३, सुन्दरहरैचा र कटहरीमा २–२, लेटाङ, सुनबर्षी र स्थानीय तह नखुलेका १–१, झापाको दमकमा २२, शिवसताक्षीमा १०, अर्जुनधारामा ७,…
झापा, १८ भदौ । झापा कमल गाउँपालिका–५ आदिबासी रङ्गशाला अगाडि पुर्व–पश्चिम राजमार्गमा पिकअपको ठक्करबाट पैदल यात्री बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही भक्तिपुर गाउँपालिका–३ ईश्वरपुर घर भई घुम्दै फिर्दै आइ सोही स्थानमा पाल टागी बस्ने लोहरा कापरीको छोरा ४ वर्षीय मानव कापरी रहेका छन् । आज दिउसो साढे ११ बजे पश्चिम आउदै गरेको प्रदेश ०३–००१ च ०३६४ नम्बरको पिकअप गाडीले बाटो क्रस गर्दै गरेका बालकलाई ठक्कर दिँदा घटनास्थलमा नै मृत्यु भएको हो । पिकअप र चालक मकवानपुर हेटौडा नगरपालिका–११ का २४ वर्षीय अजय पाख्रिनलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
झापा, १८ भदा । झापामा एकीकृत विपद् व्यवस्थापनका लागि ‘क्याम्प’ निर्माण शुरु गरिएको छ । स्वीस विकास नियोग, प्रदेश र स्थानीय सरकारको सहयोग–सहकार्यमा अर्जुनधारा नगरपालिका–११ स्थित देउनिया टोल नजिकै क्याम्प निर्माण शुरु गरिएको कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेलले जानकारी दिनुभयो । जिल्लाका चार स्थानीय तह कनकाई नगरपालिका, अर्जुनधारा, बिर्तामोड र बुद्धशान्ति गाउँपालिकामा विपद् व्यवस्थापन गर्ने काम थालिएको उहाँले बताउनुभयो । “चारवटै स्थानीय तहले अपनत्व लिने र एकीकृत विपद् व्यवस्थान गर्नेगरी काम थालिएको छ”, उहाँले भन्नुभयो, “यसले विपद्का बेला नागरिकको उद्धार र राहत र विपद् व्यवस्थानमा सहज हुनेछ ।” दुई बिघा सार्वजनिक जग्गामा निर्माण थालिएको क्याम्पबाट दमकल, शव वाहन, एम्बूलेन्स, बाढी,…
झापा, १८ भदौ । नेपाल टेलिकमको मोबाइल नम्बरमा समस्या देखिएको छ । विगत केही दिनदेखि टेलिकमका मोबाइल नम्बरमा विदेशबाट मिस्डकल आउने र कल गर्दा नबोल्ने, पैसा काटिनेजस्ता समस्या देखिएको टेलिकमले जनाएको छ । टेलिकमले बिहीबार एक सूचना जारी गर्दै सो समस्या आएकाले मोबाइल फोनमा भएका अनावश्यक र शङ्कास्पद एप हटाउन आग्रह गरेको हो । कम्पनीको मोबाइल सेवाका ग्राहकको मोबाइलबाट अटोडायल हुने, अटोडायल भएका ग्राहकको मोबाइलमा कललग नदेखिने र बाह्य कल सफल भएको अवस्थामा पैसा काटिनेजस्ता अवस्था पनि पाइएको छ । यस्ता घटना सम्भवतः ग्राहकको मोबाइलमा रहेका कुनै एप वा वेबसाइटका माध्यमबाट हुनसक्ने भएकाले कम्पनीका ग्राहक वर्गले आफ्नो मोबाइल सेटमा अनावश्यक…
राजबाबु शंकरराजनीतिलाई धर्मनीतिले प्रभाव पार्न नहुने सैद्धान्तिक मत छ । धर्मको नाममा गरिने राजनीति घातक हुने गरेको इतिहाससिद्ध पनि छ । लामो संक्रमणकाल, गृहयुद्ध र यावत् आन्दोलनहरूको निदान पहिल्याए झैं गरी नेपालको नयाँ संविधानमा धर्म निरपेक्षतालाई अंगीकार गरियो, तर त्यसो गरिनु इसाइकरणको पश्चिमी दबाब थियो भन्ने बहुल हिन्दूहरूको मतलाई नजरअन्दाज गरिनु वाञ्छनीय नरहेको भन्ने आवाजले समय प्रभावित बनाउँदै लगेको छ । वर्तमान सम्बिधानमा अन्तर्भुक्त गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता प्रतिस्थापन गरिनु पनेर् सो आवाज सघन बन्दै जानुको अन्तर्य दलीय नाकामी नै हो । आमजनमा ती ३ विषयप्रति फरक मतको घनत्व वजनदार बन्दै जानु प्रकारान्तरले सम्बिधानप्रतिकै अपनत्व ह्रास हुँदै जानु हो । यसको सोझो अर्थ हुन्छ– पुनः…
झापा, १८ भदौ । पार्टी विभाजनपछि एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेता–कार्यकर्ता आफूतिर तान्न होडबाजी गरिरहेका छन्। एमाले अध्यक्ष ओलीले १० बुँदे सहमति कार्यान्वयनमा लैजाने र पार्टी संगठनका खाली पदमा विगतमा नेपाल समूहमा लागेका तर हाल एमालेमै रहेका नेता–कार्यकर्तालाई स्थान दिने बताइरहेका छन् भने नेपालले एमालेमा रहँदा अन्यायमात्रै हुने भएकाले नवगठित नेकपा एस मा आउन आग्रह गरिरहेका छन्। ओलीले केन्द्रीय समितिमा रिक्त ५५ सदस्यमा तत्कालीन वरिष्ठ नेता नेपाल पक्षका नेताहरूमध्येबाटै राख्ने भएका छन्। २०७५ जेठ २ अघिको २०३ सदस्यीय केन्द्रीय कमिटीका ५५ जना नेकपा एस मा लागेपछि ती पद रिक्त भएका हुन्।…