झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, १३ भदौ । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा जिल्ला सभापति पदमा दुई नेताले उम्मेदवारी दिने घोषणा गरेका छन् । पार्टीका वर्तमान उपसभापति राम कट्टेल र निवर्तमान उपसभापति देउमान थेबेले सभापतिमा उम्मेदवारी दिने जानकारी दिए । जिल्लाबाट १६ हजार बढी क्रियाशील सदस्य नवीकरण र १७ हजार बढी नयाँ सदस्यताका लागि सिफारिस गरिएको पार्टी सभापति उद्धव थापाले जानकारी दिए । उनले दुई नेताले जिल्ला सभापतिको उम्मेदवारी घोषणा गरे पनि सकेसम्म सबैलाई मिलाएर सहमतिमा नेतृत्व चयन गर्न पहल भइरहेको बताए । “हामी वडादेखि नगर, जिल्ला र प्रदेश तहसम्म नै सहमति र सहकार्यमा नेतृत्व चयन गछौं । यसको मुख्य आधार भनेको पार्टीको…

Read More

झापा, १३ भदौ । भारतबाट नेपाल पसेका २० जङ्गली हात्ती एक महिनादेखि नेपालको जङ्गलमा डुलिरहेका छन् । सीमामा लगाइएको विद्युतीय तारबार नाघेर गत साउन १३ गते ती हात्ती बाहुनडाँगी गौँडा हुँदै नेपाल पसेका थिए । भित्रिएका हात्ती लामो अवधिसम्म नेपालमै बसिरहँदा स्थानीयवासीमा त्रास बढेको मानव हात्ती द्वन्द्व न्यूनीकरण अभियानकर्मी शङ्कर लुइँटेलले बताए । भारतको सुकुना वन क्षेत्रबाट मेची नदी तरेर हात्तीको बथान आहारको खोजीमा बर्सेनि नेपाल पस्ने गर्थ्यो । नेपालले बाहुन डाँगीको तिरिङदेखि काँकडभिट्टासम्म १८ किलोमिटर सीमा क्षेत्रमा विद्युतीय तारबार निर्माण गरेको सात वर्षपछि हात्तीको बथान नेपाल पसेको यो पहिलो पटक हो । हात्तीको प्रवेशविन्दु बाहुनडाँगीमा दुई दशकदेखि क्रियाशील उहाँका…

Read More

उर्लाबारी, १३ भदौ । मोरङ उर्लाबारी नगरपालिका १ स्थित झारासादी का २० बर्षीय उमेश धिमाललाई प्रतिबन्धित औषधी सहित पक्राउ गरिएको छ । हिजो राती १२ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले घरमा खानतलासी गर्दा धिमाल सुत्ने कोठाबाट प्रतिबन्धित औषधी Tramadol ५७५ ट्याब्लेट र Spaspain ५७० ट्याब्लेट बरामद गरे पश्चात उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

Read More

झापा, १३ भदौ । केही दिनअघि पारलिंगी महिला (ट्रान्सवुमन) अमिशा भण्डारी आफैंलाई सिध्याउने कठोर निर्णयमा पुगिन्। २० दिन अस्पताल बसेपछि ठीक त भइन्, अझै सामान्य भएकी छैनन्। १५ दिन भेन्टिलेटर र ५ दिन हाई केयरमा उपचार गरी नयाँ जीवन दिन चिकित्सक सफल भए । धन्न यो समुदायको संस्था नीलहिरा समाज थियो र उपचार सम्भव भयो। अध्यक्ष पिंकी गुरुङले यसको चाँजो मिलाएकी थिइन्। ‘अत्यन्तै तनावमा थिएँ। नशाको तालमा नराम्रो निर्णय लिएछु’, भण्डारीले भनिन्। तनाव अरू केहीले होइन, लैंगिक अल्पसंख्यकलाई राज्य र समाजले हेर्ने दृष्टिकोण अनि पाइला–पाइलामा दिने दुःखले सिर्जना गरेको थियो। नीलहीरा समाजको तथ्यांकअनुसार लकडाउनमा मात्र २४ जना लैंगिक अल्पसंख्यक समुदायका…

Read More

वि.सं.२०७८ साल भदौ १३ गते । आइतबार । ईश्वी सन् २०२१ अगष्ट २९ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि–सप्तमी, बेलुकी १० बजेर १२ मिनेट उप्रान्त अष्टमी । नक्षत्र– कृतिका, अहोरात्र । योग– ध्रुव, बिहान ०८ बजेर १७ मिनेट उप्रान्त व्याघात । करण– भद्रा, बिहान ०९ बजेर १३ मिनेट उप्रान्त बव, बेलुकी १० बजेर १२ मिनेट उप्रान्त बालव । आनन्दादिमा–धुम्र योग । चन्द्रराशि–मेष,बिहान १० बजेर ४२ मिनेट उप्रान्त वृष । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्न…

Read More

झापा, १३ भदौ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) औपचारिक रुपमा विभाजन भएर वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) गठन भएपछि दुबै पार्टीका अध्यक्षले एकले अर्कालाई छेडछाड गर्ने कार्यलाई निरन्तरता दिइरहेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाललगायतका केही नेता कार्यकर्ता पार्टीबाट अलग हुँदैमा एमालेलाई केही फरक नपर्ने बताइरहँदा नवगठित एकीकृत समाजवादी अध्यक्ष नेपाल भने ओलीलाई लोकतन्त्रविरोधी र प्रतिगमनको मतियार भन्न छाडेका छन् । उनीहरुका गतिविधि हेर्दा आरोप प्रत्यारोपको श्रृंखला लामै समयसम्म चल्ने देखिन्छ । नेकपा समाजवादीका अध्यक्ष नेपालले शनिबार नै पेशागत महासंघ वागमती प्रदेश कमिटीद्धारा आयोजित ललितपुर जिल्ला स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गरेका…

Read More

झापा, १३ भदौ । गर्भवती महिलालाई कोरोना सङ्क्रमण भए पनि पेटको नानी (भ्रूण) मा सङ्क्रमण सर्ने जोखिम न्यून हुन्छ । यद्यपि, प्रसूतिपछि भने सङ्क्रमित आमाबाट बच्चामा भाइरस सर्ने जोखिम रहने हुनाले सावधानी अपनाउनुपर्ने हुन्छ । परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालका स्त्रीरोग विशेषज्ञ डा कृतिपाल सुवेदीका अनुसार, सामान्य अवस्थामा भन्दा पनि गर्भवती हुँदा कोरोना जोखिम बढी हुन्छ । तर, गर्भवती महिलामा सङ्क्रमण भइहाले पनि पेटको नानीमा सङ्क्रमण हुन्छ नै भन्ने हँुदैन । गर्भवती अवस्थामा रोग प्रतिरोधात्मक क्षमता कम हुने (रोगसँग लड्ने क्षमता) हँुदा सरसफाइलगायत स्वास्थ्य सुरक्षाका सन्दर्भमा बढी सतर्कता अपनाउनुपर्छ । गर्भवती अवस्थामा यसै पनि विभिन्न स्वास्थ्य समस्या आउने भएकाले…

Read More

झापा, १३ साउन । गत साउन ३ मा संसद्मा विश्वासको मत लिँदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सहमतिको सरकारको आह्वान गरे। सबै दल एकजुट भएर कोरोना महामारीसँगै मुलुकका जल्दाबल्दा समस्या समाधान गर्नुपर्ने देउवाको जोड थियो। तर, राष्ट्रिय सरकार त परै जाओस्, आफूलाई मत दिएका दललाई समेत समेटेर प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेनन्। गत असार २९ गते प्रधानमन्त्री बनेका देउवा सरकारलाई ५ मन्त्रीको टेको छ। सरकार अपूर्ण छ, प्रधानमन्त्रीको सचिवालय अस्तव्यस्त छ। बजेटमा अन्योल छ। सुशासनमाथि प्रश्न उठेका छन्। संसद बिजनेसविहीन छ। तर, देउवा भने सत्ता सञ्चालनभन्दा पार्टी महाधिवेशनबाट नेतृत्व पुनः हातमा लिने दाउमा लागेको कांग्रेसकै नेताहरू बताउँछन्। यसबीचमा न…

Read More

समय बडो‌ अकरि‌लो‌ छ । के‌ गनेर्‌ के‌ नगनेर्‌ ? कुन कुर‌ा हुने‌, कुन नहुने‌ ? कुन कुर‌ा ठीक, कुन कुर‌ा बे‌ठीकके‌ कुनै‌ छ्यान छै‌न । यस्ता कुर‌ालाई छान्ने‌, पगेर्‌ल्ने‌, कसी घो‌ट्ने‌ फुर्सद कसै‌लाई छ र‌ ? अगाडि जे‌ आइलाग्छ त्यसलाई ठे‌ल्दै‌, हे‌ल्दै‌ र‌ पे‌ल्दै‌ जानु सिवाय कसै‌को‌ के‌ही चार‌ा छै‌न । पार‌म्परि‌क कुर‌ालाई पनि के‌ ? किन ? कसर‌ी ? भने‌र‌ तर्कविर्तक कुतर्क ते‌स्र्याउन झन्झट गर्नु भन्दा, हो‌–मा–हो‌ मिलाइदियो‌ झन्झटै‌ साफ ! यहाँ नबुझ्ने‌ले‌ भन्दा बुझ्न खो‌ज्ने‌ र‌ बुझ्ने‌हरुले‌ नै‌ बढी दुःख पाएका छन् । कुर‌ै‌ नबुझी पार्टीको‌ पिछलग्गु हुने‌ पर‌म्पर‌ाको‌ कुर‌ा किन बुझ्नु प¥या छ ? आफ्नो‌ अनुकूल अनुसार‌ मानव अधिकार‌का कुर‌ा…

Read More

विराटनगर, १३ भदौ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले बाढी पहिरो प्रभावित धादिङ जिल्लाका विभिन्न स्थानका एक सय परिवारलाई राहत सामाग्री वितरण गरेको छ । परिषदले धादिङको नीलकण्ठ नगरपालिका, खनियावास गाउँपालिका, रुवीभ्याली गाउँपालिका र आमाको माया छात्राबासलाई विभिन्न प्रकारका टेन्ट, प्लास्टिक सिट, सुत्ने म्याट, अत्यावश्यक औषधि लगायतका सामग्रीहरू हस्तान्तरण गरेको छ । धादिङ जिल्लामा वितरण गरिएको राहत सामग्रीमा १०० थान सुविधा सम्पन्न टेन्ट, १०० थान प्लास्टिक सिट्स, ६७० थान स्लिपिङ म्याटस वितरण गरिएको छ । उक्त राहत सामग्री भारतीय जनता र सरकारले प्राज्ञिक विद्यार्थी परिषद नेपाललाई बाढी पहिरो प्रभावित परिवारलाई वितरण गर्नका लागि उपलब्ध गराएको परिषदका राष्ट्रिय महासचिव छितराज न्यौपानेले जानकारी…

Read More