
समय बडो अकरिलो छ । के गनेर् के नगनेर् ? कुन कुरा हुने, कुन नहुने ? कुन कुरा ठीक, कुन कुरा बेठीकके कुनै छ्यान छैन । यस्ता कुरालाई छान्ने, पगेर्ल्ने, कसी घोट्ने फुर्सद कसैलाई छ र ? अगाडि जे आइलाग्छ त्यसलाई ठेल्दै, हेल्दै र पेल्दै जानु सिवाय कसैको केही चारा छैन । पारम्परिक कुरालाई पनि के ? किन ? कसरी ? भनेर तर्कविर्तक कुतर्क तेस्र्याउन झन्झट गर्नु भन्दा, हो–मा–हो मिलाइदियो झन्झटै साफ ! यहाँ नबुझ्नेले भन्दा बुझ्न खोज्ने र बुझ्नेहरुले नै बढी दुःख पाएका छन् । कुरै नबुझी पार्टीको पिछलग्गु हुने परम्पराको कुरा किन बुझ्नु प¥या छ ? आफ्नो अनुकूल अनुसार मानव अधिकारका कुरा पनि गनेर्, बारुद पनि पड्काउने, के नै फरक पर्छ र ? जनै पनि भिरिदिने, कुखुरा चबाउन पनि नछोड्ने । जनै र कुखुराको के सम्बन्ध ? कति धर्मात्माहरुले व्रत लिँदा पनि मासुमा सिधे नून हालेर खान्छन् अरे । व्रत भनेको मनको कुरो हो, मासु भनेको इच्छाको । खै, कहाँ छ सम्बन्ध ? ह्रस्व–दीर्घको झन्झटमा लागेर नेपाली साहित्य उक्सिन नसकेको भनेर एउटा लालबुझ्क्कडले भन्थ्यो, त्यस्तै यी सबै कुराको झन्झटमा फँसेर देशको विकास हुन नसकेको पो हो कि ?
बेलै त्यस्तो छ, समय नै उस्तो छ, कुरो बुझे मर्नु । के ठीक र के बेठीकको टुङ्गो लागेको छैन । यस्ता बेलामा जसो गरे पनि हुन्छ । परम्परा, इतिहास थाहै छैन । आधुनिकतालाई बुझेकै होइन । हिजो बिर्सियो, भोलि कस्तो आउँछ अन्दाजसम्म गर्न सकेको छैन । हिजो र भोलिको टुङ्गो नभएको मान्छेले मासुमा सिधे नून हाल्न बाहेक अथोर्क के पो गरोस् ! कुरो स्पष्टै छ नि !
आफू कसो गनेर् ? मौलिक सोच कहिल्यै आएन । विदेशी नाङ्गै हिँडेभने आफू पनि लगौँटी मिल्काइदियो । विदेशमा शीतलहर चल्यो भने यहाँ गरमकोट भिरिदियो । उता, पानी प¥यो भने यता छाता उघा¥यो । यसरी नै चल्दै छ । अहिलेसम्म जानेको यत्ति हो । दलाई लामाका विष्टाको पनि महत्व–मान्यता हुन्थ्यो अरे भनेको सुन्याथेँ । हामी कहाँ पनि विदेशीहरुका विष्टाको मूल्य मान्यता बढ्दै गएको जस्तो छ ।
छोराछोरीलाई अंगे्रजी पढाउनु पर्छ, बोर्डिङ पठाउनुपर्छ, पैसाको मुख हेर्नु हुँदैन । पैसाको मुख तिनै बल्छी थापेर बस्ने शिकारीहरुले हेरुन् । ज्ञानबुद्घि, विद्या, चर्तुविद्या, सबै अंगे्रजीमा छ । यही विद्याले बम बनाउँछ र बिहेका जन्तीका माझ पारेर त्यो बम पनि पड्काउन सक्छ । नेपाली भाषा नै भुँदु ? नेपाली भाषाको शब्द भकारी मन मस्तिष्कबाट चाँडोभन्दा चाँडो नमिल्काएसम्म कुनै पनि नेपाली मान्छे बन्न सक्तैन । बरु अंग्रेजी बिस्तारै सिके पनि हुन्छ । तर, चाँडो भन्दा चाँडो नेपाली भाषामा इरेजर घोट्नुपर्छ । अझै पनि तिनै दौरा सुरुवाल, त्यही ढाका टोपी लाउने र यही नेपाली भाषा बोल्ने हो भने हामी कहिले विकासको खुड्किलो उक्लिने ? देशका अगुवा, नेता, मन्त्रीहरुको भाषणको भाषा जस्तो ‘अँ क्या, त्यो हाम्रो नेपालीमा के भन्छ’को शैलीमा प्रस्तुत हुनुपर्छ । अझै पनि अंग्रेजी निस्पट्ट नजान्ने महानुभावहरु कोही हुनुहुन्छ भने अब थोरै समय पर्खिनुहोस् ।
जता फर्कियो, उतै आक्रमण–एउटा भाषाले अकोर् भाषामाथि आक्रमण, संस्कृतिमाथि आक्रमण, बलियो राष्ट्रले लुतेलाई ठेलेर, पेलेर भित्तामा टँसाइसके, त्यहीँ आक्रमण । भित्तामा च्याप्पिएर पनि लुतेले बलियोलाई कामेर नमस्ते नै गरिरहनु पर्छ । यो बलियाको संसार । राष्ट्रले राष्ट्रलाई, धर्मले धर्मलाई, एउटा राजनीतिवाजले अर्कालाई, एउटा व्यापारले अकोर् व्यापारलाई, बुलेटले बुलेटलाई, ब्यालेटले ब्यालेटलाई, अझै तल ओर्लिएर व्यक्तिले व्यक्तिलाई ठेल्दै, हेल्दै, पेल्दै, निचोदैर्, चेप्ट्याउँदै जानुपनेर् । वास्तवमा समयको बाँच्ने शैली नै यही हो क्यारे !
यहाँ हाम्रो कुरै अकैर् छ– देशले धामीलाई तालिम दिन विदेशी बिजुवा ल्याउँदै गर्नुपर्छ । धामी–झाँक्री, पुरोहित–वैदाङ्ग, गोष्ठी–सेमिनार गराउँदै गर्नुपर्छ । राँगा, बोका, भाले, हाँसका भाकल भाक्न छोड्न हुँदैन, ‘यही चाहिँ ठीक हो’ भनेर कसरी किटान गर्नु र ? भर कतै कसैको नभए पनि डरले थाम्दैन । आफ्नो मान्छे मन्त्री भयो भने पशु अस्पतालका डाक्टरहरु मान्छेका अस्पतालमा पनि सरुवा हुन सक्छन् । मन्त्रीलाई सबै डाक्टर उस्तै लाग्नु स्वाभाविकै हो । डाक्टरहरु पशु अस्पतालबाट सरुवा भएर मान्छेका अस्पतालमा निदेर्शक बन्न सक्छन् । मान्छेहरुको नउठ्नेगरी अप्रेशन गर्न सक्छन् । यस्तै यस्तै भएर त होला, उहिले एकपटक इलाम अस्पताल धामी–झाँक्रीले कब्जामा लिएको । कसले कहाँ कति बेला कब्जा गर्छ कसरी जान्नु ?
छोराछोरीले एस.एल.सी पास गरिसकेपछि आमाबुबा कसरी छट्पटाउँछन् ? कहाँ पढाउने ? के पढाउने ? किन पढाउने ? पातलका जूका जस्ता प्राइवेट छाडा शिक्षण संस्था देशभरि जताततै जम्जमाउँछन् । पैसाको होड चल्छ । अन्त्यमा आँखा चिम्लिएर अन्धकारमा फाल हाने जस्तो एकातिर फाल हान्नुपर्छ । निश्चित कतै कहीं छैन, परिस्थितमा गजुल्टिँदै अगाडि बढ्नै पनेर् बाध्यता छ । यसो भविष्य हेयोर्, पैसा हेयोर्, मनपरी तै–तमासा हे¥यो, जे गरे पनि लाज नहुने ठाँउ, मोजमस्ती हे¥यो, सबै राजनीतिमा गएर उरुङ लागेको छ । त्यो राजनीतिको पाठशाला कहाँ छ ? राजनीतिका बोर्डिङ कहाँ छन् ? फेला पार्न सके लगानी गर्नु पनेर् ठाउँ त्यहाँ हो । छोराछोरी मात्रै किन ? आमा बुबा नै भर्ना भएर पढे हुन्छ ।
अझै नाङ्गिनै पनेर् हो कि लुगा खाप्नु पनेर् हो अझै थाहा छैन । आजको संसार पारदर्शी भन्छन्, के–मा पारदर्शी हो, बुझेकै छैन । हरेक घटना–दुर्घटनाहरु रहस्यको अँध्यारो चिहानमा जाकिएको बेला, पारदर्शी भनेको पक्कै लुगामै होला । हुन त देखिदेखि खाने घुस पनि पारदर्शी नै होला ! कमिसन त झन् छ्याङ्गै । मन्त्री भएको तीन महिनामा छ तल्ले घर उभ्याएको ह्वाङ्गै । एक प्रकारले भन्दा त पारदर्शी नै छ ।
धामी र डाक्टर, मानवअधिकार र बम, जनै र कुखुरा, नेपाली र अंग्रेजी, पुरातन र आधुनिक, ढाका टोपी र छत्रे टोपी, पाउडर र खरानी, साडी र कुर्ता सुरुवाल अनि धोती, एकदल र बहुदल सबै गन्जागोलै गन्जागोल ! यी सबैलाई कसरी पगेर्ल्ने गिदीले ? त्यसैले त भनेको, अगाडि जे आउँछ– हेल्दै, पेल्दै, ठेल्दै जानुपर्छ । गिदीको कसरत होइन, बलको कसरत गर्नुपर्छ । पर्छ नि पर्न त, तर लुते मोराले बलका कुरा गरेर के पो गर्नु र ? कामले ठेल्न त कसले पो सकेके छ र ? सबै गफै पेल्ने न हुन् । यस्तो भएपछि कसको के लाग्छ र ? यस्ता कुरा भन्दिनु हुन्थेन कि ? डर पो लाग्छ ! जत्ति नै गिजोले पनि कुरा ता यिनै हुन्, कसो पो गनेर् र !
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



