
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
What's Hot
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १२ भदौ । नेपालले १२ वर्ष उमेरमाथिकालाई दिन मिल्ने फाइजरको खोप ल्याउन खोजे पनि भण्डारण कक्ष अभाव रहेको परिवार कल्याण महाशाखाले जनाएको छ। अमेरिकाले कोभ्याक्समार्फत अक्टोबरभित्र फाइजरको एक लाख डोज खोप दिने भएको छ। त्यस्तै सरकारले डिसेम्बरभित्र थप ४० लाख डोज खरिद गरी ल्याउन उत्पादक कम्पनीसँग सम्झौता गरिसकेको महाशाखाले जनाएको छ। नेपाल सरकारले अक्टोबरभित्र एकतिहाइ जनतालाई खोप दिइसक्ने जनाएको छ। फाइजरको खोप भण्डारण स्थल बनाएर मात्र ल्याउन सकिने अवस्था छ। फाइजरको खोप माइनस ७० डिग्री ताफक्रममा मात्र भण्डारण गर्न मिल्छ। त्यसका लागि आवश्यक पर्ने फ्रिज नेपाली बजारमा नभएकाले अन्तर्राष्ट्रिय कम्पनीलाई अर्डर गरेरमात्र बनाउन मिल्छ। यसका लागि कम्तीमा ६ महिना…
झापा, १२ भदौ । प्रदेश १ मा शुक्रबार ४८४ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ६९ जनाको पीसीआर परीक्षण गर्दा २९७ र ९४५ जनाको एन्टिजेन परीक्षण गर्दा १८७ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङमा १२३, झापामा ९८, सुनसरीमा ५३, धनकुटामा ९, इलाममा ६, पाँचथरमा २, खोटाङ, उदउयपुर र संखुवासभामा १–१ र प्रदेश १ बाहिर ३ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ६३, लेटाङमा ३०, बेलबारीमा १६, उर्लाबारीमा ५, पथरीशनिश्चरे र सुन्दरहरैचामा ३–३, कानेपोखरी, मिक्लाजुङ र स्थानीय तह नखुलेका १–१, झापाको विर्तामोडमा २८, शिवसताक्षी र दमकमा १४–१४ दमकमा १३, मेचीनगरमा ११,…
भद्रपुर, १२ भदौ । नेपाल राष्ट्रिय बंगाली समाज भद्रपुर नगर तदर्थ समिति गठन गरिएको छ । नेपाल राष्ट्रिय बंगाली समाज केन्द्रीय समितिको विधान अनुसार भद्रपुर ६ बंगाली युवा क्लबमा शुक्रवार आयोजित एक भेलाले राजा मण्डलको संयोजकत्वमा भद्रपुर नगर तदर्थ समिति गठन गरेका छन् । भेलाले सर्वसम्मत रुपमा समितिको सदस्यहरूमा रवीन्द्र घोष, मानस घोष, विजय साह, जयिता राय, मनीषा मण्डल, रितु बर्मन राय, सञ्जय आइच, राहुल चक्रवर्ती, रञ्जित मण्डल, अरूप घोषलाई चयन गरेका छन् । त्यस्तै सल्हाकारहरुमा अमूल्य मण्डल, सञ्जय घोष र निर्मल घोष रहेका छन् । नेपाल राष्ट्रिय बंगाली समाजका केन्द्रीय सदस्य अनुप रायको संयोजकत्वमा भएको भेलामा नेपाल बंगाली समाजका…
सुनसरी, ११ भदौ । सुनसरी कोशी गाउँपालिका–३ जमुवा चोक स्थित पूर्व–पश्चिम राजमार्गमा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने मोटरसाइकल पछाडी सवार घाइते भएका छन् । मृत्यु हुनेमा सप्तरी महादेवा गाउँपालिका–६ का ३५ वर्षीय राम नाथ मण्डल रहेका छन् । हिजो दिउँसो १२ बजे पश्चिम तर्फ जादै गरेको प्र २–०३–००१ च ३००७ नम्बरको पिकअप ले बिपरित दिशाबाट आउँदै गरेको प्र २–०१–००२ प ५६५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । सो दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक राम नाथको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा हिजो दिउसो साढे १२ बजे मृत्यु भएको थियो भने मोटरसाइकल पछाडी सवार सप्तरी हुनुमान कंकालिनी नगरपालिका–११…
खोटाङ, ११ भदौ । खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ कांडे का ३३ बर्षीय गिरीराज थापाको हत्यामा संलग्न रहेका उनकै भाई २२ बर्षीय नारायण थापा र भतिजा १५ बर्षीय रुपन थापा पक्राउ परेका छन् । गत भदौ ९ गते दिउसो ११ बजे घरबाट हिडेका गिरीराज घर फर्कि नआएपछी खोजतलास गर्ने क्रममा हिजो १० गते बिहानको राती पौने २ बजे घर देखी अन्दाजी २०० मिटर बारीमा मृत अबस्थामा फेला परे पश्चात प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी टोली खटि गई घटनाको प्रकृती हेर्दा हत्या गरेको हुन सक्ने आशंकमा प्रहरीले गहन रुपमा अनुसन्धान थालेको…
झापा, ११ भदौ । विगत केही दिन अगाडिबाट सक्रिय रहेको मनसुन शनिबारदेखि केही कमजोर हुने भएको छ । न्यून चापीय रेखा आज रातिदेखि केही तल सर्ने भएकाले मनसुनी गतिविधिको प्रभाव अलि कम हुने भएको हो । शनिबारदेखि नेपालको पूर्वी भागबाट मौसम क्रमिक सुधार हुँदै जाने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताए । “मौसममा सुधार हुने भनेर पानी नै नपर्ने हुँदैन, मनसुनको समय अझै बाँकी छ, विगत केही दिन अगाडिको जस्तै लगातारको झरी भने कम हुनेछ”, उनले भने । देशभर सामान्यदेखि पूर्ण बदली तथा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षाको सम्भावना कायमै रहनेछ ।…
झापा, ११ भदौ । दक्ष जनशक्ति अभावमा झापाका दुई स्थानीय तहलाई दाताले उपलब्ध गराएका भेन्टिलेटर प्रयोगविहीन बनेका छन् । कोरोना सङ्क्रमण बढेपछि बिरामीको उपचारमा सहजता ल्याउन आनीछोइङ डोल्मा फाउण्डेशनले गत जेठ २७ गते झापाको अर्जुनधारा र बिर्तामोड नगरपालिकालाई एकरएक थान भेन्टिलेटर सहयोगस्वरुप उपलब्ध गराएको थियो । दक्ष जनशक्ति नहुँदा हाल उक्त दुवै भेन्टिलेटर प्रयोगविहीन अवस्थामा छन् । दक्ष जनशक्ति र भौतिक संरचना अभावका कारण भेन्टिलेटर उपयोग गर्न नसकिएको बिर्तामोडका स्वास्थ्य शाखा प्रमुख तुलसीराम पोखरेलले बताए । “नगर अस्पताल निर्माण भइरहेको छ”, उनले भने, “जनशक्ति र भौतिक संरचना अभावमा भेन्टिलेटर प्रयोगमा आउन सकेको छैन”, उनले सुरक्षित अवस्थामा भेन्टिलेटर राखिएको बताए ।…
झापा, ११ भदौ । झापामा कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाउने भएको छ । आगामी भदौ ११ गतेदेखि १९ गतेसम्ममा झापाका पालिकाहरुमा भेरोसेल खोपको दोस्रो मात्रा लगाइने जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लाका सबै पालिकाहरुमा व्यवस्थित तवरले खोप सञ्चालन गर्न पत्र पठाइसकेको छ । झापामा भदौ ११ देखि १३ गतेसम्म अर्जुनधारा ,भद्रपुर, मेचीनगर, बुद्धशान्ति, विर्तामोड, कचनकवल, हल्दिवारी, वारदशी र दमक नगरपालिकामा भेरोसेलको दोस्रो मात्राको खोप लगाइने भएको छ । त्यस्तै गरीभदौ १७ देखि १९ गते कनकाई, झापा, शिवसताक्षी, कमल, गौरादह र गौरीगञ्जमा खोप अभियान सञ्चालन गरिने छ जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको…
वि.सं.२०७८ साल भदौ ११ गते । शुक्रबार । ईश्वी सन् २०२१ अगष्ट २७ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि– पंचमी, बेलुकी ०६ बजेर ३८ मिनेट उप्रान्त षष्ठी । नक्षत्र– अश्विनी, रातको ०१ बजेर ४५ मिनेट उप्रान्त भरुणी । योग– गंड, बिहान ०७ बजेर ३९ मिनेट उप्रान्त वृद्धि । करण– कौलव, बेलुकी ०५ बजेर ५७ मिनेट उप्रान्त तैतिल, बेलुकी ०६ बजेर ३८ मिनेट उप्रान्त गर । आनन्दादिमा–वज्र योग । चन्द्रराशि–मेष । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आर्थिक रुपमा कमजोर हुँदा दैनिक आवश्यक्ताहरु परिपुर्ती गर्न सकिनेछैन । राजनीति तथा समाजसेवामा जनताको…
झापा, ११ भदौ । झापामा थप १० दिन निषेधाज्ञा लम्बाइएको छ । जिल्ला प्रशासन कार्यालय झापामा बिहीबार बसेको कोभिड व्यवस्थापन समितिले (डीसीएमसी) को बैठकले कोरोना संक्रमणदर र मृत्युदरमा कमी नआएपछि भदौ २० गते राती १२ बजेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो । बैठकले अन्य निर्णयहरुलाई यथावत् राख्दै खाद्यान्न, फलफूल, तरकारी, बिउ विजन, दुग्धजन्य पदार्थ बिक्री वितरण गर्न पाउने पसलको हकमा समय परिवर्तन गरेको छ ।अब ती पसलहरू बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म खुलाउन पाउनेछ । त्यस्तै होटेल, खाजा घर बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म खुला रहने समेत निर्णय गरेको छ । कपडा, हार्डवेयर लगायतका अन्य सबै प्रकारका…