
झापा, ११ भदौ । झापामा कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाउने भएको छ । आगामी भदौ ११ गतेदेखि १९ गतेसम्ममा झापाका पालिकाहरुमा भेरोसेल खोपको दोस्रो मात्रा लगाइने जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लाका सबै पालिकाहरुमा व्यवस्थित तवरले खोप सञ्चालन गर्न पत्र पठाइसकेको छ । झापामा भदौ ११ देखि १३ गतेसम्म अर्जुनधारा ,भद्रपुर, मेचीनगर, बुद्धशान्ति, विर्तामोड, कचनकवल, हल्दिवारी, वारदशी र दमक नगरपालिकामा भेरोसेलको दोस्रो मात्राको खोप लगाइने भएको छ ।
त्यस्तै गरीभदौ १७ देखि १९ गते कनकाई, झापा, शिवसताक्षी, कमल, गौरादह र गौरीगञ्जमा खोप अभियान सञ्चालन गरिने छ जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



