
झापा, ११ बैशाख । झापाको भद्रपुर नगरपालिका वडा नं. ४ बाट लागुऔषधसहित बिर्तामोडका दुई युवा पक्राउ परेका छन् ।
आज बेलुका ४ बजेको भद्रपुर–४ डाँगीबारीबाट लागुऔषधसहित बिर्तामोड नगरपालिका–४ सुन्दरपुरका २१ वर्षीय रोहित शर्मा र सुकुम्बासी टोलका ४३ वर्षीय दिपक श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाबाट सादा पोसाकमा खटिएको प्रहरी टोली र वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउदैँ गरेको पैदलयात्री उनीहरुलाई शंका लागेर चेकजाँच गर्दा लुकाई छिपाई ल्याउँदै गरेको लागुऔषध ब्राउनसुगरजस्तो देखिने लिसाईलो पदार्थ प्लाष्टिकसहित ६ ग्राम ४१० मिलिग्राम (प्लाष्टिक बाहेक तौल गर्दा ६ ग्राम १७० मिलिग्राम) सहित नियन्त्रणमा लिइएको हो ।



