
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
राम कार्की, नेता– नेकपा (माओवादी केन्द्र) राम कार्की नेकपा (माओवादी केन्द्र)का बौद्धिक नेता मानिन्छन् । हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकपछि उनले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतले नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएका छन् । आत्मसमीक्षा गर्नुपर्ने, मुलुकको शासकीय प्रणाली परिवर्तन, नेतृत्व परिवर्तनलगायत विषयहरूले बैठकमा प्रवेश पाए । प्रस्तुत छ, केन्द्रीय कमिटी बैठकपछि यिनै विषयमा केन्द्रित रहेर कार्कीसँग बाह्रखरीका कुञ्जरमणि भट्टराईले गरेको कुराकानी : दुई दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकबाट कस्ता निष्कर्षहरू निस्किए ? लामो समयदेखि कुनै पनि राजनीतिक पार्टीहरूको जीवन सलबलाएको देखिँदैन । दैनिकी त गरिरहेका छन् । तर, विगतमा ठूला–ठूला आन्दोलनको नेतृत्व गरेका पार्टी पनि अहिले असाध्यै क्लान्त, थाकेजस्तो देखिने अवस्थामा…
बिर्तामोड, २ भदौ । झापाको बिर्तामोड नगरपालिकाको भिन्दाभिन्दै स्थानबाट लागुऔषध ब्राउनसुगरसहित छ जना पक्राउ परेका छन् । प्रहरीले बिर्तामोड–१ स्थित चारपानेबाट दुई युवती, बिर्तामोड–५ जात्रुबाडीबाट दुई युवा र बिर्तामोड–५ नयाँबसपार्कस्थित मिलनचोकबाट दुई युवालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले मंगलबार बेलुका ५ बजे बिर्तामोड–१ स्थित चारपानेबाट बिर्तामोड–१ की देवी तामाङ र बिर्तामोड–५ की २१ वर्षीया सीता खतिवडालाई ४ ग्राम ४५ मिलीग्राम ब्राउनसुगर, नगद र ब्राउनसुगर नाप्ने डिजिटल तराजु, दुई थान मोबाइलसहित पक्राउ गरेको उहाँले बताउनुभयो । त्यस्तै, मंगलबार बेलुका ४ बजे बिर्तमोड–५ स्थित जात्रुबारीबाट इप्रकय अनारमनीको प्रहरी…
झापा, २ भदौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ दल दर्ताको तयारी गरेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार वरिष्ठ नेता नेपालसहित १४ जना सांसदलाई कारबाहीको सिफारिस गरेपछि एमाले एकता संकटमा परेको छ। नेता नेपालले एकदुई दिनमै नयाँ दल दर्ताको तयारी गरेका छन्। नयाँ दल दर्ताका लागि विधान, राजनीतिक प्रतिवेदन, तथा नामसमेत तय भइसकेको स्रोतले जनाएको छ। ‘केपी ओलीमा सुधार आउने संकेत देखिएन। नयाँ दल दर्ताको तयारी छ। नेता कार्यकर्तालाई बेवारिसे अवस्थामा राख्न सकिँदैन’, नेपाल पक्षका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले भने, ‘विधान, राजनीतिक प्रतिवेदन सबै तयारी अवस्थामा छ।’ ओलीले पार्टीमा एकताको ढोका बन्द गरेपछि नयाँ दल दर्ता…
बनियानी, २ साउन । नेपाल पत्रकार महासंघ झापा शाखाको भवन निर्माणका लागि प्रदेश नं १ सरकारले ४० लाख प्रदान गर्ने भएको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत भवन उक्त रकम विनियोजन भएको महासंघका शाखा अध्यक्ष एकराज गिरीले जानकारी दिनुभयो । बिर्तामोडस्थित नयाँ बसपार्कमा रहेको एकतले भवनमा दुई तला थप्ने गरी तत्काल काम अघि बढाइने उहाँले बताउनुभयो । यसका लागि शाखाका उपाध्यक्ष केशव भट्टराईको संयोजकत्वमा सात सदस्यीय भवन निर्माण समितिसमेत गठन गरिएको छ । प्रदेश सरकारसँग भवन निर्माण सम्झौता गर्न जाने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । यसैबीच महासङ्घ प्रदेश नं १ कमिटीका कोषाध्यक्ष विमल लामिछानेले शाखाद्वारा प्रकाशित…
झापा, २ भदौ । रोजगारीका लागि इजरायल जान माग गरिएको आवेदनमा ९ हजार ६९९ युवाले आवेदन दिएका छन् । यो आवेदन इजरायलले पहिलो चरणमा दिएको माग कोटा एक हजारको तुलनामा नौ गुणा बढी हो । वैदेशिक रोजगार विभागले साउन १२ गते एक हजार केयर गिभरका आवेदन माग गरेकोमा अन्तिम दिन सोमबारसम्म सो संख्यामा आवेदन परेको हो । शैक्षिक योग्यता, अनुभव तथा तालिमलगायतका प्रावधान रहेका कारण अपेक्षाअनुसार आवेदन नपरेको विभागको अनुमान छ । विभागले तोकिएको अवधिभित्र परेका आवेदनलाई भदौको दोस्रो हप्तासम्म स्वीकृत गरेर परीक्षा तयारी गरिरहेको विभागका निर्देशक महेन्द्रनाथ भट्टराईले बताए । “परेका सबै आवेदनलाई रुजु गरेर स्वीकृत भएकालाई लिखित परीक्षाका…
झापा, २ भदौ । यातायात व्यवस्था विभागले खालि कार्ड सकिएपछि लाइसेन्स छपाइ बन्द गरेको छ । अघिल्लो वर्ष बन्दाबन्दीकै बीच कार्ड छपाइ गरेर डेढ वर्षदेखि रोकिएका कार्ड बाँडेको विभागले यस वर्ष निषेधाज्ञाका बीच अन्य चाप नहुँदा पनि कार्ड छपाइको काम गर्न सकेन । कार्ड अभाव भएपछि विभागले गतवर्ष फागुनदेखि नै नियमित लाइसेन्स छपाइको काम गर्न सकेको छैन । विभागसँग फागुनमा ३० हजार जति मात्रै कार्ड स्टक रहेपछि कार्ड छपाइको नियमित काम रोकिएको थियो । यो बीचमा अत्यावश्यक केही कार्ड छपाइ गरेकोमा अहिले करीब २० हजार मात्रै खाली कार्ड बाँकी रहेको विभागका महानिर्देशक नवराज घिमिरे बताउँछन् । उनका अनुसार फागुनपछि विदेश…
झापा, २ भदौ । जनता समाजवादी पार्टी नेपालका १८ जना केन्द्रीय सदस्यसहित २० जनाले उपेन्द्र यादव समूह छाडेको घोषणा गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गर्दै बिष्णुजंग बस्नेतसहित १८ जना केन्द्रीय सदस्य र दुई जिल्ला सदस्यले जसपाको उपेन्द्र यादव समूह परित्याग गर्ने घोषणा गरेका हुन् । उपेन्द्र यादवको नेतृत्वमा रहेको संघीय समाजवादी फोरम नेपालले पार्टी एकता गर्दा गरेको प्रतिवद्धतालाई लत्याउँदै पार्टीलाई केही व्यक्तिको प्राइभेट लिमिटेडका रूपमा चलाएको आरोप समेत उनीहरूले लगाएका छन् । पत्रकार सम्मेलनमा बोल्दै जसपाका केन्द्रीय सदस्य समेत रहेका भाडावाल सरोकार समाजका अध्यक्ष बिष्णुजंग बस्नेतले बाध्य भएर उपेन्द्र यादवको समूह परित्याग गरेको घोषणा गरे…
वि.सं.२०७८ साल भदौ ०२ गते । बुधबार । ईश्वी सन् २०२१ अगष्ट १८ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण शुक्लपक्ष । तिथि– एकादशी, बेलुकी ११ बजेर ५७ मिनेट उप्रान्त द्वादशी । नक्षत्र– मूल, रातको १२ बजेर ०४ मिनेट उप्रान्त पूर्वाषाढा । योग– विष्कुम्भ, बेलुकी १० बजेर ०४ मिनेट उप्रान्त प्रिती । करण–वणिज, दिउसो ०१ बजेर ०५ मिनेट उप्रान्त भद्रा, बेलुकी ११ बजेर ५७ मिनेट उप्रान्त बव । आनन्दादिमा–ध्वज योग । चन्द्रराशि–धनु । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) साथीभाइ तथा आफन्तहरूको सहयोग पाइने हुनाले मन प्रसन्न रहनेछ भने नयाँ काम गरी आम्दानीका स्रोतहरू…
झापा, २ भदौ । संसद् अधिवेशन अन्त्य गरेर सरकारले ल्याएको दल विभाजनसम्बन्धी राजनीतिक अध्यादेश जारी भएमा कानुनी प्रश्न उठ्न सक्ने देखिएको छ । असाधारण र अत्यावश्यक समयमा बाहेक अध्यादेश ल्याउन नपाइने प्रावधान छ । सामान्य अवस्थामै संसद् अधिवेशन अन्त्य गरेर गरिएको अध्यादेशको सिफारिस राष्ट्रपतिबाट जारी भएमा अदालतमा रिट पर्ने सक्नेछ । मन्त्रिपरिषद्को निर्णयबाट सिफारिस भई राष्ट्रपतिसमक्ष पेस भएको राजनीतिक दलसम्बन्धी अध्यादेशमा दल विभाजन गर्न खुकुलो हुने गरी ऐन संशोधन गरिएको छ । ऐन संशोधन गर्ने विषयमा सिफारिस भएको सो अध्यादेश राष्ट्रपतिले अध्ययनका लागि राखेकी छन् । हाल सत्तारूढ दलहरूले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३३ को उपदफा २ संशोधन…
बिर्तामोड, २ भदौ । झापाको बिर्तामोड नगरपालिकाबाट मंगलबार दिउँसो लागुऔषध ब्राउनसुगरसहित दुई युवा पक्राउ परेका छन् । बिर्तामोड–५ नयाँ बसपार्कस्थित मिलनचोकबाट अर्जुनधारा–५ का २७ वर्षीय मनोज चौधरी र बिर्तामोड–५ का २३ वर्षीय सुमन तामाङलाई २० ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालउ झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार आज दिउँसो १२ बजे लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र अस्थायी प्रहरी पोस्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई ब्राउनसुगर र उनीहरुले प्रयोग गरेको मे२प ८६८६ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको झापा प्रहरीले…