
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ३१ साउन । पुरै जिल्लामा लगातार निषेधाज्ञा जारी राख्दा विरोध भएपछि झापामा अब स्मार्ट लकडाउन लगाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा आइतबार राति सकिएपछि स्मार्ट लकडाउनको निर्णय गरिने भएको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को आइतबार बस्ने बैठकले त्यसबारे निर्णय गर्न लागेको डीसीसीएमसीका प्रमुख रहेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए । ‘जहाँ संक्रमण बढी छ, त्यहाँ मात्र लकडाउन गर्न सक्ने अवधारणा अनुसार स्मार्ट लकडाउन लगाउन खोजिएको हो । सो प्रस्ताव सीसीएमसीले यसअघि गरिसकेकोे छ । वैज्ञानिक र व्यावहारिक हुनेगरी लकडाउन गर्ने अवधारणा नै स्मार्ट लकडाउन रहेको तिमिल्सिनाले स्पष्ट पारे । कोरोना…
झापा, ३० साउन । सत्तारुढ नेपाली काँग्रेसले नेकपा एमालेको माधवकुमार नेपाल पक्ष एउटा टुंगोमा पुगेपछि सरकारले पूर्णता पाउने बताएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकारको एक पिल्लर नेपाल पक्षको आन्तरिक जटिलता टुंगोमा पुगेपछि सरकारले पूर्णता पाउने बताए । सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने, ‘यो सरकार बन्दै गर्दा चारवटा पिल्लर खडा छ । त्यस मध्येको एउटा पिल्लर माधव नेपालले नेतृत्व गर्नुभएको एमालेको छ । उहाँहरुको आन्तरिक घरायसी जीवनको सन्दर्भमा केही जटिलताहरू रहेको बेलामा उहाँहरु एउटा टुंगोमा पुगिसकेपछि स्वाभाविक छ कि सरकार गठनको पूर्णताको प्रक्रियाले मार्ग प्रशस्त प्राप्त गर्छ ।’ काँग्रेसले केन्द्रीय समिति बैठकबाट सरकार सञ्चालन र समसामयिक राजनीति र अन्य…
झापा, ३० साउन । जिल्ला आयुर्वे स्वास्थ्य केन्द्र तनहुँले कोरोना पोजेटिभ भएका ७०० जनालाई आयुर्वेदिक कोरोना कीट वितरण गरेको छ । कोरोना पोजेटिभ भएका बिरामीलाई आयुर्वेदिक औषधि प्रभावकारी भएकाले कार्यालयले निःशुल्करुपमा किट वितरण गरेको हो । आयुर्वेद स्वास्थ्य केन्द्रको व्यवस्थापनमा कोरोना पोजेटिभ भएर होम वा आइसोलेसनमा रहेका बिरामीलाई वितरण गरिएको कार्यालयका प्रमुख डा रामप्रबोध मण्डलले जानकारी दिए । उक्त औषधिमा गुर्जो, अश्वगन्ध, जेठी मधु, त्रिकटु, लक्ष्मीमिलासरस, सेतोपलादीलगायतका जडीबुटीको समिश्रणबाट औषधि तयार गरिएको उनले बताए । बिरामी लक्षण र अवस्थाअनुरुप औषधिको मात्रामा थपघट गरिन्छ । उनले भने, “उक्त औषधि सेवन गरेका बिरामीले कोरोना जित्न सफल भएका छन् ।” जिल्लामा कोरोनाको सङ्ख्या…
झापा, ३० साउन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष नयाँ दल गठनको आन्तरिक गृहकार्यमा जुटेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष एकलौटी रूपमा अघि बढेको निष्कर्षसहित नेपाल पक्ष अब नयाँ दल गठन गर्ने निष्कर्षमा पुगेको छ । विधान संशोधन, सदस्यता नवीकरण, संगठन निर्माणसहित महाधिवेशनको तयारीमा ओली पक्ष एकलौटी रूपमा अघि बढेको नेपाल पक्षको विश्लेषण छ । नेपाल निकटका नेता जगन्नाथ खतिवडाले ओली पक्ष एकलौटी रूपमा अघि बढेपछि आफूहरूसँग नयाँ दल गठनको विकल्प नभएको बताए । आफूहरूको पहिलो प्राथमिकता पार्टी एकता नै रहेको स्पष्ट पार्दै उनले ओली पक्षले एकताका लागि ढोका नै बन्द गरेको…
भद्रपुर, ३० साउन । झापाको सदरमुकाम भद्रपुरमा नेकपा माओवादी केन्द्रले सङ्गठन विस्तार र सुदृढीकरण अभियानलाई तीव्रता दिएको छ । सोही अभियान अन्तरगत माओवादी केन्द्र भद्रपुर नगर कमिटीले नगर क्षेत्रका १० वटै वडामा वडा भेला सम्पन्न गरेको छ । वडा भेलाले वडा स्तरीय कमिटी समेत गठन गरेको केन्द्रका जिल्ला सचिवालय सदस्य नरेश सन्जेलले जानकारी दिए । वडा नम्बर १ को अध्यक्षमा जीवन बास्तोला र सचिवमा नेत्रप्रसाद बराल, वडा नम्बर २ को अध्यक्षमा चूडामणि दाहाल (राजु) र सचिवमा थिरेन्द्र पौडेल, वडा नम्बर ३ को अध्यक्षमा बालानन्द बिक (कुमार) र सचिवमा मानबहादुर राई, वडा नम्बर ४ को अध्यक्षमा युक्त पाहिम लिम्बु र सचिवमा…
झापा, ३० साउन । मोर्डनाको ४० लाख डोज खोप नेपाल आउने भएको छ । विश्व बैंकले आगामी फागुनदेखि ४० लाख मोर्डना खोप आउने जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले मोर्डनाको ४० लाख डोज खोप खरिदका लागि सम्झौता भएको बताउनुभएको छ । उक्त खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका तथा किशोर(किशोरीलाई लगाइने सरकारले जनाइसकेको छ । विश्व बैंकको वित्तीय सहयोगमा कोभ्याससँगको साझेदारीमार्फत सरकारले ४० लाख मात्रा खोप खरिद गर्नका लागि खोपसम्बन्धी विश्वव्यापी सञ्जाल ‘गाभी’सँग सम्झौता गरेको हो । यसरी सम्झौता गरेर खोप खरिद गर्नेमा नेपाल विश्वकै दोस्रो र दक्षिण एसियाकै पहिलो देश हो ।…
बिर्तामोड, ३० साउन । झापामा कोरोना भाइरसको संक्रमण उच्च हुँदै गएपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को टोलीले झापामा अनुगमन गरेको छ । जिल्लामा दैनिक कम्तीमा डेढ सयदेखि बढीमा साढे तीन सयसम्म दैनिक कोरोना संक्रमित थपिन थालेका छन्। जिल्ला सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पनि ५ सय नाघिसकेको छ। जिल्लास्तरीय कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीएमसी) को बैठकले झापामा संक्रमणदर र मृत्युदर कम गर्न साउन ३२ गतेसम्म निषेधाज्ञा लगाएको छ। निषेधाज्ञा पालना नहुँदा जिल्लामा संक्रमणदर र मृत्युदरमा कमी आउन सकेको छैन। जिल्लामा संक्रमणदर र मृत्युदर नघटेपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको टोली शुक्रबार झापा आएको थियो। जिल्ला प्रशासन कार्यालय झापामा सीसीएमसीको…
संखुवासभा, ३० साउन । संखुवासभा खाँदवारी नगरपालिका–७ का ६९ वर्षीय जय चापागाईंलाई लागूऔषध अफिम सहित पक्राउ गरिएको छ । हिजो दिउसो १२ बजे जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा चापागाईको घरमा लुकाई छिपाई राखेको लागूऔषध अफिम २०४ ग्राम फेला पारेको थियो । पक्राउ परेका चापागाई उपर थप अनुसन्धान भईरहेको छ ।
मोरङ, ३० साउन । मोरङ जहदा गाउँपालिका–३ जयरामपुर बस्ने रबिया ऋषिदेवको १० बर्षीय गोलु ऋषिदेव खोलामा डुबेर मृत्यु भएको छ । हिजो बेलुका ५ बजे उनि साथीहरुसंग खद्रा खोलामा पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा डुबी घाईते भएको भन्ने जानकारी प्राप्त हुन साथ प्रहरी चौकी मझारेबाट प्रहरी टोली खटि गई घाईते बालकलाई उपचारको लागी कोशी अस्पताल विराटनगरमा पुर्याउन साथ मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
बिर्तामोड, ३० साउन । झापाको विर्तामोडस्थित मुक्ति चोकमा रहेको एउटा कपडा पसलमा शुक्रबार साँझ आगलागी भएको छ । बिर्तामोड स्थित एक्सेल विकास बैंकसँग जोडिएको कपडा पसलमा आगो लागेको प्रहरीले जनाएको छ । थापा मार्केटमा रहेको ऋद्धिसिद्धी वेयर कलेक्सनमा आगो लागेको प्रहरीले जनाएको छ । व्यवसायी सूर्य अधिकारीले उक्त पसल सञ्चालन गर्दै आएका थिए । बिर्तामोड र मेचीनगर नगरपालिकाको वरुण यन्त्रले आगो नियन्त्रणमा लिइसकेको छ । आगलागीको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । विद्युतीय चुहावटका कारण आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । आगलागीका कारण कपडा पसल पूर्णरुपमा जलेको छ ।