झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

मेचीनगर, २५ साउन । मेचीनगर नगरपालिकाले आइतबार नगरभरिका उद्योगी, व्यवसायी र साना सवारी चालकलाई ८ सय बढी कोभिड १९ विरुद्घको भ्याक्सिन उपलब्ध गराएको छ । नगरका उद्योगी व्यवसायीहरुको छाता संस्था मेची उद्योग बाणिज्य संघ मेचीनगरको संयोजनमा मेचीनगर नगरपालिकाद्वारा आयोजित नगरभरिका उद्योगी व्यवसायी र सिटी सफारी तथा अटोका चालकहरुलाई समेत लक्षित गरेर कोभिड १९ विरुद्घको भ्याक्सिन लगाउने कार्यक्रममा ८ सय बढीले भ्याक्सिन लगाएको मेची उद्योग बाणिज्य संघका सदस्य उमेश सुवेदीले जानकारी दिए । उनका अनुसार ६ सय नगरभरिका उद्योगी व्यवसायी र २ सय १० सिटी सफारी तथा अटोका चालक गरी ८ सय १० जनाले अमेरिकन कम्पनीको जोन्सन एण्ड जोन्सन भ्याक्सिन लगाएका…

Read More

झापा, २५ साउन । कोरोना संक्रमितको संख्या दैनिक बढ्न थालेपछि अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार देशभरका अस्पतालमा १ सय ८१ संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् । यस्तै, ८ सय २ जना आईसीयूमा उपचाररत छन् । यसअघि शनिबार १ सय ६९ जना भेन्टिलेटर र ७ सय ४६ जना आईसीयूमा उपचाररत रहेका थिए । गत शुक्रबार १ सय ५८ जना भेन्टिलेटर र ७ सय ३२ जना आईसीयूमा उपचाररत रहेका थिए । स्वास्थ्य मन्त्रालयका अनुसार गत बिहीबार १ सय ५८ जना भेन्टिलेटरमा र ७ सय १३ जना भेन्टिलेटरमा उपचाररत रहेका थिए । स्वास्थ्य मन्त्रालयका अनुसार सशस्त्र प्रहरी…

Read More

झापा, २५ साउन । झापाको भद्रपुर नगरपालिका–३ स्थित अरनिको माध्यमिक विद्यालयको निर्माणाधीन भवन अलपत्र बनेको छ । भारत सरकारको आर्थिक सहयोगमा सात वर्षअघि निर्माण शुरु भएको विद्यालय भवनको निर्माण कार्य अधुरो छाडेर दुई वर्षदेखि निर्माण कम्पनीका ठेकेदार सम्पर्कविहीन बनेपछि विद्यालयको सो निर्माणाधीन भवन अलपत्र बनेको हो । विसं. २०२४ सालमा स्थापना भएको अरनिको माविको भवन स्तरोन्नतिका लागि भारतीय दुतावासले रू चार करोड २१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो । २०६७ सालमा रू तीन करोड ८६ लाख रुपैयाँमा काठमाडौँको राजधानी कन्स्ट्रक्सनले भवन निर्माणको ठेक्का लिएको थियो । ठेक्का लिएको चार वर्षपछि २०७१ चैतदेखि भवन निर्माणको काम शुरु गरेको विद्यालयका प्रधानाध्यापक…

Read More

झापा, २५ साउन । भारतको पश्चिम बङ्गाल सिलिगुडीस्थित पारामाउन्ट हस्पिटल (नर्सिङ होम) ले उपचार खर्च तिर्न नसक्दा चार महिनाको शिशुलाई बन्धक बनाएको छ । मेचीनगर नगरपालिका –१० खयरडाँगीका चार महिनाका शिशु सुहान चौधरीलाई नर्सिङ होमले बन्धक बनाइएको हो । आन्द्रा दोब्रिएर बिरामी भएका सुहानलाई उपचारका लागि यही साउन १५ गते पारामाउन्ट हस्पिटल लगिएको थियो । हस्पिटलले उपचारमा भारु एक लाख लागेको बताउँदै चार दिनअघि शुल्क बुझाउन दवाव दिएको बालकका बुवा सनम चौधरीले बताए । आर्थिक अवस्था कम्जोर भएका चौधरी परिवारसँग आर्थिक स्रोत नभएपछि स्थानीयवासीले चन्दा उठाएर दिएको ५४ हजार रुपैयाँ बालकका बुवा सनमले अस्पतालमा लगेर बुझाएका थिए । अरु रकम…

Read More

वि.सं.२०७८ साल साउन २५ गते । सोमबार । ईश्वी सन् २०२१ अगष्ट ०९ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण शुक्लपक्ष । तिथि– प्रतिपदा, बेलुकी ०६ बजेर ४४ मिनेट उप्रान्त द्वितीया । नक्षत्र– अश्लेषा, बिहान १० बजेर ३५ मिनेट उप्रान्त मघा । योग– वरियान , रातको १२ बजेर ०३ मिनेट उप्रान्त परिध । करण– किंस्तुध्न, बिहान ०६ बजेर ४९ मिनेट उप्रान्त बव, बेलुकी ०६ बजेर ४४ मिनेट उप्रान्त बालव । आनन्दादिमा–सौम्य योग । चन्द्रराशि– कर्कट,बिहान १० बजेर ३५ मिनेट उप्रान्त सिंह । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) माया प्रेममा धोका हुन सक्छ भने…

Read More

बिर्तामोड, २५ साउन । पैदल र सवारीसाधनका यात्रुको मास्क लगाउने बानीको विकास गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले ‘तपाईंको मास्क खोई’ अभियान सुरु गरेको छ । कोरोना भाइरसको जोखिम कायमै रहँदासमेत सर्वसाधारणले मास्कको प्रयोग छोडेको भन्दै जिल्ला ट्राफिक प्रहरीले ‘तपाईंको मास्क खोई’ अभियान शुरू गरेको हो । प्रहरीले अभियान चलाएपछि सडकमा खटिएका ट्राफिक प्रहरीहरुले ‘तपाईंको मास्क खोइ’ लेखेको प्लेकार्ड सहित सडकमा पैदल र सवारीसाधनका यात्री तथा चालकलाई सचेतना प्रदान गरिरहेका हुन् । दोस्रो चरणको कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि ट्राफिक प्रहरीले ‘तपाईंको मास्क खोई रु’ अभियान सञ्चालन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख निशेष चापागांईले बताए । सवारी…

Read More

भद्रपुर, २५ साउन । सशस्त्र प्रहरीले ५ लाख २० हजार रुपैयाँ मूल्य बराबरको कपडा बरामद गरेको छ । सशस्त्र प्रहरी २ गण हेडक्वाटर झापा मातहत बिओपिबाट खटिएको टोलीले आइतबार सो मुल्य बराबरको सामान बरामद गरेको हो । अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउदै गरेको अवस्थामा प्रहरीले भद्रपुर ४ स्थित डाँगीबारीबाट कपडा बरामद गरेको एसपी रमेश कुमार पाण्डेले जानकारी दिए । बरामद गरिएका लत्ताकपडामा ४ सय २१ थान टी— सर्ट रहेको सशस्त्र प्रहरी २ गण हेडक्वाटरका सुचना अधिकारी प्रेम बहादुर भण्डारीले जानकारी दिए । सुचना अधिकारी भण्डारी अनुसार इन्सपेक्टर बिभूराज दाहालको नेतृत्वमा खटिएको टोलीले सामान बरामद गरेको हो । साथै बिओपि केचनाको…

Read More

बिर्तामोड, २४ साउन । झापाको सीमावर्ती गाउँपालिका गौरीगञ्जबाट प्रहरीले ब्राउनसुगरसहित शनिबार राति दुई जना महिलालाई पक्राउ गरेको छ । गौरीगञ्ज–४ स्थित कदमगाछीबाट सीमा प्रहरी चौकी खजुरगाछी र सशस्त्र प्रहरी बलको संयुक्त प्रहरी टोलीले दकम–१ की ३४ वर्षीया मञ्जु धिमाल र सोही स्थानकी २५ वर्षीया बिमला धिमाललाई प्लाष्टिक बाहेक ४४ दशमलव ३०० ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार राति ९ बजे शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरुलाई प्रहरीले चेकजाँच गरेको थियो । उनीहरुले संवेदनशील अंगमा ब्राउनसुगर लुकाएको हुन सक्ने आशंका लागेपछि खजुरगाछी स्वास्थ्य चौकीमा स्वास्थ्य कर्माचारीलाई चेकजाँच गर्न लगाउँदा…

Read More

सुनसरी, २४ साउन । सुनसरीको इटहरी उपमहानगरपालिका–२ स्थित ग्राइभेल सडक सम्याउने क्रममा शनिबार बम फेला परेको छ । इटहरी–२ स्थित राजदेवी टोलको पेङदोर्जी मार्ग ग्राभेल गर्ने क्रममा ग्रिनेड बम फेला परेको सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए । बाटो मर्मत गर्ने क्रममा बम जस्तो सामग्री देखिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । फेला परेको ग्रिनेड बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको सुनसरीका प्रहरी उपरीक्षक थापाले जानकारी दिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

Read More

झापा, २४ साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव एवम् प्रतिनिधिसभा सदस्य योगेश भट्टराईलाई मातृशोक परेको छ । भट्टराईकी आमा महेन्द्रादेवी भट्टराईको ९५ वर्षको उमेरमा साउन २३ गते निधन भएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले भट्टराईको निधनले पार्टीलाई अत्यन्त दुखित बनाएको बताएका छन् । आइतबार एक शोक वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले यस दुखद् घडीमा दिवंगत आमाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकमग्न योगेश भट्टराई लगायत सबै परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

Read More