
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, ६ जेठ । जिल्लामा अघिल्लो पटक जेठ ७ गतेसम्म जारी गरिएको निषेधाज्ञा एक हप्ता लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय झापाले आज एक सूचना जारी गरि निषेधाज्ञा थप गरिएको जनाएको हो । आज बसेको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको बैठकले जिल्लामा संक्रमण तिब्र गतिमा बढिरहेकाले निषेधाज्ञा थप गरिएको बताइएको छ । जिल्लामा जेठ १९ गतेदेखि जारी गरिएको निषेधाज्ञा जेठ गतेदेखि कडा पारिएको थियो । निषेधाज्ञा कडा पारिएसँगै मानिसहरुलाई औषधि उपचार बाहेकको काममा घर बाहिर ननिस्कन आदेश गरिएको छ । झापामा आजको ४ सहित १८२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भैसकेको छ । आज थप २१८ जनामा संक्रमण पुष्टि…
बिर्तामोड, ६ जेठ । आज झापामा ६१ जनामा कोरोना संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार जिल्लाको कमल गाउँपालिकामा २९, दमकमा १८, गौरीगञ्ज, गौरादह र स्थानीय तह नखुलेका ४–४, शिवसताक्षी र भद्रपुरमा १–१ जनामा संक्रमण देखिएको हो । त्यस्तै, प्रदेश १ मा आज ६७३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३०६, सुनसरीमा १६४, झापामा ६१, धनकुटामा ४४, उदयपुरमा २१, भोजपुरमा १८, संखुवासभामा १३, इलाममा १२, पाँचथर र ताप्लेजुङमा ७–७, ते¥हथुममा १ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ७५ महिला र १०१ पुरुष सहित १७६, बेलबारीमा ३३, सुन्दरहरैचामा २७,…
मोरङ, ६ जेठ । हुण्डी कारोबारमा संग्लग्न रहेको आरोपमा तिन जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । आज दिउँसो मोरङको बिराटनगर महानगरपालिका(११ रोडषेस चोकबाट २१ लाख भन्दा बढी रकम सहित पक्राउ परेका बिराटनगर(१३ का २५ बर्षीय श्रवण साह र रंगेली नगरपालिका(१ की २५ बर्षीया जिज्ञासा चौधरीलाई सोधपुछ गर्ने क्रममा हुण्डी कारोवारबाट प्राप्त रकम रहेको खुल्न आएसंगै उक्त कार्यमा संग्लग्न बिराटनगर (१३ का ३३ बर्षीय अमृत कुमार साह सुडीलाई समेत प्रहरीले पक्राउ गरेको हो । साह र चौधरीको साथबाट प्रहरीले नेरु २१ लाख ७१ हजार ५००, भारु २३ हजार र विभिन्न बैंकका चेकहरु बरामद गरेको थियो । त्यस्तै अमृत…
झापा, ५ जेठ । झापामा ६ सहित आज प्रदेश १ मा २१ जनाको मृत्यु भएको छ । प्रदेशका विभिन्न अस्पतालमा उनीहरुको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा एकै दिन यतिको धेरै संख्यामा संक्रमणका कारण मृत्यु भएको यो पहिलो घटना हो । यसअघि २४ घण्टामा १८ जनाको मृत्यु भएको थियो । मन्त्रालयका अनुसार ९ जना महिला र १२ पुरुषको मृत्यु भएको हो । मोरङमा ७, झापामा ६, सुनसरीमा ५, उदयपुरमा १ र अन्यमा २ जनाको मृत्यु भएको मन्त्रालय जनाएको छ । उनीहरुको विराटनगर, धरान र झापाको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । कोरानाको दोश्रो…
मोरङ, ५ जेठ । मोरङको रङ्गेली नगरपालिका–३ का १९ वर्षीय बिनोद यादव भाउजुको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । आज बिहान साँढे ७ बजेको समयमा रङगेली नगरपालिका(३ तिलुवा चौकको नहरमा मृत फेला परेकी २४ बर्षीया अनिता यादवको घाँटीमा काटिएको पाएसंगै अनुसन्धान थालेको प्रहरी टोलीले मृतक कै देवर बिनोदको संग्लग्नता रहेको पाएपछी निजलाई पक्राउ गरेको हो । मृतक अनिता र देवर बिनोद बिच मंगलवार साँझ झै(झगडा भएको र सोही रिसिईबीका कारण बिनोद यादवले राती ८ बजे धारिलो हतियार दाउले घाँटीमा प्रहार गरी भाउजुको हत्या गरेका थिए । पक्राउ परेका यादवको सम्बन्धमा ईलाका प्रहरी कार्यालय रङगेलीले थप अनुसन्धान गरिरहेको छ ।
विराटनगर, ५ जेठ । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले प्रतिकुलतालाई अनुकुलतामा बदल्न आवस्यक रहेको बताउनु भएको छ । कोरोना संक्रमणको समयमा जिल्ला स्तरमा रहेका अस्पतालहरुलाई क्षमता विकास गरेर अघि बढ्नुपर्ने उहाँले बताउनुभयो । प्रदेश १ का स्थानीय तहका प्रमुख÷उपप्रमुखहरु, प्रमुख जिल्ला अधिकारीहरु, स्वास्थ्य कार्यालयका प्रमुखहरु लगायतसँग आज गरिएको भर्चुअल बैठकमा उहाँले कोरोना संक्रमण सकिएपछि जिल्ला स्तरमा रहेका अस्पतालहरुले स्थानीय नागरिकलाई सेवा दिन सक्नेगरिको बनाउनमा उहाँले जोड दिनुभयो । मन्त्री राईले भन्नुभयो, ‘जिल्लाका नागरिकले सामान्य उपचारका लागि पनि काठमाण्डौं, विराटनगर धाउनु नपरोस् ।’ उहाँले जिल्ला स्तरमा व्यवस्थित अस्पतालको आवस्यकता रहेकोमा पनि जोड दिनुभयो । झापा, मोरङ र सुनसरी…
झापा, ५ जेठ । झापामा आज ३३८ जनामा कोरोना संक्रमण देखिएको छ । यो संख्या पछिल्लो समयको उच्च हो । झापामा हिजो ३०३ जनामा संक्रमण देखिएको थियो । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार झापाको दमकमा ९२, मेचीनगरमा ६५, बिर्तामोडमा ४६, भद्रपुरमा ३५, अर्जुनधारामा २६, बुद्धशान्तिमा २०, कनकाईमा १७, शिवसताक्षीमा ८, बाह्रदशीमा ६, गौरीगञ्जमा ५, कचनकवल र कमल गाउँपालिकामा ४–४, गौरादहमा २, हल्दिबारी र झापा गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ६ जनामा कोरोनाको संक्रमण देखिएको छ । यता, प्रदेश १ मा आज १२९८ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो ।…
भद्रपुर, ५ जेठ । भद्रपुरका तीनसहित झापामा थप पाँच जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र चार पुरुष रहेका छन् । सदरमुकाम भद्रपुरमा एकै दिन तीन जना सङ्क्रमितको मृत्यु भएको नगर स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराईले जानकारी दिए । कोरोनाबाट भद्रपुर नगरपालिका १ निवासी ८४ वर्षीय क्षेत्री थरका वृद्ध पुरुषको मृत्यु भएको छ । वैशाख ३१ गते कोरोना संक्रमण पुष्टि भएका वृद्धलाई उपचारको लागि मेची अस्पतालको कोभिड उपचार केन्द्रमा भर्ना गरिएको थियो । उपचाररत वृद्धको उपचार केन्द्रमै मृत्यु भएको हो । त्यस्तै भद्रपुर नगरपालिका २ बस्ने ३८ वर्षीय सिंह थरका संक्रमित पुरुषको मृत्यु भएको…
इटहरी, ५ जेठ । इटहरीमा पुरै बस्ती बिरामी भएको गाँउमा कोरोना संक्रमण रहेको पुष्टि भएको छ । इटहरी–३ को सुनौलो टोलमा बिरामी भएकाहरुमा कोरोना संक्रमण देखिएको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले जानकारी दिनुभयो । आफू सहित स्वास्थ्यकर्मीको समूह टोलमै गएर एन्टिजिन परीक्षण गर्दा कोरोना संक्रमण देखिएको उहाँले वताउनुभयो । समुदायमा गएर ९ जनाको एन्टिजिन बिधिबाट परिक्षण गर्दा ७ जनाको रिपोर्ट पोजेटिभ आएको हो । गाँउमा कोरोना संक्रमण रहेको पुष्टि भए पछि सुनौलो टोल सिल गरिएको छ । त्यहाँ एउटै टोलका २५ जना बिरामी परेका थिए । ७ घर का २५ जनामा ज्वरो, खोकी, पखाला लागेर बिरामी भएका र त्यसमा ९…
लमजुङ, ५ जेठ । लमजुङमा आज बिहान दुई पटक भूकम्प गएको छ।बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्निच्युडको भूकम्प गएको थियो भने ८ बजेर २६ मिनेटमा ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार दुवै भूकम्प लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु बनाएर गएका हुन्। भूकम्पको धक्का पोखरा, तनहुँ, गोरखा, चितवन, धादिङ, काठमाडौंमा समेत महसुस गरिएको छ। ५.८ म्याग्निच्युडको भूकम्प जाँदा भएका क्षतिबारे विवरण संकलन भइरहेको छ। लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेल अहिले प्रहरीसहितको टोली लिएर घटनास्थल अवलोकन गरिरहेका छन्। उनले अहिलेसम्म ३ जना घाइते भएको सूचना प्राप्त भएको जानकारी दिए। भूकम्पले थुप्रै घर भत्किएको, चर्किएको…