
इटहरी, ५ जेठ । इटहरीमा पुरै बस्ती बिरामी भएको गाँउमा कोरोना संक्रमण रहेको पुष्टि भएको छ ।
इटहरी–३ को सुनौलो टोलमा बिरामी भएकाहरुमा कोरोना संक्रमण देखिएको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले जानकारी दिनुभयो । आफू सहित स्वास्थ्यकर्मीको समूह टोलमै गएर एन्टिजिन परीक्षण गर्दा कोरोना संक्रमण देखिएको उहाँले वताउनुभयो ।
समुदायमा गएर ९ जनाको एन्टिजिन बिधिबाट परिक्षण गर्दा ७ जनाको रिपोर्ट पोजेटिभ आएको हो । गाँउमा कोरोना संक्रमण रहेको पुष्टि भए पछि सुनौलो टोल सिल गरिएको छ । त्यहाँ एउटै टोलका २५ जना बिरामी परेका थिए । ७ घर का २५ जनामा ज्वरो, खोकी, पखाला लागेर बिरामी भएका र त्यसमा ९ जनामा परिक्षण गर्दा ७ जनामा संक्रमण देखिएको हो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



