
झापा, ५ जेठ । झापामा ६ सहित आज प्रदेश १ मा २१ जनाको मृत्यु भएको छ ।
प्रदेशका विभिन्न अस्पतालमा उनीहरुको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा एकै दिन यतिको धेरै संख्यामा संक्रमणका कारण मृत्यु भएको यो पहिलो घटना हो । यसअघि २४ घण्टामा १८ जनाको मृत्यु भएको थियो ।
मन्त्रालयका अनुसार ९ जना महिला र १२ पुरुषको मृत्यु भएको हो । मोरङमा ७, झापामा ६, सुनसरीमा ५, उदयपुरमा १ र अन्यमा २ जनाको मृत्यु भएको मन्त्रालय जनाएको छ ।
उनीहरुको विराटनगर, धरान र झापाको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । कोरानाको दोश्रो लहर चलेसँगै प्रदेश १ मा १ सय ४३ जनाको मृत्यु भएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



