झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १२ असार । मनसुनी वायु सक्रिय रहेकाले मुलुकका विभिन्न क्षेत्रमा आज बिहानैदेखि पानी परिरहेको छ । मुख्यगरी प्रदेश १, २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी परिरहेको र थोरै ठाउँमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसपालि खुल्दै, पुनः पानी पर्दै तर देशैभरि ढाक्ने गरी वर्षा भने नहुने मौसमविद् प्रतिभा मानन्धरले बताइन्। “ती प्रदेशका केही भागमा भारी वर्षाको सम्भावना रहेकाले दुई दिन सावधानी अपनाउनु पर्ने र त्यसपछि कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम सक्रिय हुने देखिन्छ”, उनले बताइन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षाका…

Read More

झापा, १२ असार । नेपाल विद्युत प्राधिकरणले यही असार १३ गतेदेखि १९ गतेसम्म विद्युत कटौती हुनसक्ने जनाएको छ । शनिवार एक सूचना प्रकाशन गर्दै प्राधिकरणले राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी आयोजनालाई राष्ट्रिय प्रशारण लाइनमा जोड्न लागेकोले खिम्ती लामोसाँघु १ सय ३२ केभी प्रशारण लाइन बन्द हुने जनाएको छ । सो प्रसारणलाइन बन्द भएपछि प्रणालीमा विद्युत अपुग हुने भएकोले ढल्केबरदेखि कोहलपुरसम्मका सबस्टेशनबाट बिद्युत आपूर्ति हुने क्षेत्रका औद्योगीक ग्राहकहरूका लागि छोटो समयका लागि बिद्युत कटौती हुन सक्ने प्राधिकरणले जनाएको छ । निर्धारित समय अगावै प्रशारण लाइन जोड्ने काम सकिए सोही अनुसार बिद्युत आपूर्ति गरिने जनाइएको छ । यसैबीच कुलेखानी जलाशयको पानी प्रयोग गरी…

Read More

तेह्रथुम, १२ असार । तेह्रथुम लालिगुरास नगरपालिका–१ भुल्के स्थितबाट तीन थान भरुवा बन्दुक सहित तीन जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका ३५ वर्षीय मनोज गुरुङ, ३४ वर्षीय प्रेम गुरुङ र ३६ वर्षीय रामबहादुर गुरुङ रहेका छन् । हिजो दिउसो प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई बन्दुक बोकेर हिँडिरहेको अवस्थामा फेला पारेको थियो । प्रहरीलाई देख्न साथ भाग्न खोजेका उनीहरुलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बसन्तपुरबाट थप अनुसन्धान भइरहेको छ ।

Read More

झापा, १२ असार । कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकालाई असार २२ गतेदेखि दोस्रो मात्रा लगाइने भएको छ । देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेल खोप पहिलो मात्रा लगाइएको थियो । सरकारले जेठ २५ गतेदेखि २९ गतेसम्म पहिलो मात्रा करिब ३ लाख ७० हजार नागरिकलाई दिएको स्वास्थ्य सेवा विभागको खोप शाखाले जनाएको छ । देशभर असार २२ गतेदेखि दोस्रो मात्रा खोप लगाइने तयारी गरेको शाखाले जनाएको छ । दोस्रो मात्रा खोप लगाउन जाँदा यसअघि पहिलो मात्रा लगाएको कार्ड अनिवार्य रुपमा देखाउनुपर्ने हुन्छ । यसअघि कोरोनाविरुद्धको भेरोसेल खोप पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन छुटेका नागरिकले…

Read More

झापा, १२ असार । झापाको छुट्टा छुट्टै स्थानमा लागुऔषधसहित दुई जनालाई पक्राउ गरिएको छ । झापा बाह्रदशी गाँउपालिका–२ जनता बजार स्थितमा ईलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले चेकजांच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको मे८प १६४ नम्बरको मोटरसाईकलमा सवार सिन्धुपाल्चोक मेलम्ची–६ का २७ वर्षीय प्रशान्त बिक्रम थापाको साथबाट लागूऔषध ब्राउन सुगर १६ ग्राम ५३० मिलिग्राम फेला परेको थियो । उनलाई मोटरसाईकल सहित पक्राउ गरि थप अनुसन्धान भईरहेको छ । यसैगरी झापा गाँउपालिका–२ स्थित बजारमा ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलिले सोही स्थानका ३२ वर्षीय विशाल मर्डीलाई ब्राउनसुगर ७ ग्राम ३०० मिलि ग्राम सहित पक्राउ गरी थप अनुसन्धान भइरहेको…

Read More

बिर्तामोड, १० असार । बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि १ अर्ब ३० करोड ७७ लाख ७९ हजार ५०० रुपैयाँको बजेट प्रस्ताव गरेको छ । आज सुरु भएको सातौं नगरसभा बैठकमा नगरपालिकाका उपप्रमुख पवित्रादेवी महतारा प्रसाईंले उक्त अंकको बजेट प्रस्ताव गरेकी हुन् । नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षता तथा प्रदेशसभा सदस्य एकराज कार्कीको प्रमुख आतिथ्यमा नगरसभा बैठक सुरु भएको हो । नगरसभामा प्रस्तुत बजेटमा चालूखर्च तर्फ ४४ करोड ३५ लाख १४ हजार र पूँजीगत खर्चतर्फ ६६ करोड ४२ लाख ६५ हजार ५०० हुने अनुमान गरिएको छ भने सामाजिक सुरक्षा वापत २० करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।…

Read More

झापा, १० असार । नेपाल विजुली, पेन्टर, प्लम्वर तथा निर्माण मजदुर युनियन ( क्युपेक नेपाल) ले मजदुरलाई कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । आज सामाजिक विकास मन्त्री उषाकला राईलाई ज्ञापन पत्र बुझाउँदै क्युपेक नेपालले निर्माण क्षेत्र लगायत अनौपचारिक क्षेत्रमा काम गर्ने सवै मजदुरको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा संलग्न हुने व्यवस्था गर्न माग गरेको छ । सात वटै प्रदेशमा आज विहान १० वजे एकै पटक ज्ञापन पत्र बुझाउँदै क्युपेक नेपालले बाढी, पहिरोका कारण पीडित तथा प्रभावित भएका परिवारलाई उचित राहत प्याकेजको घोषणा हुनुपर्ने, जिल्ला दर रेटमा ट्रेड युनियनको प्रतिनिधि अनिवार्य हुनुपर्ने लगायतका ६ बुँदे माग सामाजिक…

Read More

झापा, १० असार । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार विभिन्न संवैधानिक आयोगमा २० जना पदाधिकारी नियुक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले लोकसेवा आयोगमा झापाका माधवप्रसाद रेग्मीलाई अध्यक्ष र अन्य चार जनालाई सदस्य नियुक्त गरेकी छन्। त्यस्तै, अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा दुई जना आयुक्त नियुक्त भएका छन्। निवार्चन आयोगमा सगुनशमशेर जंगबहादुर राणा आयुक्त नियुक्त भएका छन् भने राष्ट्रिय समावेशी आयोगमा रामकृष्ण तिमल्सेना अध्यक्ष भएका छन्। समावेश आयोगमा अरू दुई जना सदस्य पनि नियुक्त भएका छन्। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारू आयोग र मुस्लिम आयोगमा पनि सदस्यहरू नियुक्त भएका छन्। वैशाख २६ गते बसेको…

Read More

झापा, १० असार । पछिल्लो २४ घण्टामा थप २ हजार ४७४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १२ हजार २३२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १५७७ र एन्टिजेन विधिबाट ८९७ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म पीसीआर विधिबाट ६ लाख २९ हजार ४३१ जना तथा एन्टिजेन विधिबाट २९ हजार ९३४ जनामा संक्रमण पुष्टि भइसकेको छ । यही अवधिमा थप २ हजार ५१८ जना निको भएका छन् । नेपालमा ७ लाख ७० हजार ९५८ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९०.७ प्रतिशत रहेको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ४९ हजार ५५५ पुगेको छ…

Read More

गंगा बरालभद्रपुर, १० असार । प्रदेश नं १ कै पहिलो बालमैत्री स्थानीय तह भद्रपुर नगरपालिकाले आर्थिक वर्ष ०७८ ०७९ का लागि ८३ करोड १३ लाख दुई हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ । बुधबार झापा उद्योग संघको सभाहलमा शुरु भएको आठौं नगरसभामा नगर उपप्रमुख चन्द्रमाया श्रेष्ठले सो बजेट प्रस्तुत गरेकी हुन् । नगरप्रमुख जीवनकुमार श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्तुत गरेको नगरसभामा प्रस्तुत बजेट अनुसार पूर्वाधार विकास कार्यक्रमतर्फ ३४ करोड ३२ लाख, संस्थागत विकास, सेवा प्रवाह, सूचना प्रविधि तथा कार्यालय सञ्चालनतर्फ १४ करोड २३ लाख ७२ हजार, आर्थिक विकास कार्यक्रमतर्फ ३ करोड ५४ लाख, सामाजिक विकास कार्यक्रमतर्फ २९ करोड ८० लाख…

Read More