
झापा, १२ असार । कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकालाई असार २२ गतेदेखि दोस्रो मात्रा लगाइने भएको छ ।
देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेल खोप पहिलो मात्रा लगाइएको थियो । सरकारले जेठ २५ गतेदेखि २९ गतेसम्म पहिलो मात्रा करिब ३ लाख ७० हजार नागरिकलाई दिएको स्वास्थ्य सेवा विभागको खोप शाखाले जनाएको छ ।
देशभर असार २२ गतेदेखि दोस्रो मात्रा खोप लगाइने तयारी गरेको शाखाले जनाएको छ । दोस्रो मात्रा खोप लगाउन जाँदा यसअघि पहिलो मात्रा लगाएको कार्ड अनिवार्य रुपमा देखाउनुपर्ने हुन्छ । यसअघि कोरोनाविरुद्धको भेरोसेल खोप पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन छुटेका नागरिकले समेत दोस्रो मात्रा खोप लगाउन पाउने छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



