
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
दाङ, ३ जेठ । कोरोना सङ्क्रमणबाट दंगीशरण गाउँपालिका वडा नं ३ का वडाध्यक्ष पूर्णबहादुर चौधरीको ६३ वर्षका उमेरमा निधन भएको छ । नेपालगञ्जस्थित कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा उनको आज निधन भएको गाउँपालिकाका प्रवक्ता वीरबहादुर ओलीले जानकारी दिए । त्यसैगरी कोरोनाबाट नै बबई गाउँपालिका वडा नं ४ का लक्ष्मण बस्नेतको निधन भएको छ । पत्रकार महासङ्घ दाङका सदस्य समेत रहेका उनको भैरहवा युनिभर्सल मेडिकल कलेजमा उपचारका क्रममा आज अपराह्न निधन भएको हो । रेडियो हापुरेमा कार्यरत उनले गत हप्तामात्र कोरोनालाई पराजित गर्नुभएको स्टेशन म्यानेजर प्रेमबहादुर राम्जाले जानकारी दिए । जिल्लामा कोरोनाबाट दुई पत्रकारको निधन भैसकेको छ । यस अघि पत्रकार…
झापा, ३ जेठ । काठमाडौं विश्वविद्यालय (केयु) ले झापाको बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेज एण्ड रिसर्च सेन्टरलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई पत्राचार गरेको छ । केयुका रजिष्ट्रार प्राडा सुवोध शर्माले सिट संख्यासहित स्वीकृतीका लागि आयोगलाई २ जेठमा पत्राचार गरेको पत्रमा उल्लेख गरिएको छ । विश्वविद्यालयबाट गएको विज्ञ सम्मिलित टोलीले कलेजको प्रारम्भिक निरिक्षण गरको र निरीक्षण प्रतिवेदनअनुसार बि एण्ड सी मेडिकल कलेजलाई चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १३ (६) अनुसार यस विश्वविद्यालयको सम्बन्धनको लागि सहमति दिने र सिट संख्या सहित स्वीकृतिका लािग आयोगबाट आवश्यक निर्णय गरिदिन पत्रमा उल्लेख छ । केयुको ३१ बैशाख बसेको कार्यकारी परिषद्को ६२५ औं बैठकले सिट…
काठमाडौं, ३ जेठ । नेपाल पत्रकार महासंघले कोरोना महामारीको बेलामा पत्रकारलाई कामबाट ननिकाल्न नीजि सञ्चार गृहहरूलाई चेतावनी दिएको छ । कोरोना महामारीको दोस्रो लहरमा पनि नीजि सञ्चार गृहहरूले श्रमजीवी पत्रकारहरुलाई निकाल्न थालिएको सूचना आएको भन्दै महासंघले कुनै पनि वहानामा पत्रकारलाई रोजगारी नखोस्न चेतावनी दिएको हो । नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले कोरोना महामारीका बेला कुनै पनि बहानामा पत्रकारलाई निस्कासन नगर्न आग्रह गरे । उनले कोभिड १९ को पहिलो लहरमा जस्तै दोश्रो लहरमा पनि पत्रकारहरुलाई निष्काशन गर्न सुरु गरिएको र निष्कासित भएका पत्रकारहरुको निम्ति महासंघले कानुनी लडाइँ लड्नुको साथै दबाबमूलक काम गरिरहेको बताए । महासंघले कोभिडको दोश्रो लहरमा निष्कासनमा परेका…
झापा, ३ जेठ । देशभर १ लाख २ हजार ४ सय ५५ कोरोना संक्रमित घरमै छन् । सरकारले उनीहरूको अवस्थाबारे चासो नदिएको समेत पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनमा बसेकाको सन्दर्भमा ठोस योजना अघि सार्न सकेको छैन । कतिपय संक्रमित र उनीहरूका आफन्तमा पर्याप्त परामर्श व्यवस्था नहुँदा मानसिक समस्यासमेत देखिन थालेको छ । कतिपय ठाउँमा होम आइसोलेसनमा बसेका संक्रमितले जनस्वास्थ्य मापदण्ड पालना नगर्दा थप जोखिम बढेको देखिएको छ । तर, स्थानीय सरकारले पनि उनीहरूको निगरानी गरेको पाइएको छैन । स्वास्थ्य मन्त्रालयले २० जेठ २०७७ मा कोभिड–१९ आइसोलेसन व्यवस्थापन निर्देशिका जारी गरेको थियो । होम आइसोलेसन बस्दा हावा…
बिर्तामोड, ३ जेठ । झापाको झापा गाँउपालिका–२ बाट प्रहरीले ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा गाँउपालिका–२ का २२ वर्षीय रोशन भुजेल, २१ वर्षीय साजन लिम्बू र ताप्लेजुङ सिरिजङ्गा–१ का १९ वर्षीय प्रताप लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आइतबार राति इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले पैदल हिँडिरहेका उनीहरुलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा ५३० मिलिग्राम ब्राउनसुगर, ब्राउनसुगर नाप्ने डिजिटल तराजु दुई थान र नगद रू ५९ हजार समेत बरामद गरेको थियो । ब्राउनसुगरसहित पक्राउ परेका उनीहरु उपर जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाइएको छ ।
झापा, २ जेठ । सरकारले चीनबाट १८ हजार खाली अक्सिजनका सिलिन्डर नेपाल पु¥याएको छ । स्थलमार्ग हुँदै आज १८ हजार सिलिन्डर नेपाल आइपुगेका हुन् । उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्क्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले १८ हजार सिलिन्डर तातोपानी नाकामा आइपुगेको जानकारी दिए । उनका अनुसार तातोपानी नाकामा सिलिन्डर चीन सरकारले हस्तान्तरण गरेपछि काठमाडौँ ल्याइनेछ । सिलिन्डरको अभाव हुन थालेपछि सरकारले चीन सरकारबाट अनुदानमा २० हजार खाली सिलिन्डर ल्याएको हो । यसअघि ४०० सिलिन्डर नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट ल्याइएको थियो । अठार हजार आइसकेपछि बाँकी एक हजार ६०० सिलिन्डर पनि जहाजबाट ल्याउने तयारी भइरहेको छ ।…
सुनसरी, २ जेठ । दोस्रो चरणको कोरोना भाइरस सङ्क्रमण बढेसँगै यसको प्रभाव सबैभन्दा बढी युवा वर्गमा परेको पाइएको छ । सङ्क्रमितमध्ये २१ देखि ३० वर्ष उमेर समूहका युवाको सङ्ख्या बढी रहेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । अहिलेसम्मको सङ्क्रमित सङ्ख्याको २८ दशमलव नौ प्रतिशत सङ्क्रमण यस उमेर समूहमा देखिएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । त्यसैगरी ३१ देखि ४० वर्ष उमेर समूहका २३ दशमलव छ प्रतिशत सङ्क्रमित रहेका छन् । सङ्क्रमति हुनेमा ४१ देखि ५० वर्ष उमेर समूहका १६ दशमलव एक प्रतिशत रहेको स्वास्थ्य कार्यालय इनरुवा सुनसरीका प्रमुख सागर प्रसाईँले बताए । एकाउन्नदेखि ६० वर्षसम्मका व्यक्ति १२ दशमलव दुई प्रतिशत…
झापा, २ जेठ । युवतीहरू कसैको मृत शरीर देखे भने डराउँछन्, रुन्छन् र कमजोर देखिन्छन् भन्ने हाम्रो समाजको सोच छ। तर भक्तपुरका दुई युवती भने त्यो मान्यतालाई गलत सावित गर्दै कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनमा सक्रिय रूपमा लागेका छन्। भक्तपुर नगरपालिका–१ दूधपाटीस्थित भक्तपुर अस्पतालमा रातदिन बसेर उनीहरू कोरोनाबाट मृत्यु भएकाहरूको शव व्यवस्थापनमा जुटिरहेका छन्। भक्तपुरकै २४ वर्षीया पुनम कर्माचार्य र २१ वर्षीया जिया जोशी सो कार्यमा खटेका हुन्। कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनमा लाग्ने उनीहरू देशकै पहिलो महिला रहेको बताइएको छ। हुन त शव व्यवस्थापन गर्न अस्पतालमा चर्चित उद्धारकर्मी अरूण सैंजूको नेतृत्वको आरएनए १६ समूह पहिलादेखि नै सक्रिय छ। तर…
झापा, २ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाका विभिन्न ११ वटा कोभिड डेडिकेटेडसहित अन्य अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि नयाँ व्यवस्था गरेको छ। यी अस्पतालले अब संक्रमितलाई अवस्था हेरी घर पठाउने, भर्ना गर्ने या आइसियुमा राख्ने निर्णय लिनेछन्। नयाँ व्यवस्थाअनुसार संक्रमित पुग्नुपर्नेछ। यसअघि संक्रमित घरैमा बस्ने र अक्सिजन घटेपछि मात्र अस्पताल जाने प्रक्रिया थियो। मन्त्रालयले आइतबारदेखि लागू गर्ने गर निर्णय गरेको प्रवक्ता डा. जागेश्वर गौतमले बताए। यसबाट गम्भीर अवस्थाका बिरामीको समयमै उपचार हुने र सामान्य अवस्थाकालाई घरैमा राखेर उचपार गर्न सजिलो हुने उनले बताए। मन्त्रालयका अनुसार उपत्यकाका मुख्य अस्पताल तथा मेडिकल कलेजहरू कोभिड डेडिकेटेडमा समावेश छन्। नेपाल मेडिकल कलेज,…
झापा, २ जेठ । छिमेकी भारतमा कोरोना संक्रमण उच्च बिन्दुमा पुगेर केही मत्थर हुन थालेसँगै नेपालमा पनि त्यस्तै हुने विज्ञहरूले अनुमान गरेका छन् । संक्रमण करिब एक सातासम्म यथावत् रहने वा बढ्ने, त्यसपछि केही समय स्थिर रहेर ओरालो झर्न थाल्ने उनीहरूको अनुमान छ । विज्ञहरूका अनुसार गत वर्ष भारतमा संक्रमण घटेको केही सातामै नेपालमा पनि घट्न थालेको थियो । ‘कोभिड–१९ को सन्दर्भमा भारत र नेपालको टाइमलाइनमा दुईदेखि चार सातासम्मको फरक देखिएको छ,’ काठमाडौं विश्वविद्यालय, स्कुल अफ मेडिकल साइन्सकी महामारीविद् डा। अर्चना श्रेष्ठले भनिन्, ‘भारतका विभिन्न ठाउँमा संक्रमण तल जाने क्रम सुरु भइसकेकाले नेपालमा पनि दुईदेखि चार सातामा घट्ने देखिन्छ ।’…