
झापा, ३ जेठ । काठमाडौं विश्वविद्यालय (केयु) ले झापाको बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेज एण्ड रिसर्च सेन्टरलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई पत्राचार गरेको छ ।
केयुका रजिष्ट्रार प्राडा सुवोध शर्माले सिट संख्यासहित स्वीकृतीका लागि आयोगलाई २ जेठमा पत्राचार गरेको पत्रमा उल्लेख गरिएको छ । विश्वविद्यालयबाट गएको विज्ञ सम्मिलित टोलीले कलेजको प्रारम्भिक निरिक्षण गरको र निरीक्षण प्रतिवेदनअनुसार बि एण्ड सी मेडिकल कलेजलाई चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १३ (६) अनुसार यस विश्वविद्यालयको सम्बन्धनको लागि सहमति दिने र सिट संख्या सहित स्वीकृतिका लािग आयोगबाट आवश्यक निर्णय गरिदिन पत्रमा उल्लेख छ ।
केयुको ३१ बैशाख बसेको कार्यकारी परिषद्को ६२५ औं बैठकले सिट संख्याका लागि सम्बन्धन दिने र सिट संख्या निर्धारणका लागि आयोग पत्र पठाउने निर्णय गरेको पत्रमा भनिएको छ । यसअघि केयुको ८९ औं बैठकले बीएण्डसी मेडिकल कलेजको सम्बन्धन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



