झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १३ वैशाख । प्रदेश १ मा आइतबार १२२ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ८४, सुनसरीमा १५, झापामा ५, संखुवासभामा ४, धनकुटा, खोटाङ, इलाम, पाँचथर र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा २४ महिला र ५१ पुरुष सहित ७५, बुढीगंगामा ४, कटहरी र उर्लाबारीमा २–२ र धनपालथान र लेटाङमा १–१, सुनसरीको इनरुवामा ६, इटहरीमा ४, बराहक्षेत्र, हरिनगर, दुहवी, रामधुनी र धरानमा १–१, झापाको दमकमा ४, भद्रपुरमा १, संखुवासभाको खाँदबारीमा ३ र स्थानीय तह नखुलेको १, धनकुटाको चौवीसे, खोटाङको खोटेहाङ, इलामको इलाम, पाँचथरको मिक्लाजुङ र ताप्लेजुङको फुङलिङमा…

Read More

बुद्धशान्ति, १३ बैशाख । एसएलसीपछि के पढ्ने ? पहिला अधिकांश विद्यार्थीको रोजाई साइन्स वा म्यानेजमेन्ट हुन्थ्यो । तर, अहिले समय फेरियो । अवसर फेरिए र विद्यार्थीको मनस्थिति पनि फेरियो । अहिले धेरै विद्यार्थीको रोजाइ बन्दै गएको छ, होटल म्यानेजमेन्ट । होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट पढाइ स्थनीय ठाउँमै पढ्न पाएपछि अभिभावक संगै विद्यार्थीहरु समेत खुसी भएका छन् । झापा बुद्धशान्तिको कर्णाली एजुकेसन फाउन्डेसनले चालु शैक्षिकसत्रदेखि होटल म्यानेजमेन्टको पठनपाठन सुरु गरेसंगै बिद्यार्थीलाई टाढा धाएर पढ्नुपर्ने बाध्यता हटेको छ । बिद्यालयले प्रयोगात्मक विधिबाट पठनपाठन गराउनका लागि छुट्टै व्यवस्थित होटल म्यानेजमेन्टको किचन समेत तयार गरि शनिवार एक कार्यक्रमको आयोजना गर्दे उद्घाटन समेत गरेको छ…

Read More

झापा, १४ वैशाख । प्रदेश १ सरकारले नेपाली घरेलु मदिरा (कोदोको रक्सी) ब्राण्डिङ्ग, बजारीकरण तथा प्रवद्र्धनको विषयमा सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन गरेको छ । सामाजिक विकास मन्त्रालयले प्रदेश १ योजना आयोगका सदस्य पूर्णकुमार लोक्सोमको संयोजकत्वमा कार्यदल गठन गरेको हो । कार्यदलको सदस्यहरुमा प्रदेश योजना आयोग सदस्य मिना भण्डारी, मुख्यमन्त्री शेरधन राईका आर्थिक सल्लाहकार महेन्द्रबहादुर गुरुङ, स्नातकोत्तर क्याम्पस विराटनगरका सहप्राध्यापक डिल्लीकुमार प्रसाई, प्रदेश कृषि निर्देशनालयका प्रमुख प्रकाश डाँगी, सामाजिक विकास मन्त्रालयका उपसचिव अम्विकाप्रसाद चौलागाई, आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव कमलकुमार थापा, प्रदेश योजना आयोगका अधिकृत राकेश निरौला, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सहायक वनस्पती अधिकृत राजेश तामाङ रहनु…

Read More

काठमाडौं, ११ बैशाख । एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई जिम्मवारीविहीन बनाउँदै कार्यविभाजन गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले नेपाल पक्ष छाडेर स्थायी कमिटी गठनसहित नेताहरूलाई जिम्मेवारी बाँडफाँट गरेको हो। नेता वामदेव गौतम र माओवादी केन्द्रबाट आएका चार नेतालाई समेटेर १९ सदस्यीय स्थायी कमिटी बनाइएको छ। स्थायी कमिटीमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेलसहित गौतम, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुवास नेम्बाङ, टोपबहादुर रायमाझी, प्रदीप ज्ञवाली, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, लेखराज भट्ट, मणिचन्द्र थापा, किरण गुरुङ, सत्यनारायण मण्डल, छविलाल विश्वकर्मा, विष्णु रिमाल, रघुवीर महासेठ, केशव बडाल र डा। पुष्पराज कँडेललाई चयन गरिएको छ।…

Read More

झापा, ११ बैशाख । देशभर दैनिक २ हजार ५ सय जनाको हाराहारीमा कोरोना भाइरस संक्रमित थपिँदै गए पनि हेलचेक्र्याइँ अत्यधिक बढेको पाइएको छ । यही अवस्थामा संक्रमण थपिँदै गए हाल रहेको स्वास्थ्य संरचनाले धान्न नसक्ने सरकारले प्रस्ट पारिसकेको छ । तर, कोरोना रोकथामको अचुक उपाय मानिएको भौतिक दूरी कायम, मास्क समुचित प्रयोग र सरसफाइलगायत गर्न अधिकांश नागरिकले आनाकानी गर्दै आएका छन् । त्यस्तै, नियमनकारी निकाय सरकार र राजनीतिक दलले समेत जनस्वास्थ्य मापदण्ड पालना उल्लंघन गर्दै आएका छन् । अहिले दैनिकजसो शीर्ष दलले भेला, बैठक जारी नै राखेका छन् । देशका मुख्य सहरमा भिडभाड कम हुन सकेको छैन । स्वास्थ्य तथा…

Read More

इलाम, ११ बैशाख । इलाम सुर्योदय नगरपालिका–५ गोरख का २२ बर्षीय मुस्कान प्रधानको आफैले चलाएको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु भएको छ । शुक्रबार बेलुका ५ बजे सोही स्थानमा भन्ज्याङबाट गोरखतर्फ जादै गरेको मे३प ९६२० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा गम्भिर घाईते भएका चालक प्रधानको उपचारको लागी फिक्कल अस्पताल पुर्याउन साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय पशुपतीनगरले जनाएको छ ।

Read More

अर्जुनधारा, ११ बैशाख । झापा अर्जुनधारा नगरपालिका–८ का १९ वर्षीय राहुल राजवंशीलाई लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरिएको छ । शुक्रबार बेलुका सँवा ४ बजे लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको टोलीले मेचीनगर–६ पिंकी ठ्याकबाट राजवंशीलाई लागूऔषध ब्राउन सुगर २ ग्राम ५०० मिलिग्राम सहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।

Read More

झापा, ११ बैशाख । झापा दमक नगरपालिकामा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ । शुक्रबार बेलुका दमक–२ त्रिवेणीटोलकी १५ वर्षीया सबिना श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको हो । आफ्नै घरको कलमा जडान गरिएको मोटरबाट करेण्ट लागेर गम्भीर घाइते भएकी उनको एड्भान्स अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

Read More

इटहरी, ११ बैशाख । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री डा शिवमाया तुम्वाहाम्फेले सुकुम्बासीलाई जग्गाधनी पूर्जा दिलाएरै छाड्ने प्रतिबद्धता जनाउनुभएको छ । सुनसरीको इटहरी ९ मा जारी लगत संकलन कार्यको नीरिक्षणका क्रममा उहाँले यहि सरकारले सुकुम्वासीलाई जग्गा प्रदान गर्ने प्रतिवद्धता जनाउनुभएको हो । उहाँले सरकार ढल्छ कि ?पूर्जा नपाइएलाकी ?भन्ने आशंका नगरी ढुक्क भएर वस्न आग्रह गर्नुभयो । अहिलेको भूमी सम्वन्धि समस्या समाधान आयोग संविधानमा भएको ब्यवस्थालाई टेकेर ऐन वमोजिम गठन भएकाले यहि आयोगले भूमी सम्वन्धि समस्या समाधान गर्ने दावी गर्नुभयो । गलत विवरण र गलत कार्य नगरि छिटो र ब्यवस्थित ढंगले लगत संकलन गर्न मन्त्री तुम्वाहाम्फेले निर्देशन दिनुभयो…

Read More

बिर्तामोड, १० बैशाख । झापाको बिर्तामोडमा प्रधान कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले बाल बचतकर्ता अनिमेष राजवंशीलाई उपचारका लागि आर्थिक सहयोग गरेको छ ।  मेचीनगर–१४ धाइजन घर भएका सात वर्षीय राजवंशी शरीरमा रगत उत्पादन नहुने समस्या (थालासिमिया) बाट पीडित छन् । उनको उपचारका लागि संस्थाका तर्फबाट १० हजार रुपैयाँ सहयोग उपलब्ध गराइएको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले बताए । सदस्य सेवा केन्द्र दुहागढीमा खाता खोलेर नियमित कारोबार गर्दै आएकी संगीता राजवंशीलाई छोराको उपचार सहयोगका लागि संस्थाले रकम हस्तान्तरण गरेको सचिव दीपश धौरालीले जानकारी दिए । स्थानीय सीताराम सामुदायिक अङ्ग्रेजी विद्यालयमा कक्षा १ मा पढ्दै आएका राजवंशी दुई वर्षदेखि…

Read More