झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

मोरङ, १६ फागुन । मोरङको विराटनगर महानगरपालिका–१८ का २३ वर्षीय सुभाष कामतलाई बन्धक बनाई परिवारसंग १० लाख फिरौति रकम माग गर्ने ३ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका–२० का २० बर्षीय रोहित मण्डल, बिराटनगर(१६ का अजय यादव र बिराटनगर(६ की २८ बर्षीया सन्ध्या शर्मा रहेका छन् । निजहरुले शनिवार दिउँसो देखि कामतलाई बन्धक बनाएको र फिरौति बापत परिवारसंग १० लाख रकम माग गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले सूचना पाएको २ घण्टा भित्रै कामतलाई बिराटनगर(६ बाट सकुशल उद्धार गरेको हो । मानिस बन्धक बनाएको आरोपमा पक्राउ परेका उनीहरुको…

Read More

गंगा बरालभद्रपुर, १६ फागुन । झापाको भद्रपुर नगरपालिका वडा नं २ ले आइतबारदेखि आफ्नै भवनबाट सेवा शुरु गरेको छ । सो वडामा पर्ने सगरमाथाचोकबाट केही दक्षिण–पश्चिममा निर्माण गरिएको वडा कार्यालय भवनबाट सेवा आइतबारदेख सेवा दिन शुरु गरिएको वडाध्यक्ष भीमबहादुर सुब्बाले जानकारी दिए । स्थानीय दाताहरुले मिलेर डेढ बिगाहाभन्दा बढी जग्गा निःशुल्क उपलब्ध गराएपछि गत वर्ष भवन निर्माण शुरु भएको थियो । १ करोड ६० लाख २७ हजार १७२ रुपैयाँमा निर्माण सम्पन्न भएको कार्यालय भवनको शनिबार एक समारोहका बीच भद्रपुर नगरप्रमुख जीवनकुमार श्रेष्ठले उद्घाटन गरेका थिए । वडाध्यक्ष सुब्बाको अध्यक्षतामा आयोजित समारोहका बीच जग्गादाताहरुलाई सम्मान पनि गरिएको थियो । नगरपालिकाका प्रशासकीय…

Read More

झापा, १५ फागुन । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि नेकपाका सांसद तानातानमा परेका छन्। पुष्पकमल दाहाल र माधव नेपाल समूहमा बहुमत सांसद रहेको भनिए पनि ओली पक्षले पनि आफूसँग बहुमत सांसद रहेको दाबी गरेको छ। यसैकारण सांसद तानातानमा परेका हुन्। फैसलाअनुसार प्रतिनिधि–सभाको अब बस्ने बैठकमा दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ। प्रस्तावसँगै नयाँ प्रधानमन्त्रीको नाम तोक्नुपर्ने भएकाले दाहाल–नेपाल समूहले आफ्नो पक्षका सांसदको हस्ताक्षरसहितको सूची तयार पारिरहेको छ। प्रधानमन्त्री ओलीले पनि शुक्रबार होटल याक एन्ड यतीमा आफू निकट सांसदको भेला राखेर बहुमत जुटाउने कसरत गरेका छन्। ओली समूहले संसद्मा अविश्वासको प्रस्ताव दर्ता भए सामना…

Read More

झापा, १५ फागुन । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि नेपाली कांग्रेस अनौपचारिक रूपमा विभाजित नेकपाको ‘मझधार’ मा उभिएको छ। नयाँ सरकार निर्माणका लागि कांग्रेस अहिले निर्णायक शक्तिका रूपमा देखिएको छ। भलै अहिले ‘पर्ख र हेर’ को नीति अवलम्बन गरेको कांग्रेस सत्तामा जान चाहेको विश्लेषण भइरहेको छ। कांग्रेसले नेकपा औपचारिक रूपमा विभाजित भएपछि मात्रै नीतिगत निर्णय गरेर अघि बढ्ने मनसाय बोकेको छ। कांग्रेसले नेकपाको औपचारिक विभाजन पर्खनुलाई सत्ताको नेतृत्वका लागि थापेको ‘च्याँखे’ का रूपमा पनि अथ्र्याइएको छ। सांगठनिक रूपमा कमजोर कांग्रेसका लागि ‘सत्ता वा संगठन’ निर्माण गर्ने भन्ने विषय अहिले पेचिलो बनेको छ। कांग्रेसले आफ्नो भूमिका सत्ताभन्दा संगठनमा केन्द्रित गर्नसके भविष्य…

Read More

झापा, १५ फागुन । राजनीतिक रूपमा दुई समूहमा विभाजित भए पनि कानुनी रूपमा सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एउटै दलका रूपमा छ। नयाँ सरकार गठन गर्न नेकपाका दुवै समूह निर्णायक भूमिकामा रहनेछन्। संसद् पुनर्स्थापनासँगै सत्ता समीकरण कसरी मिलाउने भन्ने विषयमा दुवै समूहबाट विभिन्न तरिकाका कसरत भइरहेका छन्। कानुनी रूपमा फुटिनसकेकाले सत्ता समीकरणलाई कसरी अघि बढाउने भन्ने कठिनाइले दुवै समूहलाई पिरोलेको छ। नेकपा दाहाल–नेपाल समूह खुला रूपमा सत्ता समीकरणका लागि प्रयासरत छ भने ओली समूहले गुप्त रूपमा रणनीति तय गरिरहेको छ। दाहाल–नेपालको बिहीबार दिनभरिको कसरत हेर्दा नेकपाभित्र पुनः एकता हुनुपर्ने, एकता हुन नसके दल फुटाउने अध्यादेश ल्याएर मात्र निकास निस्कने अवस्था…

Read More

झापा, १५ फागुन । अमेरिकामा आधा भाले र आधा पोथीको स्वरूप भएको चरा भेटिएको छ । चराविद् जेमी हिलले आधा भाले र आधा पोथी अंश रहेको चराको फोटो सार्वजनिक गरेका हुन् । उनले फेला पारेको त्यस चराको फोटोले यतिबेला विश्वभरका संरक्षणकर्मीको ध्यान तानेको छ । उनले विगत ४८ वर्षदेखि चराको अध्ययन गरिरहेका छ । पछिल्लो समय काठ फोरुवा लहाँचे चराको खोजीमा रहेका उनीले दुई लिङ्गी भएको चरासँगको साक्षात्कार हुँदा लहाँचे भेटिए जत्तिकै खुसी व्यक्त गरेका छन् । एउटै शरीरमा भाले र पोथीको रङसहित अण्डाशय र डिम्बाशय दुवै अङ्गसमेत भएको चरा विश्वमै दुर्लभ मानिन्छ । आफूले लाखौँ चराको अध्ययन गरे पनि…

Read More

झापा, १५ फागुन । झापाको दमक नगरपालिकामा कुहिने फोहोर प्रशोधन गरेर ऊर्जा उत्पादन गर्न धमाधम काम अगाडि बढेको छ । फोहोरबाट ऊर्जाअन्तर्गत ग्यास, प्राङ्गारिक मल र झोल मल उत्पादन गरिने योजना रहेको दमक नगरपालिका वातावरण शाखा प्रमुख ज्ञानेन्द्र चौधरीले बताए । यसका लागि फोहोर प्रशोधन केन्द्र स्थापना गरिएको छ । दमक–३ स्थित हम्सेदुम्से सामुदायिक वन क्षेत्रभित्र स्थापना गरिएको प्रशोधन केन्द्रमा नगरको फोहोर लगेर अजैविक अर्थात् प्लास्टिकयुक्त र जैविक तथा कुहिने वर्गको फोहोर छुट्याइन्छ । यसरी छुट्याइएको फोहोरमध्ये जैविक फोहोरलाई ठूलो ट्याङ्कीमा हालेर १५ दिनसम्म कुहाइन्छ । यसरी कुहिएको फोहोरबाट मिथेन बायोग्यास उत्पादन हुन्छ । उत्पादन भएको ग्यासलाई प्रशोधन गरी ग्यास…

Read More

झापा, १५ फागुन । वैदेशिक रोजगारीका नाममा साउनदेखि सात महिनामा झन्डै २८ करोड रुपैयाँ ठगी भएको छ। वैदेशिक रोजगार विभागले संस्थागतभन्दा व्यक्तिगत ठगी दोब्बर बढी रहेको जनाएको छ। व्यक्तिगततर्फ १९ करोड ६९ लाख र संस्थागततर्फ ८ करोड १८ लाख रुपैयाँ ठगी भएको उजुरी विभागमा परेका छन्। व्यक्तिगततर्फ २ सय २४ उजुरी परेकामा विभागले माघसम्म ६४ वटा मुद्दा अदालतमा दायर गरेको छ। अदालतमा ११ करोड ४८ लाख बिगो दाबी गरिएको छ। गत वर्ष पहिलो ६ महिनामा व्यक्तिगततर्फ २ सय ४६ उजुरी दर्ता भएकामा १ सय ४१ वटा मुद्दा अदालतमा दायर गरिएको थियो। विभागका निर्देशक टीकामणि नेउपानेले व्यक्तिगत ठगीका मुद्दा वैदेशिक रोजगार…

Read More

बिर्तामोड, १४ फागुन । नेपाल दशनामी समाज बिर्तामोड नगर समितिले विभिन्न पाँचवटा निर्णय गरेको छ । समाजले कोरोना महामारीका कारण कार्य सम्पादन गर्न असहज भएकोले कार्यसमितिको एकबर्ष कार्यकाल थप गरेको विहिवार बिर्तामोडमा बसेको वैठकले निर्णय गरेको अध्यक्ष अर्जुन गिरीले जानकारी दिए । कोरोनाकहरका कारण यसै समितिलाई निरन्तरता दिने, कोष बृद्धिका लागि कार्यक्रम सञ्चालन गर्ने, नगरका छुट भएका बन्धुहरुलाई समेट्ने, नगरक्षेत्र भन्दा वाहिर समवेदना नलाने तर नगरको जिम्मेवारीमा रहेको बन्धुकोमा भने लाने, कार्यसमितिको थप अवधि एकबर्ष तोकिएपनि आवश्यक परे वैठक वसी समाजको विधानानुसार अगाडिबढ्ने अध्यक्ष गिरीले जानकारी दिए ।

Read More

तीर्थ तिम्सिनाबुद्धशान्ति, १२ फागुन । राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तर्गत झापाको बुद्धशान्ति गाउँपालिकाले ४१ हजार बढीलाई हात्तीपाइलेको औषधि खुवाउने भएको छ । आउँदो २९ गते शनिबार देखि हात्तीपाइले रोगबिरुद्धको औषधि र जुकाको औषधि एकसाथ खुवाइँदैछ । बुद्धशान्ति गाउँपालिकाका पदाधिकारी, महिला स्वयंम्सेविका, स्वास्थ्यकर्मी र सातवटै वडामा स्थानीय जनप्रतिनिधिसहितको टोलीलाई हात्तीपाइले रोगका बारेमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेर तयारी गर्दे गरेको बुद्धशान्ति गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भोला अधिकारीले बताएका छन् । यस अभियानमा बुद्धशान्तिको जम्मा जनसंख्या ४७ हजार ७ सय ५३ जना रहेको मध्ये ४१ हजार ८ सय ८२ जनालाई हात्तीपाइले विरुद्धको औषधि र जुकाको औषधि खुवाईनेछ । जस अन्र्तगत दुई बर्ष…

Read More