
झापा, १५ साउन । झापा, मोरङ र उदयपुर जिल्लाको बिभिन्न स्थानहरुबाट साउन १४ गते लागू औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय काकँरभिट्टा र लागू औषध नियन्त्रण ब्यूरो काकँरभिट्टाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले तेह्रथुमको मेन्छयायेम गाउँपालिका-३ घर भई हाल झापामा बस्दै आएका २२ वर्षीय अजय सुनारलाई १ ग्राम ५८० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित मेनीनगर नगरपालिका-६ स्थितबाट नियन्त्रणमा लिएको छ ।
यसैगरी इलाका प्रहरी कार्यालय रानी मोरङ र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१५ स्थितबाट मोरङ केराबारी गाउँपालिका-८ का २३ वर्षीय किरण थापालाई ३७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
यसका साथै विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला उदयपुरबाट खटिएको प्रहरी टोलीले बेलका नगरपालिका-५ स्थितबाट सोही स्थानका २६ वर्षीय खगेन्द्र महतलाई ट्रामोल १०० क्याप्सुल र स्पास्पेन १०० ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका सबैजनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।


