
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, ९ फागुन । सार्वजनिक यातायातको भाडादरलाई ‘अटो मोसन’ प्रणालीमा लैजान यातायात व्यवसायीले माग गरेका छन् । वैज्ञानिक भाडादरको व्यवस्था भए पनि कार्यान्वयन नहुने र हप्तैपिच्छे पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुन थालेपछि व्यवसायीले यस्तो माग गरेका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँर भन्छन्, “गाडी चल्नसक्ने अवस्था रहेन । २०६८ सालदेखि पार्टपुर्जातर्फको ६५ प्रतिशतको भाडा समायोजन हुनै सकेको छैन । हप्ताहप्तामा डिजेलको मूल्य बढ्छ, त्यस कारण आयल निगमले चलाएको पेट्रोलियम पदार्थको स्वचालित मूल्यसूचीजस्तै यातायातको भाडादरलाई पनि सोही प्रणालीमा राखियो भने कसैलाई अप्ठ्यारो हुँदैन, सिस्टमले काम गर्छ । ” सार्वजनिक यातायातको भाडादर अटो मोसनमा सञ्चालन गरिए धेरै कुराको…
झापा, ९ फागुन । ब्याजमा पाँच प्रतिशत अनुदान पाइने सहुलियतपूर्ण कर्जा लिनेको संख्या निरन्तर बढ्दो छ । सहुलियत कर्जामा आकर्षण बढ्दा पछिल्लो तीन वर्षमा बैंक, वित्तीय संस्थाबाट ६० हजार ८ सय ७९ जनाले यस्तो सुविधा लिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । उद्यमशीलताको विकास गरी उत्पादन वृद्धि र रोजगारी सिर्जजना गर्ने उद्देश्यले सहुलियत कर्जा वितरण गर्ने नीति ल्याइएको हो । राष्ट्र बैंकका अनुसार गत पुस मसान्तसम्म बैंक, वित्तीय संस्थाले एक खर्ब ३७ करोड रुपैयाँ ब्याजको कर्जा लगानी गरेका छन् । विभिन्न बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जामा अहिलेसम्म सबैभन्दा बढी कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा छ । यसमा हालसम्म…
झापा, ९ फागुन । कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज आइतबार काठमाडौं आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले भारतको नयाँ दिल्लीबाट १स्३० को एयर इन्डिया विमानमार्फत खोप १० लाख डोज काठमाडौँ आउन थालेको जानकारी दिए । उनका अनुसार यहि फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सहमतिअनुसार आइतबार १० लाख डोज खोप आउन थालेको हो । यसअघि गत माघ ८ गते भारत सरकारले अनुदानमा उपलब्ध गराएको सोही खोप आएको थियो । अहिले उक्त खोप अग्रपंक्तिमा काम गर्ने कर्मचारीलाई लगाइँदैछ । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले खोप…
झापा, ९ फागुन । नेकपाको विवाद किनारा लगाउन नसकेको निर्वाचन आयोगले चुनावी तयारीलाई पनि गति दिन सकेको छैन । सरकारले घोषणा गरेको मतदानको मिति वैशाख १७ आउन करिब ७० दिन मात्र बाँकी छ, जबकि निर्वाचन आयोगको तयारीका लागि १२० दिनको समय कानुनले नै तोकेको छ । निर्वाचनको मिति पुस ५ मै घोषणा गरिए पनि आयोगले योबीचको समयलाई उपायेग गर्न नसकेको हो । प्रारम्भमै टुंगिनुपर्ने मतदान केन्द्र र मतदाता नामावली समेत तयार भइसकेको छैन । आयोगले भने चुनाव घोषणा भएलगत्तै त्यस विषयमा काम थालिसकेको जनाएको थियो । आयोगका एक उपसचिवले आगामी वैशाख १७ मा निर्वाचन हुन्छ भन्ने विश्वास आयोगमा नदेखिएकाले कुनै…
झापा, ९ फागुन । बिमालेख धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन नपाइने भएको छ । यसका लागि आवश्यक सहयोग र समन्वय गरिदिन बिमा क्षेत्रको नियामक निकाय बिमा समितिले राष्ट्र बैंकलाई आग्रह गरेको छ । पछिल्ला दिनमा व्यक्तिगत बिमालेख धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने प्रवृत्ति बढेको छ, जुन कानुनविपरित हो । यही प्रवृत्ति रोक्न राष्ट्र बैंकलाई आग्रह गरिएको बिमा समितिका निर्देशक राजुरमण पौडेलले जानकारी दिए । बिमालेख धितो राखेर कर्जा दिने प्रवृत्ति रोक्न आवश्यक सहयोग तथा समन्वय गर्न गत मंगलबार राष्ट्र बैंकलाई पत्र लेखिएको छ । बिमालेखको धितोमा कर्जा लिनु बिमा ऐन विपरित हो । बिमितले…
झापा, ८ फागुन । बिर्तामोडमा आयोजित एक कार्यक्रमका बिच एक पत्रकारसहित तीन जनालाई पुरस्कृत गरिएको छ । जयेन्द्रप्रसाद प्रसाईँ साहित्य सेवा कोषद्वारा कोषकै सभा हलमा आयोजित एक कार्यक्रमका बिच २०७६ सालमा प्रकाशित कृतिमध्ये वर्षोत्कृष्ठ अश्वत्थामा कृतिका लेखक कुमार भट्टराई, विष्णु चन्द्र पद्मा दीर्घ साहित्य सेवाबाट साहित्य तथा शिक्षा सेवी मोहन भण्डारी र धनमाया सक्रिय महिला सर्वोत्कृष्ट पत्रकारिताबाट अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकका झापा सम्वाददाता राधा खनाललाई पुरस्कृत गरिएको थियो । पुरस्कृत तीन जनालाई कार्यक्रमका प्रमुख अतिथि कोमल प्रसाद पोखरेल, संस्थाका अध्यक्ष गोपीकृष्ण प्रसाईँ, प्राज्ञ सभा सदस्य सुभद्रा भट्टराई, केशवराज खनाल लगायतले दोसल्ला, सम्मान पत्रसहित नगद राशिद्वारा पुरस्कृत तथा सम्मान गरिएको थियो…
झापा, ८ फागुन । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरबाट अदालतलाई दबाब दिने गरी अभिव्यक्ति दिएको बताएका छन्। उनले प्रधानमन्त्रीको उक्त दबाब पदीय मर्यादा विपरीतको भएको बताए। प्रवक्ता शर्माले सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्री ओलीले अदालत दबाबमा नपरोस् भन्दै दाबबमूलक मन्तव्य राखेको बताएका छन्। उनले प्रधानमन्त्री ओलीले अहिलेसम्म न्यायालयको फैसला स्वीकार्छौं कहिलै नभनेको भन्दै चेतावनी प्रशारण गर्ने जंगेशैली लोकतान्त्रिक हुन नसक्ने बताए। ‘अदालत दबाबमा नपरोस् भन्ने तर चर्को दबाबको अभिव्यक्ति राख्ने प्रधानमन्त्री केपी शर्मा ओलीको विराटनगर मन्तव्य पदीय गरिमा विपरीत छ’, प्रधानमन्त्री ओलीलाई मेन्सन गदै प्रवक्ता शर्माले लेखेका छन्, ‘ न्यायालयको फैसला स्वीकार्छौं कहिलै नभन्ने र चेतावनी…
झापा, ८ फागुन । सरकारले यही फागुन महिनाभित्र कोभ्याक्स सुविधामार्फत कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप ल्याउन अन्तिम तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २० प्रतिशत जनसङ्ख्या पुग्ने गरी कोभ्याक्स सुविधामार्फत खोप ल्याउन लागेको हो । स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले आफूहरुले सबै प्रक्रिया पूरा गरिसकेकाले फागुन अन्तिमसम्म ‘कोभिशिल्ड’ खोप ल्याउन थालेको जानकारी दिए । उनका अनुसार २० प्रतिशतलाई दिइने भनेको खोप कोभ्याक्सले एकैपटक नभई पटकपटक पठाउने छ । विश्व स्वास्थ्य सङ्गठन, ग्लोबल भ्याक्सिन अलाइअन्स’ (गाभी) लगायत संस्थाले निम्न आय मुलुक भएका देशलाई निःशुल्क खोप उपलब्ध गराउने भएको छ । ‘कोभिशिल्ड’ खोप…
बिर्तामोड, ८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाको पार्टी कार्यालयमा नेकपा बहुमत पक्षले तालाबन्दी गरेको छ । पार्टीको आधिकारिकताको टुङ्गो नलागेसम्म दुवै पक्षले पार्टी कार्यालय नखोल्ने सहमति गरिए पनि ओली निकट नेताले पार्टी कार्यालय खोलेको जानकारी पाएपछि आफूहरुले पार्टी कार्यालयमा तालाबन्दी गरेको नेकपा झापाका सचिव तथा नेकपा बहुमत पक्ष नेता मणिकुमार साम्पाङ विजयले जानकारी दिनुभयो । ‘अब पार्टीको आधिकारिता जसले पाउँछ, उसैले पार्टी कार्यालय सञ्चालन गर्छ’, उहाँले भन्नुभयो ।
बुधबारे, ८ फागुन । बुधबारे जेसीजले शनिबार लागु औषध विरुद्धको दोस्रो चरणको कार्यक्रम सम्पन्न गरेको छ । लागु औषधको प्रयोगलाई न्यूनिकरण गर्ने उद्देश्यले बुधबारे जेसीजले सन् एक वर्ष अभियान सञ्चालन गरेको थियो । दोस्रो चरणको कार्यक्रम अ्र्रन्तर्गत आज बुद्धशान्ति गाउँपालिकाका विभिन्न क्लिनिक, मुख्य ठाउँ र पालिका क्षेत्रका करिब २ सय ठाउँमा ‘लागु औषध प्रयोगकर्ता र विक्रेतालाई निरुत्साहि गर्न संग्लन व्यक्तिका बारेमा तुरुन्त प्रहरीलाई खवर गरौं ।’ भन्ने चेतनामूलक प्लम्पेट टाँस्दै माइकिङ गरिएको थियो । बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेको सभापतित्व तथा बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जनताको अत्यधिक घुँइचो हुने गाउँपालिका परिसरमा प्रमुख अतिथि भुजेल सचेतना…