झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २१ माघ । झापाको दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रित लागुऔषध ब्राउसुगर सहित ३ जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका–९ का २० वर्षीय अजय राजवंशीलाई २ ग्राम २०० मिलिग्राम ब्राउनसुगर, डिजिटल तराजु १ थान, नगद ७ हजार र मोबाइल २ थानसहित मंगलबार राति ८ बजे पक्राउ गरेको हो । त्यसैगरी, इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले भारतीय नागरिक भारत किशनगंञ्जका ३० वर्षीय मो आलम र २८ वर्षीय मदिउर रहमानलाई १० ग्राम लागुऔषध ब्राउनसुगर, भारतिय रुपैयाँ ९ हजार १७०, ५० ग्राम गाँजा र १ थान मोवायल सहित पक्राउ गरेको हो…

Read More

शरणामति, २१ माघ । बिर्तामोडस्थित कर्णाली बचत तथा ऋण सहकारी संस्थाले झापा गाउँपालिका वडा नं. ४ बाँसबारीका एक परिवारको १० लाख रुपैयाँभन्दा बढी ऋण मिनाहा गरिदिएको छ । संस्थामा शेयर सदस्य बनी २०७७ असार १७ गते २० लाख रुपैयाँ कर्जा लिएका समाउल हकको गत पुष १ गते निधन भएपछि आज माघ २१ गते उनको परिवारलाई कर्जा मिनाहाको पत्र प्रदान गरिएको हो । समाउलको निधन हुँदासम्म संस्थामा १७ लाख ७० हजार ३०० रुपैयाँ ऋण रहेकोमा कर्णाली साकोसको सदस्य सुविधा एवम् कर्जा नीति अनुसार १० लाख ६२ हजार १७४ रुपैयाँ मिनाहा गरिएको अध्यक्ष टसबहादुर प्रधानले जानकारी दिएका छन् । झापा गाउँपालिकाका अध्यक्ष…

Read More

सुनसरी, २१ माघ । सुनसरीको इनरुवा नगरपालिका–२ बलाहा नहरबाट २ सय ५० केजी गाँजा सहित २ जनालाई पक्राउ गरिएको छ । को १ च ९८५२ नम्बरको बलेरो गाडीमा ठुलो परीणाममा गाँजा तस्करी भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट आज बिहान २ बजेको समयमा प्रहरी निरीक्षकसहितको कमाण्डमा खटिएको प्रहरी टोलीले ब्यारिकेट सहित चेकिङ राखेकोमा बराहक्षेत्रबाट आएको उक्त नम्बरको गाडी ब्यारिकेट लडाएर फरार भएको थियो । ब्यारिकेटलाई क्षति गरी फरार भएको उक्त गाडीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी उपरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले बलाहा नहरबाट बिहान पौने ४ बजे नियन्त्रणमा लिएको हो । ब्यारिकेट लडाएर भागेको उक्त गाडीलाई नियन्त्रण…

Read More

झापा, १६ माघ । प्रादेशिक सञ्चार प्रतिष्ठान प्रदेश १ मा साझामञ्च डटकमका सम्पादक गोपाल काफ्लेसहित चार जनालाई माघ १६ गते शुक्रबार सदस्य मनोनयन गरिएको छ । प्रदेश सरकारले यही वर्ष स्थापना गरेको प्रतिष्ठानमा बिराटनगरका वरिष्ठ पत्रकार यज्ञ शर्मा यसअघि नै कार्यकारी निर्देशकको रुपमा नियुक्त भइसकेका थिए । शुक्रबारको मन्त्रीस्तरीय निर्णयले झापाबाट काफ्ले, मोरङबाट महेन्द्र बिष्ट, सुनसरीबाट निलिफा सुब्बा र धनकुटाका राजेश्वर श्रेष्ठलाई सदस्यमा मनोनयन गरेको हो । प्रादेशिक सञ्चार प्रतिष्ठान नियमावली २०७७ दफा ६ (२) १ अनुसार सदस्यहरुको पदावधि नियुक्त भएको मितिले ४ वर्षको हुनेछ । सदस्यमा मनोनयन गरिएकै दिन प्रतिष्ठानको पहिलो बैठक अध्यक्ष तथा आन्तरिक मामिला तथा कानून मन्त्री…

Read More

काठमाडौँ, १६ माघ । इन्डोनेसियाको रुढिवादी प्रान्त अचेईमा दुई पुरुषले यौन सम्बन्ध राखेको भन्दै सार्वजनिक रुपमा कोर्रा हानिएको छ । यी दुईले मास्क लगाएका एक अधिकारीबाट ७७ पटक कोर्रा खाएका छन् । उनीहरुलाई राजधानी बन्दा अचेईमा थुप्रै मानिसहरुको अगाडि कोर्रा हानिएको थियो । उनीहरुबारे छिमेकीले गत नोभेम्बरमा प्रहरीलाई जानकारी दिएका थिए । इन्डोनेसियाको एचेई एउटै मात्र प्रान्त हो जहाँ इस्लामिक कानून लागू छ । उनीहरुसँगै अन्य चारजनालाई पनि कोर्रा हानिएको थियो । यी चारजनाविरुद्ध जुवा तास खेलेको, रक्सी पिएको र विपरित लिङ्गीलाई भेटेको आरोप छ । मास्क लगाएका व्यक्तिले पिठ्यूँमा कोर्रा हान्दा २७ र २९ वर्षका यी दुई पीडाले निहुरेका…

Read More

झापा, १६ माघ । देशमा प्रजातन्त्र स्थापनाका निम्ति जीवन बलिदान गर्नेहरुको सम्मानमा आज शहीद दिवस मनाइँदै छ । जहानियाँ राणा शासनविरुद्ध लड्दालड्दै ज्यान बलिदान दिएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाइन्छ । पछिल्ला वर्षहरुमा शहीद दिवसको दिन अन्य जनआन्दोलनमा प्राण आहूति दिने योद्धाहरूको पनि सम्मान गरिन्छ । वीर शहीदहरुको स्मरणमा विक्रम संवत् २०१२ सालदेखि काठमाडौं महानगरपालिकाको संयोजनमा साताव्यापी रुपमा माघ १० देखि १६ गतेसम्म ‘शहीद सप्ताह’ मनाउने गरिएको छ । साताव्यापी कार्यक्रमको अन्तिम दिन आज शहीद उद्यान लैनचौरमा विशेष श्रद्धाञ्जलीसभा आयोजना गरिएको छ । शान्तिवाटिकामा भेला भएर नेपाल…

Read More

झापा, १६ माघ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले देश र लोकतन्त्रको हित रक्षाको निमित्त सबैले आफ्ना सानातिना मतभेदलाई बिर्सेर शहीदको सपनालाई विपनामा रुपान्तर गर्न संकल्प गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । शहीद दिवसको अवसरमा एक सन्देश जारी गर्दै उनले मुलुकले सुम्पिएको राष्ट्रिय जिम्मेवारी पूरा गर्न र नेपाललाई एक सुन्दर, शान्त र समुन्नत राष्ट्रमा परिणत गर्न जिम्मेवार सबै पक्षलाई शहीद दिवसले प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास व्यक्त गरेका हुन्। लोकतान्त्रिक पद्धतिमा मात्र व्यक्तिको वैयक्तिक स्वतन्त्रता र स्वाभिमानको रक्षा हुने बताउँदै उनले यसबाट नै विद्यमान विसंगतिको अन्त्य हुने र राष्ट्रले दु्रततर रुपमा विकास निर्माणका कार्यहरु गर्ने धारणा व्यक्त गरेका छन् ।…

Read More

झापा, १६ माघ । हाल नेपालमा भारतको राजस्थान र आसपास साथै आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ। देशको केही पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहेको छ, तराईका भू-भागमा बाक्लो हुस्सु/कुहिरो लागेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । प्रदेश न. १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा साथै कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा हल्का हिमापातको संभावना रहेको साथै तराईका भू-भागहरुमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । शुक्रबार देशको पहाडी भू-भागमा आंशिक…

Read More

बुधबारे, १६ माघ । बुधबारे जेसीजले बिहीबार बुद्धशान्ति गाउँपालिकाका ६ वटा संस्थागत विद्यालयका ७ सय ५० छात्रा तथा शिक्षिकालाई सेनेटरी प्याड वितरण गरेको छ । आहा स्कुल कार्यक्रम अन्तर्गत संस्थागत विद्यालयलाई सेनेटरी प्याड वितरण गरिएको बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले बताउनु भएको छ । कञ्चनजंघा हस्पिटल इक्युपमेन्ट प्रालि विर्तामोडको सहयोगमा कर्णाली एजुकुशेन फाउन्डेसन, ज्योति अंग्रेजी मावि, मुनामदन एकाडेमी, एराएभर ग्रीन अंग्रेजी मावि, लिटिल स्टार अंग्रेजी मावि र एम्बिसन एकाडेमी बुद्धशान्तिका कक्षा ७ देखि माथिका विद्यार्थी तथा विद्यालयका शिक्षिकाहरुलाई कञ्चन सेनेटरी प्याड वितरण गरिएको कार्यक्रम संयोजक खेमराज नेपालले जानकारी दिनुभएको छ ।

Read More

काठमाडौं, १६ माघ । सरकारी अनुदानको चिनी खरीद तथा विक्रीका जिम्मा पाएको साल्ट ट्रेडिङ कर्पोरेशनसँग चिनीको मौज्दात सकिन लाग्दा पनि सरकारले थप चिनी खरीदको अनुमति दिएको छैन । यस वर्ष नेपाली चिनी उद्योगहरूले उत्पादन गर्ने चिनीको मात्रा कति हुन्छ भन्ने कुरा यकिन नभइसकेकाले खरीद अनुमति दिनमा ढिलाइ भइरहेको बताइएको छ । साल्ट ट्रेडिङले दशैंअघि नै ३० हजार टन चिनी खरीदका लागि अनुमति माग्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्र पठाएको थियो । तर, अहिलेसम्म साल्टले खरीद अनुमति पाउन सकेको छैन । यसअघि चाडपर्वलाई लक्षित गर्दै चिनी खरीद गर्ने क्रममा साल्ट ट्रेडिङले सरकारसँग ५० हजार टन चिनी खरीदका लागि अनुमति मागेकोमा…

Read More