झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १६ माघ । भारतको सिक्किम नेपालसँग सडक सम्बन्धले जोडिएको छ । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको सुरुवाती विन्दु मानिएको पाँचथरको चिवाभन्ज्याङमा सिक्किमतर्फबाट सडकको ट्रयाक जोडिएको हो । नेपालतर्फ सिमानामा सडक भए पनि भारतर्फ थिएन । लामो समयको पर्खाइपछि भारतबाट निर्माण गरिएको सडक चिवाभन्ज्याङमा जोडिएको छ । सडकको ट्रयाक खुलेसँगै गाडी पनि आइपुगेका छन् । पश्चिम सिक्किमको उत्तेरबजापालको चिवाभन्ज्याङसम्म सडक जोडिएको हो । यो ट्रयाक खुलेसँगै सिक्किमको नेपालसँग सिधासम्बन्ध स्थापना भएको छ । उत्तरेबाट सोक्पाखा, जरिबुटे, भालुवाले हुँदै चिवाभन्ज्याङसम्म सडक आइपुगेको हो । सोक्पाखाबाट चिवाभन्ज्याङसम्मको सडक २५ किलोमिटर लामो छ । यो क्षेत्रका लागि मात्र होइन, सिंगो सिक्कमका लागि यो महत्त्वपूर्ण हो…

Read More

झापा, १६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस १५ गते सुदूपश्चिमस्तरीय कार्यकर्ता भेलामा पूर्वजनमुक्ति सेनाका कमान्डर कालीबहादुर खामलाई एकाएक सम्झिए । सार्वजनिक कार्यक्रममा खामको स्मरण गर्नुअघि ओलीले उनलाई बालुवाटारमा एकपटक भेटिसकेका थिए । खाम पूर्वमाओवादी लडाकुमात्रै हुन्थे भने ओलीले उनलाई सम्झिनु विशुद्ध राजनीतिक विषय हुन सक्थ्यो । तर माओवादी शान्ति प्रक्रियामा आइसकेपछि २०६५ वैशाखामा काठमाडौँ कोटेश्वरका रामहरि श्रेष्ठ हत्यामा अदालतले दोषी किटान गरेका व्यक्त हुन् खाम । अहिले नेकपा विभाजित भएपछि १२ वर्षदेखि प्रहरीको ‘फरार’ सूचीमा रहेका खामको बालुवाटार आउजाउ बाक्लिएको छ । रातो पासपोर्ट बेचेको अभियोग लागेका सर्लात्हीका शिवपूजजन राय दुई साताअघि ओली नेतृत्वको नेकपामा प्रवेश गरे…

Read More

झापा, १६ माघ । झापामा लागुऔषध ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । बिहीबार भारतिय नागरीक किसनगञ्ज धनतोलाका २२ वर्षीय अहमद हुसेन र २६ वर्षीय महमद जमसेह पक्राउ परेका हुन् । ब्राउनसुगर ओसार पसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई ९८० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित झापा गाँपालिका–४ बाट पक्राउ गरेको हो । यसैगरी, सुनसरीको कोशी गाउँपालिका–१ लौकहीबाट लागुऔषध ट्याब्लेट सहित १ जना पक्राउ परेका छन् । को २२ प १६२३ नम्बरको मोटरसाईकलमा सवार रहेका बराहक्षेत्र नगरपालिका–६ का ३३ वर्षीय हेमराज नेपालीलाई रोकेर चेकजाँच गर्ने क्रममा उनको साथबाट लागुऔषध स्पास्मोप्रोक्सिवन १४४ ट्याब्लेट बरामद भएको…

Read More

झापा, १६ माघ । खण्डित दललाई जब निर्वाचन आयोगले ‘फुटेको भन्न मिल्दैन’ भनिदियो, प्रश्न उब्जिएको छ, ‘अब के हुन्छ ?’ कानुनविद्हरू भन्छन्– कि बाध्य भएर मिल्नुपर्छ, कि कानुनी झन्झट सामना गर्नै पर्छ। त्यसका लागि राजनीतिक दलसम्बन्धी (पहिलो संशोधन) ऐन, २०७४ का दफा ३३ र ४४ हेरे पुग्छ।विवादबाट जोगिन आयोगले कानुनको डिल नाघ्न सकेन। भनिदियो, ‘केपी शर्मा ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेकपा नै अन्तिम आधिकारिक हो। जसमा दुई वरिष्ठ नेता, एक महासचिव र एक प्रवक्ता छन्। चार सय ४१ जनाको केन्द्रीय समिति छ।’ विभाजन प्रक्रियामा जाने भए ऐनको दफा ४४ अनुसार आउन उसले त्यसअघि दुवै पक्षलाई पटक–पटक सचेत गराएको…

Read More

झापा, १६ माघ । झापाको अर्जुनधारा नगरपालिका–५ लक्ष्मीपुरमा गजेन्द्र कट्वालले संचालन गरेको किराना पसलामा चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । बिहीबार राति साँढे ७ बजे आफ्नो पसलमा चोरी भएको भनी जानकारी गराए लगत्तै इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले सिसिटिभी फुटेज आधारमा अर्जुनधारा नगरपालिका–४ का ४१ वर्षीय विक्रम दनुवारलाई राति नै पक्राउ गरेको हो । पक्राउ परेका दनुवारको साथबाट प्रहरीले पसलबार चोरी भएको भनिएको नगद एक लाख ४८ हजार छ सय ६५ रुपैँया र भारतिय नोट पन्द्र सय समेत बरामद गरेको छ । पक्राउ परेका दनुवारको सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको छ ।

Read More

बुधबारे, १४ माघ । बुधबारे जेसीजले मंगलबार आयोजना गरेको रक्तदान कार्यक्रममा तीन महिला सहित ४२ जनाले रक्तदान गरेका छन् । बुद्धशान्ति गाउँपालिकाको स्वास्थ्य चौकी शान्तिनगरमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापाले प्राविधिक सहयोग गरेको थियो । अध्यक्ष अनिल वाग्लेको सभापतित्वमा भएको रक्तदान कार्यक्रममा बुद्धशान्ति–५ का वडाध्यक्ष बासुदेव खतिवडाको प्रमुख आतिथ्यता थियो । बुधबारे जेसीजका विष्णु लामिछानेको संयोजकत्वमा भएको रक्तदान कार्यक्रममा प्रमुख अतिथि खतिवडाले यस क्षेत्रमा रक्तदान गरेको प्रति जेसीजलाई धन्यवाद व्यक्त गरे । बुधबारे जेसीजका कानुनी सल्लाहकार गजुहाङ योङहाङले सञ्चालन गरेको कार्यक्रममा स्वास्थ्य चौकी शान्तिनगरका प्रमुख भरत खतिवडा, नेपाल रेडक्रस सोसाइटी झापाका रक्त सञ्चार प्राविधिक सचिन लिम्बु, करुणा कार्की, रक्तसञ्चार…

Read More

बुधबारे, १४ माघ । नवोदित गायक हेमन नेपालीको पहिलो कभर गीत सार्वजनिक भएको छ । ‘ऊ जितेर गइ या हारेर गइ नतिजा आपैm तिरै पारेर गइ’ बोलको गजल गीतलाई हेमनले स्वरबद्ध गरि कभर गीतको रुपमा सार्वजनिक गरेका छन्। झापा बुद्धशान्ति गाउँपालिका वडा नं. २, गलान गाऊँ निवासी हेमन नेपाली सानै देखि नै गीत गाउँदै आएका छन् । स्कुलमा आयोजना हुने साँस्कृतिक कार्यक्रम, देउसी भैलो, साथी सर्कल तथा विभिन्न इभेन्टमा उनले गीत गाउँदै आएका छन् । भर्खरै स्कुल जीवन पूरा गदै गरेका उनी क्लासिकल गीत समेत राम्रो सँग गाउन सक्ने मीठो स्वरका धनी संगीतमै भबिष्य खोज्ने बताउँछन् । ओरिजिनल भर्सन राज…

Read More

झापा, १२ माघ । २०७२ वैशाखको भूकम्पपछि पटक पटक अवरुद्ध तातोपानी र रसुवा नाका अझै सहज रुपमा सञ्चालनमा आउन सकेका छैनन् । चीनले पछिल्लो समय अन्य मुलुकसँग अबौंको आयात निर्यात व्यापार गरिरहे पनि नेपालको हकमा शुन्य कोभिडको नीति अवलम्बन गरेको छ । त्यसको प्रत्यक्ष असर नेपाल चीन व्यापारमा परेको छ भने करोडौं लगानी गरेका व्यवसायी बिचल्लीमा परेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघ, नेपाल हिमालय सीमापार वाणिज्य संघलगायतले चीनले पछिल्लो समय द्विपक्षीय व्यापारमा नेपालसँग ‘अघोसित नाकाबन्दी’ लगाएको आरोप लगाएका छन् । यस्तो अवस्थाका कारण गार्मेन्ट, जुत्ताचप्पल, मोबाइल एसोसरिज, इलेक्ट्रोनिक्स सामान र उपकरण, विभिन्न प्रकारका कच्चापदार्थलगायत सामान चीनतिरै अड्केको व्यवसायीको भनाइ…

Read More

काठमाडौँ, १२ माघ । सरकारले राष्ट्रिय जनगणना २०७८ का लागि आवश्यक गणक र सुपरिवेक्षक जनशक्ति करारमा नियुक्त गर्ने भएको छ । आगामी २०७८ साल जेठ २५ गतेदेखि असार ८ गतेसम्म हुने जनगणनाका लागि ३९ हजार गणक र आठ हजार जना सुपरिवेक्षक करारमा लिन लागिएको हो । आइतबारदेखि आगामी चैत ११ गते दुई महिनाभित्रमा अनलाइन दरखास्त फाराम भर्न सकिने व्यवस्था केन्द्रीय तथ्याङ्क विभागले गरेको छ । आइतबार उक्त अनलाइलाइन पोर्टलको राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले थालनी गरे । चैत १ गतेदेखि प्रत्येक प्रदेश र जिल्ला जनगणना कार्यालय खोलिने र चैत महिनाकै ५ गतेदेखि चैत ११ गतेसम्म दरखास्त फाराम सम्बन्धित प्रदेश…

Read More

बुधबारे, १२ माघ । बुधबारे जेसीजले विद्यालय र विद्यार्थी लक्षित कार्यक्रम ‘आहा स्कुल’को आइतबार सुभारम्भ गरेको छ । बुद्धशान्ति गाउँपालिका शिक्षा शाखा प्रमुख कमल निरौलाले ‘आहा स्कुल, जहाँ म पढ्न मात्र होइन अघि बढ्न आएको हो । यहाँ भगवान रुपी गुरुहरु हुनुहुन्छ, जस्लाई मैले मात्र होइन मेरा अभिभावकले पनि विश्वास गर्नु भएको छ ।’ भन्ने वोर्ड बाचन गरेर कार्यक्रमको सुभारम्भ गर्नुभएको हो । बुद्धशान्ति १ को बुद्धआदर्श माविमा बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेको सभापतित्वमा भएको उक्त कार्यक्रम सुभारम्भ पछि बुद्धशान्ति गाउँपालिकाका ३३ वटा सामुदायिक तथा संस्थागत विद्यालयका अपिसमा विद्यार्थीको आशा अभिभावकको भरोसा समेटिएको बोर्ड राख्ने कार्य भएको छ । केहि…

Read More