
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
अर्जुनधारा, २६ माघ । महिलालाई व्यवसायमा प्रोत्साहन गर्ने उद्देश्यले व्याज अनुदानसहितको सहुलियतपूर्ण कर्जासम्बन्धी एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । महिला उद्यमी संघ नेपाल अर्जुनधारा नगर समितिको आयोजना तथा एक्सेल डेभलोपमेन्ट बैंकको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो । संघकी अध्यक्ष दीपा खरेलको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरिकुमार राना रहेका थिए । प्रमुख अतिथि रानाले महिलालाई व्यवसायसँग जोड्दै अगाडि बढे समाजको आर्थिकस्तर उकास्न सहज हुने बताए । उनले महिलालाई सचेत बनाउँदै व्यवसायमा संलग्न गराउने उद्देश्यले सहुलियत व्याजका विषयमा जानकारी दिनु राम्रो भएको बताउँदै उनीहरुबाट उत्पादित वस्तुहरुको बजारीकरणमा पनि ध्यान दिन जरुरी रहेको बताए । महिलाले…
झापा, २६ माघ । चिठ्ठा परेको भनी प्रलोभन देखाएर ठगी गर्ने १ जनालाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ । अनलाइनबाट चिठ्ठा परेको सामग्री भन्सारबाट छुटाउन राजश्व लाग्ने भन्दै विभिन्न बैकहरुको खाता नम्बर दिएर विभिन्न ब्यक्तिहरुबाट रकम ठगी गर्ने झापा अर्जुनधारा–९ का २९ वर्षीय पंकज पौडेली बिक पक्राउ परेका हुन् । पौडेलीले अनलाईनको माध्यमबाट ठगी गरेको भनी महानगरीय अपराध महाशाखा काठमाण्डौमा ठगि मुद्दा दर्ता भएसंगै खोजतलासमा खटिएको ईलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–२ बाट उनलाई पक्राउ गरेको हो । पक्राउ परेका बि।क।को साथबाट नगद ३ लाख ५६ हजार ७१० रुपैयाँ, उनको घरकोठामा रहेको दराज भित्रबाट २ लाख…
काठमाडौँ, २६ माघ । यस वर्ष हिउँद याममा करीब पाँच महिनापछि गत शनिबार राजधानी काठमाडौँसहित देशभर हल्का वर्षा भयो । मौसमविद्हरुले पनि मौसम पूर्वानुमान गर्दै वर्षातपछि क्रमशः तापक्रम वृद्धि भई गर्मी बढ्ने पूर्वानुमान गरेका थिए । नेपालमा पश्चिमी वायु प्रवेश गरी गत बिहीबारदेखि शनिबारसम्म मौसम बद्ली हुनका साथै शनिबार अपरान्ह हल्का वर्षा पनि भएको थियो । आइतबार बिहानैदेखि साँझसम्म पारिलो घाम लागे पनि बिहान र साँझ पख चिसो बढेको थियो । मौसमी प्रणालीमा केही परिवर्तन आउने भएकाले अझै केही दिन चिसो हुने र नयाँ मौसमी प्रणालीको विकास भई दुई दिनपछि वर्षात हुने मौसमविद्को भनाइ छ । मौसमविद् सजिना शाक्यले आगामी…
मोरङ, २६ माघ । मोरङ विराटनगर –५ स्थित न्यूरो अस्पताल नजिकमा रहेको एक घरबाट नेपालमा प्रतिबन्धित गरिएको १० लाख भन्दा बढिको औषधीहरु बरामद गरिएको छ । विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आईताबार बेलुका साढे ६ बजे राम प्रसाद साहको घरमा डेरा गरी बस्ने विकाश मण्डल र निजको भाई बिक्रम मण्डलको कोठामा खानतलासी गरेको थियो । खानतलासी गर्ने क्रममा निजहरुको कोठाबाट Inj amidon , Inj paracetamol, Inj desrim लगायतका ७९ ब्राण्डका नेपालमा प्रतिबन्धित रहेका १० लाख ३ हजार १ सय ८० रुपैया बराबरको औषधीहरु पेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । साथै…
झापा, २४ माघ । कक्षा ११ मा अध्ययनरत विद्यार्थीको अन्तिम परीक्षा सम्बद्ध विद्यालयले नै सञ्चालन गर्ने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले यसै शैक्षिक सत्रमा कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको अन्तिम परीक्षा विद्यालयले नै गर्ने स्पष्ट गरेको छ । बोर्डका अध्यक्ष प्रा।डा। चन्द्रमणि पौडेलले बोर्डले अन्तिम परीक्षा सञ्चालन गर्ने अधिकार विद्यालयलाई नै हस्तान्तरण गरेको जानकारी दिए । अब पठनपाठन, आन्तरिक परीक्षा, अन्तिम परीक्षा र नतिजा प्रकाशन समेतको जिम्मेवारी विद्यालयलाई आएको छ । बोर्डका अध्यक्ष गौतमले भने, “नेपाल सरकारले कार्यविधि परिवर्तन गरेबाहेक अब बोर्डले कक्षा ११ को परीक्षा सञ्चालन गर्दैन ।” आजको गोरखापत्र दैनिकमा खबर छ । बोर्डले गत वर्षको…
गायिका अन्जु पन्तको स्वरमा समावेश ‘पुरानो घाउ’ बोलको गीत सार्वजनिक भएको छ । चन्द्र प्रसाँइको शब्द रहेको गीतमा सन्तोष श्रेष्ठको संगीत छ । यो गीतको भिडियोमा प्रेम र विछोडको कथा भनिएको छ । देवेन्द्र पाण्डेको निर्देशनमा तयार भएको यो भिडियोमा नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठले अभिनय गरेका छन् । इनाक्षी इन्टरटेन्मेन्टले निर्माण गरेको भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन छ ।
रामपुर, २३ माघ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बहुमतको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले जनताले दिएको मतको रक्षा गर्न नसकेको बताएका छन् । पाल्पाको रामपुरमा आज नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले नेपाली जनताले नेकपालाई बहुमतले जनमत दिएर पठाए पनि जनमतको रक्षा गर्न नसकेको आरोप लगाउँदै प्रतिनिधिसभा विघटनले देशमा अन्यन्तै ठूलो विषम परिस्थिति सिर्जना भएको र जनतामा निराशा छाएको विचार व्यक्त गरे। बहुमतको प्रधानमन्त्रीबाट प्रतिनिधिसभा विघटनको प्रावधान संविधानमा नभएको जिकिर गर्दै उनले विश्वासको मत लिन नसकेका अवस्थामा मात्र विघटन गर्ने अधिकार रहेको बताए ।
नयाँदिल्ली, २३ माघ । भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि हालसम्म करिब ५० लाख व्यक्तिले खोप लगाइसेकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मी रहेका समाचारमा जनाइएको छ । यहाँ कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बिहीबारसम्म एक करोड आठ लाख २ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १२ हजार ४०८ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड आठ लाख २ हजार ५९१ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १२० जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु…
कन्दुज, २३ माघ । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको खानबाद जिल्लामा भएको झडपमा परी सरकार समर्थक १६ लडाकू र १० तालिबान लडाकूको मृत्यु भएको जिल्ला उपप्रमुख क्युट्रातुल्लाह साफीले बताएका छन् । यस झडपमा सरकार समर्थक लडाकूका कमाण्डर अब्दुल हाकिमसहित १६ जनाको मृत्यु भएको छ । तालिबान विद्रोहीतर्फ १० जना मारिएका समाचारमा जनाइएको छ । तालिबान लडाकू पाँचसहित नौ जना घाइते भएका पनि साफीले बताएका छन् । सयौं तालिवान लडाकूहरूले बिहान सबेरै खानबाद जिल्लाको टेपा अख्तर इलाकामा सरकार समर्थक लडाकूमाथि आक्रमण गरेका थिए । उक्त आक्रमण तीन घण्टासम्म जारी रहेको स्थानीयले जानकारी दिएका छन् । कुन्दुज प्रान्तीय परिषदका प्रमुख मोहम्मद युसुफले यस…
काठमाडौँ, २३ माघ । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड(नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अमेरिकी सहयोग परियोजना एमसिसीबाको पक्षमा नहरेको स्पष्ट पारेका छन् शुक्रबार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले हिजो आमहड्तालका क्रममा आफूले एमसिसीविरोधी नारा नलगाउन भनेको बताए। ‘अहिले हामी गुण्डागर्दी शैलीमा भएको नियुक्तिको विरोधमा हो, यो बेला पचासथरी नारा नलगाउनुस् भनेको हो,’ प्रचण्डले भने,’बीचमा फ्याट्ट एमसिसी आयो। यो कसरी बीचमा घुस्यो भन्ने हो। यसको मतलब म एमसिसीको पक्षमा अथवा पुनर्विचार गरेको भन्ने होइन। मैले अमेरिकी राजदूतलाई पनि हामी पुनरावलोकनको पक्षमा छौं भनेको छु।’ उनले संवैधानिक परिषद्मा भएको ज्यादतीपूर्ण नियुक्ति विरुद्धको भएको हडतालमा १० थरीका नारा लगाउनुभन्दा नारा…