झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, २३ माघ । नेकपा केपी ओली समूहले आयोजना गरेको सभाका कारण काठमाडौंको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ। ओली समूहले दरवारमार्गमा आयोजना गरेको सभाका कारण प्रहरीले विभिन्न ठाउँबाट सवारीलाई डाइभर्सन गरेको छ। ठूला सवारी सधानलाई शहरका मुख्य क्षेत्रमा प्रवेशमा रोक लगाइएको ट्राफिक परहरीले बताएको छ। दरवारमार्ग क्षेत्रमा बिहीबार बेलुकादेखि नै सवारी आवगमनलाई अवरुद्ध गरिएको छ। दरबारमार्ग जाने सवारी साधनलाई त्रिपुरेश्वर, थापाथली, सिंहदरबार, पुतलीसडक, कृष्णपाउरोटी, जयनेपाल, लैनचौर, सोह्रखुट्टे, कोटेश्वरबाट ड्राइभर्सन गरीएको छ। प्रधानमन्त्रीको सभाका कारण पुतलीसडक, लाजिम्पाट, सोह्रखुट्टे, सुनधारा, ठमेल आउन पर्ने सर्वसाधारण बढी मारमा परेका छन्। सभाका कारण दरबारमार्ग क्षेत्रका पसलहरु बन्द रहेका छन्। उक्त क्षेत्रको सडकको डिभाइडरसमेत हटाइएको छ।

Read More

वाग्मती, २३ माघ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेटौँडामा सम्पन्न तेस्रो सभाले तीन नियमावली पारित गर्नुका साथै विभिन्न निर्णय गरेको छ । सभाको हिजो बसेको बैठकले प्रतिष्ठानको ऐनमा समेत संशोधनको प्रस्ताव पारित गरेको छ । आदिवासी, सीमान्तकृत, अल्पसङ्ख्यक र दलितमध्येबाट एक जना महिलासहित सभाको सदस्यमा मनोनीत गर्नुपर्ने व्यवस्थाअनुसार मकवानपुरगढी गाउँपालिकाकी रमिला घलानलाई सभाको सदस्यमा मनोनीत गर्ने निर्णय भएको प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईले जानकारी दिए । रजिष्ट्रार प्रसाईका अनुसार प्रतिष्ठानको बिहीबार सम्पन्न तेस्रो सभाले कर्मचारी र शिक्षकको सेवा, शर्त र सुविधासम्बन्धी नियमावली पारित गरिएको बताइएको छ । चालु आर्थिक वर्षबाट तीनवटा शैक्षिक कार्यक्रम सञ्चालनको तयारीमा रहेको प्रतिष्ठानले सो प्रतिष्ठानमा नियुक्ति…

Read More

अशोक घिमिरेकाठमाडौँ, २३ माघ । विश्व बजारमा पेट्रोलियम पदार्थको निरन्तरको मूल्यवृद्धिसँगै नियमित मूल्य समायोजन हुन नसक्दा नेपाल आयल निगमले चर्को नोक्सानी व्यहोर्न थालेको छ पेट्रोलियम पदार्थको प्रचलित बजारमूल्य लागत मूल्यभन्दा कम भएपछि निगम नोक्सानी व्यहोर्नुपर्ने अवस्थामा पुगेको हो । निगमको पछिल्लो प्रक्षेपणअनुसार फेब्रुअरीको शुरुदेखि मध्यसम्मको १५ दिनमा पेट्रोलियम पदार्थको बिक्रीबाट झण्डै रु ९७ करोड ७५ लाख बराबरको नोक्सान हुने सम्भावना छ । निगमले हाल दैनिक रु साढे छ करोड नोक्सानी व्यहोर्दै आएको छ । पेट्रोल, डिजेल∕मट्टितेल र खाना पकाउने एलपी ग्यासको घाटाका कारण चर्को नोक्सानी हुने अवस्था देखिएको हो । इन्डियन आयल कर्पोरेशन (आइओसी) ले सोमबार पठाएको मूल्यसूचीअनुसार फेब्रुअरीको पहिलो…

Read More

बिर्तामोड, २२ माघ । गैरकानूनी ढंगबाट नियुक्ति गरिएको संवैधानिक अंगका पदाधिकारी र सदस्यहरुको बल मिच्याइँपूर्वक सपथग्रहण गरिएको निर्लज्ज निरंकुश कदमविरुद्ध र प्रतिगमनविरुद्ध देशव्यापि रुपमा आह्वान गरिएको आम हड्ताल झापामा भव्य र सभ्य रुपमा सम्पन्न भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संघर्ष समिति झापाले जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै समितिले ‘आमहड्ताल भव्य अनि सभ्य रुपमा सम्पन्न गर्न अहोरात्र खट्नुहुने झापा जिल्लाको पार्टी नेतृत्व तथा कार्यकर्ता योद्धा कमरेडहरु, ऐक्यताबद्धसहित साथ सहयोग गर्नुहुने यातायात व्यवसायी, उद्योगी–व्यवसायी, सुरक्षाकर्मी साथीहरु, पत्रकार मित्रहरु र झापाबासी आम जनसमुदायमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संघर्ष समिति झापाका तर्फबाट हार्दिक कृतज्ञता सहित धन्यवाद व्यक्त गर्दछौं’ भनेको छ ।…

Read More

बिर्तामोड, २२ माघ । गैरकानूनी ढंगबाट नियुक्ति गरिएको संवैधानिक अंगका पदाधिकारी र सदस्यहरुको बल मिच्याइँपूर्वक सपथग्रहणको कदमविरुद्ध र प्रतिगमनविरुद्ध देशव्यापि रुपमा आह्वान गरिएको आम हड्ताल झापामा भव्य र सभ्य रुपमा सम्पन्न भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संघर्ष समिति झापाले जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै समितिले ‘आमहड्ताल भव्य अनि सभ्य रुपमा सम्पन्न गर्न अहोरात्र खट्नुहुने झापा जिल्लाको पार्टी नेतृत्व तथा कार्यकर्ता योद्धा कमरेडहरु, ऐक्यताबद्धसहित साथ सहयोग गर्नुहुने यातायात व्यवसायी, उद्योगी–व्यवसायी, सुरक्षाकर्मी साथीहरु, पत्रकार मित्रहरु र झापाबासी आम जनसमुदायमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संघर्ष समिति झापाका तर्फबाट हार्दिक कृतज्ञता सहित धन्यवाद व्यक्त गर्दछौं’ भनेको छ । विज्ञप्तिमा प्रतिगमनविरुद्ध शान्तिपूर्ण…

Read More

झापा, २१ माघ । नेकपाले बिहीबार घोषणा गरेको आम हड्ताल कार्यान्वयन गराउन राजधानीका ११ प्रमुख स्थानका लागि कमान्डर तोकेको छ। पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल नेतृत्वको पार्टीले स्थायी समितिका सदस्यहरुलाई हड्तालका कमान्डर तोकेको हो। बिहानैदेखि सुरु हुने आम हड्तालमा विद्यालय, यातायात, उद्योग, कलकारखाना सबै बन्द गराउने सो पार्टीले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिइसकेको छ। त्यसैका लागि काठमाडौंका ११ स्थानमा कमान्डर तोकिएका हुन्। जसअनुसार कलङ्की चोकमा युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, बल्खुमा बेदुराम भुसाल र सातदोबाटोमा देव गुरुङ कमान्डर तोकिएका छन्। त्यस्तै, पुल्चोकमा पम्फा भुसाल, कोटेश्वरमा लीलामणि पोखरेल, चाबहिलमा वर्षमान पुन र हरिबोल गजुरेल, नारायणगोपालचोक महाराजगञ्जमा शक्ति बस्नेत तोकिएका छन्। गोंगबुमा…

Read More

झापा, २१ माघ । नेपाली कांग्रेसले सरकारले संवैधानिक निकायमा गरेको नियुक्तिका विरुद्ध संघर्ष गर्ने निष्कर्ष निकालेको छ। सरकारले बुधबार विभिन्न संवैधानिक आयोगहरुमा रिक्त ३४ पदाधिकारी नियुक्ति गरेको विषयलाई लिएर कांग्रेसले विधि उलंघनको प्रवृत्तिप्रति आफ्नो प्रस्ट विमति रहेको जनाएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट लेख्दै संवैधानिक परिषदसम्बन्धी अध्यादेश, त्यसपछिको बैठक र आजको सपथग्रहण विधि उल्लंधनको शृंखला भएको बताए। उनले सर्वसत्ता उन्मुख प्रवृत्तिविरुद्धको संघर्ष झनै घनीभूत बनाउनुपर्ने निष्कर्षमा आफूहरु पुगेको बताएका छन्। ‘विधि उलंघनको प्रवृत्तिप्रति हाम्रो प्रस्ट विमति छ१ क्रमशः १ संवैधानिक परिषद्सम्बन्धी अध्यादेश, २ त्यसपछिको बैठक ३ आजको सपथग्रहण’, प्रवक्ता शर्माले ट्विटरमा लेखेका छन्, ‘दम्भ र…

Read More

झापा, २१ माघ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि आगामी शनिबारसम्म देशका अधिकांश स्थानमा मौसम बदली भई केही स्थानमा वर्षा र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर पाकिस्तान तथा आसपासको क्षेत्र नजिक रहेको पश्चिमी न्यून चापीय प्रणाली बिहीबारबाट नेपाल प्रवेश गर्ने र सो प्रणालीका कारण बिहीबार देशका पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुनाका साथै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । विभागका अनुसार उक्त प्रणाली पूर्व…

Read More

इटहरी, २१ माघ । इटहरी उपमहानगरले इटहरीका १० जना पत्रकारलाई फेलोशिप लेखनवृत्ति प्रदान गरेको छ । नेपाल पत्रकार महासंघ सुनसरीको समन्वयमा १० जना पत्रकारलाई लेखनवृत्ति वापतको रकम हस्तान्तरण गरिएको छ । एक कार्यक्रमका बीच प्रमुख द्वारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले १८ हजारका दरले लेखनवृत्ति प्रदान गर्नुभयो । १० जना पत्रकारले इटहरीको विकास गतिविधिका वारेमा खोज अनुसन्धान गरि फिचर तयार गर्नुभएको छ । लेखनवृति प्राप्त गरेका १० जना पत्रकार तथा अन्य १५ जना गरी २५ जना पत्रकारलाई दुईदिने फिचर लेखन तालिम समेत सम्पन्न गरिएको छ । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले इटहरीका संचारमाध्यमले इटहरीको विकास निर्माण र सम्वृद्धिमा पुरयाएको सहयोगका…

Read More

झापा, २१ माघ । नेपाल उद्योग वाणिज्य महासंघ व्यवपार मेला समितिको केन्द्रीय सदस्यमा झापाका दुई युवा व्यवसायी मनोनित भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको प्रथम विस्तारित वैठकबाट बिर्तामोडका व्यवसायी वलराम कार्की र मेचीनगरका व्यवसायी ऋषिराम तिम्सिना मनोनित भएका हुन् । महासंघका अध्यक्ष शेखर गोल्छाले कार्की र तिम्सिनालाई सदस्यको प्रमाणपत्र प्रदान गरेका थिए । देशभरबाट २१ जना महासंघको व्यवपार मेला समितिमा सदस्य रहेका छन् । समितिको सभापतिमा झापाकै व्यवसायी नरेन्द्र कुमार खड्का रहेका छन् । कार्की बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष , नागरिक स्वास्थ्य सहकारीका अध्यक्ष, झापा गोल्डकपको वरिष्ठ उपाधयक्ष, लायन्स क्लव लगायत विभिन्न संघ संगठनमा रहेर काम गरिसकेका…

Read More