
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ४ माघ । मुलुकमा पहिलोपटक सहकारी संस्थाहरुबीच कारोबार सुरु भएको छ । सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ मा भएको व्यवस्था अनुसार हव कोअपरेटिभ सर्भिसले बैंकहरुमा जस्तै अन्तरसहकारी कारोबार सुरु गरेको हो । सहकारीले सापटीको रुपमा एक सहकारीबाट अर्को सहकारीमा कारोबार भने गर्दै आएका थिए । अहिले विद्युतीय माध्यमबाट प्रविधिको प्रयोग गरी एक सहकारीको चेक अर्कोमा साट्ने व्यवस्थासहित अन्तर सहकारी कारोबार थालिएको हो । सहकारी विभागबाट विनियम स्वीकृत गरेर देशभर कार्यक्षेत्र रहेको दब कोअपरेटिभले मुलुकै पहिलोपटक विद्युतीय भुक्तानीसहितको नयाँ सेवा दिन लागेको हो । अधिकांश सहकारी संस्थाहरु म्यानुअल पद्धतिमा सञ्चालन भइरहेको अवस्थामा डिजिटल प्रविधि प्रयोग गरेर अन्तरसहकारी कारोबार…
काठमाडौँ, ४ माघ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालमा तत्काल आवश्यक पर्ने कोभिड भ्याक्सिनको पूर्तिका लागि भारत तयार रहेको बताएका छन्। शनिबार नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी भएर स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो जानकारी गराएका हुन्। ‘यसबारे भारतसँग महत्वपूर्ण छलफल भएको छ। भ्याक्सिन सहयोगका लागि नेपाल प्राथमिकतामा पर्ने भारतले स्पष्ट पारेको छ,’ मन्त्री ज्ञवालीले भने। दुई पक्षीय बैठकमा नेपाल–भारतबीच पारवहन सम्झौता पुनरवलोकन शीघ्र सम्पन्न गर्ने र वाणिज्य सन्धिको पुनरवलोकनका लागि आवश्यक प्रक्रिया अघि बढाउने सहमति भएको उनले जानकारी गराए। बैठकमा सीमाविवाद जतिसक्दो छिटो समाधान गर्ने दुवै पक्षले प्रतिबद्धता जनाएको र सीमाविवाद समाधानका लागि बनेको संयन्त्र…
झापा, ४ माघ । अहिले निर्वाचन आयोगले पत्राचार गर्दा एक थरी र नेकपाका दुई समूहले आयोगमा पत्राचार गर्दा अर्को थरी विधान प्रयोग गरिएको देखिन्छ । आयोग र दलका दुई पक्षले प्रयोग गरेका विधानका धारा मेल खाँदैनन् । आयोगमा रहेको नेकपाको फाइलमा महासचिव विष्णु पौडेलको हस्ताक्षर रहेको अन्तरिम विधान छ । दलले भने पुस्तकका रूपमा प्रकाशन गरेको अन्तरिम विधान प्रयोग गरिरहेको छ । आयोगमा रहेको विधान नै पुस्तकका रूपमा छापिएको बताइए पनि कतिपय महत्त्वपूर्ण विषयमै भिन्नता छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली पक्षले आयोगले प्रयोग गरेको विधानमाथि प्रश्न उठाएको छ । उक्त पक्षले बुधबार आयोगलाई पठाएको पत्रमा विधानको आधिकारिताको विषय…
झापा, ४ माघ । तीन दिनअघि आफू सामूहिक बलात्कार परेको भन्दै ओखलढुंगाकी १७ वर्षीया युवतीले प्रहरीसमक्ष रोइकराइ गरिन् । उनले आफूलाई रातभरि पाँच जनाले बलात्कार गरेको प्रहरीलाई बताएकी थिइन् । युवतीको उजुरीपछि प्रहरी पीडकको खोजीमा लाग्यो । तर कतैबाट पनि बलात्कार भएको खुलेन । अन्ततः आर्थिक प्रलोभनमा परेर झूटो उजुरी दिएको युवतीलाई नै पक्राउ गरेको छ । प्रहरीले अनुसन्धानकै क्रममा झुटो बलात्कार ठहर गर्दै पीडित भनिएका चिनीमाया नेपाली, कल्पना भुजुर र बलात्कारको नाटक गर्ने युवतीलाई पक्राउ गरेको हो । उनीहरुमाथि जबरजस्ती करणीसम्बन्धी कसुरको षड्यन्त्र र आपराधिक लाभ शीर्षकमा मुद्दा दर्ता गरेको रौतहट प्रहरीले जनाएको छ । युवती पुस २८ गते…
काठमाडौं, २ माघ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनको ‘असंवैधानिक कदम’विरुद्ध माघ ३ को प्रदर्शनमा सहभागी बन्न अपिल गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीको सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्ध काँग्रेस देशव्यापी प्रदर्शन गरिरहेको छ । पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको नेपाली काँग्रेसले शनिबार ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै छ । ‘पार्टीको सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपिल गर्दछु,’ शुक्रबार देउवाद्वारा जारी विज्ञप्तिमा उल्लेख…
झापा, २ माघ । देशभर पछिल्लो २४ घण्टामा थप २७० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीनहजार ८४ जनाको स्वास्थ्य परीक्षण गर्दा ९० महिला र १८० पुरुष गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ६६ हजार ८१६ पुगेको छ । त्यस्तै पछिल्लो समय थप ३९० निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ६० हजार ५६७ पुगेको छ । सोमध्य निको हुने दर ९७।७ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ । अहिले देशभर चार हजार ३०१ सक्रिय सङ्क्रमित छन् ।…
झापा, २ माघ । विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । ‘बुहप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ नाराका साथ दिवस मनाउन लागिएको हो । विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो । भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन शुरु गरेको थियो । यो दिवस मनाउन थालेपछि विसं २०७२ वैशाख १२ गते शनिबार ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पले करीब नौ हजार मानिसको ज्यान लियो । आठ लाखभन्दा बढी निजी घर ध्वस्त…
भद्रपुर, २ माघ । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुर नगर समितिले उठाएका माग सम्बोधन गर्दै ऐक्यबद्धता जनाएर नगर क्षेत्रका ५ वटा विद्यालयका सञ्चालकले सहमति गरेका छन् । युनियनले उठाएको पारिश्रमिक भुक्तानीको माग सम्बोधन गर्दै भद्रपुर ६ मा रहेको डोल्मामेमोरियल इंलिस स्कुलका संस्थापक÷ प्रिन्सिपल अरूण बस्नेत, मोर्डन अंग्रेजी माविका संस्थापक÷ प्रिन्सिपल मंगल थापा मगर, ब्राइट स्टार अंग्रेजी माविका संस्थापक प्रिन्सिपल रत्नबहादुर गिरी, भद्रपुर ७ स्थित हिमालयन अंग्रेजी माविका संस्थापक÷ प्रिन्सिपल सुरज सापकोटा र भद्र्रपुर २ स्थित शिखर शिशुसदनका संस्थापक÷ प्रिन्सिपल प्रज्वल खड्काले ऐकेबद्धता जनाएका हुन् । पहलो चरणमा २०७७ मंसीरसम्मको शिक्षक कर्मचारीको पारिश्रमिक भुक्तानी गरेर इस्टुको पहिलो माग सम्बोधन गरेका…
झापा, २ माघ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) परिषद्ले १५ वर्ष पुरा गरेका चार्टर्ड एकाउन्टेन्ट (सीए) ले मात्र उम्मेदवारी दिन पाउने गरी नियमावली परिवर्तन गर्ने एजेण्डा पारित गरेको छ । परिषद् बैठकले सोमबार आगामी १७ वैशाखमा हुने निर्वाचनलाई लक्ष्य गरी यस्तो निर्णय गरेको हो । पाँच वर्ष अघि यस्तै निर्णय गर्दै ५ वर्षे अनुभवबाट १० वर्षे हुनुपर्ने नियम बनाइएको थियो । पटक पटक नियम परिवर्तन गरिएको भन्दै केही सदस्यले असन्तुष्टि जनाएपनि सोमबारको बैठकमा अध्यक्ष मदन शर्माले एजेण्डा पारित भएको घोषणा गरेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।
झापा, २ माघ । अब देशका जुनसुुकै कुनाको माटोबारे जानकारी लिन कम्प्युटरमा एक पटक क्लिक गरे पुुग्ने भएको छ । त्यसका लागि कृषि तथा पशुुपन्छी विकास मन्त्रालयले देशैभरको माटोलाई विद्युतीय नक्साङ्कन (डिजिटल म्यापिङ) गर्ने भएको छ । देशैभरको जुनसुकै कुनाको माटोबारे जानकारी लिन विद्युतीय नक्साङ्कन तयार भइरहेको र कसैलाई कुनै ठाउँको माटोको गुणस्तरबारे जानाकारी लिनुुछ भने एक क्लिक गरे पुुग्ने कृषि मन्त्रालयका सचिव डा। योगेन्द्र कार्कीले जानकारी दिए । यो विद्युतीय नक्सा तयार भएपछि प्रदेश, जिल्ला, पालिका, वडाको मात्रै होइन कुनै बिन्दुुमा एक क्लिक गरेपछि त्यहाँको माटोको गुणस्तरबारे जानकारी पाउन सकिने गरी नक्साङ्कन भइरहेको उनले बताए । हालसम्म ५७ वटा…