
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ७ माघ । प्रतिनिधिसभाको विघटन असंवैधानिक भएको लिखित जवाफ पठाएका सभामुख अग्निप्रसाद सापकोटाले अन्ततः प्रतिनिधिसभा विघटनविरुद्ध बहस गर्न तीन जना वरिष्ठ वकिल राखेका छन् । सभामुख सापकोटाले केही दिनअघि वरिष्ट अधिवक्ताहरु लवकुमार मैनाली, श्यामप्रसाद खरेल र श्रीकृष्ण सुवेदीलाई राखेका हुन् । सभामुखले लिखित जवाफ पेस गर्दा कानुन व्यवसायी राख्ने उल्लेख गरे पनि निजी वकिल राख्ने वा नराख्ने विषयमा अन्योल नै थियो । संसद् विघटनको विषय निकै गम्भीर बन्दै गएपछि उनले निजी वकिल राखेको स्रोतले बतायो । स्रोतका अनुसार वकिलको संख्या अझै बढ्न पनि सक्छ । सभामुखलाई विपक्षी बनाउँदैमा वकिल राख्नुपर्छ भन्ने छैन तर यो संसद् विघटनको विषय राष्ट्रिय राजनीतिसँग…
झापा, ७ माघ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण पठनपाठन बन्द भएपछि देशभर करिब एक हजार विद्यालय पूरै बन्द हुने जोखिममा छन् । निजी विद्यालयका संस्थामा आबद्ध नभएका तथा थोरै विद्यार्थी भएका विद्यालयहरू अब पूर्ववत् रूपमा खुल्न नसक्ने सम्बद्ध क्षेत्रको आकलन छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन०का अध्यक्ष टीकाराम पुरी कम विद्यार्थी भएका एक हजार जति विद्यालय बन्द हुनसक्ने बताउँछन् । १० महिनादेखि विद्यालय बन्द भएको, भाडा तिर्नु पर्दा खर्च बेहोर्न नसकेका कारण विद्यालय बन्द हुने अवस्था देखिएको उनको भनाइ छ । हाल विद्यालय खुल्ने क्रम सुरु भएकाले माघसम्ममा कति विद्यालय बन्द भए भन्ने यकिन विवरण…
काठमाडौँ, ७ माघ । गत मंसिर २६ गते राति चिंगाड गाउँपालिकाकी १५ वर्षीया बालिका छिमेकीबाटै बलात्कृत भइन् । बालिकाका आफन्तले दुई दिनपछि ३० वर्षीय ओमबहादुर रानाविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जबरजस्ती करणी मुद्दा दार्ता गरे । प्रहरीले भोलिपल्टै उनलाई पक्राउ गर्यो । हिरासतमा राखिएको एक सातापछि उनको कोरोना परीक्षण गरियो । रिपोर्ट पोजेटिभ आएपछि प्रहरीले बलात्कार आरोपीलाई हिरासतमुक्त गर्यो । होम आइसोलेसनमा बस्ने गरेर हिरासतमुक्त भएका उनी गाउँ गएर भोजभतेर गर्न थाले । पीडितको घरमै पुगेर मुद्दा फिर्ता लिन धम्क्याउन थाले । ‘गम्भीर प्रकृतिको अपराधमा संलग्नलाई कोरोनाको बहानामा घर पठाउँदा पीडितलाई पर्ने असरका बारेमा प्रहरीले ख्यालै नगरेको देखिन्छ,’ अधिवक्ता विवसकुमार…
विराटनगर, ७ माघ । १ नम्बर प्रदेश प्रहरी श्रीमती संघको आयोजनामा जाडोको न्यानो कपडा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ । प्रदेश प्रहरी श्रीमती संघले गरिब तथा असहाय व्यक्तिका लागि जाडोको न्यानो कपडा कम्बल वितरण गरेको हो । मोरङको धनपालथान गाउँपालिका–३ बेतौनाका ५० घर परिवारलाई ५० थान तथा रङगेली नगरपालिका–२ बेतौना झोडाका ५० घर परिवारलाई ५० थान गरी १०० घर परिवारलाई कम्बल मंगलबार दिउँसो एक कार्यक्रमका बीच वितरण गरेको हो । कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीजना थापा कार्कीले जाडोको न्यानो कपडा कम्बल वितरण गर्नुभएको थियो । सोही कार्यक्रममा श्रीमती संघकी अध्यक्ष कार्कीले १०० जना असहायय महिला…
बिर्तामोड, ७ माघ । धेरै मानिसहरु जन्मदिनमा केक काट्ने, महङ्गा–महङ्गा होटल र रेष्टुरेन्टमा गएर भड्किलो पाराले मनाउने गरेका उदाहरणहरु प्रशस्तै छन् । यही समाजमा जन्मदिनलाई रचनात्मक तथा सिर्जनात्मक काममा लगाउनुपर्छ भन्नेहरु पनि छन् । आफ्नो जन्मदिनमा हुने खर्चलाई सहयोगमा बदलेर जन्मदिन मनाएकी छन्– सञ्चारकर्मी कृपा गुरागाईंले । कनकाई नगरपालिका निवासी कृपाले नारी सञ्चार गृहले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा सहयोग गरेर जन्मदिन मनाएकी हुन् । मंगलबार विहानै विर्तामोड आइपुगेकी कृपाले आफ्नो जन्मदिन पारेर सञ्चार गृहका अध्यक्ष भीमा शिवाकोटी, कोषका संयोजक रेजिना गौतमलाई अक्षयकोषका लागि पाँच हजार ५५५ रुपैयाँ प्रदान गरेकी हुन् । फजुल खर्च गर्न नरुचाउने कृपाले वर्षेनी आफ्नो…
बिर्तामोड, ७ माघ । बेलायती सेनाबाट निवृत गोर्खा भूपू सैनिकहरूले मङ्गलबार झापाको बिर्तामोडमा नगर कार्य समिति गठन गरेका छन् । समितिले जघन धोज वनेम लिम्बूको संयोजनमा ११ कार्य समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा फिप धोज काम्बाङ , सचिवमा पूर्ण हाङ जबेगु, कोषाधयक्षमा पूर्ण बहादुर राई रहेका छन् भने सदस्यहरूमा ध्रुव बुर्जा, श्याम गुरुङ, जीत बहादुर जबेगु, विरेन्द्र शंकर, भक्त बहादुर गुरूङ र छत्र बहादुर लिम्बू, खड्क बहादुर गुरूङ चयन भएका छन् । कार्यक्रममा संघको उद्देश्यमाथि गोर्खा भूपू सैनिक झापा जिल्ला पूर्वअध्यक्ष जल कुमार गुरुङले सहजीकरण गरेका थिए ।
झापा, ५ माघ । नेपालले भारतीय पक्षलाई महत्त्व दिए पनि भारतीय पक्षले नेपाली पक्षलाई खासै महत्त्व नदिएको पाइएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न अन्तिम समयसम्म कसरत पनि मोदीले भेट नदिनुले त्यो कुरा पुष्टि गरेको छ । जब कि नेपालमा भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त गोलदेखि सेनाप्रमुख र विदेश सचिवलाई समेत प्रधानमन्त्री तथा राष्ट्रपतिले भेटको अवसर दिएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारत दुई छिमेकी मुलुक आकारका हिसाबले सानाठूला भए पनि समान हैसियत भएका र समान व्यवहारको अपेक्षा गर्ने बताइरहँदा भारतीय पक्षले भने त्यसलाई बेवास्ता गरेको छ । भारतीय पक्षले नेपाली…
झापा, ५ माघ । कोभिड–१९ विरुद्धको खोपको अभियान संञ्चालन गर्न सरकारले ‘ड्राई रन’ को तयारी थालेको छ । ड्राई रन एक प्रकारले खोप लगाउने पूर्वाभ्यास हो । खोप ल्याइसकेपछि त्यसको प्रयोगमा सहजताका लागि उक्त तयारी थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोप वितरणको रोडम्यापसमेत तयार गरिएको छ । ड्राई रनअन्तरत एकदिने अभ्यासमा विभिन्न क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीले डमी (नमुना) खोप पाउनेछन् । ‘ड्राई रनमा खोप लगाउने तयारीका बारेमा जानकारी जुटाएर यसमा देखिएको कमी, कमजोरी हटाइन्छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले भने, ‘खोप प्राप्त भएपछि व्यक्तिको पाखुरामा लगाउँदासम्मको कार्यविधि कसरी पूरा हुन्छ भन्ने अभ्यास गर्न ड्राई रनको तयारी भएको…
काठमाडौं, ५ माघ । निर्वाचन आयोगले १७ र २७ वैशाखमा गरी दुई चरणमा हुने गरी तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि करिब ८ अर्ब खर्च लाग्ने अनुमान गरेको छ । आयोगले आइतबार अर्थ मन्त्रालयका सचिवसहितसँग निर्वाचन खर्चबारे छलफल गरेकामा करिब ८ अर्ब खर्च लाग्ने प्रारिम्भक निष्कर्ष निकालेको हो । आयोगले यसपटक कोभिड–१९ लाई समेत मध्यनजर गरेर निर्वाचन तयारी गर्नुपर्ने भएकाले अघिल्ला निर्वाचनमा भन्दा खर्च केही बढ्ने अनुमान गरेको छ । सो विषयमा प्रारम्भिक खाका बनाउने काम भइरहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । संसद् विघटनको घटनापछि सरकारको सिफारिसमा दुई चरणमा गर्ने गरी तोकिएको निर्वाचनको तयारी गर्न आयोगले निर्वाचन कार्यायोजनासमेत…
झापा, ५ माघ । दुई वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले ताझामका साथ उद्घाटन गरेको पानी जहाज कार्यालयमा माथिल्लो तहका प्रायः सबै दरबन्दी रित्तै छन् । उक्त कार्यालयमा सरकारी कर्मचारी सकेसम्म जानै चाहन्नन् । गए पनि धेरै समय टिक्दैनन् । उनीहरुले तुरुन्तै अन्य कार्यालयमा सरुवा मिलाउने गरेका छन् । पानी जहाज कार्यालयका रजिस्ट्रार पद २०७६ भदौदेखि खाली छ । यसैगरी सिँचाइ इन्जिनियर हाइवे इन्जिनियर तथा कानुन अधिकृत पद पनि खाली छ । विपिन राजभण्डारीले विगत डेढ वर्षदेखि निमित्त रजिस्ट्रार भइ पानीजाहाज कार्यालयको नेतृत्व गरेका छन् । सो कार्यालयमा १६ जना कर्मचारीको दरबन्दी छ तर दरबन्दीअनुसार कहिल्यै १६ जना कर्मचारी कार्यरत भएनन्…