
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बुधबारे, १० माघ । बुधबारे जेसीजले लागुऔषध तथा दुव्यसनी विरुद्धको अभियान सुभारम्भ गरेको छ । शनिबार बुद्धशान्ति गाउँपालिकाको परिसरमा विशेष कार्यक्रमको आयोजना गरि अभियान सुभारम्भ गरिएका हो । बुधबारे जेसीजका सदस्य विनोद नेम्बाङको संयोजकत्व, बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेको अध्यक्षता तथा बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईको प्रमुख आतिथ्यमा लागुऔषध तथा दुव्यसनी विरुद्धको अभियान सुभारम्भ गरिएको हो । संयोजक नेम्बाङले स्वागत मन्तव्य राखेको कार्यक्रममा कार्यक्रमको औचित्यमाथि अध्यक्ष वाग्लेले प्रकाश पारेका थिए । बुधबारे जेसीजका सदस्य दूर्योधनसिंह देवले जेसीज आस्था प्रस्तुत गरेको कार्यक्रममा प्रमुख अतिथि चापागाईले जेसीजले सुभारम्भ गरेको कार्यक्रमको पूर्ण सफलताको शुभकामना व्यक्त गरेका थिए । उनले बुद्धशान्ति गाउँपालिकाका…
झापा, १० माघ । भारतले अनुदान स्वरूप दिएको १० लाख डोज खोप लगाउन १४ गतेदेखि सुरु हुने भएको छ। शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शसस्त्र, प्रहरीको २० औं स्थापना दिवसका अवसरमा सम्बोधन गर्दै खोप अभियानको बारेमा जानकारी दिएका हुन्। भारतबाट बिहीबार १० लाख डोज खोप नेपाल आइपुगेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप कार्यक्रमबारे यकिन मिति तोकेको थिएन। यद्यपि भारतले खोप दिने कुरा एक साताअघि देखि नै चर्चामा थियो। मन्त्रालय स्रोतका अनुसार खोप अभियानको निर्णय र घोषणा प्रधानमन्त्रीस्तरबाट हुने तयारी भएको थियो। भारतले पठाएको खोप बिहिवार काठमाडौं आइपुगेपछि अन्य प्रक्रिया पूरा गर्ने क्रममा थप समय पर्खिनु परेको मन्त्रालयका प्रवक्ता डा।…
झापा, १० माघ । चालू आर्थिक वर्षको साउनदेखि पुससम्म विदेशी वस्तुको आयातमा ५ प्रतिशतले कमी आएको छ भने निर्यातमा ६ प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागका अनुसार साउनदेखि पुससम्म ४ दशमलव ८१ प्रतिशतले आयात घटेको छ भने निर्यात ६ दशमलव १४ प्रतिशतले बढेको हो । सो अवधिमा ६ खर्ब ६१ अर्ब २४ करोड बढीको विदेशी वस्तुको आयात भएको छ । गत आवको सोही अवधिमा ६ खर्ब ९४ अर्ब ६९ करोडबराबरको विदेशी वस्तुको आयात भएको भन्सार विभागले जनाएको छ । निर्याततर्फ ६ महिनाको अवधिमा ६० अर्ब ७९ करोड ९९ लाख बराबरको मात्र स्वदेशी वस्तु निर्यात भएको छ । गत वर्षको…
काठमाडौँ, १० माघ । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नियुक्त भएको संविधानको धारा ७६ (१) वा २ अनुसार ? प्रतिनिधि सभा विघटनविरुद्धका अधिकांश रिट निवेदकले उपधारा १ उल्लेख गरेका छन् । बहसका क्रममा अधिकांश कानुन व्यवसायीले प्रधानमन्त्री उपधारा २ अनुसार नियुक्त भएको जिकिर गरिरहेका छन् । कानुन व्यवसायीले विभिन्न तथ्य र तर्क गरिरहँदा निवेदकमध्येका एक शालिकराम सापकोटाले भने उपधारा १ अन्तर्गत नै प्रधानमन्त्री नियुक्त भएको स्वीकार गरेका छन् । । निवेदन र बहसमा भइरहेको फरकलाई इजलासले बारम्बार प्रश्न उठाएको छ । इजलासले प्रारम्भदेखि नै वर्तमान प्रधानमन्त्री नियुक्त भएको धाराका विषयमा निवेदन र बहस फरक भएपछि प्रश्न गरिरहेको छ । विशेषगरी…
काठमाडौँ, १० माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गर्न थालेको छ । मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा गुणनिधि शर्माले खोप लगाउने व्यक्तिको विवरण विद्युतीय प्रणालीमा तयार गरी मन्त्रालयमा पठाउन सबै स्वास्थ्य संस्थालाई निर्देशन दिएको बताउनुभयो । भारत सरकारबाट अनुदानमा प्राप्त कोभिशिल्ड खोप लगाउनका लागि सङ्घ, प्रदेश र स्थानीय तहमा सूचीकृत भएका सबै प्रकारका स्वास्थ्य संस्थालाई मन्त्रालयको वेवसाइटमा लगईन गरी तोकेको ढाँचामा विद्युतीय प्रणालीमा दुई दिनभित्र पठाउन विहिबार निर्देशन दिइएको हो । वरिष्ठ स्वास्थ्य प्रशासक डा शर्माका अनुसार स्वास्स्थ्य संस्थामा कार्यरत कोभिड–१९ व्यवस्थापनमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शहवाहन चालक,…
काठमाडौँ, १० माघ । भारतको गोरखपुरदेखि नेपालको रुपन्देहीको सुनौलीसम्म अन्तरदेशीय प्राकृतिक ग्यास ९लिक्युफाइड नेचुरल ग्यास० पाइपलाइन बिछ्याउन दोस्रो चरणको अध्ययन सुरु भएको छ । नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले मुलुकमा रासायनिक मलको कारखाना सञ्चालन गर्न चाहिने कच्चा पदार्थको रूपमा रहेको प्राकृतिक ग्यास आयात गर्न ग्यास पाइप बिछ्याउन अहिले निगमले दोस्रो चरणको अध्ययन सुरु गरेको जानकारी दिए । यसअघि नेपाल आयल निगम र भारतीय आयल निगमले संयुक्त रूपमा अध्ययन गरी सोको प्रतिवेदन निगमलाई बुझाइसकेको छ । पहिलो चरणको अध्ययन प्रतिवेदनले मल कारखानामा प्राकृतिक ग्यासको प्रयोगबारे स्पष्ट गर्न नसकेकाले दोस्रो चरणको अध्ययन सुरु गरिएको भट्टराईले बताए । छ महिनाभित्र…
काठमाडौं, १० माघ । वैदेशिक रोजगारीको क्रममा मलेसिया पुगि विविध कारणले ज्यान गुमाएका नेपालीको शव लिन नेपाल एयरलाइन्सको विमान मलेसिया जाँदैछ । शुक्रबार राति ११ बजे नेपाल एयरलाइन्सको वाइडबडी विमान मलेसियाको क्वालालम्पुरका लागि उड्ने नेपाल एयरलाइन्सले जनाएको छ । सो विमान आज बिहान ८ः३० बजे काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । वाइडबडी जहाजमा एक पटकमा अधिकतम १८ जनाको शव ल्याउने क्षमता हुन्छ । भोलिका लागि १७ जनाको शवका लागि बुकिङ भएको नेपाल एयरलाइन्सकी प्रवक्ता करिष्मा श्रेष्ठले जानकारी दिइन् । नेपाल एयरलाइन्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विदेशमा अलपत्र परेका शवहरु ल्याउन लागेको प्रवक्त श्रेष्ठले बताइन् । यद्यपि प्रक्रिया अन्यौलमा रहँदा…
झापा, १० माघ । सरकारले किशोरीहरुलाई दोस्रो चरण अन्तर्गत आइरन फोलिक एसिड चक्की खुवाउन सुरु गरेको छ । दोश्रो चरणको कार्यक्रम अन्तर्गत माघ महिनाबाट किशोरीहरुलाई आइरन फोलिक एसिड चक्की खुवाउन सुरु गरिएको हो । स्वास्थ्य सेवा विभागकाअनुसार किशोरीहरुलाई पहिलो चरणमा साउन, भदौ, असोज र दोस्रो चरणमा माघ, फागुन र चैतमा आइरन फोलिक एसिड चक्की खुवाउने गरिन्छ । सरकारले १० देखि १९ वर्ष उमेर समूहका करिब ३० लाख किशोरीलाई सो चक्की खुवाउने गरेको छ । यस चक्कीले किशोरीहरुमा हुने रक्तअल्पता लगायतका समस्याबाट बचाउन सहयोग गर्ने विभागले जनाएको छ । हाल नेपालमा २२ प्रतिशत किशोरीमा रक्त अल्पताको समस्या देखिने गरेको छ ।
भद्रपुर, ९ माघ । चन्द्रगढी स्थित हेल्पिङ ह्याण्ड्स र वीरेन्द्र नमूना क्याम्पसका विद्यार्थी गुडस्तर समूहको संयुक्त आयोजनामा भद्रपुर १० स्थित सुकुम्बासी बस्तीमा न्यानो कपडा वितरण गरिएको छ । भद्रपुर–१० स्थित कलवलगुरीमा रहेका ५० घर सुकुम्बासी परिवारलाई जाडोबाट बचाउन सो समूहले न्यानो कपडा वितरण गरेको हो । कपडा वितरण कार्यक्रम वीरेन्द्र क्याम्पसका प्रमुख विवेक पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने हेल्पिङ ह्याण्ड्सस संस्थापक कमल न्यौपाने ह्याण्ड्स भद्रपुर संयोजक सुवास सुवेदी, वीरेन्द्र क्याम्पसका प्राध्यापक जुनेस राउत, गायक तथा संगीतकार अर्जुन खरेल, भद्रपुर १० का वडा सदस्य तुलसी पोखरेल लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो ।
झापा, ८ माघ । प्रतिनिधिसभा विघटन भएको एक महिना पूरा भएको छ । यसबीचमा संसद्को उपल्लो सदन राष्ट्रियसभा पनि निष्क्रिय छ । प्रतिनिधिसभा विघटनपछि देखिएको दलीय ध्रुवीकरणले राष्ट्रियसभाको काम प्रभावित बन्न पुगेको छ । प्रतिनिधिसभा विघटनसँगै कानुन निर्माणका क्रममा केही समस्या छ । संविधानले प्रतिनिधिसभा विघटन भएमा प्रतिनिधिसभामा रहेका र प्रतिनिधिसभाबाट राष्ट्रियसभामा गएका विधेयक निष्क्रिय रहने व्यवस्था गरेको छ । संविधानको धारा १११ उपधारा १० को प्रतिबन्धात्मक वाक्यमा भनिएको छ, ‘कुनै विधेयक प्रतिनिधिसभामा प्रस्तुत भई विचाराधीन रहेको वा प्रतिनिधिसभामा पारित भई राष्ट्रियसभामा विचाराधीन रहेको अवस्थामा प्रतिनिधिसभा विघटन भएमा वा त्यसको कार्यकाल समाप्त भएमा त्यस्तो विधेयक निष्क्रिय हुनेछ ।’ यसबाट प्रतिनिधिसभाले…