
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौं, २२ पुस । बढ्दो राजनीतिक र संवैधानिक संकटबीच परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन अर्को साता भारत भ्रमणको तयारीमा रहेका छन् । संयुक्त आयोगको छैटौं बैठकका लागि भारतले ग्रिन सिग्नल देखाएसँगै परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमण तय भएको हो । भ्रमणको औपचारिक मिति भने केही दिनमै हुने बताइएको छ । भारत भ्रमणका क्रममा द्विपक्षीय मुद्दाको विषयमा छलफल हुनेछ, जसमा नेपाल–भारतबीच विवादमा रहेको कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा छलफल हुने बताइएको छ । यसअघि आयोगको बैठकका लागि नेपालतर्फबाट मंसिरको दोस्रो वा अन्तिम साता प्रस्ताव गरिएको थियो । तर नेपालले प्रस्ताव गरे पनि भारतले अन्तिम सहमति जनाएको थिएन । यसबीच…
झापा, २२ पुस । मंगलबारसम्म परेका कोरोना बिमा दाबीमध्ये करिब २ हजार ५ सय वटाको प्रक्रिया नमिलेको पाइएको छ । प्रायःको नाम, थर, ठेगाना, परीक्षण मिति लगायत विवरण नमिलेपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) बाट फिर्ता आएको बीमा समितिले जनाएको छ । ‘प्रमाणीकरणबाट फिर्ता भएका करिब २ हजार ५ सय त्यस्ता दाबी छन्,’ बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने, ‘ती दाबीबारे कोरोना बिमा दाबी व्यवस्थापन उपसमितिमा निर्णय गरिनेछ ।’ उपसमितिमा छलफल भएपछि ती दाबी भुक्तानी गर्न मिल्ने, नमिल्नेबारे निर्णय गरिने उनले बताए । सोही विषयमा छलफलका लागि बुधबार उपसमितिको बैठक बोलाइएको उनले जानकारी दिए । दाबी भुक्तानी ढिलाइ…
झापा, २२ पुस । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैगरी, बुधबार दिउँसो देशको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । यस्तै, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै, देशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यस्तै, आज राति देशको पहाडी भूभागमा…
झापा, २१ पुस । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १०३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज भएकाहरु सवै होमआईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार ८४२ पुगेको छ । प्रदेश १ मा आज २८ जना कोरोना संक्रमित थपिएका छन् । मोरंग र सुनसरीमा ८–८, झापामा ५, संखुवासभामा २, धनकुटा, उदयपुर र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ५, बेलबारी, बुढीगंगा र सुन्दरहरैचामा १–१, सुनसरीको धरान र इटहरीमा ३–३, इनरुवा र दुहवीमा १–१, झापाको शिवसताक्षी र कनकाईमा २–२ र विर्तामोडमा १, संखुवासभाको खाँदबारी र स्थानीय तह…
भद्रपुर, २१ पुस । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुर नगर समितिले भद्रपुर नगर क्षेत्रका संस्थागत विद्यालयहरूले विभिन्न बाहना बनाएर शिक्षक तथा कर्मचारीहरूको तलब नदिएको प्रति खेद प्रस्ताव पारित गर्दै माघ ५ गतेबाट अनिश्चित कालिन शैक्षिक हड्ताल गर्ने निर्णय गरेको छ । युनियन नगर समितिका अध्यक्ष द्रोण अधिकारीको अध्यक्षतामा बसेको बैठकले शैक्षिक वर्ष २०७७ सालको ९ महिना पूरा हुन लाग्दा समेत शिक्षक, कर्मचारी, चालक तथा सहचालकहरूलाई पूर्ण पारिश्रमिक नदिइ विद्यालय सञ्चालकहरूले झारो टार्ने प्रयास गरिरहेको प्रति खेद प्रकट गर्दै अन्याय बिरूद्ध लड्न विद्यालय बन्द जस्तो कठोर कदम चाल्न बाध्य भएको हो । बैठकले २०७७ जेठ ५ गते भद्रपुर नगरपालिकाको कार्यालयमा…
अर्जुनधारा, २१ पुस । पन्ध्र शैय्याको अस्पताल सञ्चालन भइरहेको अर्जुनधारा नगरपालिकाको शनिश्चरे अस्पताललाई करिब १३ लाख मूल्यबराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाबाट प्राप्त विभिन्न स्वास्थ्य सामग्री आज अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाले अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष रामप्रसाद भट्टराईलाई हस्तान्तरण गरेका हुन् । मेयर राना अस्पतालका संरक्षक हुन् । स्वास्थ्य सेवा विभागबाट विरामीको उपचारमा प्रयोग हुने मनिटर, सक्सन मेसिन, रंगीन भिडियो एक्सरे मेसिन, भेन्टिलेटर, अक्सिजन सेट, अक्सिजन मात्रा जाँच्ने मेसिन र फ्रिज एक(एक थान तथा जेनरल बेड पाँच थान प्राप्त भएको थियो । काठमाडौँबाट हिजोमात्र आइपुगेको उक्त स्वास्थ्य सामग्री आज एक अनौपचारिक कार्यक्रमका बीच हस्तान्तरण…
एजेन्सी । बलिउडमा चर्चित फिल्म हो – धुम । सन् २००४ मा सुरु भएको यो फिल्मको सीरीजले बक्स अफिसमा थुप्रै रेकर्ड तोडेको छ । धुम, धुम २, धुम ३ पछि धुम ४ को खबरले चर्चा पाइरहेको छ । फिल्ममा उदय चोपडा र अभिषेक बच्चनको भूमिका सधैँ रहने गर्छ । तर भिलेन को बन्दैछ ? भन्ने विषयमा सबैलाई चासो रहने गर्छ । यसको भिलेनको भूमिकामा शाहरुख खान र रणवीर सिंह जस्ता नामहरु चर्चामा आएको थियो तर भारतीय एक न्यूज पोर्टलका अनुसार अब यस भूमिकामा अभिनेत्री दीपिका पादुकोणलाई लिइएको छ । धुम –४ का लागि मेगा बजेट फिल्ममा दीपिका पादूकोण महिला भिलेनको…
जापानमा बच्चाको जन्मदर लगातार कम भैरहेको छ । त्यहीँ बीचमा अहिले त्यहाँ एउटा अनौठो प्रवृत्ति देखा परिरहेको छ । जापानमा मानिसहरुमा कुकुर बिरालो पाल्ने शौख यति धेरै बढेको छ कि त्यहाँ नयाँ जन्मिने मानिसको बच्चाको जन्मदर्ताभन्दा कुकुर बिरालोको दर्ताको संख्या धेरै हुने गरेको छ । स्मरण रहोस् जापानमा घरपालुवा जनावर पाल्ने वा त्यस्ता जनावरलाई विदेश यात्रामा लैजाने मानिसले सम्बन्धित सरकारी निकायमा अनिवार्यरुपमा दर्ता गराउनु पर्दछ । मुलुकमा बच्चाको संख्याभन्दा कुकुर बिरालोको संख्या बढी भएको यो तथ्य अर्थव्यवस्थाको विश्लेषण गर्ने Goldman Sachs कम्पनीले पत्ता लगाएको छ । जापानको अर्थ व्यवस्थामा गिरावटका लागि कम जन्मदरलाई जिम्मेवार मानिएको छ । जापानमा पशुको स्याहारले…
काठमाडौं, २१ पुस । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्दा काँग्रेसमा तरङ्ग आएको बताएका छन् । आफ्नै पार्टीका कतिपय नेता संसद् विघटन हुँदा खुशी भए पनि आफूले संसद विघटनले पार्टीलाई फाइदा भए पनि देशलाई घाटा हुने कुरा राखेको मंगलबार जनता समाजवादी पार्टीले राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बताए । उनले भने, ‘लोकतन्त्र रहेमात्र हामी सांसद् बन्छौँ, मन्त्री बन्छौँ, प्रधानमन्त्री बन्छौ भनेपछि मात्र नेताहरूको चित्त बुझाउनु भएको छ । पार्टीको आन्तरिक विवादको कारण संसद विघटन गरिदिने काम विगतमा भएको थियो । हाम्रो पार्टीका तत्कालीन सभापति तथा प्रधानमन्त्रीले गर्नु पनि भएको थियो ।’ उनले विदेशी…
इलाम, २१ पुस । इलामको देउमाई नगरपालिका–८ आमबोटेका ३३ वर्षीय सुवास राई श्रीमतीलाई हत्या गरेको आरोपमा पक्राउ परेका छन् । आज बिहान साँढे ५ बजेको समयमा राईले सामान्य घरायशी विवादको विषयलाई लिएर आफ्नै श्रीमती २७ वर्षीया नम्रता राईलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त भएसंगै प्रहरी चौकी जितपुरबाट खटिएको प्रहरी टोलीले राईलाई नियन्त्रणमा लिएको छ । उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय ईलामबाट अनुसन्धान अधिकृत सहितको टोली खटि गई अन्य थप अनुसन्धान भईरहेको छ ।