झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २१ पुस । झापाको कन्काई नगरपालिका–५ मा टिपरले मोटरसाइकललाई ठक्कर दिंदा चालकको मृत्यु भएको छ । सोमबार दिउँसो ३ बजेको समयमा बा २ ख ९२८४ नम्बरको टिपरले को ६ प २०८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाईकल चालक झापा गाउँपालिका–३ का १९ वर्षीय सागर लिम्बूको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिई अन्य थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

Read More

सुनसरी, २१ पुस । इनरुवा नगरपालिका–२ का अजय पण्डितलाई छुरा प्रहार गरी घाईते बनाई नगद तथा मोवायल लुटपाट गरी फरार रहेका २ जना पक्राउ परेका छन् । पुस १७ गते बिहान साँढे ६ बजेको समयमा ईनरुवा नगरपालिका–९ मा पण्डितलाई छुरा प्रहार गरी पण्डितसंग रहेको नगद तथा मोवायल लुटपाट गरी फरार रहेका देवानगञ्ज गाउँपालिका–५ घर भई ईनरुवा–१ मा बस्दै आएका २२ वर्षीय गजेन्द्रप्रसाद ठाकुर र महदेवा गाउँपालिका–५ सप्तरी घर भई इनरुवा–१ बस्दै आएका २१ वर्षीय मुकेश मण्डललाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले १९ गते पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको…

Read More

विराटनगर, २१ पुस । प्रदेश १ का सामाजिक विकास एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले सहिद मैदान विराटनगरमा जडान गरिएको फ्लड लाइटको अनुगमन गर्न भएको छ । फ्लड लाइट जडान कार्य अन्तिम चरणमा पुगेपछि मन्त्री कार्कीले आज अनुगमन गर्नुभएको हो । लाईट जडानमा गुणस्तरिय सामाग्री प्रयोग गर्न मन्त्री कार्कीले निर्देशन दिनुभयो । शहिद मैदानका चारकुनामा राखिएका मास्ट पोलको उहाँले अनुगमन गर्नुभएको थियो । अनुगमनका क्रममा मन्त्री कार्कीले प्याराफिटको मर्मत पनि प्रदेश सरकारले गर्ने बताउनुभयो । अनुगमनका क्रममा सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले फ्लड लाइटका लागि ३ सय केभिको ट्रान्सफर्मर जडानका प्रकृयापनि शुरु गरिएको मन्त्री कार्कीलाई जानकारी गराउनु…

Read More

बिर्तामोड, २१ पुस । साहित्य चौतारी झापाको अध्यक्षमा हस्त परियार चयन भएका छन् । संस्थाको २२औं साधारणसभाले परियारको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्ष कृष्ण सुवेदी निराकार (साहित्य), दीपक रायमाझी (संगीत), विमला चिमरिया (कला), सचिव खगिन्द्रा खुशी, सहसचिव देवीचरण भण्डारी र कोषाध्यक्षमा भवानीप्रसाद गौतम छानिएका छन् । सदस्यहरुमा कमला नेम्वाङ, सुनिता तामाङ, युवराज पोर्तेल, जीवन धिताल, टीका भट्टराई, तुलसीप्रसाद भट्टराई, रीता उप्रेती, केपी घिमिरे र चित्रा पौडेल रहेका छन् । साहित्य चौतारी झापाका संस्थापक अध्यक्ष शिवशंकर थापा संयोजक र कृष्णप्रसाद पौडेल, अनिरुद्र ओली, राजेन्द्रप्रसाद संग्रौला र भवानी क्षेत्री सदस्य रहेको निर्वाचन समितिले निर्वाचन गरेको हो ।

Read More

बिर्तामोड, २१ पुस । नेपाल कम्यूनिष्ट पार्टी नेकपाका बिर्तामोड नगर कमिटी अध्यक्ष ज्ञानुराम प्रसाईलाई मातृशोक परेको छ । प्रसाईकी ममतामयी आमा गंगा प्रसाईको गएराति साढे १० बजे निधन भएको हो । बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाईकी सासूआमा प्रसाईको ८३ बर्षको उमेरमा अर्जुनधारा–९ बाह्रघरेमा निधन भएको हो । प्रसाईको आज विहान १० बजे कनकाई माईमा दाह संस्कार गरिने परिवारजनले जनाएका छन् । प्रसाईको निधनप्रति धेरै महानुभावले दुःख प्रकट गरेका छन् । झापा अनलाइन परिवार पनि ममतामयी आमाको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ ।

Read More

काठमाडौँ, २१ पुस । नेकपा विवादमा प्रवेश गर्न आफैले बनाएको नियम बाधक हुने देखिएपछि निर्वाचन आयोगले त्यसलाई संशोधन गरेको छ । राजनीतिक दलसम्बन्धी नियमावलीमा रहेको निर्वाचन अवधिभर राजनीतिक दलसम्बन्धी विवादमा कुनै कारवाही नगरिने व्यवस्थालाई आयोगले हटाएको छ । निर्वाचन आयोग ऐनले निर्वाचन हुने मितिभन्दा १२० दिन अगाडिदेखि अन्तिम परिणाम सार्वजनिक नभएसम्मको समयलाई निर्वाचनको अवधि मानेको छ । त्यसअनुसार वैशाख १७ गते हुने मतदानका लागि पुस २० गतेबाट निर्वाचन अवधि सुरु भइसकेको छ । राजनीतिक दलसम्बन्धी नियमावलीको नियम २३ (६) मा निर्वाचन अवधिभर विवाद निरुपण सम्बन्धमा कुनै कारबाही नगरिने भएको छ । निर्वाचन प्रयोगनका लागि आयोगले माघ दोस्रो साता दल दर्ताको…

Read More

काठमाडौँ, २१ पुस । यो आर्थिक वर्षको मंसिरसम्म बालबालिकाविरुद्ध भएका १ हजार ७४ घटना प्रहरीमा पुगेको छ। त्यसमा बलात्कार, बालयौन दुव्र्यवहार, अपहरण, अपहरणपछि हत्या, जातीय छुवाछुत, घरेलु हिंसा, अप्राकृतिक मैथुनलगायत छन्। प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवर बालबालिकाविरुद्ध हुने अपराधमा प्रहरी संवेदनशील रहेको बताउँछन्। ‘प्रहरी जहिल्यै बालबालिकाविरुद्धको अपराधमा संवेदनशील छ’, प्रवक्ता कुँवर भन्छन् । उनी भन्छन्, ‘हामीले प्रहरी समुदाय साझेदारी कार्यक्रमबाट सर्वसाधरणलाई सुचित गरेका छौं। पहिला अभिभावक पनि सचेत हुनुपर्छ।’ बालबालिकाको क्षेत्रमा थुप्रै सरकारी एवं गैरसरकारी संघसंस्थाले काम गरिरहेका छन्। तर, बेला–बेला भइरहने आपराधिक घटनाले यी संस्थाका प्रयास निस्प्रभावीझैं देखाउँछ। अबोध बालबालिकामाथि हुने क्रूर घटनामा राज्य त्यतिबेला संवेदनशील हुन्छ, जब घटनाले…

Read More

काठमाडौँ, २१ पुस । नेकपा विवादका विषयमा दुवै समूहले जवाफ पठाएपछि मात्रै निर्वाचन आयोगले काम अघि बढाउने भएकोे छ। आयोगले ओली र दाहाल–नेपाल दुवै पक्षलाई पत्राचार गरिसकेको छ। प्रवक्ता राजकुमार श्रेष्ठले पत्रको जवाफ आएपछि थप प्रक्रिया अघि बढ्ने जानकारी दिए। प्रवक्ता श्रेष्ठका अनुसार राजनीतिक दलसम्बन्धी ऐनअनुसार नै दुवै पक्षलाई पत्राचार गरिएको हो। दाहाल–नेपाल पक्षलाई ७ दिनभित्र जवाफ दिन भनिएको छ। ओली पक्षलाई भने म्याद तोकिएको छैन। आयोगले दाहाल–नेपाल पक्षलाई पठाएको पत्रमा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार आए मात्र परिच्छेद–९ बमोजिम कारबाही गर्न सकिने जानकारी गराएको छ। ओली पक्षलाई पठाइएको पत्रमा भने राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा…

Read More

काठमाडौँ, २१ पुस । भारतीय नाकाबन्दीपश्चात् प्रधानमन्त्री ओली चीन र अमेरिकासँग समानान्तर सम्बन्ध राखेर सत्ता हाँक्न चाहन्थे । त्यो समानान्तर सम्बन्धको सूत्र उनले बीआरआई र एमसीसीलाई बनाएका थिए । तर समयक्रममा न चीनसँगको बीआरआई कार्यान्वयन हुन सक्यो न त अमेरिकासँगको एमसीसी अनुमोदित भयो । तर, उनको सार्वजनिक चिन्ता अर्थ मन्त्रालयमा पुगेपछि थन्काएर राखिएका बीआरआई परियोजनाहरुमा खासै देखिएन, संसद्ले एमसीसी सम्झौता अनुमोदन नगरेको विषयलाई उनले प्रतिष्ठाको विषय बनाए । प्रधानमन्त्री ओलीले एमसीसी सम्झौता अनुमोदन गर्ने सन्दर्भमा न न त पार्टीको साथ पाए न सभामुखको । त्यसैले सभामुखबाट कृष्णबहादुर महराको बहिर्गमनपछि ओली आफ्नै निकटस्थलाई त्यो पदमा पुर्याउन चाहन्थे, जसका कारण संसद् पनि…

Read More

इलाम, २१ पुस । नेपाल–भारत पूर्वी सीमावर्ती क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले जबर्जस्ती पिलर गाडेको थाहा पाएपछि स्थानीयले रोकेका छन् । सूर्योदय नगरपालिकाको हिलेभन्ज्याङमा आइतबार राति एसएसबीले पिलर गाडेको थाहा पाएपछि घटनास्थल पुगेर स्थानीयले पिलर गाड्न रोकेका हुन् । स्थानीयको हुलसहित सशस्त्र प्रहरी पुगेपछि आफूले गाडेको पिलर उखेलेर एसएसबी त्यहाँबाट भागेको छ । एसएसबीले ग्लोबल पोजिसनिङ सिस्टम ९जीपीएस०ले देखाएको ठाउँ भन्दै नेपाली भूभागपट्टि पिलर गाड्ने प्रयास गरेको सशस्त्र प्रहरी बलको पशुपतिनगरस्थित बोर्डर आउट पोस्ट (बीओपी)का इन्स्पेक्टर नवीन खतिवडाले बताए । उनले भने, ‘हामी कसैलाई थाहै नदिई विवादित ठाउँमा एसएसबीले पिलर गाड्न खोजेको रहेछ ।’ भारतले सीमा क्षेत्रमा राखेको…

Read More