
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २० पुस । विश्वभरि महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड–१९) का कारण करिब १० महिनादेखि बन्द विद्यालयहरू अब खुल्ने भएका छन् । सरकारले गत चैत २०७६ बाट बन्द भएका विद्यालय खुलाउने तयारी गरेको हो । कोभिड–१९ रोकथामका लागि गठित उच्चस्तरीय कोभिड–१९ व्यवस्थापन निर्देशक समिति ९सीसीएमसी० को आइतबार बसेको बैठकले विद्यालय खुला गर्ने निर्णय गरेको हो । अब बस्ने मन्त्रिपरिषद् बैठकले यससम्बन्धी औपचारिक निर्णय लिनेछ । सीसीएमसीले आवश्यक परेमा विद्यालय, चलचित्र घर, जिमखानालगायत बन्द गर्न सक्ने अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिने निर्णय पनि गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंका अनुसार खुलेका विद्यालयलाई बन्द गराउने…
काठमाडौं, २० पुस । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को वैधानिकता विवाद अन्त्य गर्न प्रक्रिया सुरु गरेको छ । पुष्पकमल दाहाल तथा माधवकुमार नेपाल समूह र केपी ओली नेतृत्वको समूहले नेकपा आफ्नो पक्षमा हुनुपर्ने भन्दै आयोगमा विभिन्न प्रकारका मागदाबी गर्न थालेपछि आयोगले वैधानिकता विवादको निरूपण गर्न प्रक्रिया थालेको हो । त्यसका लागि आयोगले वैधानिकता दाबी र दुवै पक्षबाट प्राप्त कागजातबारे अध्ययन गरेर दुवै पक्षलाई पत्र पठाएको छ । आयोगको कानुन शाखाले विवादबारे दुवै पक्षबाट आयोगलाई प्राप्त कागजात अध्ययनपछि दुवै पक्षलाई पत्र पठाएको जनाएको छ । पत्रमा एक समूहलाई अपुग कागजात बुझाउन म्याद तोकिएको छ भने अर्को समूहलाई कानुनी जानकारी…
झापा, २० पुस । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी जेठमा गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेको छ । परीक्षा सञ्चालनका निम्ति चारवटा विकल्प अघि बढाइएको छ । सम्बन्धित विद्यालय, स्थानीय तह, प्रदेश वा यसअघि झैँ संघीय सरकारमार्फत सञ्चालन गर्ने भन्ने रहेको छ । विद्यमान ऐनमा भने एसईई परीक्षा सञ्चालन जिम्मेवारी प्रदेश तहलाई दिइएको छ । मन्त्रालयको प्रस्तावसँगै राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० का विद्यार्थीको विवरण माग गरेको छ । ‘सरकारले शैक्षिक सत्र टुङ्ग्याएपछि हामीले एसईई परीक्षा लिने हो,’ बोर्डका अध्यक्ष प्राध्यापक चन्द्रमणि पौडेलले भने, ‘त्यसैले कानुनअनुसार विद्यार्थीको यकिन विवरणका नम्ति फारम खुला गरेका छौँ…
काठमाडौं, २० पुस । कोभिड नियन्त्रणसम्बन्धी उच्चस्तरीय निर्देशक समिति (सीसीएमसी) ले संक्रमणको जोखिमका कारण बन्द गरिएका सबै क्षेत्र खुला गर्ने निर्णय गरेको छ। आइतबार बसेको सीसीएमसीको बैठकले यस्तो निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ। यद्यपि, यो निर्णय मन्त्रिपरिषद् बैठकले अनुमोदन गर्नुपर्ने हुन्छ। त्यसपछि चैतदेखि बन्द विद्यालय, मनोरञ्जनका क्षेत्रलगायत खुल्न बाँकी क्षेत्र खोल्न पाइनेछ। यसअघिका निर्णयहरूमा होटल व्यवसाय, यातायात, हवाई सेवालगायतका क्षेत्र खुला गरिए पनि शैक्षिक क्षेत्र, मनोरञ्जन, जिमखाना, पुस्तकालयलगायत क्षेत्र खुलाइएको थिएन। विद्यालयहरू चैतदेखि बन्द हुँदा विद्यार्थीको पढाइ करिब ९ महिना अन्योल भएको थियो। उपत्यकाका स्थानीय तहहरूले विद्यालय खुलाउन खोज्दा पनि जोखिमलाई ध्यानमा राखी रोक लगाइएको थियो।…
काठमाडौं, २० पुस । नेकपा (दाहाल–नेपाल) समूहको पार्टी बैठकमा दुवै अध्यक्षले आलोपालो अध्यक्षता गर्न सुरु गरेका छन्। अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव नेपाल बराबरी हैसियतमा रहने व्यवस्थाअनुसार आलोपालो अभ्यास सुरु भएको हो। आइतबारको बैठकको अध्यक्षता अध्यक्ष नेपालले गरेका हुन्। यसअगाडि पुस ७ र ९ गते स्थायी समिति बैठकको अध्यक्षता दाहालले गरेका थिए। पार्टी केन्द्रीय नेताहरूको कार्यविभाजन र एकता एकीकरणका बाँकी काम सम्पन्न गर्ने गरी प्रस्ताव तयार पार्न दाहाल–नेपाल समूहको स्थायी समिति बैठकले अध्यक्ष माधव नेपालको संयोजकत्वमा शक्तिशाली कार्यदल गठन गरेको छ। आइतबार जनवर्गीय संगठनको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले नेपालको संयोजकत्वमा १० सदस्यीय कार्यदल गठन गरेको स्थायी समिति…
झापा, १९ पुस । सरकारले संविधानको मर्म संकुचित हुने गरी गत मंसिर ३० गते संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्यो । बहालमध्ये बहुमतको उपस्थितिमा नियुक्तिको सिफारिस गर्न मिल्ने गरी अध्यादेश ल्याइएपछि भोलिपल्ट पुस १ गते अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदालतमा निवेदन दिए । तीन साता बितिसक्दा पनि त्यसमा सुनुवाइको पालो आएको छैन । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दर्ता गरेको निवेदनसमेत त्यसै गरी सर्वोच्च अदालतमा अड्किएको छ । अरू त टाढाको कुरा, निवेदनमाथि प्रारम्भिक सुनुवाइसमेत भएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले गत १० गते मन्त्रिपरिषद् विस्तार गरे । त्यसको पर्सिपल्ट सर्वोच्च अदालतमा कामचलाउ सरकारले केही पनि गर्न नपाउने भनी रिट दर्ता…
काठमाडौँ, १९ पुस । हरेकजसो कार्यक्रममा सम्बोधन गर्दा प्रधानमन्त्री केपी शर्मा ओली आफूलाई काम गर्न नदिइएको भन्दै गुनासो पोख्छन्। काम गर्न नदिइएकै कारण प्रतिनिधिसभा विघटन गर्न बाध्य हुनुपरेको तर्क उनी गर्छन्। तर प्रधानमन्त्रीको यस भनाइलाई विपक्षी दलका नेताहरू भने ठाडै अस्वीकार गर्छन्। प्रधानमन्त्रीले आफ्नो असक्षमता, अलोकप्रियता र अकर्मण्यता लुकाउन प्रतिपक्षीलाई दोष दिने गरेको उनीहरूको भनाइ छ। ओलीले प्रधानमन्त्री पदमा शपथ ग्रहण गर्दा सरकारको पक्षमा संसद्मा करिबकरिब दुई तिहाइ मत थियो। त्यसमा पनि तत्कालीन दुई प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीले सरकारलाई समर्थन गरेका थिए। उपेन्द्र यादवले नेतृत्व गरेको तत्कालीन समाजवादी दल करिब १८ महिना सरकारमा सहभागी भयो। तर…
झापा, १९ पुस । जाडोको मौसममा बालबालिकालाई निमोनिया लगायतका रोग लाग्ने सम्भावना बढी हुने भएकाले यसमा सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका छन् । जाडोमा निमोनियाबाहेक रुघाखोकी, ब्रोनकाइटिक्स, दमलगायत सरसफाइको कमीले हुने रोगबाट समेत बालबालिका प्रभावित हुन सक्ने हुँदा यसमा सावधानी अपनाउनुपर्ने सुझाव दिइएको हो । कान्ति बाल अस्पतालका निर्देशक डा। कृष्ण पौडेलका अनुसार जाडो मौसममा बालबालिकालाई हुने मुख्य समस्या श्वासप्रश्वाससम्बन्धी हो । त्यसमा रुघाखोकी, नाक बन्द हुने, घाँटी दुख्ने, टन्सिल लगायतका समस्या हुन्छन् । उनका अनुसार चिसो फोक्सोसम्म पुगेपछि ब्रोनकाइटिक्स, निमोनियाको समस्या देखा पर्छ । विभिन्न प्रकारका भाइरसबाट यी रोग लाग्ने गर्दछ । श्वास नलीमा सङ्क्रमण हुने, दमको समस्या पनि…
काठमाडौँ, १९ पुस । प्रधानमन्त्री केपी ओलीले नेपालमा दुनियाँ आश्चर्यमा पर्ने गरी विकासका काम भएको बताएका छन् । शनिबार नेकपा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै ओलीले ‘दुनियाँ आश्चर्यमा पर्ने’ कामको फेहरिस्त बताए पनि अधिकांश गलत तथ्यांक प्रस्तुत गरेका छन् । तर, उनको भाषणलाई भने तथ्यले सहयोग गरेका छैनन् । प्रधानमन्त्रीको दाबी– बुटवल–नारायणगढ खण्ड ६ लेनको बन्दै छ ।वास्तविकता: अहिले दुई लेनको सडक चार लेनमा विस्तार गर्ने योजना, दुई वर्षमा दुई प्रतिशत मात्रै प्रगति प्रधानमन्त्रीको दाबी– भुइँचालोले भत्काएका सात लाख घर बनाएर जनतालाई हस्तान्तरण गरिएको छ ।वास्तविकता: हालसम्म ५ लाख ५९ हजार घर निर्माण, सरकारले दिएको जम्मा तीन लाखले घरका जग मात्रै…
दार्चुला, १९ पुस । महाकालीको बाढीले २०७० मा दार्चुला सदरमुकामका १ सय ५६ घर बगाएको थियो। बाढीले निरन्तर पु¥याउने क्षति घटाउन नेपालले तटबन्ध बनाउन थाल्दा उतिबेला भारतीय पक्षले माइकिङ गरेर रोकेको थियो। नेपालले खोलाको किनारभन्दा सरदर सय मिटर वरै तटबन्ध बनाइरहेको थियो। भारतको आपत्ति थियो– ‘सीमा नदीमा आफूखुसी तटबन्ध बनाउँदा हाम्रो भूभाग डुब्न सक्छ। बनाउने भएर अलि परैबाट बनाउनू।’ नेपालले तटबन्ध अझ वर सा¥यो। तर, त्यही ठाउँको उतापट्टि भारतले अहिले नदी नै पुर्दै तटबन्ध बनाइरहेको छ। त्यही पनि बाढीपूर्वको नेपाली भूभागमा। दार्चुला जिल्ला प्रशासनले उक्त निर्माण कार्य रोक्न भारतको धारचुला पिथौरागढका उपजिल्ला अधिकारीलाई पुस २ गते पत्राचार गरेको थियो। तर,…