झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, १६ पुस । झापाको बिर्तामोडस्थित सिटी सेन्टरमा ह्याप्पी किचन सञ्चालनमा आउने भएको छ । होटल सञ्चालनको पूर्वसन्ध्यामा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चालक हिमालय प्रसाईंले विगत दुई वर्षदेखि हस्पिटालिटी सेवा प्रदान गर्दै आएकामा भोलि पुस १६ गतेदेखि तेस्रो प्रयासका रुपमा ह्याप्पी किचन सञ्चालनमा ल्याउन लागिएको बताउनुभयो । ह्याप्पी किचनले भद्रपुर रोडमा किड्स जोनसहितको रेष्टुरेन्ट र मुक्तिचोकमा फास्टफुडको सेवा प्रदान गर्दै आएको छ । ‘ग्राहकको मायाले हामीले तेस्रो होटल सञ्चालन ल्याएका हौँ’, उहाँले भन्नुभयो, ‘हामीले लाइभ किचनसहित होटल सञ्चालनमा ल्याएका छौँ, ग्राहकले अडर गरेको खाना आफ्नै आँखाले पकाएको देख्न पाउन सक्नेछन् ।’ ह्याप्पी किचनमा सबै वर्गका ग्राहकले उत्कृष्ट सेवा पाउने उहाँले…

Read More

झापा, १५ पुस । पछिल्लो २४ घण्टामा प्रदेश १ मा २४० जना डिस्चार्ज भएका छन । डिस्चार्ज हुने सवै होमआईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार १८० पुगेको छ । प्रदेश १ मा आज २६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङ र सुनसरीमा ६–६, झापा र धनकुटामा ४–४, खोटाङमा २, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा २, सुन्दरहरैचा, कानेपोखरी, पथरीशनिश्चरे र बुढीगंगामा १–१, सुनसरीको धरानमा ३, इटहरीमा २ र रामधुनीमा १, झापाको कनकाईमा २, कमल गाउँपालिका र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा ४,…

Read More

झापा, १५ पुस । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिने भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायका मानिसको विश्वास छ । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ । पुस…

Read More

झापा, १५ पुस । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बूहरूको चासोक तङ्नाम धुमधामसँग मनाइँदैछ । तीन दिनअघि शुुरु भएको पर्वको पहिलो दिन लिम्बूहरुले चासोक तङ्नाम पर्व मनाएका थिए भने आज संयुक्तरूपमा सबैले उधौली सकेला अर्थात् किरात पर्व मनाउँछन् । किरात संस्कृतिका बारेमा अनुसन्धानरत कीर्तिकुमार दुमी राई किराँतभित्रका जातजातिले यो पर्वलाई फरक फरक नाम दिए पनि समग्रमा उधौलीका नामले चिनिने बताउँछन् । किरात समुदायले आपूmले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम भन्छन् ।…

Read More

झापा, १५ पुस । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको नेतृत्वमा चार सदस्यीय टोली आइतबारदेखि राजनीतिक भेटघाटमा व्यस्त छ । र, त्यसको भोलिपल्टै दक्षिणी छिमेक भारतबाट अर्को टोली काठमाडौं उत्रिएको छ । चिनियाँ टोलीका नेता गुओले सबैसँग एउटा समान जिज्ञाशा राखेका थिए, ‘कसरी यो समस्या आयो ?’ शीतल निवास र बालुवाटारले खुमलटार र कोटेश्वरतिर तेस्र्याए पनि उताको भेटमा भने समस्याको उत्पत्तिका बेलिबिस्तार सबै दस्तावेज पल्टाएरै गराइएको स्रोतले बताएको छ । नेकपा अध्यक्ष माधवकुमार नेपालसँगको भेटमा प्रधानमन्त्रीको आनिबानी र कम्युनिष्ट पार्टीलाई मूलभूत रूपमा कस्तो बनाउने भन्नेमा रहेको उहाँसँगको अन्तर्विरोधलाई सचित्र केलाइएको थियो । एभरेष्ट होटल बानेश्वरको सातौं तल्लामा घाम…

Read More

झापा, १५ पुस । भरतपुरका डा. सुभाष रेग्मी बेलायतमा एकवर्षे अध्ययन सकेर क्रिसमसकै दिन डिसेम्बर २५ मा नेपाल फर्किने तयारीमा थिए। हवाई टिकट लिइसकेका डा। रेग्मीले सय पाउन्ड तिरेर पीसीआर परीक्षण पनि गराइसकेका थिए। तर, बेलायतबाट जानेलाई नेपालमा अचानक प्रतिबन्ध लगाइएपछि उनी बेलायतमै अलपत्र बनेका छन्। यहाँको चेस्टर विश्वविद्यालयबाट मास्टर्स इन अर्थोपेडिक्सको कोर्स पूरा गरेका हाडजोर्नी तथा नसा रोग विशेषज्ञ रेग्मीले अन्नपूर्णसँग भने, ‘नेपाल जान त पाइनँ नै, पीसीआर परीक्षणमा बुझाएको सय पाउन्डसमेत व्यर्थ भयो। टिकट पनि स्थगन भएपछि अहिले ओपनमा राखेको छु।’ बेलायतमा आफू बस्दै आएको घरको सम्झौता पनि यही डिसेम्बर अन्त्यमा सकिने उनले बताए। त्यसपछि कहाँ बस्ने भन्ने…

Read More

झापा, १५ पुस । नेपालको भ्रमणमा आएको चिनियाँ विशेष टोलीले राजनीतिक अस्थिरता रोक्न, विभाजित नेकपालाई मिलेर अघि बढ्न र यहाँको राजनीतिक वातावरणले चीनमा पर्न सक्ने सुरक्षा खतराबारे सजग रहन आग्रहसहितका तीनवटा सन्देश सत्तारुढ र विपक्षी दलका नेताहरुलाई दिएको छ । सत्तारुण् नेकपा विभाजित भएसँगै राष्ट्रपति सी चिनफिङको निर्देशनमा बेइजिङबाट काठमाडौँ उत्रिएको चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ नेतृत्वको चार सदस्यीय विशेष टोलीले नेपालमा विकसित राजनीतिक परिस्थितिबारे चिन्ता र चासो प्रकट गरेको थियो । चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सय वर्ष पगेको अवसरमा यहाँका राजनीतिक दलहरुसँग सम्बन्ध मजबुत बनाउन भ्रमण गरेको भनिए पनि शीर्ष नेतासँगको सबै भेटमा चिनियाँ अधिकारीहरुले नेपालमा…

Read More

झापा, १५ पुस । देशमा अहिले जे भइरहेको छ, त्यसको संकेत डेढ वर्ष पहिल्यै, प्रधानमन्त्रीकै मुखबाट बोलिएअनुसार नै भइरहेको छ । प्रमाण मान्ने हो भने प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गरेको संसद विघटनसम्बन्धी सिफारिसको योजना राष्ट्रपतिलाई संसदभित्र ‘महारानी’ भनिएको घटनापछि बुनिएको थियो । ‘संसदीय सुनुवाई समितिको सभापति रहेका जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णलाई एक रात बालुवाटारमा घण्टौं कुराएपछि प्रधानमन्त्रीले केही संकेत गरेका थिए । ०७६ जेठ १५ गते राष्ट्रपति विद्या भण्डारीले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भनेको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका विभिन्न नेताले प्रयोग गरेका ‘महारानी’ जस्ता शव्द र शैलीमाथि आपत्ति जनाउँदै…

Read More

झापा, १५ पुस । पछिल्लो समय बैंकहरूले ठूल्ठूला आयोजनामा लगानी गर्ने क्रम बढ्दै गएको सम्बद्ध अधिकारी बताउँछन्। ‘केही वर्षयता संघ मात्र नभई प्रदेश र स्थानीय तहमा पनि भौतिक पूर्वाधारका थुप्रै काम हुन थालेका छन्,’ नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी भन्छन्, ‘जसले गर्दा बैंकलाई लगानी गर्न सहज मात्र भइरहेको छैन। पूर्वाधार निर्माणमा पनि टेवा पुगिरहेको छ।’ बैंकर्स एसोसिएसनका अनुसार असोजसम्म वाणिज्य बैंकहरूले विभिन्न क्षेत्रमा ३० खर्ब ३० अर्ब ४१ करोड रूपैयाँ लगानी गर्दा निर्माण क्षेत्रमा तीन खर्ब एक अर्ब २९ करोड रूपैयाँ कर्जा प्रवाह भएको छ। निर्माण क्षेत्रमा प्रवाह भएको कर्जामध्ये असारदेखि असोजसम्म मात्र ६ अर्ब १७ करोड ३०…

Read More