झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौं, २६ पुस । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भई संवैधानिक इजलासमा सुनुवाइ जारी रहेको अवस्थामा न्यायालयबाट आउने सम्भावित फैसलाको विषयमा न्यायालयकै अवहेलना हुने गरी विभिन्न खाले टीका टिप्पणी, भनाइ र अभिव्यक्ति आउने क्रम बढेको छ । जसका कारण सर्वोच्चको न्यायसम्पादनमै गम्भीर अवरोध सिर्जना हुन सक्ने सम्भावना देखिएको छ । न्यायलाई नै प्रभावमा पार्ने गरी कार्यहरू बढिरहेकाले त्यस्तो कार्य गर्नेविरुद्ध अवहेलनामा मुद्दा चलाउनुपर्ने मागसमेत उठ्न थालेको छ । न्यायसम्पादनमा अवरोध सिर्जना गर्ने जो सुकैमाथि सर्वोच्चले अवहेलनामा कारबाही गर्न सक्ने अधिकार संविधानले नै दिएको छ । प्रतिनिधिसभा विघटनसम्बन्धी रिटको सुनुवाइ संवैधानिक इजालासमा जारी रहँदा विभिन्न आन्दोलनमा रहेका पक्षको फरक फरक…

Read More

काठमाडौँ, २१ पुस । नेपालमा हाइड्रोजन उत्पादन, बजारीकरण र निर्यातसम्मका गतिविधि सञ्चालन गर्ने गरी पहिलोपटक अध्ययन सुरु भएको छ । पेट्रोलियम पदार्थको आयात, भण्डारण र व्यापार गर्दै आएको नेपाल आयल निगम भविष्यमा स्वच्छ ऊर्जाको महìवपूर्ण स्रोत मानिएको हाइड्रोजनको नेपालमा उत्पादन, खपत र निर्यात गर्ने सोचसहित यो क्षेत्रमा अग्रसर भएको हो । निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौड्यालले ऊर्जा क्षेत्रको भविष्य अनुमान गरेरै तत्काल काम थाल्न निगम अग्रसर भएको जानकारी दिए । “हाइड्रोजनका बारेमा विश्व धेरै अगाडि बढेको छ, यो प्रविधि ल्याउन प्रयोग गर्ने र स्वदेशी सफा ऊर्जा हाइड्रोजनको प्रवद्र्धनमा निगमले ढिला नगरी काम सुरु गरेको हो,” उनले भने, “हाइड्रोजन भविष्यको बलियो…

Read More

झापा, २६ पुस । आफूलाई पार्टी एकताको पक्षमा छु भनिरहने नेकपा उपाध्यक्ष वामदेव गौतमले शनिबार ‘नेकपा एकता राष्ट्रिय अभियान’ को घोषणा गरे र त्यसको संयोजक आफै भए । दुवै पक्षका नेकपा नेताहरुको बेलाबेलाका अभिव्यक्ति र गौतमको अभियान घोषणापछि चर्चा हुन थालेको छ– के फेरि नेकपाको एकता सम्भव छ ? नेकपाको दुवै पक्षका दोस्रो तहका नेताहरु सकेसम्म पार्टी एक बनाउनुपर्ने, चुनावमा जाने स्थिति आउँदा पनि गठबन्धन बनाएर जान सकिन्छ कि भन्ने छलफलमा छन् । प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल कै इच्छा र सहमतिमा उनीहरुले छलफल अघि बढाएको ती नेताहरुको भनाइ छ । ‘यो एकदमै प्रारम्भिक चरण हो,’ एकताका लागि…

Read More

काठमाडौं, २६ पुस । प्रतिनिधिसभा भंग भए पनि सांसद्को तजबिजमा साढे ६ अर्बभन्दा बढी खर्च हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ दलभित्रको किचलोका कारण प्रतिनिधिसभा विघटन गरे पनि सांसद्को तजबिजमा खर्च गर्न भन्दै बजेटमा ल्याइएको ‘स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रम’ मा चालू वर्षमा छुट्ट्याइएको ६ अर्ब ६० करोड रुपैयाँ खर्च हुन लागेको हो । अर्थमन्त्रालयका अनुसार प्रतिनिधिसभा भंगसँगै सांसद्हरू नरहे पनि बजेटमा ल्याइएको कार्यक्रम भएकाले तत्काल रोकिने छैन । सरकारले बजेटमा ल्याएको कार्यक्रम रोक्न छुट्टै निर्णय गर्नुपर्ने मन्त्रालयका अधिकारीहरू बताउँछन् । उनीहरूका अनुसार संसद्मा पेश गरेर पास भएको बजेट भएकाले रोक्नुपर्ने भए मन्त्रिपरिषद्बाट निर्णय गरिनुपर्छ । सरकारले…

Read More

झापा, २६ पुस । बजारमा खाने तेलको मूल्य वृद्धि भएसँगै कृत्रिम अभाव सृजना भएको छ । अन्तरराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य वृद्धि र राजनीतिक तरलताको फाइदा उठाउँदै उद्योगी, ठूला व्यापारी तथा बिचौलियाहरूले बजारमा तेलको कृत्रिम अभाव सृजना गरेका हुन् । उनीहरूले बजारमा तेलको कृत्रिम अभाव सृजना गरी महँगो मूल्यमा बेचेको सरोकारवालाहरूले जानकारी दिएका छन् । खुद्रा व्यापार संघले दिएको जानकारीअनुसार गएको भदौदेखि नै खाने तेलको मूल्यमा लगातार वृद्धि भइरहेको छ । भदौ दोस्रो सातादेखि अहिलेसम्म सबैभन्दा बढी भटमासको तेलको मूल्य बढेको छ । भटमासको तेलको मूल्य ५० प्रतिशतले वृद्धि भई प्रतिलिटर २ सय २५ रुपैयाँसम्म पुगेको छ । प्रतिलिटर २…

Read More

काठमाडौं, २६ पुस । नेकपाका दुवै खेमामा नलागेका नेता वामदेव गौतमले पार्टी एकताका लागि अपिल गरेका छन्। गौतमले शनिबार आफ्नो संयोजकत्वमा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० एकता राष्ट्रिय अभियान घोषणा गरी पार्टी एकताका लागि जुलुस सञ्चालन गर्न र एकताको सन्देश दिने गरी पोस्टर छापेर बाँड्न अपिल गरेका हुन्। पार्टी एकता जोगाउने वा पुनर्एकीकरण गर्ने उद्देश्य लिएर आफूले दुवै समूहलाई समर्थन नगरी अभियानको संयोजक बनेर अगाडि आएको गौतमले वक्तव्यमार्फत जनाएका छन्। ‘एकताको आह्वानमा जुलुस सञ्चालन गर्नुहोस्, एकताको सन्देश दिने पर्चा पोस्टर छापेर बाँड्नुहोस्। यसो गर्नुभयो भने प्रिय कमरेडहरू हाम्रो प्यारो पार्टी र पार्टीका सबै आदरणीय नेताहरूलाई एकै ठाउँमा ल्याउन सकिनेछ र पार्टीलाई…

Read More

काठमाडौं, २६ पुस । २०१९ डिसेम्बरदेखि शुरू भएको कोरोना महामारीका कारण आक्रान्त विश्व समुदाय यति बेला भाइरसविरुद्धको खोपको तीव्र प्रतीक्षामा छ । विश्वभर साढे ८ करोडभन्दा बढी संक्रमित भइसकेकोमा १९ लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन् । संक्रमण रोक्न विश्वमा केही खोपहरू आकस्मिक प्रयोगमा आइरहेकामा ११ ओटा खोप तेस्रो चरणको परीक्षणमा छन् भने १ सयभन्दा बढी खोपमा अनुसन्धान भइरहेको छ । खोप बन्न थालेसँगै विश्वमा विभिन्न मुलुकले प्रि–अर्डर गर्न शुरू गरिसकेका छन् भने अमेरिका, चीन, कोस्टारिका, रसिया, चिली, बेलारुसलगायत देशले खोप लगाउन थालिसकेका छन् । हाम्रै छिमेकी मुलुक भारतले पनि खोपको प्रिअर्डर गरेको छ भने आफै पनि खोप निर्माण गरिरहेको छ…

Read More

छोटो चलचत्रि ‘सहारा’ रिलिज गरिएको छ । कोरोना महामारीको कथामा निर्माण भएको यो छोटो चलचित्रले बेरोजगार, मानिसहरुको सम्बन्धमा पारेको असरलाई उठाएको छ । यो छोटो चलचित्रमा ध्रुव दत्त, श्रृजना निङ्गलेकु, पुरु राइको अभिनय छ । यो चलचित्रको लेखन तथा निर्देशन पुरु राइले गरेका छन् । कोरोना भाइरसका कारण बढेको बेरोजगारी, बेरोजगारीका कारण एक जोडीमा उत्पन्न भएको विभिन्न समस्यालाई यसले उठान गरेको छ । छोटो चलचित्र ‘सहारा’मा छायांकन तथा सम्पादन कुशल श्रेष्ठको छ । टुवाई ब्यानरमा निर्माण भएको चलचित्रलाई दर्शकले रुचाउने अपेक्षा निर्माणपक्षको छ ।

Read More

विराटनगर, २४ पुस । प्रदेश १ का नागरिक अगुवाहरुले प्रतिनिधिसभा विघटनको निर्णय सच्याउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । बिहीबार विराटनगरमा बृहत्त नागरिक समाजले आयोजना गरेको अन्तर्क्रियामा सहभागी प्रध्यापक, कानुन व्यवसायी, पत्रकार र अधिकारकर्मीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद विघटनको कदम सच्याउन आग्रह गरेका हुन् । उनीहरुले संविधान विपरीतको कदमलाई स्वीकार्न नसकिने पनि बताए । वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठले प्रधानमन्त्री ओलीले हुँदै नभएको अधिकार दुरुपयोग गरेर संविधानलाई घाइते बनाएको बताए । अधिवक्ता उमेश न्यौपानले शक्तिको आडमा संविधान मिच्ने काम भएको बताए । प्राध्यापक प्रमोदकुमार झाले संसद् विघटनको कदम व्यक्तिगत महत्वाकांक्षा र सत्ता लोलुपताको निरंकुश प्रवृत्ति भएको बताए ।…

Read More

काठमाडौं, २४ पुस । पकाउँदा मगमग बास्ना आउने। खाँदा झनै स्वादिलो। खाइसकेपछि सन्तुष्टिको आभास। यस्तो स्वादिलो बासमती चामल विवादमा तानिएको छ। यसको हकअधिकारसम्बन्धी विवाद युरोपियन युनियन ९ईयू० मुख्यालयसम्म पुगेको छ। ईयूले बासमती नाममा दाबी गरेका नेपाल, भारत र पाकिस्तानलाई फेबु्रअरी पहिलो साताभित्र सम्पूर्ण आधिकारिक वैज्ञानिक प्रमाण जुटाएर पठाउन निर्देशन दिएको छ। नेपालले बासमतीमा आफ्नो हक रहेको भन्दै डिसेम्बर ९ मा ईयूमा १३ बुँदे दाबीविरोध जनाइसकेको छ। सरकारले त्यसलाई प्रमाणित गर्न वैज्ञानिक आधार खोज्न थालेको छ। पर्याप्त वैज्ञानिक आधार र प्रमाण उपलब्ध गराउन सक्ने मुलुकले बासमती नामको चामलको भौगोलिक संकेत चिह्न अधिकार (ज्योग्राफिकल इन्डिकेसन (जीआई राइट) पाउनेछ। त्यही भएर तीनै देश…

Read More