
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ९ पुस । कोभिड–१९ को असरले थिलोथिलो भएको मुलुकको अर्थतन्त्र प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन र आगामी वैशाखमा निर्वाचन गर्ने घोषणाले उठ्नै नसक्ने अवस्थामा पु¥याउने भएको छ । आर्थिक वर्ष साउनमै लागे पनि विकास निर्माणका काम तिहारपछि मात्र सुरु गर्ने हाम्रो परम्परा छ । अधिकांश मन्त्रालयहरूले आर्थिक वर्षको मध्यबिन्दु पुसभित्र बोलपत्रका सबै प्रक्रिया सकाएर त्यसपछिका दिनमा निर्माणको काम सुरु गर्छन् । तर यो वर्ष काम गर्ने समयमा निर्वाचन गराउनुपर्ने भएकाले सबै सरकारी कर्मचारीको ध्यान चुनावमा जानेछ । यही कारण पुँजीगत बजेटको खर्च बढ्न सक्ने देखिँदैन । बजेट खर्च नहुनु भनेको अर्थतन्त्र थप खुम्चिनु हो । चालु आर्थिक वर्षमा…
काठमाडौँ, ९ पुस । उपप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य ईश्वर पोखरेलले निर्वाचनको तयारीमा जुट्न पार्र्टीका नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन् । सरकारले गरेका कामप्रति पार्टीभित्रैबाट नकारात्मक प्रचार गरिएको चर्चा गर्नुहुँदै उनले त्यसलाई चिर्दै जनताको बीचमा जानुपर्ने स्पष्ट पार्नुभयो । बागमती प्रदेशका नेकपा केन्द्रीय सदस्यहरूको बुधबार आयोजित भेलामा नेता पोखरेलले भने, “निर्वाचनबारे कुनै द्विविधा राख्नु आवश्यक छैन, तपाईंहरू जनताको साथ नछाड्नुहोस् ।” भेलामा नेता टोपबहादुर रायमाझीले स्थायी सरकार र समृद्धिको नारा दिँदै गरिएको पार्टी एकताका सुरुआती दिनदेखि नै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट षड्यन्त्र हुँदै आएको विस्तृत चर्चा गर्नुभयो । नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार पार्टीको केन्द्रीय…
काठमाडौँ, ९ पुस । पछिल्ला घटनाक्रमले नेकपा फुटको प्रक्रिया सुरु भैसकेको भए पनि आधिकारिकताको टुंगो लाग्न भने केही प्रक्रिया र समय पूरा गर्नुपर्ने हुन्छ । पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती ऐन अनुसार दलमा देखिएको विवादको निरुपण हुने बताउँछन् । ऐनको परिच्छेद ९ मा दलको मान्यतासम्बन्धी विवादको निरुपणसम्बन्धी व्यवस्था छ । ऐनको दफा ४४ मा व्यवस्था भएको विवाद निरुपण कार्यविधि अनुसार दलको नाम, छाप, झण्डा वा चिह्नसम्बन्धी विवाद भए त्यस्तो नाम, छाप, विधान, झण्डा वा चिह्न दाबी गर्नेले र दलको पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको आधिकारिकता दाबी गर्ने पक्षले केन्द्रीय समितिको ४० प्रतिशत सदस्यको हस्ताक्षरसहित विवाद प्रारम्भ भएको तीस दिनभित्र…
काठमाडौँ, ९ पुस । सरकारले बेलायतमा देखिएको कोरोना भाइरसको परिवर्तित नयाँ रुप नेपाल प्रवेश गरेनगरेको पत्ता लगाउन अध्ययन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा बुधबार बसेको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले भाइरसको नयाँ स्वरुप नेपालमा भएनभएको अध्ययन गर्ने निर्णय गरेको हो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डा। प्रदीप ज्ञवालीले केही सातायता बेलायतबाट अथवा बेलायत ट्रान्जिट हुँदै आएका यात्रुको खोजी गरी संक्रमित पाइए अनुवांशिक उपक्रम (जेनेटिक सिकेन्स) अध्ययन गरिने जानकारी दिए । ‘हामीले बिहीबारदेखि नै सम्भावित संक्रमितको खोजीलाई अगाडि बढाउनेछौं,’ ज्ञवालीले भने । कोरोना भाइरसको दोसो चरणको जेनेटिक सिकेन्सको अध्ययन गर्ने योजना यसअघि नै बनाए पनि परिषद्ले…
झापा, ८ पुस । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० राजनीतिकरुपमा विभाजित भएको छ । नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले मंगलबार छुट्टाछुट्टै केन्द्रीय कमिटीको बैठक डाकेर पार्टी विभाजनको रेखा कोरेका हुन् । केन्द्रीय कमिटी बैठक राखेर दुवै पक्षले आफूलाई संस्थापन दाबी गरेपछि अब विवादको निरुपण निर्वाचन आयोगले गर्नेछ । त्यहाँ निरुपण नभए विवाद सर्वोच्च अदालतमा पुग्ने स्थिति देखिन्छ । ओली समूहले कोही कसैलाई कारवाही नगरी ५५६ केन्द्रीय सदस्य थपेर महाधिवेन आयोजक कमिटी बनाएको छ । ओलीले एकप्रकारले नेकपा पुनर्गठन गरेका छन् । दाहाल पक्षले ओलीलाई अध्यक्ष पदबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेको छ…
झापा, ८ पुस । वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई पुनः श्रम स्वीकृति (रि–इन्ट्री) लागि श्रम कार्यालय धाएर लाइन बस्नु नपर्ने भएको छ । अनलाइनबाटै श्रम स्वीकृति दिने व्यवस्था बुधबारदेखि कार्यान्वयन भएसँगै जो जुन देशमा छ त्यहीँबाटै श्रम स्वीकृति लिन सक्ने छन् । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले अनलाइनबाटै श्रम स्वीकृति दिन सकिने गरी सफ्टवेयरको विकास गरिसकेकाले बुधबारदेखि जुनसुकै देशबाट सहज रूपमा अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिन सकिने जानकारी दिए । उनले भने, ‘‘अनलाइनबाटै श्रम स्वीकृति नवीकरण गर्ने व्यवस्था भएपछि म्याद सकियो भनेर श्रमका लागि मात्रै नेपाल आउनुपर्नेका लागि यो बाध्यता हटेको छ, जसले श्रमिक माथिको आर्थिक भार पनि कम गरेको…
झापा, ८ पुस । २०७५ को जेठमा पार्टी एकीकरण हुँदा नेकपाले सूर्यलाई चुनाव चिन्हका रुपमा निर्वाचन आयोगमा दर्ता गर्यो तर झण्डै दुई तिहाइ बहुमत प्राप्त नेकपा ५ वर्षे कार्यकाल समाप्त हुनअघि नै विभाजनको अभ्यासमा छ । वैधानिक रुपमा फुटको घोषणा नगरेको भए पनि पार्टी अब एक छैन भन्नेमा नेकपामा नेता–कार्यकर्ता कन्भिन्स भइसकेका छन् । त्यसैको फलस्वरुप केन्द्रदेखि जिल्लासम्मका पार्टी कार्यालयमा ताला लगाउने होडबाजीमा दुवै पक्ष देखिन्छन् । तर त्योभन्दा ठूलो हडबाजी चुनाव चिन्ह सूर्य पाउनका लागि छ । त्यसको लडाइँ चाहिँ ४० औँ वर्ष सहकार्य गरेर राजनीतिक जीवनको उत्तराद्र्धतिर पुग्नै लाग्दा टुक्रिन लागेका तत्कालीन एमालेका शीर्ष नेताबीच झन् देखिन्छ ।…
झापा, ८ पुस । संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको ‘असंवैधानिक’ कदमलाई कसरी लिने भन्नेमा प्रमुख प्रतिपक्ष काँग्रेसभित्र दुई थरी विचार प्रकट भएका छन् । प्रधानमन्त्री ओलीको कदमविरुद्ध छलफल गर्न पार्टी केन्द्रीय कार्यसमितिको मंगलबार सुरु बैठकमा संसद् पुनःस्थापनातिर कि निर्वाचिततिर केन्द्रीत हुने भन्नेमा मत बाझिएको हो । काँग्रेस सभापति शेरबहादुर देउवा र उनीपक्षीय सदस्यहरु प्रधानमन्त्री ओलीको कदमलाई आक्रामक ढंगले प्रतिवाद गर्ने मुडमा देखिएका छैनन् । बरु यसलाई अवसरको रुपमा लिएर निर्वाचन तयारीमा जानुपर्ने पक्षमा छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल र उनीपक्षीय नेताहरु भने ओलीको कदम संविधानमाथिको हमला भएकाले लोकतान्त्रिक पार्टीले क्षणिक लाभहानी हेर्न नहुने पक्षमा छन् । पौडेल…
झापा, ८ पुस । सिलगुढी—झापा पेट्रोलियम पाइपलाइन परियोजनाको विस्तृत इन्जिनियरिङ सर्वेक्षण सम्पन्न भएको छ । नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनको संयुक्त प्राविधिक अध्ययन समूहले सर्वेक्षण सम्पन्न गरेको हो । यो कदमपछि परियोजनाको प्रारम्भिक चरण सम्पन्न भएको नेपाल आयल निगमले जनाएको छ । सर्वेक्षणले झापाको चारआलीदेखि मेची भन्सार हुँदै भारतीय सीमा सम्मको नेपाल तर्फको १५ किलोमिटर पाइपलाइनको ‘रुट’ पहिचान गरेको हो । पूर्वपश्चिम राजमार्ग र मेची राजमार्ग हुँदै पाइपलाइन बिछ्याइने निगमका निर्देशक तथा नेपालतर्फको संयुक्त अध्ययन समूहका संयोजक वीरेन्द्र गोइतले जानकारी दिए । संयुक्त अध्ययन समूहले पेट्रोलियम पदार्थ भण्डारण स्थलको पनि लेआउट तयार गरेको छ । उनले भने, “चारआलीमा…
झापा, ८ पुस । मंगलबार प्रदेश १ मा १ सय जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ९३, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ४ र विराट मेडिकल कलेजबाट ३ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २५ हजार ४९५ पुगेको छ । प्रदेश १ मा मंगलबार ६३ जना संक्रमित थपिएका छन् । मोरंगमा ३३, सुनसरीमा १८, झापामा ३, उदयपुर र तेह्रथुममा २–२ र प्रदेश १ बाहिर ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा २३, बुढीगंगामा ४, बेलबारी, कानेपोखरी, रंगेली, धनपालथान, कटहरी र सुनबर्षीमा १–१, सुनसरीको धरानमा ११, इटहरीमा ३, इनरुवा, गढी, दुहवी…