
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २७ मंसिर । बुधबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच भेट भयो । करिब एक महिनापछि झण्डै डेढ घण्टा भएको छलफलबारे बिहीबार आफू निटक बाग्मती प्रदेशस्तरीय नेता कार्यकर्तालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेको ब्रिफिङअनुसार अब दुई अध्यक्षबीच एक्लाएक्लै भेट हुनेछैन । ‘दुई जना मात्रै गफ गर्न नसक्ने अवस्थामा पुगियो, केही कुरा भन्नु छ भने विश्वास पात्र जो छ, उहाँ मार्फत् आउनुहोला, हाम्रो भेट कमिटीका बैठकमा मात्रै हुनेछ,’ प्रचण्डले भनेका थिए, ‘ओलीजीको बुहार्तन धेरै भयो, पार्टी कमिटीबाटै निर्णय गरेर जाऔँ ।’ अध्यक्षद्वय एक्लाएक्लै संवादमा बस्न नसक्ने स्थिति आएपछि पार्टीको भविष्य दोस्रो पुस्ताको काँधमा छ तर उनीहरुसमेत अध्यक्षद्वयलाई मिलाउन…
काठमाडौँ, २७ मंसिर । सरकारले संसदीय समितिमा अनुस्थित हुने र समितिले दिएका निर्देशन पनि पालना नगर्ने प्रवृत्ति बढेपछि संसद्को सर्वोच्चतामै प्रश्न उठेको छ। संसदीय समितिले प्रधानमन्त्री र मन्त्रीलाई समितिमा बोलाउँदा नआउने र दिएका निर्देशन पालना नगर्ने प्रवृत्ति बढेको छ। यसबाट संसद्लाई सरकारले नटेरेको तथा संसदीय सर्वोच्चताको मतलब नराखेको देखिएको छ। संसदीय शासन व्यवस्थामा जनताको प्रतिनिधिमूलक संस्था संसद्ले सरकारका कमजोरी औंल्याउने र सच्याउन निर्देशन दिने हो। तर केपी ओली नेतृत्वमा रहेको हालको सरकारले मिनी संसद्का रूपमा चिनिने संसदीय समितिमात्र होइन, संसद्कै निर्देशनलाई समेत बेवास्ता गरेको टिप्पणी भइरहेका छन्। यसको पछिल्लो उदाहरण हो राज्यव्यवस्था समितिको निर्देशनको उल्लंघन। प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले बुधबार…
झापा, २७ मंसिर । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ल्याउने प्रक्रियामा भइरहेका प्रगति र पहलका विषयमा चासो व्यक्त गरेका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको शुक्रबार सम्पन्न बैठकमा उपप्रधानमन्त्री पोखरेलले कोरोनाको खोप ल्याउन र भण्डारणमा रहेका समस्याबारे चासो राखेका हुन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा उपप्रधानमन्त्री पोखरेलले समयमै निःशुल्क खोप उपलब्ध गराउने बारेमा एमसीसी आबद्ध मन्त्रालयसँग छलफल भएको जानकारी दिए । उनले भने, “समयमै जनतालाई निःशुल्क खोप उपलब्ध गराउने सन्दर्भमा छलफल भएको हो । त्यस बाहेकका कतिपय निर्णयको कार्यान्वयनका सन्दर्भमा पनि अनौपचारिक छलफल ग¥यौँ ।” बैठकले कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि…
चितवन, २७ मंसिर । पर्यटकलाई आकर्षित गर्न चितवनको नारायणी नदी किनारलाई ‘सी–बिच’ का रूपमा विकास गरिने भएको छ । भरतपुर महानगरपालिकाले गौरव आयोजनाका रूपमा ‘सी–बिच’ निर्माण आयोजना अगाडि ल्याएको हो । देशकै मध्य भागमा पर्ने नारायणी नदी किनारलाई आकर्षक पर्यटकीय गन्तव्य विकास गर्ने योजना अनुसार काम अगाडि बढेको महानगर प्रमुख रेणु दाहालले जानकारी दिए । “लामो समयदेखिको प्रयास कार्यान्वयनको चरणमा आएको छ । हामी एकपछि अर्को गर्दै भरतपुरको विकासमा ‘सी–बिच’ मोडल ल्याएका हौँं,” नगरप्रमुख दाहालले भने । यो मोडलले महानगरकै मात्र नभई चितवनकै गौरव र आर्थिक गतिविधि बढाउने दाबी उनले गरे । पर्यटन विभागले महानगरको गुरुयोजना अनुसार प्रारम्भिक चरणको कामका लागि…
झापा, २७ मंसिर । विज्ञ चिकित्सकले गर्मीको तुलनामा जाडोमा कोरोना संक्रमणबाट हुने मृत्युदर बढ्ने खतरा औंल्याएका छन्। पछिल्लो तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या दैनिक घटिरहेको देखिए पनि मृत्यु दर भने घट्न सकेको छैन। नेपालमा दैनिक औसत पाँच हजार जना संक्रमित थपिँदा मृत्यु हुनेको संख्या २२ देखि ३२ सम्म थियो। हाल दैनिक एक हजारदेखि १२ सयको दरले संक्रमित थपिएका छन्, मृत्यु हुनेको संख्या १५ देखि २० हाराहारी छ। कोरोना संक्रमण घटेकै बेला संक्रमितको मृत्यु घट्नुको सट्टा बढ्ने सम्भावना रहेको चिकित्सकले औंल्याएका छन्। शुक्रराज सरुवा रोग अस्पतालका अनुसन्धान विभाग संयोजक डा। शेरबहादुर पुनको अनुभवमा वृद्धवृद्धा होम आइसोलेसनमा छन्, उनीहरूले आफ्नो स्वास्थ्य अवस्थाबारे…
काठमाडौं, २७ मंसिर । सरकारले कोरोना भाइरसविरुद्ध भारतमा बन्दै गरेका खोप किन्न सस्तो पर्नेे प्रारम्भिक अनुमान गरेको छ। भारतमा खोप निर्माणमा लागेका कम्पनीले प्रतिगोटा ८ डलरसम्म उपलब्ध गराउन सकिने जानकारी सरकारलाई दिएका छन्। भारतमा अक्सफोर्ड, बायोएनटेकलगायत कम्पनी खोप निर्माणमा जुटेका छन्। अरू देशमा उत्पादित खोपको मूल्य १० देखि १५ डलरसम्म पर्ने अनुमान सरकारको छ। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले खोप किन्नेबारे भइरहेका प्रगतिबारे शुक्रबार सामूहिक छलफल गरेका थिए। ‘जनतालाई समयमै निःशुल्क खोप उपलब्ध गराउनेबारे सीसीएमसीमा आबद्ध मन्त्रीहरूसँग सरकारका पछिल्ला निर्णय र त्यसमा भइरहेको प्रगतिबारे छलफल भएको हो’, उपप्रधानमन्त्री पोखरेलले भने, ‘समयमै जनतालाई निःशुल्क खोप…
काठमाडौैँ, २७ मंसिर । नेपाली श्रमिक इजरायल पठाउन गरिने आवश्यक प्रक्रिया थालिएको छ । नेपाल र इजरायल सरकारबीच गत असोजमा भएको श्रम सम्झौताअनुसार कार्यविधि तयार गरी दुई देशबीच प्रोटोकलमा हस्ताक्षर गर्ने तयारी भइरहेको छ । अहिलेकै जस्तो उत्साहले काम भएमा नेपाली श्रमिक इजरायल पठाउन आगामी पुसदेखि छनोट प्रक्रिया सुरु हुनेछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले इजरायलमा नेपाली श्रमिक पठाउने विषयमा छिट्टै प्रोटोकलमा हस्ताक्षर गरिने बताए । नेपाल सरकारका तर्फबाट कार्यान्वयन प्रोटोकलमा हस्ताक्षर गर्ने अधिकारको मन्त्रिपरिषद्बाट टुङ्गो लागेपछि श्रमिक छनोट प्रक्रिया अगाडि बढ्ने पनि उनको भनाइ छ । मन्त्री यादवले भने, “प्रोटोकलमा हस्ताक्षर गर्ने विषय बिहीबारको मन्त्रिपरिषद्को बैठकले…
झापा, २६ मंसिर । झापाको कमल गाउँपालिका–७ स्थित गेउरिया सडकखण्डमा मालबाहक पिकअप भ्यान पल्टेर घाइते भएका एक जनाको ज्यान गएको छ । इलाका प्रहरी कार्यलय दमकका अनुसार दुर्घटनामा परी घाइते भएका दमक–९का ५५ वर्षीय मङ्गल चौधरीको उपचारका क्रममा आज ज्यान गएको हो । उनको दमकको लाइफलाइन अस्पताल ल्याउना साथ ज्यान गएको प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले बताए । मार्बल लिएर दमकबाट गौरिगञ्जतर्फ जाँदै गरेको मे१च ६४९७ नम्बरको पिकअप भेन बिहान चक्का फुस्केर दुर्घटना भएको थियो । दुर्घटनामा परेर दमककै २६ वर्षीय सुनिल चौधरी र जलेश्वर चौधरी घाइते हुनु भएको प्रनाउ पण्डितले जानकारी दिए । घाइतेमध्ये सुनिललाई थप उपचारका लागि विराटनगर…
झापा, २६ मंसिर । प्रदेश १ मा आज ७७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २८, झापामा २२, सुनसरीमा १४, संखुवासभामा ३, धनकुटामा २, खोटाङ, इलाम र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १५, रतुवामाईमा ५, कानेपोखरीमा २, रंगेली, कटहरी, बेलबारी, सुन्दरहरैचा, ग्रामथान र पथरीशनिश्चरेमा १–१, झापाको मेचीनगर र बिर्तामोडमा ५–५, गौरादहमा ४, अर्जुनधारा, शिवसताक्षी र दमकमा २–२, बुद्धशान्ति र भद्रपुरमा १–१, सुनसरीको इटहरीमा ७, धरानमा ६, इनरुवामा १, संखुवासभाको खाँदबारीमा २, धर्मदेवीमा १, धनकुटामा २, खोटाङको दिप्रुङ चुईचुम्मामा १, इलाममा १ र ओखलढुङ्गाको चिशंखुगढीमा १ र प्रदेश…
बिर्तामोड, २७ मंसिर । झापाको अर्जुनधारा नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा–१ सालवारीकी ३३ वर्षीय ललित चौधरी रहेका छन् । बिहीबार राति १० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ११ प ६२५२ नम्बरको मोटरसाइकलले बाटो छेउमा बसिरहेका उनलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । घाइते चौधरीको उपचारको क्रममा राति १०ः४५ बजे बिर्तामोडको बि.एण्ड.सी. अस्पतालमा मृत्यु भएको हो ।