
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १८ पुस । झापा गाँउपालिका–६ शर्णामती बस्ने ४० वर्षीया कुमारी बराइलीको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ । हिजो साढे ३ बजे शर्णामतीस्थित भित्री सडकखण्डमा मे १ त ५९८९ नम्बरको ट्याक्टरले पैदली हिँडिरहेकी कुमारीलाई ठक्कर दिदा उनी गम्भिर घाइते भएकी थिइन । गम्भिर घाईते भएकी कुमारीको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा अपरान्ह ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ठक्कर दिने ट्याक्टर र चालक सोही स्थानका ४३ बर्षीय दिपक खतिवडा नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।
झापा, १७ पुस । राष्ट्रियसभाको हिउँदे अधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ । बैठकमा प्रतिनिधिसभा विघटन भएको घटनादेखि समसामयिक राजनीति र जनसरोकारका जल्दाबल्दा विषय उठ्ने भएको बुझिएको छ । जनता समाजवादी पार्टी (जसपा) बाट उक्त सभामा प्रतिनिधित्व गर्ने प्रमिला कुमारीले प्रतिनिधिसभा विघटन, उखु किसानका समस्या र नागरिकतालगायत जनसरोकारका मुद्दालाई यो अधिवेशनमा प्राथमिकताका साथ उठाइने बताइन् । यसैगरी राष्ट्रियसभामा नेकपाका नेता दीनानाथ शर्माले सरकारका कामकारवाहीलाई सहयोग पु¥याउने तथा जनताका समसामयिक आवाजलाई बुलन्द गर्ने विगतको अभ्यासकै रुपमा सदन अघि बढ्ने बताए । अध्यक्ष र उपाध्यक्षबाहेक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ४४, नेपाली कांग्रेसका सात र जसपाका तीन सदस्य रहेको उक्त सभामा राष्ट्रपतिबाट मनोनीत तीन…
झापा, १७ पुस । ग्रेगोरियन पात्रो अनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२१ शुरु हुँदैछ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुवात् भएको भन्ने भनाइ रहेको छ । पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई गे्रगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रसियाले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्व प्रशासक एवम् ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटी बताउनुहुन्छ । विवाद भएपनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ । यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने…
काठमाडौँ, १७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिका लागि सरकारले बसालेको जग अब देखिने गरी थप उचाइमा पुग्ने बताएका छन् । अन्तर्राष्ट्रिय नयाँ वर्ष सन् २०२१ को अवसरमा शुक्रबार शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रको अवस्था समृद्ध र जनताको जीवन सुखी बनाउने अभियान सार्थक बिन्दुको नजिक पुग्ने विश्वास पनि व्यक्त गरेका छन् । ‘आगामी वर्ष र दिनहरूमा हाम्रो राष्ट्रियता अझ मजबूत हुनेछ । हाम्रो स्वाधीनताको हामी अझ बढी व्यवहारिक र वास्ताविक अर्थमा प्रयोग गर्दै अघि बढ्ने छौं’, प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा भनेका छन्, ‘भौगोलिक अखण्डता र राष्ट्रिय हितहरूको रक्षा एवं राष्ट्रिय स्वाभिमानलाई माथि उठाउने छौं ।’ प्रधानमन्त्रीले…
काठमाडौँ, १७ पुस । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रूपमा विभाजित भए पनि कानुनी रूपमा एक छ। कानुनी रूपमा विभाजन हुन कठिनाइ देखिएको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ३३ को उपदफा ३ मा निर्वाचन आयोगबाट मान्यता प्राप्त गरेको मितिले पाँच वर्षसम्म त्यस्तो दलबाट छुट्टिएर अर्को दल गठन हुन सक्ने छैन भन्ने उल्लेख भएका कारण नेकपा कानुनी रूपमा विभाजित हुन समस्या भएको हो। तत्कालीन एमाले र माओवादी केन्द्र २०७५ साल जेठ ३ गते एकता भएको थियो। पाँच वर्ष नपुग्दै आन्तरिक विवादले नेकपा दुई समूहमा विभाजित भए पनि एकीकरण भएको पाँच वर्ष नपुगेकाले दुवै समूहले विधिवत् रूपमा विभाजित भएको घोषणा गर्न…
काठमाडौँ, १७ पुस । बेलायतले आपत्कालीन स्वीकृति प्रदान गरेको कोभिड–१९ विरुद्धको अक्सफोर्ड एस्ट्राजेनिकाको खोप ल्याउन नेपाललाई सहज हुने भएको छ । यो खोप भारतमा पनि उत्पादन हुने भएकाले नेपाल ल्याउन अनुकूल देखिएको हो । बेलायतको मेडिसिन एन्ड हेल्थ केयर प्रोडक्टस् रेगुलेटरी एजेन्सी (एमएचआरए) ले बुधबार यो खोपलाई स्वीकृत गरिसकेको छ । भारतमा पनि जनवरी पहिलो साता यसले आपत्कालीन स्वीकृति पाउने सम्भावना छ । नेपालको पूर्वाधार र संरचनाअनुकूल २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिने एजेडडी १२२२ खोप भारतमा कोभिसिल्डको नामबाट विश्वकै सबैभन्दा ठूलो खोप निर्माता कम्पनी सिरम इन्स्टिच्युट आफ इन्डिया (एसआईआई) ले पनि उत्पादन गरिरहेको छ । नेपालले अन्य…
काठमाडौँ, १७ पुस । नेपाल भारतबीच भएको महाकाली सन्धि विषयका कतिपय असमझदारी टुङ्गो लागेका छन् । सन्धिको धारा ३ मा उल्लेखित पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको लागत सहभागिता, धारा ४ मा उल्लेखित दोधारा चाँदनीमा सिँचाइ टनेल निर्माण तथा ७ मा उल्लेखित ‘अपस्ट्रिम’मा पानी छाड्ने विषयमा दुवै देशका सचिवस्तरीय समितिले सहमति जुटाएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र भारतका जलस्रोत सचिव युपी सिंह नेतृत्वमा भएको दुई पक्षीय वार्ताले यी विषयमा टुङ्गो लगाएको हो । वार्ता तीन दिनअघि (डिसेम्बर २८) मा नयाँदिल्लीमा भएको थियो । महाकाली नदीपारिको नेपाली भूमि दोधारा र चाँदनीमा सिँचाइका लागि नहर बनाउने विषयमा यसअघि पञ्चेश्वर…
काठमाडौँ, १७ पुस । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर चीन र भारतपछि अमेरिकाले मुख खोलेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले यसलाई नेपालको आन्तरिक मामिला भनेको छ । ‘यो नेपालको सार्वभौम संस्था र राजनीतिक दलले आफ्नो लोकतान्त्रिक संवैधानिक प्रक्रिया र कानुनको शासनअनुरुप समाधान गर्ने आन्तरिक मामिला हो’, दूतावासकी प्रवक्ता आना रिची–एलेनले भनिन् । प्रधानमन्त्री केपी ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेका थिए । सो विषयलाई लिएर यसअघि भारत र चीनले पनि यो नेपालको आन्तरिक मामिला रहेको आशय राखेका थिए ।
बिर्तामोड, १६ पुस । झापाको बिर्तामोडस्थित भद्रपुर रोडमा मिठो रेष्टुरेन्ट एण्ड थकाली किचन सञ्चालनमा आएको छ । लामो समयदेखि होटल क्षेत्रमा काम गरीरहेका नेत्र न्यौपानेले मिठो रेष्टुरेन्ट एण्ड थकाली किचन सञ्चालनमा ल्याएका हुन् । भोलि पुस १७ गते शुक्रबार रेष्टुरेन्टको औपचारीक रुपमा उद्धघाटन गरिने सञ्चालक न्यौपानेले बिहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । मिठो रेष्टुरेन्टमा पारिवारिक रेष्टुरेन्टसहित गुणस्तरीय, स्वादिष्ट, स्वस्थ र सस्तो मूल्यमा थकाली खाना पाइने सञ्चालक न्यौपानेको भनाई छ । पछिल्लो समय थकाली खानामा मानिसको चाहाना बढ्दै गएकाले ग्राहकको चाहना बमोजिम मिठो रेष्टुरेन्ट सञ्चालमा ल्याइएको हो, सञ्चालक न्यौपानेले आयोजित पत्रकार सम्मेलनमा भने, सस्तो मुल्यमा राम्रो खुवाउंछौं । उनका अनुसार…
झापा, १६ पुस । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १७६ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होमआईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार २८६ पुगेको छ । प्रदेश १ मा आज २० जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १३, झापामा ४, सुनसरी, खोटाङ र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको कटहरी र विराटनगरमा ३–३, बुढीगंगा र गौरादहमा २–२, ग्रामथानमा १ र स्थानीय तह नखुलेका २, झापाको शिवसताक्षीमा २, अर्जुनधारा र विर्तामोडमा १–१, सुनसरीको इटहरी, खोटाङको खोटेहाङ र प्रदेश १ बाहिरका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ…