
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १४ पुस । झापाको शिवसताक्षी नगरपालिका–१० मा आज भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ग १ ख ६४३७ नम्बरको ट्रकले शौचालय गएर फर्कदै गरेका को २ च १५८२ नम्बरको पिकअपका चालक, केरावारी गाऊँपालिका–८ मोरङका ४६ वर्षीय भोजराज आचार्यलाई ठक्कर दिंदा घाइते भएका आचार्यको बिर्तामोडको बिएण्डसी अस्पतालमा उपचारको क्रममा आज बिहान पौने १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई ईलाका प्रहरी कार्यालय सुरुङगाले नियन्त्रणमा लिई अन्य थप अनुसन्धानई भईरहेको उक्त कार्यालयले जनाएको छ ।
झापा, १४ पुस । पछिल्लो २४ घण्टामा प्रदेश १ मा २५३ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २४६, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ५, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराट मेडिकल कलेजबाट १–१ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २७ हजार ८७० पुगेको छ । प्रदेश १ मा आज ३० जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १५, झापा र सुनसरीमा ४–४ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ५, केराबारीमा ४, बुढीगंगामा ३, बेलबारी, मिक्लाजुङ र उर्लाबारीमा १–१, झापाको मेचीनगरमा २, दमक र विर्तामोडमा १–१, सुनसरीको…
बिर्तामोड, १४ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाको जिल्ला भेला सम्पन्न भएको छ । पार्टी एकताको पक्षमा र प्रतिगमनको विरुद्धमा बिर्तामोडस्थित गौरीशंकर स्मृति प्रतिष्ठानमा आज भेला सम्पन्न भएको हो । चार सयभन्दा बढी पार्टी कार्यकर्ताको सहभागी भेलामा प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य एवम् प्रदेश सहइञ्चार्ज नरेश खरेलले खुन–पसिना बगाएर स्थापित कम्युनिष्ट सरकार जनतालाई धोका दिन नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जनताले दिएको बहुमतलाई अपमान गरेर प्रतिगमनमा जाने छुट कसैलाई छैन ।’ भेलालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य तथा झापा इञ्चार्ज रविन कोइरालाले झापा प्रतिगामीहरुको नभई क्रान्तिकारीहरुको जिल्ला भएको बताउनुभयो । केन्द्रीय सदस्य तथा झापा सह–इञ्चार्ज धर्मशीला चापागाईले सुखानीका शहीदहरु जन्मिएको…
झापा, १४ पुस । ‘प्रतिनिधिसभा र प्रदेशसभा चुनाव लागेपछि सरकार स्वतः काम चलाउन हुन्छ, काम चलाउ सरकारले संविधानविपरीत र बजेटमा नभएको कुरा लागू गर्न सक्दै,’ तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७४ माघ १५ गते पार्टी कार्यालय धुम्बाराहीमा चेम्बर अफ कमर्सको कार्यक्रममा भनेका थिए, ‘संविधानविपरीत निर्णय गरेर यो सरकारले बर्बाद पार्यो ।’ अहिले यो सरकार पनि काम चलाउ नै भएको निष्कर्ष निस्किएपछि अब प्रश्न उठ्छ, काम चलाउन सरकारले गर्न पाउने र नपाउने काम के–के हुन् ? काम चलाउन भइसकेपछि नै मन्त्रिपरिषद् पुनर्गठन र मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेर संविधानको मर्म मिचिसकेपछि यो प्रश्न थप वाञ्छनीय भएको कानुनविद्हरुको तर्क छ । कानुनविद्हरु…
कनकाई, १४ पुस । झापाको पर्यटकीय क्षेत्र माइधारमा पहिलो पटक ए श्रेणीको बैंक माछापुच्छ«े बैंक स्थापना भएको छ । सोमवार विशेष कार्यक्रमका विच बैंकको साखा रहित बैंकिङ सेवाको शवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार सेर्माले विशेष कार्यक्रमका बीच उदेघाटन गर्नुभयो । सेर्माले बैंकिङ सेवाको उद्घाटन गर्नुहुदै यस क्षेत्रमै पहिलो पटक ठुलो बैँकको स्थापना भएको भन्दै यस क्षेत्रको विकास र समृद्धिको यात्रामा बैंक कोसेढुङ्गा सावित हुने बताउनुभयो । बैंकलाई नगरपालिकाको तर्फबाट स्वागत गर्दै जुनसुक्कै सहयोग गर्न नगरपालिका तत्पर रहेको समेत बताउनुभयो । कार्यक्रममा बोल्दै नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपालले नगरको विकास भनेको भौतिक विकास मात्रै नभएको भन्दै आर्थिक गतिविधिविना सबै विकास अपूरो अधुरो रहने…
झापा, १४ पुस । कोभिड–१९ (कोरोना महामारी) कारण बन्दाबन्दी र समयमा मनसुन सुरु भएका कारण यसपालि धान उत्पादन १.२८ प्रतिशतले बढेको छ तर पछिल्लो समय युरिया मलको अभावका कारण प्रक्षेपण गरेअनुसारको धान उत्पादन भने हुन सकेन । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले दिएको जानकारीअनुसार यसपटक ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्षको तुलनामा ७० हजार ८३१ मेट्रिक टन बढी धान उत्पादन भएको हो । मन्त्रालयका अनुसार गत वर्ष ५५ लाख ५० हजार ८७८ मेट्रिक टन धान उत्पादन भएको थियो । मन्त्रालयका अनुसार यसपालि उत्पादकत्व हालसम्मकै सबैभन्दा बढी ३.८२ प्रतिशत पुगेको छ, जुन गत…
ताप्लेजुङ, १४ पुस । ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा पाँच दिनदेखि लागेको डढेलो मन्दिर परिसरमा नै पुगेपछि आगो नियन्त्रण गर्न हेलिकप्टरको प्रयोग गरिएको छ । बिहीबारदेखि लागेको डढेलो सोमबार बिहान मन्दिर परिसरमा नै पुगेको थियो । स्थानीयवासीसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले हरसम्भव प्रयास गर्दासमेत आगो नियन्त्रणमा नआएको र मन्दिर नै जोखिममा परेपछि सिम्रिक एयरको हेलिकप्टर झिकाइएको थियो । हेलिकप्टरले जोरपोखरीबाट पानी लगेर मन्दिर परिसरको आगो निभाएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिए । उनका अनुसार विषेश प्रविधिको बकेटमा पानी ल्याएर हेलिकप्टरले आकाशबाटै आगलागी क्षेत्रमा पानी खन्याएको थियो । उक्त हेलिकप्टरले पाँच पटक…
बिर्तामोड, १३ पुस । झापाको बिर्तामोड–३ बिर्तावजार नजिकै एक अटो ग्यारेजमा आज साँझ आगलागी भएको छ । उमेश साहले सञ्चालन गर्दै आएको अटो ग्यारेजमा आगलागी भएको इलाका प्रहरी कार्यालय अनारमनी प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए । आगलागीको कारण भने खुल्न सकेको छैन । ग्यारेजमा आगलागी हुँदा नयाँ तथा मर्मतका लागि ल्याएका अटो जलेर नस्ट भएका छन् । कति अटो जले यकिन विवरण आउन वाँकी छ प्रहरी नायव उपरीक्षक रिजालले भने – बिर्तामोड नगरपालिकासहित चारबाट वरुणयन्त्र , प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिएको छ ।
बिर्तामोड, १३ पुस । तमु ह्युल छोज धि गुरुङ रास्ट्रिय परिषद नगर ईकाइ समिति बिर्तामोडले पुस १५ गते तमु ल्होसारको सार्वजनिक बिदाको माग गर्दै ज्ञापनपत्र बुझाएको छ । नगर परिषदले सोमबार बिर्तामोड नगर प्रमुख लगायत १० वडाकै बडा अध्यक्ष माफत ज्ञापनपत्र बुझएको नगर अध्यक्ष सल बहादुर गुरूङले बताउनुभयो । विभिन्न जात जाति समुदायले मनाउदै आएको पर्व स्थानीय चुनावपछि सरकार गठन भएसँगै सार्वजनिक बिदा कटौती गरेको थियो । विदा कटौतीको पुनःस्थापनाको माग गर्दै विभिन्न जातजाति समुदाय असन्तुष्ट छन् ।
बिर्तामोड, १३ पुस । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले शाखा प्रमुखहरुसँगको तीन दिने समीक्षा गोष्ठी आज सम्पन्न गरेको छ । संस्थाको कारोबारलाई थप ब्यवस्थित बनाउँदै अत्याधुनिक प्रविधि अवलम्बन गर्न तथा सञ्चालक समितिले बनाएको वार्षिक कार्ययोजनालाई सफल बनाउन शाखा प्रमुखहरुसँग छलफल गरिएको कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले बताएका छन् । समीक्षा गोष्ठीको तेस्रो दिन संस्थाका कार्यकारी प्रमुख बस्नेतले सिम्रिक साकोसको रणनीतिक योजनामाथि बिस्तृतमा छलफल गरेका थिए । संस्थाले निर्धारण गरेको वित्तीय लक्ष्य पछ्याउन हरेक कर्मचारीको उत्तिकै योगदान हुनुपर्ने औंल्याउँदै कार्यकारी प्रमुख बस्नेतले यसको नेतृत्व शाखा प्रमुखहरुले लिनु पर्ने निर्देशन गरे । समीक्षा गोष्ठीको दोस्रो दिन हिजो सेवाकेन्द्र स्तरीय कारोबारमाथि विश्लेषण गरिएको…