
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौं, १० पुस । स्थिर सरकार र एउटै कम्युनिस्ट केन्द्र बनाउने वाचासहित ०७५ जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको थियो। पार्टी एकता ३१ महिना पनि टिक्न सकेन। अन्ततः यही पुस ७ गते नेकपा दुई टुक्रा भयो। दुवै पक्ष नेकपाकै नाममा वैधानिकताको खोजी गरिरहेका छन्। अर्कातिर एकअर्काविरुद्ध जुध्ने गरी कार्ययोजना बनाई अगाडि बढेका छन्। ओली पक्ष प्रतिनिधिसभा विघटनलाई स्वागत गर्दै निर्वाचनसँगै गाउँ तहसम्मै जान लागेको छ। दाहाल–नेपाल पक्ष भने प्रतिनिधिसभा पुनःस्थापनाको मुद्दा लिएर गाउँ तहसम्मै आन्दोलनमा जाने तयारीमा छ। दुवै पक्षका बिहीबार बसेका केन्द्रीय समिति बैठकले त्यहीअनुरूपका कार्ययोजना तय गरेका हुन्। मुख्य एजेन्डा निर्वाचननेकपाको ओली पक्षले…
काठमाडौँ, १० पुस । राजनीतिको अधिकांश समय एउटै मोर्चामा रहेका पुष्पकमल दाहाल प्रचण्ड र रामबहादुर थापा बादलबीच दोस्रो पटक सम्बन्धविच्छेद भएको छ । यसअघि २०६९ सालमा दाहाल नेतृत्वको माओवादीबाट अलग भएका थापा बिहीबार विधिवत् रूपमै ओलीको नेकपामा विलय भएका छन् । थापाको राजनीतिक पृष्ठभूमि र सिद्धान्त ओलीसँग मिल्नेखालको छैन । उनले बिहीबार ओली नेकपाको मञ्चमा गरेको भाषण क्रान्तिकारी माओवादीको प्रखर नेताको जस्तै सुनिएको थियो । उनले बारम्बार क्रान्ति, प्रतिक्रान्ति, अग्रगमन र पश्चगमनजस्ता शब्द प्रयोग गरेका थिए । थापाले नेकपाको अर्को समूह व्यवस्था परिवर्तनमा लागेको र उनीहरूलाई संघीयता र गणतन्त्र फिटिक्कै मन नपरेको बताइरहँदा उनैले मोहन वैद्य नेतृत्वको पार्टीबाट ल्याएका ३४…
काठमाडौँ, १० पुस । प्रतिनिधिसभा विघटन संवैधानिक कि असंवैधानिक भन्ने विषयको छिनोफानो सर्वोच्च अदालतले गर्ने नै छ। प्रतिनिधिसभा विघटनको संकेत दुईचार दिनअघि नै देखिएको थियो। तर त्यतिबेला मौन बसेका सभामुख अग्नि सापकोटा विघटनपछि सक्रिय भएर के गर्ने भन्ने प्रश्न उठ्नु स्वाभाविक हो। प्रतिनिधिसभा विघटनपछि विशेष अधिकार प्रयोग गरेर संसद् बोलाउने विषयमा उनले छलफल मात्र गरेनन्, बुधबार विज्ञप्ति जारी गरेर संसद् विघटन गलत भएको र उच्चस्तरीय राजनीतिक छलफलको आवश्यकता रहेको पनि बताए। उनले अविश्वासको प्रस्ताव साढे ३ बजे नै दर्ता भएको भन्ने विज्ञप्ति जारी गर्न संसद् सचिवालयलाई निर्देशन दिए। अब सभामुखको भूमिका के त भन्ने ज्वलन्त प्रश्न उठेको छ। ‘सभामुखले अब…
काठमाडौं, १० पुस । सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा भएको पाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदनमा स्थानीय तहसमेत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसम्बन्धी भ्रष्टाचारसम्बन्धी उजुरी ३०.०७ प्रतिशत परेको उल्लेख छ। आयोगले उक्त प्रतिवेदन बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ। अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले मन्त्रालयगत रूपमा स्थानीय तहका कारणले सामान्य प्रशासनर्फत सबैभन्दा धेरै उजुरी परेको पाइएको जानकारी दिए। शिक्षा क्षेत्रमा १६.३६, भूमि प्रशासनमा ८.२९ प्रतिशत उजुरी परेका छन्। त्यस्तै, दर्ता उजुरीमध्ये वन तथा वातावरणसँग सम्बन्धित ४.२१, स्वास्थ्य तथा जनसंख्यासँग सम्बन्धित ४.०७ र गृह प्रशासनसँग सम्बन्धित ३.६५ प्रतिशत छन्। भौतिक पूर्वाधार तथा यातायाततर्फ ३.५९, ऊर्जा, जलस्रोत तथा सिँचाइतर्फ २.६६, अर्थतर्फ…
दीपक चापागाईं हिजो विपीको समाजवाद माथिदर्जनौं पटक बलत्कार गर्नेहरूआजका दिनमा कालमार्क्सकोसमाजवाद बलात्कार गर्नेहरूकोपीडा र रोदनको चित्कारलाईगीतको संगीत मानेर लर्बराउँदैतारे होटलहरूमा विदेशी ब्रान्डकारक्सी, ह्विस्कीका गिलास ठोकाउँदैहर्षोलासले चियस भनिरहँदाकोउल्लासमय बनेको वातावरणलाईझ्यालबाट चियाइरहेको समाजवाद।त्यो अकल्पनीय दृश्यलाई देखेररन्थनिऐको समाजवादले पुल्लुकफर्किएर गाउँ र बस्तीलाई हेर्दाझुपडीको प्वाल परेको छानाबाटअन्धकारमा चम्किएका तारालाईआधापेट खाऐर सुतेको श्रमिकलेसुस्केरा हालेर हेरिरहेका बेलाजाडोले शरीर ढक्ने लुगा नपाएरछेवैमा सुतेका स्वास्नी र छोरा छोरीकामिरहेको टुलुटुलु हेर्दै स्पर्श गर्दैआफूले मतदान दिएर जिताएकाशासकहरूको तमासा देखेरमतदान दिऐका हातहरू थुक्दैदुनियाँका सामु सपना देखाएकोसमाजवादलाई धिक्कारिरहेछ।जनतालाई धोका दिएर सधैँसत्ता र शक्तिमा रन्थनिएरसमजवादमाथि बलात्कार गर्नेबलात्कारीलाई जनताका सामुटुडिखेलमा लगेर फाँसी नदिएजुगै जुग समाजवाद रोइरहनेछ ।
झापा, ९ पुस । झापाको मेचीनगर नगरपालिका-९ का ४७ बर्षीय बुधलाल किसान र २८ बर्षीय भयङकर भनिने भुखन किसान, ब्यक्ति हत्याको आरोपमा पक्राउ परेका छन् । यही पौष ०३ गते आफ्नै घर अगाडी मृत फेला परेका स्थानीय ४२ बर्षीय पुलिस भनिने पर्शुराम गौतमको हत्या भएको आशंकामा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले गौतमको हत्याको आरोपमा दुई जनालाई पक्राउ गरेको हो । मृत फेला परेका गौतमको शरिरमा बिभिन्न निल डाम तथा चोटपटक रहेको देखि गम्भिर रुपमा अनुसन्धान थालेको प्रहरी टोलीले घटनामा संग्लग्न रहेका उनीहरुलाई पक्राउ गर्न सफल भएको हो भने पक्राउ परेका दुबै जनाले घटनामा आफ्नो संग्लग्नता रहेको साबिती…
झापा, ९ पुस । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५१५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५०१, मेची अस्पतालबाट ५, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ४, विराट मेडिकल कलेजबाट ३ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र न्युरो अस्पतालबाट १–१ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २६ हजार २९६ पुगेको छ । प्रदेश १ मा आज ५० जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १७, सुनसरीमा १४, झापामा १२, इलाम, पाँचथर र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा १३, सुन्दरहरैचा, मिक्लाजुङ, बेलबारी…
बिर्तामोड, ९ पुस । झापाको भद्रपुर नगरपालिका–३ स्थित झुलुङ्गेपुलबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर–२ का ३६ वर्षीय दीपक राई, सोही स्थानका ३५ वर्षीय शेरबहादुर बस्नेत र बिर्तामोड–५ का २१ वर्षीय सञ्जय तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिनुभयो । विशेष सूचनाका आधारमा प्रहरी चौकी मेचीपारिबाट खटिएको प्रहरी टोलीले राई र बस्नेतलाई बुधबार बेलुका भद्रपुर–३ स्थित झोलुङ्गे पुलबाट मे२प ४३१८ नं. को मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा चेकजाँच गर्दा स्कूफ सिरप १०, नाइट्रोजन १०४ पिस, उइनपास मोफोट ७२ पिस, लुपिजेसिक ८ एम्पुल, फेनरागन ८ एम्पुल, डाइजेपाम ८ एम्पुल र गाँजा…
बिर्तामोड, ९ पुस । झापाको बिर्तामोड–१ बाट ब्राउनसुगरसहित बुधबार दिउँसो एक जना पक्राउ परेका छन् । यहाँस्थित शान्ति टोलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेका मे.८प. ३४२८ नं. को मोटरसाइकललाई इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले विषेश सुराकीको आधारमा चेकजाँच गर्ने क्रममा ब्राउनसुगर बरामद गरेको छ । मोटरसाइकल चालक बिर्तामोड–५ का सञ्जय तामाङले शरीरका विभिन्न भागमा लुकाई छिपाई ल्याउदै गरेको २६ ग्राम ब्राउनसुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिनुभयो । पक्राउ परेका तामाङलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
ताप्लेजुङ, ९ पुस । पहाडी क्षेत्रको मुख्य आमदानीको स्रोत मानिएको अलैँचीले भने जस्तो मूल्य नपाउँदा अलैँची कृषक चिन्तित छन् । केही वर्ष यतादेखि अलैँचीको मूल्यमा क्रमशः उतारचढाव आइरहेको छ । गत वर्षको अलैँची मुस्किलले बिक्री गरेका किसानले यो वर्ष नयाँ उत्पादनसँगै भाउ बढ्ने आशा गरेका थिए तर बजारमा नयाँ उत्पादन लैजाँदा गत वर्षको भन्दा पनि कम मूल्य पाएपछि थप निराशा छाएको छ । चार वर्षअघि प्रतिमन (४० किलो) रु एक लाखभन्दा बढीमा अलैँची बेच्न पाउँदा पहाडी क्षेत्रका अलैँची कृषक उत्साहित थिए । त्यही समयमा अलैँची खेतीमा लगानी पनि बढाए तर अर्को वर्षदेखि क्रमशः मूल्य घटेपछि ऋण लिएर अलैँचीमा लगानी गरेका…