
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ४ पुस । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण दर घट्दै जाँदा निको हुने दरमा वृद्धि हुनुले सुखद् परिणाम देखिन थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार विगतका महिनामा पाँच हजारको परीक्षणमा दुई हजार माथि नै सङ्क्रमण दर रहेकोमा अहिले घटेर पाँच सयदेखि एक हजारसम्म सङ्क्रमण दर सीमित रहनु सुखद खबर रहेको जनस्वास्थ्य विज्ञको भनाइ छ । निको हुने दरमा क्रमशःवृद्धि हुँदा सकारात्मक परिणाम देखिँदै आएको उहाँहरुको बुझाइ छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार शुक्रबार मात्रै पाँच हजार ७०६ को परीक्षण गर्दा जम्मा ७८२ मा मात्रै सङ्क्रमण देखिएको छ । जसमा ३०५ महिला र ४७७…
झापा, ३ पुस । प्रदेश १ सरकारले ९ जिल्लाका १८ वटा स्थानीय तहमा स्किम बैंक सञ्चालन गर्ने भएको छ । आगामी माघ १ गतेदेखि कार्यक्रम कार्यन्वयनमा लगिने तयारी गरिएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेले माघ १ गतेदेखि कार्यक्रमलाई कार्यन्वयनमा लैजान निर्देशन दिनुभएको छ । पालिका केन्द्रित कार्यक्रम भएकाले स्थानीय तहका प्रमुखहरुलाई कार्यक्रमलाई प्रभावकारी बनाउन मन्त्री घिमिरेले जोड दिनुभयो । व्यवसाय गर्ने सोच भएका युवाहरुलाई लक्षित गरी रोजगार तथा स्वरोजगार सिर्जना गर्ने उद्देश्य सहित सामाजिक विकास मन्त्रालयले स्किम बैंक सञ्चालनको तयारी गरेको हो । कार्यक्रम सञ्चालनका लागि नमूनाका रुपमा सुनसरीको दुहवी र बराहक्षेत्र, मोरङको कटहरी र मिक्लाजुङ, झापाको कन्काई…
झापा, ३ पुस । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १४३ कोरोना संक्रमित डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १२०, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १६, विराट मेडिकल कलेजबाट ४, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २ र न्युरो अस्पतालबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २४ हजार ३९० पुगेको छ । प्रदेश १ मा आज ४३ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १४, मोरंगमा १२, झापामा ६, ताप्लेजुङमा २, संखुवासभा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको इटहरीमा ७, धरानमा ५ र रामधुनीमा २,…
बिर्तामोड, ३ पुस । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । संस्थाले २० औँ साधारणसभाको पूर्वसन्ध्यामा आज कार्यालय परिसरमा पत्रकार भेटघाटको आयोजना गरी प्रगति प्रतिवेदन सार्वजनिक गरेको हो । कार्यक्रममा संस्थाका अध्यक्ष टिसबहादुर श्रेष्ठले आर्थिक वर्ष २०७६/०७७ को वित्तीय अवस्थाका बारेमा जानकारी दिनुभयो । उहाँले कोरोना भाइरसको महामारीका कारण संस्थाले लिएको लक्ष्य पूर्ण रुपमा प्राप्त गर्न नसके पनि निराशाजन नभएको बताउनुभयो । कोरोनाको संकटका बेला नाफा आर्जन, सदस्य विस्तार, लगानी बढाउने भन्दा पनि सदस्यको पीरमर्कामा संस्था केन्द्रित भएको उहाँको भनाइ छ । “सदस्यालाई राहत, उपचार, सहयोग गर्ने कुरामा…
झापा, ३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटीमा व्यक्त प्रतिबद्धताअनुसार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिनुको साटो उल्दै संवैधानिक परिषद्को बैठक राख्ने प्रयत्न गरेका छन्। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीलाई भेटेरै परिषद्को बैठक राखे त्यसले दुर्घटना निम्त्याउने भन्दै सचेत गराएपछि उनले अन्तिम समयमा बैठक स्थगित गरेका छन्। बुधबारको सहमतिअनुसार अध्यादेश फिर्ताका लागि बोलाइएको भनिएको बिहीबार साँझको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले अध्यादेशबारे उच्चारण नै नगरेपछि पार्टीका नेताहरू सशंकित बनेका छन्। मन्त्रिपरिषद्का सदस्यहरू प्रधानमन्त्रीको पछिल्लो क्रियाकलपाबाट आजित देखिएका छन्। पार्टीका कार्यकारी अध्यक्ष दाहालले अध्यादेश फिर्ताको निर्णय बिहीबारकै मन्त्रिपरिषद् बैठकबाट लिन प्रधानमन्त्रीलाई आग्रह गरेको जानकारी दिँदै…
हुम्ला, ३ पुस । हुम्लाको नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका तीनवटै बस्तीमा पहिलेदेखि चलिआएको न्येलु प्रथा अब बिस्तारै घट्न थालेको छ । विवाह नगरे पनि महिलाले बच्चा जन्माउने र त्यस्ता महिलालाई उनीहरूका बाबुले नै घरबासको बस्दोबस्त गरिदिने प्रथालाई हुम्लामा न्येलु प्रथाका रूपमा चिनिन्छ । कानुनले वर्जित गरेको तर समाजमा विगतमा चलिआएको यो प्रथालाई कतिपयले कुप्रथा पनि भन्ने गर्छन् । पछिल्लो समय युवामा शिक्षा र चेतनाकै कारण गाउँमा यो प्रथा निकै घट्न थालेको पाइएको छ । यो परम्परा लामो समयदेखि रहे पनि यता चार वर्षमा यस्तो प्रथाअनुरूप बच्चा नजन्मिएको स्थानीय बताउँछन् । लिमीका तीनै गाउँमा युवती बढी तर युवक कम…
काठमाडौं, ३ पुस । नेपाल प्रहरीले उखु किसानबाट उखु लगेर सोबापतको रकम भुक्तानी नदिने चिनी मिलका ‘साहु’ खोज्न प्रहरी परिचालन गरेको छ । गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले किसानबाट उखु लगेर ठगी गरी रकम नदिने ‘साहु’ खोज्न सर्कुलर जारी गरे पनि प्रहरीले भने उनीहरूलाई बुधबार र बिहीबार दुई दिन बित्दासमेत भेटेको छैन । विभिन्न चार वटा चिनी मिलका सञ्चालकले उखु लगेबापत किसानलाई करिब ७० करोडभन्दा बढी बक्यौता भुक्तानी गर्न बाँकी छ । जसअनुसार लुम्बिनी सुगर मिलले ८ करोड ४१ लाख, अन्नपूर्ण सुगर मिलले १७ करोड, इन्दिरा सुगर मिलले ४ करोड ७० लाख र श्री राम सुगर मिलले सबैभन्दा…
काठमाडौं, ३ पुस । सत्तारूढ दल नेकपाभित्र देखिएको संकट समाधान गर्न दोस्रो तहका युवा नेताले प्रभावकारी पहल थालेका छन् । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल समूहको विशेष अधिवेशनको मागपत्र फिर्ता गराएर पार्टीभित्रको गम्भीर संकट रोक्न सफल भएका युवा नेताले पार्टीलाई एक राख्न थप सक्रियता देखाउन थालेका छन् । जसअनुसार आगामी ५ पुसमा तय भएको स्थायी कमिटी बैठकअघि नै दुवै अध्यक्षका आरोप र प्रत्यारोप समेटिएका दस्तावेज फिर्ता गराउने गरी दोस्रो तहका नेता दौडधूपमा लागेका छन् । बुधबार प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्ष दाहालसँग अध्यादेश फिर्ता गर्ने भए राष्ट्रपति कार्यालयमा…
झापा, ३ पुस । बिहीबार प्रदेश १ मा २२३ जना डिस्चार्ज भएका छन् । होमआइसोलेसनबाट १९३, मेची अस्पताल र होटल एशियाटिक आईसोलेसनबाट १२–१२, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, बेलबारी आईसोलेसन केन्द्र र विराट मेडिकल कलेजबाट २–२ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २४ हजार २४६ पुगेको छ । प्रदेश १ मा बिहीबार ४७ जना कोरोना संक्रमित थपिएका छन् । ४६७ जनाको पीसीआर परीक्षण गर्दा २४ महिला र २३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । मोरङमा १९, झापामा १५, सुनसरीमा ११, संखुवासभा र प्रदेश १ बाहिर १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा १५,…
विराटनगर, १ पुस । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले मोरङको कटहरी क्षेत्रमा अबरुद्ध भएको रेलमार्गको परियोजना अघि बढाउन पहल शुरु गर्नुभएको छ । मुआब्जा विवादका कारण लामो समयदेखि अबरुद्ध भएको रेलमार्ग निर्माण कार्यलाई अघि बढाउन उहाँले आज मन्त्रालयमा रेल विभागका प्रतिनिधि, स्थानीयबासी, राजनीतिक दलका प्रतिनिधि, गाउँपालिका प्रमुख, प्रमुख जिल्ला अधिकारी सहितको बैठक राखेर परियोजना निर्माणलाई अघि बढाउनु पर्ने बताउनु भएको छ । जनप्रतिनिधि विहिनताको अवस्थामा स्थानीयको आवाज नसुनिएका कारण रेलमार्ग भित्र रहेको करिव २५ विगाहा क्षेत्रफलको मुआब्जा रोकिएको उहाँले बताउनुभयो । रेलमार्ग निर्माण हुनेभएपछि सो क्षेत्रमा ९ बर्षअघि जग्गाको मूल्यांकन गरि मुआब्जा वितरण शुरु गरिएको थियो ।…