
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १ पुस । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ११२ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १०९, मेची अस्पताल झापाबाट २ र विराट मेडिकल कलेजबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २४ हजार २३ पुगेको छ । प्रदेश १ मा आज ५३ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २१, सुनसरीमा १७, झापामा १०, पाँचथर र इलाममा १–१ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १३, उर्लाबारीमा ३, सुन्दरहरैचा र बेलबारीमा २–२ र बुढीगंगामा १, सुनसरीको इटहरीमा ६, बराहक्षेत्रमा ३, धरान, इनरुवा र भोक्राहानरसिंहमा २–२, कोशी र…
बिर्तामोड, १ पुस । हुण्डाइको गाडी किनेका ग्राहकको हात अहिले स्टेरिङ होइन, पुर्पुरोमा पुगेको छ । किनेको डेढ वर्षमै गाडीको ढोका कुहिन थाल्नुका साथै रंग पनि उक्किन थालेपछि उनीहरुको हात पुर्पुरोमा पुगेको हो । बिर्तामोडमा आज पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै हुण्डाइ गाडी पीडितहरुले आफ्नो दुखेसो पोखे । बिर्तामोडको शोरुमबाट तीन वर्षअघि गाडी किनेका फडिन्द्र तिम्सिना अहिले समस्यामा परेका छन् । “गाडीको ढोका कुहिन थाल्यो, रंग उक्किँदैछ”, उनले भने, “शोरुममा कुरा राख्दा सुनुवाइ भएन ।” शोरुमवालाहरुले जहाँ गए पनि जानुस्, जे गरे पनि गर्नुस् भन्ने गरेको पीडितहरुको भनाइ छ । गाडी किनेको डेढ वर्ष समस्या आएपछि शोरुममा जानकारी गराएको तिम्सिना…
ताप्लेजुङ, १ पुस । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा विगत चार वर्षदेखि बस्दै आएका सन्न्यासी बाबा करोणीनाथ योगीको निधन भएको छ । अन्दाजी ६० वर्षीय योगीको मङ्गलबार बिहान निधन भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । आफू राजस्थानमा जन्मिएको बताउँदै आएका योगीले बिहानै सन्चो नभएको जनाएपछि मन्दिरका कर्मचारीले उपचारका लागि जिल्ला अस्पतालतर्फ ल्याएका थिए तर अस्पताल आइनपुग्दै निधन भइसकेको बताइएको छ । “बिहान ढोका खोल्नुभएन, बाहिरबाट बिरामी पर्नुभयो कि भनेर ढोका ढकढकाएर सोध्यौँ, सन्चो छैन, छाती दुख्दै छ, सास फेर्न गाह्रो भयो भन्नुभयो, त्यसपछि हतारहतार बोकेर उपचारका लागि सदरमुकामतर्फ हिड्यौँ, अस्पताल आइपुग्दा निधन भइसकेको थियो”, मन्दिरका कर्मचारी राजेन्द्र महतले…
झापा, १ पुसर । प्रदेश १ मा सुविधा सम्पन्न जनस्वास्थ्य प्रयोशाला निर्माण गरिने भएको छ । आगामी असार १५ भित्रमा निर्माण सम्पन्न गर्नेगरि प्रयोशालाको आज मुख्यमन्त्री शेरधन राईले शिलान्यास गर्नुभयो । प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन निर्माण पछि विशिष्टकृत सेवा प्रदान हुने मुख्यमन्त्री शेरधन राईले बताउनुभयो । उहाँले प्रयोगशालाका नाममा हुने गरेका वेथिति, अनियमितता, सर्वसधारणलाई ठग्ने कार्यको नियमन हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रदेश जनस्वास्थ्य प्रयोगशालाले प्रयोगशालाहरुको पनि प्रयोगशालाका काम गर्ने छ ।’ सामाजिक विकास मन्त्री जीवन घिमिरेले विशिष्टिकृत परीक्षणका लागि काठमाण्डौं र भारतका विभिन्न शहरहरु जानुपर्ने समस्याको अन्त्य हुने बताउनुभएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट विशिष्टिकृत परीक्षण हुने उहाँले बताउनुभयो…
झापा, १ पुस । एकपटक विवादमा परेर खारज भइसकेको संवैधानिक परिषद्सम्बन्धी पहिलो संशोधन अध्यादेश साढे सात महिनापछि पुनः जारी गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई समेत विवादमा तानेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायका पदाधिकारी नियुक्तिलाई आफूअनुकुल बनाउन गत वैशाख ८ गते संवैधानिक परिषद् र राजनीतिक दल विभाजनसम्बन्धी दुई अध्यादेश ल्याएका थिए । त्यतिबेला पनि राष्ट्रपति भण्डारीले त्यसको राजनीतिक र कानुनी असरबारे परामर्श नगरीकनै जारी गरिदिएकी थिइन् । त्यसको चौतर्फी विरोधपछि मन्त्रिपरिषद्कै सिफारिसमा भण्डारीले संविधानको धारा ११४ को उपधारा २ को खण्ड (ख) को व्यवस्थाअनुसार खारेज गरेकी थिइन् । त्यसो साढे सात महिनापछि प्रधानमन्त्री ओलीको चाहनाअनुसार आएको सोही खालको…
काठमाडौँ, १ पुस । ‘मलाई दलहरूले राजा बनाएको होइन र जनताले हटाएको पनि होइन ।’ निर्मल निवासमा पूर्व राजा ज्ञानेन्द्रको यस्तो भनाई सुनेर फर्किएकाहरु अचेल हौसिँदै आगामी चैतसम्म केही राजनीतिक परिवर्तन हुने उत्साहका साथ जुलुसमा जुट्न थालेका छन् । राप्रपाको राजनीतिमा त्यति धेरै सक्रिय नभएपनि राजतन्त्र पुनस्र्थापनामा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल समशेर राणालगायतका व्यक्तिहरू खुलेर अघि बढेका पाइन्छन् । गत शुक्रबार धवल समशेरहरूसँगको भेटमा ज्ञानेन्द्रद्वारा आफूलाई दलहरूले राजा नबनाएको धारणाप्रति भने नेताहरूले कडा प्रतिक्रिया जनाएका छन् । उनीहरूका अनुसार दुई दशकअघि दरबार हत्याकाण्डपछिको राजसभा बैठकमा तत्कालीन एमाले र नेपाली काँग्रेसले सदाशयतासाथ ज्ञानेन्द्रलाई नयाँ राजामा समर्थन गरेका थिए । त्यतिबेला प्रधानमन्त्री…
झापा, १ पुस । आन्तरिक विवादबारे स्थायी कमिटीमा छलफल गर्ने तयारी भइरहेका बेला नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि पार्टी अघोषित विभाजनको संघारमा उभिएको छ। पार्टीका आन्तरिक बैठकमा अल्पमतमा पर्दै आएका ओलीले सहमतिको बाटो रोज्नुभन्दा विवाद बढाउने काम गरेपछि शीर्ष नेताहरूले पार्टी विभाजनतर्फ उन्मुख भएको बताउन थालेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउँसो मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी अध्यादेश जारी गरेपछि नेकपाका नेताहरूले कडा शब्दमा आपत्ति जनाएका छन्। उनीहरू यो विषयमा स्थायी कमिटी बैठकमा छलफल गर्ने तयारीमा छन्। स्थायी कमिटीमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको बहुमत…
झापा, १ पुस । चालू आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमास सुरु भएसँगै विभिन्न वाणिज्य बैङ्क, विकास बैङ्क र वित्तीय संस्थाले नयाँ ब्याज दर तय गरेका छन् । बैङ्कहरूले पुस १ देखि लागू हुनेगरी नयाँ ब्याज दर तय गरेका हुन् । गत साता नेपाल राष्ट्र बैङ्कले चालू आवको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै बैङ्क तथा वित्तीय संस्थाले बचतमा दिइने र ऋणमा लिइने ब्याज दरबीचको अन्तर तोकेको थियो । राष्ट्र बैङ्कले कुल निक्षेपबाहेकको ब्याज प्रदान गरिने निक्षेप खाताहरूमा दिइने अधिकतम र न्यूनतम ब्याज दरबीचको अन्तर ५ प्रतिशत बिन्दुभन्दा बढी फरक हुन नहुने व्यवस्था गरेको छ । त्यसैअनुरूप नयाँ ब्याज दर…
झापा, १ पुस । कतार रोजगारीमा सिन्डिकेट भए वा नभएको अध्ययन गर्न गठित कार्यदलले अध्ययन प्रतिवेदन श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसमक्ष बुझाइसकेको जनाएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल नेतृत्वको पाँच सदस्यीय समितिले उक्त विषयमा अध्ययन गरेको अध्ययन प्रतिवेदन श्रममन्त्री रामेश्वरराय यादवसमक्ष यही आइतबार बुझाएको जनाइएको छ । प्रतिवेदन मन्त्री यादवले अध्ययन गरिरहेको छ र अध्ययन गरेपछि उक्त प्रतिवेदन व्यव‚थापिका संसद्अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा पठाइने मन्त्रालयले जनाएको छ । विभागका महानिर्देशक दाहालले कतार ‘सिन्डिकेट’बारे सत्यतथ्य अध्ययन–अनुसन्धान गरेर प्रतिवेदन मन्त्रीसमक्ष पेस गरिसकेको जानकारी दिए । उनले प्रतिवेदनमा कतार ‘सिन्डिकेट’को विषय मात्र नभएर कतारको…
मोरङ, १ पुस । गत मङ्सिर २३ गते नेकपा विप्लवका कार्यकर्ताले मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. १ वर्षेस्थित स्थानीय सरस्वती आधारभूत विद्यालयका शिक्षक राजेन्द्रकुमार श्रेष्ठको हत्या गरेपछि वर्षेवासी त्रसित बनेका छन् । यातायातको पहुँच नपुगेको र गाउँपालिका वडा कार्यालयको केन्द्र आइतबारेबाट झण्डै २० किलोमिटर टाढा रहेको वर्षे गाउँमा झण्डै १२ घर परिवार बसोबास गर्दै आएका छन् । द्वन्द्वकालमा तत्कालीन भूमिगत माओवादीको पकडमा रहेको उक्त गाउँमा पछिल्लो समय नेकपा माओवादी विप्लव समूहले पनि आफ्नो गतिविधि बढाउने प्रयास गरिरहेको छ । विप्लवका कार्यकर्ताले गरेको शिक्षक श्रेष्ठको हत्यालाई आफूहरूले पनि सोही रूपमा बुझेको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्य बताउँछन् । यसअघि गत वर्ष…