
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
विर्तामोड नगरपालिका नगरकार्यपालिकाको कार्यालय विर्तामोड, झापा १ नं प्रदेश, नेपाल आम उद्योगी, व्यवसायी महानुभावहरुमा अनुरोध विर्तामोड नगरपालिकाले हालको विषम परिस्थितिमा नगरभित्रका सबै उद्योगी व्यवसायीहरुलाई परेको असरलाई मध्यनगर गर्दै राहत स्वरुप कर ,राजश्वको दायरा भित्र नपरेका वा नआएका कम्पनी संचालक, उद्योगी तथा व्यवसायीहरुलाई २०७४ असार मसान्त सम्मको नविकरण तथा कर वक्यौता रकम छुट दिने र अन्तिम चार वर्ष (०७४/७५ देखि ०७७/७८) सम्मको व्यवसाय कर लिइ दर्ता तथा नविकरण गर्न दिइएको समयावधि २०७७ पुस मसान्त सम्म मात्र रहेकोले यस अवसरको फाइदा लिनुहुन सबैमा जानकारीका लागि यो सूचना प्रकाशन प्रशारण गरिएको छ। …………………………………………… गणेश प्रसाद दाहाल प्रमुख प्रशासकीय अधिकृत
झापा, ७ पुस । झापाको बाह्रदशी–५ स्थितमा बस्ने ६८ बर्षीय प्रेम कुमार कन्दङ्वा लिम्बुको रूखबाट लडेर मृत्यु भएको छ । सोमबार बिहान ९ बजे कुटमेरो रुखमा चढेर घाँस झार्ने क्रममा अचानक लडेर बेहोस भएका लिम्बुको बि।एण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा सवा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
काठमाडौँ, ७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको प्रस्तावमा राष्ट्रपति विद्यादेवी भण्डारीले साथ दिएपछि त्यसलाई ब्युँताउने आशासहित सर्वोच्च अदालतमा सार्वजनिक सरोकारका रिट निवेदन परेका छन्। राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध सोमबारसम्म ११ वटा रिट निवेदन दर्ता भइसकेका छन्। दर्ता गरिएका निवेदनमध्ये एउटा संवैधानिक इजलास र १० वटा साधारण इजलासमा दर्ता भएको सर्वोच्चले जनाएको छ। प्रतिनिधिसभा विघटन हुने वा पुनःस्थापना भन्ने विषय अब सर्वोच्चको हातमा पुगेको छ। सबै रिट निवेदकले प्रतिनिधिसभाको विकल्प दिन नसके मात्र त्यसको विघटन हुन सक्ने व्यवस्था हुँदाहुँदै प्रधानमन्त्री र राष्ट्रपतिले हुँदै नभएको अधिकार प्रयोग गरी विघटनको कदम चालेको भन्दै प्रतिनिधिसभा पुनःस्थापनाको माग गरेका छन्। संवैधानिक…
बिर्तामोड, पुस ६ । झापाका नौवटा लायन्स क्लबको संयुक्त आयोजनामा सोमबार बिर्तामोडमा डिस्ट्रिक्ट गभर्नर सम्मान कार्यक्रम सम्पन्न भएको छ । साथै, सोही अवसरमा लायन्सका नयाँ सदस्यहरुलाई पिन प्रदान गरिएको छ । लायन्स क्लब डिस्ट्रिक्ट ३२५ नेपाल मल्टिपल काउन्सिल चियर पर्सन सेकेन्ड सेन्चुरी एम्बासडर इन्द्र खत्री राजनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नयाँ क्लब बिर्तामाड स्मार्ट लेडीलाई सदस्यता प्रदान गरिएको थियो । त्यस्तै, नौवटा क्लबका दुई दर्जन नयाँ सदस्यलाई लायन्स पिन प्रदान गरियो । कार्यक्रममा प्रमुख अतिथि खत्रीले लायन्सको उद्देश्य सेवा गर्नु भएकाले शुद्ध मनले सबै लायन्स सदस्यहरुलाई सेवाको कार्यमा दत्तचित्त भएर लागिपर्न आग्रह गरे । त्यस्तै, लायन्स क्लब डिस्ट्रिक्ट ३२५ए१ का…
झापा, ७ पुस । कोरोना भाइरसको प्रभावसँगै विदेशबाट हुने वस्तु आयात घटेपछि यसको मार महँगीमा पर्न थालेको देखिएको छ। चिसो मौसम सुरु भएसँगै खासगरी चीनबाट आयात हुने जाडोका कपडाको मूल्य महँगिन थालेको व्यवसायीले बताएका छन्। काठमाडौंका अधिकांश कपडा व्यवसायीले चीनबाट गार्मेन्ट आयात कम हुँदा सामानको भाउ बढेको बताएका छन्। राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनले पनि गत असोजको तुलनामा कात्तिकमा मूल्यवृद्धि बढेको उल्लेख गरेको छ। उक्त प्रतिवेदनले कात्तिकपछिको विवरण उल्लेख नगरे पनि पछिल्ला महिना मूल्यवृद्धिको औसत दर ९मुद्रास्फीति० चुलिँदै गएको व्यवसायीले बताएका छन्। गत कात्तिकमा मूल्यवृद्धिको दर ४.०५ प्रतिशत पुगेको राष्ट्र बैंकले उल्लेख गरेको छ। यसको मतलव गत वर्ष कात्तिकमा १ सय…
काठमाडौँ, ७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष गरी भारतसँग एउटा सार्वभौम मुलुकको नेताकारुपमा प्रष्ट अडान लिने र लागेको कुरा समकक्षीसमक्ष निर्धक्क राख्ने छवि बनेको थियो । उनको त्यही पक्ष पनि गुप्तचर सामन्त गोयलको काठमाडौँ आगमनपछि क्रमशः क्षयउन्मुख भएको छ । आफ्नै सहमतिमा छापिएको सीमा समस्यासम्बन्धी किताब शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई वितरण नगर्न निर्देशन दिँदा उनको झुकाव भारततिर बढिरहेको प्रतीत भइसकेको थियो । उनले गोलसँगको भेट सकभर गोप्य राख्न खोजेका थिए तर गोयल पक्षले नै त्यसलाई प्रचारमा ल्याइदिएपछि मध्यरातको भेट ढिलो गरी सार्वजनिक गर्न बालुवाटार बाध्य भयो । रअ प्रमुखसँगको अपरादर्शी भेटपछि नेकपाको संकट गहिरियो र ओली स्वयम् राष्ट्रवादी छवि…
बिर्तामोड, ६ पुस । झापाका स्थानीय तहका कार्य पालिकाका महिला सदस्यलाई लक्षित गरि एक दिवसीय क्षमता अभिबृदी कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ । बिहीबार बिर्तामोडको आदश ब्याङक्वाेटकाे सभा हलमा कार्यक्रम भएको हो । जिल्ला समन्वय समिति झापाको अायाेजना र न्याय तथा बिकासका लागि सामाजिक संजालको संयुक्त आयोजनामा उक्त कार्यक्रम भएको हो । न्याय तथा बिकासका लागि सामाजिक संजालका अध्यक्ष साेमनाथ भट्टराईकाे अध्यक्षतामा भएकाे कार्यक्रममा जिल्ला समन्वय समिति झापा प्रमुख सोमनाथ पोतेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा महिला समाबेशीकरण , अर्थ अावशयकता, सकारात्मक विभेद ,विधयामान कानुनि ब्यवस्था र अभ्यास ( पहिलो सत्र ) , स्थानीय तहमा महिला जनप्रतिनिधिहरुको भुमिका ,…
काठमाडौँ, ६ पुस । तत्कालका घटनाक्रमका कारण प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा विघटनको निर्णयमा पुगेको देखिए पनि कुनै पनि बेला यस्तो कदमसम्म चाल्न उनी योजनाबद्ध रूपमै अघि बढेको घटनाक्रमबाट देखिन्छ । जस्तो– पार्टीभित्र विरोध हुँदाहुँदै वैशाखमै फिर्ता भएको संवैधानिक परिषद्सम्बन्धी विवादास्पद अध्यादेश उनले पुनः जारी गरे । यो अध्यादेश जारी गर्दा पार्टीभित्र रडाको झन् मच्चिन्छ भन्ने उनले बुझेका थिए । पार्टीभित्र तीव्र विरोध भएपछि अध्यादेश फिर्ता लिने विषयमा उनी सहमत भए, स्थायी कमिटी बैठकले फिर्ता गर्न निर्देशन दियो । तर उनले निर्देशनअनुसार अध्यादेश फिर्ता गरेनन् । आजको कान्तिपुर दैनिक लेख्छ–अध्यादेशअनुसार संवैधानिक परिषद्को बैठक गरेर संवैधानिक निकायमा पदाधिकारी सिफारिसको निर्णय गराए…
काठमाडौं, ६ पुस । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटनको प्रस्ताव स्वीकृत गरेसँगै अबको अन्तिम निर्णय सर्वोच्च अदालतको कोर्टमा रहेको छ । आइतबार नै संसद् विघटन भएको प्रस्ताव स्वीकृत भएसँगै सोविरुद्ध सर्वोच्चमा तीन वटा रिट निवेदन पेस भएका छन् । अधिवक्ताहरू लोकेन्द्र वली, कञ्चनकृष्ण न्यौपाने र सुलभ पोखरेलले सर्वोच्चमा निवेदन दिएका हुन् । उनीहरूले बहुमत प्राप्त सरकारले तीन वर्ष नबित्दै संसद् विघटन गर्नु संविधानविपरीत भएको भन्दै सर्वोच्चमा निवेदन दिएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेर आगामी प्रतिनिधिसभा निर्वाचन १७ वैशाख र २७ वैशाखमा निर्वाचन मिति घोषणा गरेसँगै उनीहरूले रिट निवेदन सर्वोच्चमा पेस गरेका हुन् । यद्यपि सर्वोच्च…
काठमाडौँ, ६ पुस । नेकपाका स्थायी समिति सदस्य तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पार्टी पुस १ गते नै वस्तुतः फुटिसकेको बताएका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहले विभाजनको बीउ धेरै अगाडि नै रोपेको ज्ञवालीले बताएका हुन् । कान्तिपुर दैनिकसँगको अन्तरवार्तामा उनले भनेका छन्, ‘पार्टी वस्तुतः अस्ति १ गते नै फुटेको हो । त्यो दिन संसदीय दलको नेतालाई थाहै नदिईकन विशेष अधिवेशन बोलाउनका लागि साथीहरू कुद्नुभयो र आज छलफल चल्दै गर्दा अविश्वासको प्रस्ताव दर्ता हुन्छ भने साथीहरूले विभाजनको बीउ त धेरै अगाडि नै रोप्नुभएको हो भन्ने प्रस्टै छ नि ! त्योभन्दा अगाडि आफ्नै पार्टीको अध्यक्ष र प्रधानमन्त्रीविरुद्ध जुन खालको भाषा…