झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, ६ पुस । सुरक्षा चुनौतीलाई ध्यानमा राखेर गृह मन्त्रालयले देशभर प्रहरी र सशस्त्र प्रहरीको तैनाथी बढाएको छ भने संकटकालको झल्को दिने गरी प्रहरी र सशस्त्रको उपस्थिति उपत्यकाका विभिन्न स्थानमा आइतबार देखिएको छ । विरोध प्रदर्शन भड्किन नदिन प्रशासनलाई पनि चनाखो बन्न गृह मन्त्रालयले निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयले त ‘पछिल्लो राजनीतिक घटनाक्रमका कारण उत्पन्न हुने सुरक्षा चुनौती सामना गर्ने गरी विशेष सुरक्षा रणनीति’ अपनाएर खटिन सातवटै प्रदेश प्रहरी र महानगरीय प्रहरी कार्यालयलाई आन्तरिक परिपत्र गरेको छ । निषेधित क्षेत्र तोडेर हुने प्रदर्शन र विरोध नियन्त्रण गर्न पनि निर्देशन दिइएको छ । सशस्त्र प्रहरीले वाहिनीमार्फत सुरक्षा सतर्कता बढाउन…

Read More

झापा, ६ पुस । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले केही सिमित नेताको आकांक्षा नै अहिलेको समस्याको मुख्य जड भएको बताएका छन् । नागरिक दैनिकसँगको अन्तरवार्तामा उनले सिमित व्यक्तिको आकांक्षा पूरा गर्न पार्टीभित्र समस्या थपिदै गएको बताए । ‘नेताहरु र केही पक्षलाई पनि व्यक्तिगत आकांक्षाले डोहोर्याएको छ । त्यो आकांक्षा, मुलुक र जनताको आवश्यकता हो कि होइन ?,’ उनले प्रश्न गरेका छन्, ‘स्वयम् पार्टीको आवश्यकता हो कि होइन त्यसतर्फ कसैको मतलब छैन । आकांक्षाले यसरी जबर्जस्ती डोहोर्याएको छ कि त्यही आकांक्षा पूरा गर्न पार्टीभित्र यसप्रकारका समस्या एकपछि अर्कोरुपमा थपिदै गएका छन् ।’ उनले नेकपाको एकता जोगाउने सूत्रहरुले अहिले…

Read More

काठमाडौं, ५ पुस । प्रधानमन्त्री ओली शीतल निवासस पुगेका छन् । मनित्रपरिषद बैठकमा संसद विघटनको प्रस्ताव पारित गरेर ओली राष्ट्पति भेट्न शीतलनिवास पुगेका हुन् । ओलीले संसद विघटन गर्दैछन् भन्ने थाहा पाएपछि नेकपा अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका थिए । तर ओलीले अध्यक्ष प्रचण्डलाई भेट दिएनन् । त्यसपछि प्रचण्ड खुमलटार फर्किएका छन् । विकसित घटनाक्रमबारे खुमलटारमा अध्यक्ष प्रचण्डसहितका नेताहरुको केहीबेरमा छलफल हुनेछ । अहिले खुमलटारमा वरिष्ठ नेता झलनाथ खनाल र प्रचण्डबीच छलफल भइरहेको छ ।

Read More

इलाम, ५ पुस । लामो समयदेखि बसोबास गर्दै आएका सुकुम्वासीलाई प्रदेश नं १ सरकारले लालपुर्जा वितरण गर्ने भएको छ । यहाँस्थित माई नगरपालिका र माङ्सेबुङ गाउँपालिकाका छ हजार ५१५ घरपरिवारलाई पहिलो चरणमा लालपुर्जा प्रदान गर्न लागिएको हो । प्रदेश सरकारले सुकुम्वासी नागरिकलाई लालपुर्जा वितरणका लागि प्रदेश नं १ का ३० स्थानीय तहका एक लाख नागरिकलाई लालपुर्जा वितरण गर्नेछ । यसका लागि प्रक्रिया अघि बढेको भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले जानकारी दिए । आयोगले भूमिहीन–सुकुम्वासी र अव्यवस्थित बसोबास गर्नेलाई लालपुर्जा वितरण गर्नका लागि स्थानीय तहका पदाधिकारीबीच समझदारीपत्रमा हस्तान्तरण गरेको छ । माई नगरपालिकामा ९५७ घरपरिवार सुकुम्वासी छन् । यस्तै…

Read More

झापा, ५ पुस । प्रदेश १ सरकारले तीन जिल्लाका सहयोगापेक्षीहरुको उद्धार गर्ने भएको छ । सडक मानवहरुको राष्ट्रिय उद्धार कार्यक्रम अन्र्तगत पुस ९, १० र ११ गते भित्रमा झापा, मोरङ र सुनसरीका सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावक विहिन) सडक मानवहरुको उद्धार गरिने सामाजिक विकास मन्त्रालयले आज विराटनगरमा पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । मानव सेवा आश्रमसँगको सहकार्यमा पुस ७ र ८ गते तीन जिल्लाका सडक बालबालिका र पुस ९ देखि ११गते सम्म मानसिक रोगी, असहायहरुको उद्धार गरिने बताईएको छ । पुर्वपश्चिम राजमार्ग केन्द्रित कार्यक्रम अन्र्तगत पहिलो चरणमा झापा,मोरंग र सुनसरीका सहयोगापेक्षी मानवहरुको उद्धार गर्न लागिएको सामाजिक विकास मन्त्री जीवन…

Read More

झापा, ५ पुस । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको संघारमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग शनिबार बिहान खुमलटारमा गरेको छलफल फलदायी नहुँदा उनीहरूबीचको सम्बन्ध झनै बिग्रेको छ। कात्तिक २८ को सचिवालय बैठकमा राखेको राजनीतिक प्रतिवेदन फिर्ता गर्न र सामूहिक दस्तावेज लेख्न गरेको ओलीको आग्रहलाई दाहालले अस्वीकार गरेसँग दुवै अध्यक्षबीचको सम्बन्ध झन् बिग्रेको हो। दुई अध्यक्षबीचको छलफल फलदायी नभएपछि प्रधानमन्त्री ओलीले तीन रणनीति सुरु गरेका छन्। नेकपा उच्च स्रोतका अनुसार पहिलो कदमस्वरुप उनले गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापालाई साझा राजनीतिक प्रतिवेदन लेख्न आग्रह गरेका छन्। दोस्रोमा पूर्वएमालेका तर्फबाट पार्टी उपाध्यक्ष वामदेव गौतमलाई…

Read More

काठमाडौं, ५ पुस । सरकारले विगत नौ महिनादेखि बन्द रहेको विभिन्न किसिमका सवारी साधनको चालक अनुमतिपत्र ९लाइसेन्स०को परीक्षा प्रक्रिया सुरु गर्ने तयारी गरेको छ । गत ११ चैत २०७६ देखि सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षा स्थगित गरेको थियो । त्यसयता सरकारी कार्यालय खुलेर सेवा सुचारु भए पनि सवारी लाइसेन्सको परीक्षा भने खुलेको छैन । यातायात व्यवस्था कार्यालयले गत असारदेखि नै कार्यालय खुला गरेर सवारी दर्ता र नवीकरणको सेवा भने दिँदै आएको छ । यसरी लामो समयसम्म लाइसेन्स नखुल्दा सेवाग्राही मर्कामा पर्दै आएका छन्…

Read More

झापा, ५ पुस । कोरोनाविरुद्धको खोप ल्याउने टुंगो लाग्न बाँकी भए पनि सरकारले पहिलो चरणमा खोप लगाउनुपर्ने व्यक्ति पहिचान गर्न व्यक्तिगत विवरण संकलन सुरु गरेको छ । सरकारले पहिलो चरणमा आफू संक्रमित भइ अरुलाई समेत सार्न सक्ने जोखिम क्षेत्रमा कार्यरतलाई खोप दिने तयारी गरेको छ । खोपका लागि स्वास्थ्यकर्मी र सामाजिक क्षेत्रमा काम गर्ने ९ लाख जनालाई प्राथमिकता दिइने भएको छ । विभागले नेपाल मेडिकल काउन्सिल, नर्सिङ काउन्सिल, स्वास्थ्य व्यवसायी परिषद्, आयुर्वेद काउन्सिल र फार्मेसी काउन्सिललाई पत्राचार गरेर त्यहाँ दर्ता भएका स्वास्थ्यकर्मीको विवरण मागेको छ । मेडिकल काउन्सिलका अध्यक्ष डा। भगवान कोइरालाले दर्ता भएका डाक्टरहरुको विवरण चाँडै विधागमा पठाउने बताए…

Read More

ताप्लेजुङ, ५ पुस । फक्ताङलुङ गाउँपालिका–६ सेकाथुमका ग्याबु शेर्पाले करोडभन्दा बढी लगानी गरेको होटल छाडेका छन्। कञ्चनजंघा हिमाल जाने पदमार्गमा होटल चलाउँदै आएको घरजग्गा उनले जलविद्युत् आयोजना (हाइड्रो)लाई सुम्पिएका छन्। सेकाथुमकै पेमाडेमा शेर्पाले पनि हाइड्रोकै कारण होटल छाड्नुपर्ने भएको छ। दुवै जनालाई अब के गर्न भन्ने चिन्ता छ। कञ्चजनंघा संरक्षण क्षेत्र (केक्याप)समेत पर्ने यो क्षेत्रमा रेमिट हाइड्रो प्रालिले घुन्सा खोला जलविद्युत् आयोजना निर्माण थालेको छ। त्यससँगै दर्जन स्थानीय घर छाड्नुपर्ने भएको हो। त्योभन्दा मुख्य कुरा त यसले विश्वकै तेस्रो अग्लो हिमाल जाने पदमार्ग मासिने भएको छ। आयोजनाले मुआब्जा दिएर जमिन लगे पनि पर्यटक हिँड्ने बाटो मासिँदा दुःख लागेको पेमाडेमाले बताइन्।…

Read More

काठमाडौँ, ५ पुस । पिसिआर परीक्षण घटाउँदै लगेको सरकारले ५ लाख मानिसमा एन्टिजेन परीक्षण गर्न लागेको छ। कोभिड–१९ को संक्रमण बढेको सुरुवाती अवस्थामा पिसिआर परीक्षणलाई भन्दा ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) लाई प्राथमिकतामा राखेको सरकारले अहिले फेरि एन्टिजेन परीक्षणलाई विशेष प्राथमिकता दिएको छ। कमिसनको चक्करमा आरडिटी खरिद गरेको आरोप खेपेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एन्टिजेन परीक्षणमा विशेष सक्रियता देखाएपछि यसमा पनि ठूलै कमिसनको चक्कर चलिरहेको स्वास्थ्य मन्त्रालयकै केही उच्च अधिकारीको भनाइ छ। ‘आरडिटी खरिदमा मन्त्रालयका केही उच्च अधिकारीको जुन किसिमको सक्रियता थियो, एन्टिजेन परीक्षणमा पनि अहिले तिनै अधिकारीको त्यही किसिमको सक्रियता देखिएको छ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘अहिले स्वास्थ्य मन्त्रालय र…

Read More